Comments Add Comment

आइसोलेसन

List Grid
बिराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय

१८ भदौ, बिराटनगर । प्रदेश १ सरकारले मोरङको बिराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको छ । प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । विहीबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र तत्काल निर्माण गरिने बताए । […]

कोरोना संक्रमित नै आइसोलेसन उद्घाटनमा सहभागी

१७ भदौ, चितवन । भदौ १४ गते भरतपुर महानगरपालिका–१ बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा महानगरपालिकाले बनाएको भनिएको आइसोलेनस सेन्टरको उद्घाटन गरियो । एकै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुन सरकारले गरेको आग्रहलाई समेत लत्याउँदै ठूलो भिडका साथ गरिएको आइसोलेसन सेन्टरको उद्घाटन कार्यक्रममा कोरोना संक्रमित नै सहभागी भएको खुलेको छ । जिल्लाभर निषेधाज्ञा लागे […]

५०० बेडको आइसोलेसन सेन्टर बनाउन सांसदको नेतृत्वमा समिति

१० भदौ, काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि एवं जनप्रतिनिधिको बैठकले एक साताभित्र काठमाडौंमा कम्तीमा ५०० शय्याको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्की, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र केन्द्र तथा प्रदेश सभाका केही सांसद सहभागी बैठकले कोरोना […]

संक्रमितको ज्वरो नाप्न सफाइ कर्मचारी आइसोलेसनमा गएपछि…

७ भदौ, जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ । आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् । केहीको ज्वरो नाप्छन् पनि उनी । तर, एक जनाले उनलाई चिन्छन् । उनी कुनै चिकित्सक […]

आइसोलेसन बेड अभावमा घरमै बसिरहेका विराटनगरका संक्रमितको मृत्यु

५ भदौ, विराटनगर । विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौमा स्वाब संकलन गरेर जाँच गर्दा ३ भदौमा पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट […]

आइसोलेसन सेन्टर बनाउन समुदायकै अवरोध

४ भदौ, बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या करिब ६ सय नजिक पुगिसकेको छ । जिल्लाका १६ मध्ये १३ स्थानीय तहबाट संकलित ७ सय ५१ जनाको स्वाबको पीसीआर परीक्षणको नतिजा आउन बाँकी छ । पछिल्लो समय दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गए पनि समुदायमा आइसोलेसन सेन्टर बनाउन कतै स्थानीय त कतै सार्वजनिक संस्थाले अवरोध गर्दै […]

भरिन् थाल्यो भरतपुर अस्पतालको आइसोलेसन

१, भदौं, चितवन । कोरोना संक्रमितको उपचारका लागि भनेर भरतपुर अस्पतालले छुट्याएको ७५ बेड भरिन् थालेको छ । ए ब्लकको भुईँ तलामा बनाइएको आइसोलेसन बार्डमा अहिले ५३ जना कोरोना संक्रमित र ८ जना कोरोना संक्रमण शंकास्पद बिरामी राखिएको छ । संक्रमितसँगै आएका ती ८ जना व्यक्तिहरु पनि अस्पतालको कोभिड बेडमै बसिरहेका छन् । पछिल्लो समयमा […]

स्वास्थ्य मन्त्रालयले भन्यो : स्वाब दिएपछि अनिवार्य आइसोलेसनमा बसौं

२९ साउन, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् । उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ । […]

काठमाडौंमा खोइ सामुदायिक आइसोलेसन सेन्टर ?

२९ साउन, काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा सोमबार कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका एक बिरामी आइसोलेसनमा भर्ना भए । तर उनलाई लिएर आएकी श्रीमतीलाई के गर्ने भन्ने प्रश्न उठ्यो । न उनी काठमाडौंमा आफन्त कहाँ जान सक्ने अवस्था रह्यो, न हस्पिटलमा श्रीमानसँग बस्न । हस्पिटलका संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीका अनुसार उनलाई कतै क्वारेन्टिनमा पठाउन […]

प्रदेश २ मा ५ सय बेडको आइसोलेसन थपिने

२० साउन, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि प्रदेश २ सरकारले उपचार व्यवस्थासहितको ५ सय बेडको आइसोलेसन थप्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले मंगलबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । बैठकमा सहभागीहरुले तत्काल आइसोलेसन बेड बढाउनुपर्ने सुझाब दिएका थिए । सोही सुझाबका आधारमा तत्कालै ५ सय […]

वीरगञ्जमा कोरोना संक्रमित सुरक्षाकर्मी राख्न ४० बेडको आइसोलेसन

२० साउन, वीरगञ्ज । सानो पाइलाले वीरगञ्जमा ४० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मीलाई राख्ने उद्देश्यले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहनेगरि आइसोलेसन केन्द्रमा अग्रपंक्तिमा रहेर काम गर्दै गर्दा संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने छ […]

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने

१५ साउन, काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए । यदि क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने […]

विद्यालयलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर नबनाइने

१४ साउन, काठमाडौं । सरकारले अब विद्यालय भवनहरुलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टर नबनाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनहरुलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार यदि कुनै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सेन्टर […]

होटलमा आइसोलेसन बनाउन दिने वीरगञ्जका व्यवसायीको घोषणा

१४ साउन, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीहरुले आइसोलेसनका लागि न्युनतम मूल्यमा होटल दिने घोषणा गरेका छन् । कोभिड अस्पताल बनाउन समय लाग्न सक्नेतर्फ संकेत गर्दै उनीहरुले होटलहरुलाई आइसोलेसनको रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् । वीरगञ्जमा आइसोलेसन कक्ष पर्याप्त नहुँदा अझै पनि ४८ जना कोरोना संक्रमित घरमै बसीरहेका छन् । होटल तथा पर्यटन […]

वीरगञ्जमा आइसोलेसनको अभाव, संक्रमितको चार दिनसम्म सोधीखोजी नै भएन

१२ साउन, वीरगञ्ज । चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो । क्वारेन्टिनस्थलहरु रित्तिन थालेका थिए, संक्रमण पुष्टि भएर अस्पताल तथा आइसोलेसन सेन्टरमा पुगेकाहरु अधिकांश घर फर्किएका थिए । तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगञ्जमा कोरोना भाइरसका संक्रमित मात्र बढेका छैनन्, केही संक्रमितको […]

सिराहाको विद्यालयमा आइसोलेसन, न चर्पी न पानी

१८ असार, वीरगञ्ज । आइसोलेसनमा राखेको १८ घन्टासम्म खाना र पानी नदिएको भन्दै सिराहाको चन्द्र माविस्थित आइसोलेसनका संक्रमितले ८ असारमा नाराबाजी गरे । बिहानको खाजा पिउने पानीसमेत नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए । आइसोलेसनमा रहेका ७२ जनामध्ये चार जना स्वास्थ्यकर्मी, एक जना चालक र अरु सर्वसाधारण छन् । ७२ मध्ये ६७ जनाको त दोस्रो […]

सरकारको अर्को लापरवाही : कोरोना संक्रमितलाई विना परीक्षण घर पठाउन निर्देशन

२५ जेठ, काठमाडौं । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका १० जना आइतबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका बाँकेका पाँच, दाङका दुई, कपिलवस्तुका दुई र बर्दियाका एकजना गरी १० जना घर गएका हुन् । १४ दिन आइसोलेसनमा बसेका उनीहरुमध्ये ५ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण […]

हल्का लक्षण भएका कोरोना संक्रमित पनि घरमै आइसोलेसनमा बस्न पाउने

२१ जेठ, काठमाडौं । अब लक्षण नदेखिएका र कम देखिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनका लागि मापदण्ड बनाएको छ । यसअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो […]

सुदूरपश्चिममा जम्मा १८० आईसोलेसन वार्ड

२० जेठ, कैलाली । कोरोना संक्रमितको उपचार गर्न कैलालीको टीकापुर अस्पतालले तयार पारेको १२ शय्याको आइसोलेसन अहिले भरिभराउ छ । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा २४ शय्याको आइसोलेसन छ, तर २५ संक्रमित उपचार गराइरहेका छन् । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठ भन्छन् ‘हाललाई त्यसैमा बेड थप गरेर व्यवस्थापन गरेका छौं’ अझै […]

कर्णालीमा १०६० वटा आइसोलेसन बेड निर्माण गरिँदै

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका २४ स्थानमा १०६० वटा आइसोलेसन बेड निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका विभिन्न स्थानीय तहमा १०६० आइसोलेसन बेड निर्माण गर्ने र ६ हजार पीसीआर परीक्षण किट खरिद गर्ने निर्णय गरेको सामाजिक विकाममन्त्री दल रावलले बताए । सरकारले पहिलो चरणमा कोभिड–१९ को संक्रमण फैलिएका […]

प्रदेशले भन्यो : आइसोलेसन वार्ड बनाऊ, स्थानीय तहले भने– सक्दैनौं

१९ जेठ कैलाली । कोरोना संक्रमणको बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले स्थानीय तहहरुलाई कम्तीमा ५ देखि १० शय्याको आइसोलसेन वार्ड बनाउन परिपत्र गरेको छ । आइतबार जारी गरेको निर्देशनमा सम्पूर्ण हेल्थ पोष्टमा ५ शय्याको आइसोलेसन कक्ष तयार गर्न र सम्बन्धित संस्थाका हेल्थ असिस्टेन्टलाई जिम्मा दिन आग्रह गरिएको निर्देशनालयका मेडिकल अधिकृत भुषण श्रेष्ठले बताए […]