Comments Add Comment

आम चुनाव

List Grid
गगन थापाको विजयी उत्सव (फोटो फिचर)

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएपछि भव्य र्‍याली निकालिएको छ । कांग्रेस समर्थक, कार्यकर्ताले थापाको जीत पश्चात काठमाडौंमा विजयी उत्सव मनाएका हुन् । थापाले वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतअन्तरले हराएका थिए । थापाले २१ हजार […]

दार्चुलाका तीनवटै सीटमा वाम गठबन्धन विजयी

२३ मंसिर, दार्चुला । प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २ […]

‘रविन्द्र मिश्रलाई हराउन’ प्रकाशमान र माधव नेपालवीच गोप्य साँठगाँठ ?

२२ मंसिर, काठमाडौं । सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर १ मा शुक्रबार राति साढे १० बज्दासम्म कांग्रेस नेता प्रकाशमान सिंहले रविन्द्र मिश्रलाई ८८७ मतले पछाडि पारेका छन् । अब करिब ८ हजार मत गन्न बाँकी छ । शनिबार बिहान उज्यालो हुँदानहुँदै अन्तिम नतिजा आइसक्ने सम्भावना छ । शुक्रबार राति साढे १० बजेसम्म २०७७५ मत […]

अछाममा १० बजेबाट मतगणना सुरु

२२ मंसिर, अछाम । अछाममा भर्खरैबाट मतगणना सुरु भएको छ । जिल्ला सदरमुकामस्थित कृषि विकास कार्यालयको नयाँ भवन र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा मतगणना सुरु भएको हो । अछाममा दुई वटा निर्वाचन क्षेत्र छन् । सर्वदलीय बैठक ढिला गरी बसेकाले मतगणना गर्न ढिलाइ भएको जनाइएको छ ।

इलाममा झलनाथ र सुवासचन्द्रलाई फराकिलो अग्रता (यस्तो छ पछिल्लो मतपरिणाम)

२२ मंसिर, इलाम । इलामको दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । इलाम क्षेत्र नं. १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार झलनाथ खनाल र क्षेत्र नं. २ मा सुवासचन्द्र नेम्वाङले अग्रता कायम गरेका हुन् । क्षेत्र नं. १ मा खनालले ३ हजार ४८ मत ल्याउँदा कांग्रेस उम्मेदवार भुपेन्द्र कट्टेलले १ हजार […]

धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी

२२ मंसिर, धादिङ । धादिङमा माओवादी केन्द्रले प्रदेशसभाबाट जितको खाता खोलेको छ । प्रदेशसभातर्फ क्षेत्र नं. २ -क) माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् । वाम गठबन्धनका साझा उम्मेदवार सिंखडा १७ हजार ६ सय ५ मतसहित विजयी भएका छन् । उनले कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङलाई १ हजार ८३१ […]

रुकुम पश्चिमको प्रदेशसभा ‘क’मा माओवादीका रातो कामी विजयी

२२ मंसिर, रुकुम । रुकुम पश्चिमको प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन् । उनले कांग्रेसका कृष्णबहादुर रोकायलाई ८ हजार २३३ मत अन्तरले हराए । विजयी रातो कामीले १६ हजार ८१० मत पाएका छन् भने रोकायले ८ हजार ५७७ मत पाएका छन् ।

हुम्ला प्रदेशसभा ‘ख’ मा कांग्रेसका जीवन शाही विजयी

२२ मंसिर, हुम्ला । हुम्ला प्रदेशसभा(ख) मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाही विजयी भएका छन् । कांग्रेसका शाहीले माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरेका हुन् । यो कांग्रेसको प्रदेश ६ को पहिलो जित हो । शाहीले चार हजार ५१९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका भण्डारीले ३९ सय ९३ […]

झापाका ५ वटै क्षेत्रमा वाम गठबन्धन अगाडि (अपडेट)

२२ मंसिर, झापा । झापाका ५ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ । एमालेले झापा क्षेत्र नं. २, ४ र ५ मा अग्रता कायम गरेको छ भने क्षेत्र नं. १ मा माओवादी केन्द्र र क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवारले अग्रता कायम गरेका छन् । झापाको क्षेत्र नं. ३ मा वाम गठबन्धनले […]

काठमाडौंका ८ वटा क्षेत्रमा वाम गठबन्धन अगाडि, २ वटामा कांग्रेस (यस्तो छ पछिल्लो अपडेट)

२२ मंसिर, काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटामा वाम गठबन्धन र २ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता कायम गरेको छ भने वाम गठबन्धनका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ७, ८ र ९ र माओवादी केन्द्रले […]

काठमाडौं ५ को मतगणना स्थगित

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो । बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ ।

रामेछापमा बाम गठबन्धका उम्मेदवारको फराकिलो अग्रता

२२ मंसिर,रामेछाप । मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा रामेछापका सबै सिटमा वामपन्थी गठबन्धनका उम्मेवारले फराकिलो अग्रता लिएका छन् । प्रतिनिधिसभाको एउटा क्षेत्र रहेको रामेछाप जिल्लामा बाम गठबन्धनका उम्मेदवार माओवादी नेता श्यामकुमार श्रेष्ठले ७ हजार ४ सय ९९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ कान्छारामले ५ […]

पम्फा भुसाललाई पछि पार्दै ललितपुर ३ मा कांग्रेसका अमात्यको अग्रता कायमै

२२ मंसिर, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी प्रवक्ता पम्फा भुसाललाई शुरुदेखि नै पछि पारेका कांग्रेस नेता मदनबहादुर अमात्यले अग्रता फरालिको पार्दै लगेका छन् । पछिल्लो आधिकारिक जानकारी अनुसार कांग्रेसका अमात्य ६२४३ मतका साथ अगाडि छन् । माओवादीकी पम्फा भुसालले ५५२२ मतका साथ पछ्याइरहेकी छन् भने विवेकशील साझा पार्टीका उज्जलकृष्ण श्रेष्ठ १२३५ मतका […]

पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने

२२ मंसिर, पाँचथर । पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता बसन्कुमार नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शुरुदेखि नै कांग्रेस नेता भीष्मराज आङदम्बेलाई पछि पारेका नेम्वाङ पछिल्लो गणनामा २ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो गणना अनुसार नेम्वाङले ८९८३ मतका साथ अगाडि छन् भने कांग्रेसका आङदम्बेले ६६७७ मत पाएका छन् । […]

पहिलो चरणमा कांग्रेसको कन्तबिजोग ! ३७ सिटमध्ये ४ सीटमा मात्रै अग्रता

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ । मतगणना सकिएका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा बिजय हासिल गरिसकेको छ । माओवादीले पूर्वी रुकुममा बिजय हासिल गरेको छ । मतगणना भइरहेका […]

पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

२२ मंसिर, रुकुम । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार […]

सिन्धुपाल्चोकमा अग्निको अग्रता फराकिलो, पशुपति र शेरबहादुरको कडा टक्कर

२२ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम रोचक बन्दै गएको छ । क्षेत्रनम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतसँग मतअन्तर फराकिलो बनाउँदै लगेका छन् । उता क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङसँग राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको कडा टक्कर परेको छ । कहिले राणाले त कहिले तामाङले […]

नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता

  २२ मंसिर, नुवाकोट । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई पछि पारेका छन् । तामाङले ३ हजार ३३३ मत पाएका छन् । कांग्रेस उम्मेदवार […]

कमला रोकाः पहिलो महिला छापामारदेखि सांसदसम्म

२२ मंसिर, काठमाडौं । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् । रोकाले १० हजार ४३४ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे । कमला रोकाको जन्म २०३२ साल पुस १५ गते रुकुमको […]

कांग्रेसले मनाङको प्रदेशसभाबाट जितको खाता खोल्यो

२२ मंसिर, काठमाडौं । कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत […]

मतदान गरेपछि ओलीले भने- चुनाव टार्ने प्रधानमन्त्रीका सबै प्रयास असफल भए

  २१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरु असफल भएको टिप्पणी गरेका छन् । भक्तपुर क्षेत्र नम्बर २ को बालकोटबाट मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसम्भव प्रयास गरेको आरोप लगाए । ओलीले भने- उहाँका प्रयासहरु असफल भए । उहाँले आफ्ना […]