Comments Add Comment

आम चुनाव

List Grid
भोट हालेपछि देउवाले भने- चुनाव गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरें

२१ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे । उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए । ‘चुनाव गरेर ऐतिहासिक […]

झलनाथ खनालले भने- म राष्ट्रपति, प्रधानमन्त्री भएपनि ठीक, नभएपनि ठीक

२१ मंसिर, इलाम । पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं. १ का उम्मेदवार झलनाथ खनालले निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सूर्योदय नगरपालिका १० स्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट बिहान १० बजे मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले अब मुलुकको जटिल संक्रमणकाल समाप्त भएर समृद्धि तर्फ अघि बढेको पनि बताए । दुई […]

रामेछापको मतगणना साँझ ५ बजेबाट

२१ मंसिर, रामेछाप । रामेछाप जिल्लामा बिहीबार साँझ ५ बजेबाट मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले सो कुराको जानकारी दिएको हो । रामेछापसहित ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो । मतगणनाको लागि आचारसंहिता निर्माण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बिहीबार बिहान सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरेको थियो […]

सर्लाहीमा कांग्रेस र राजपाबीच झडप, एक महिला गम्भीर घाइते

  २१ मंसिर, सर्लाही । कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो । कांग्रेस कार्यकर्ताले […]

प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच जम्काभेट !

२१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच जम्काभेट भएको छ । मतदान स्थलहरुमा पुग्ने क्रममा सिंह र मिश्रबीच काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा भेट भएको हो । भेटमा दुबै उम्मेदवारले एकअर्कालाई शुभकामना दिएका छन् र सामूहिक तस्वीर खिचाएका छन् । […]

चुनावपछि समृद्धि र पुनर्जागरणको युग शुरु हुन्छः ईश्वर पोखरेल

२१ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव एवम् काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का वाम गठबन्धनका साझा उम्मेदवार ईश्वर पोखरेलले चुनावपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गर्ने बताएका छन् । महासचिव पोखरेलले टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित स्काई लार्क स्कुलमा मतदान पछि सञ्चारकर्मीसँग कुरा गर्दै चुनावपछि मुलुकमा समृद्धिको पुनर्जागरण यु्ग प्रारम्भ हुने प्रतिक्रिया […]

पर्सामा शान्तिपूर्ण मतदान, २० प्रतिशत भोट खस्यो

  २१ मंसिर, वीरगञ्ज । तोकिएको समय बिहान ७ बजेभन्दा केहि ढिलोगरी भएपनि पर्सा जिल्लाका सबै मतदान केन्द्रमा मतदान शुरु भएको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा १६७ मतदानस्थल र ३५१ मतदान केन्द्र छन् । बिहान १०:३० बजेसम्ममा औसतमा २० प्रतिशतको हाराहारीमा मत खसेको […]

भोट हालेपछि लालबाबुले भने- प्रतिस्पर्धीलाई कामज्वरो आयो (भिडियोसहित)

२१ मंसिर, काठमाडौं । एमाले नेता लालबाबु पण्डितले वाम गठबन्धन देखेर लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई कामज्वरो आएको टिप्पणी गरेका छन् । मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पण्डितले अनलाइनखबरसँग भने, ‘कतिपय ब्यक्ति चुनाब हारिन्छ र हारेपछि सत्ता जान्छ भनेर बर्बराएका छन् । बर्बरावट भएको बेला काम ज्वरो पनि आउँछ ।’ मोरङ क्षेत्रनम्बर ६ मा वाम गठबन्धनबाट एमाले […]

आफ्नै सरकारलाई गगन थापाको प्रश्न- बम पड्काउदै हिँड्नेलाई छुट किन ?

२१ मंसिर, काठमाडौं । कांग्रेस उम्मेदवार एवम् काठमाडौं क्षेत्रनम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले सरकारले बम पड्काउनेलाई छुट दिएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । विप्लव समूहको बम आक्रमणबाट घाइते समेत भएका थापाले डिल्लीबजारको चारखालस्थित मतदान केन्द्रमा अनलाइनखबरसँग कुरा गर्दै भने, ‘सरकारले हिजो मात्रै हिंसात्मक घटनामा विप्लव माओवादीको हात छ भनेको छ । […]

तराजुमय वातावरण देखेर उत्साहित छु: रविन्द्र मिश्र

२१ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले आफूप्रति मतदाताको सदभाव उत्साहजनक र असाधारण देखिएको बताएका छन् । ‘एकदमै खतरा मोलेर खतरनाक बाटो हिँड्न भनेरै आएका हौं । त्यो हिँड्ने कुरामा हामी दृढ छौं,’ डिल्लीबजारको विजय स्मारक विद्यालयको मतदान केन्द्रमा अनलाइनखबरसँग कुरा गर्दै मिश्रले भने, […]

मतदानपछि कृष्ण सिटौलाले भने– अब जनता मालिक हुनेछन्

२१ मंसिर, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले यो निर्वाचनबाट जनता मालिक बन्ने बताएका छन् । निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै उनले जनता मालिक बन्न यो निर्वाचन महत्वपूर्ण रहेको बताएका हुन् । भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान स्थलबाट मतदान […]

चुनावमा कपिलवस्तुबासीको उत्साहजनक सहभागिता, दीपकुमार र बलदेवले पनि भोट हाले

२१ मंसिर, कपिलवस्तु । दोस्रो चरण अन्तर्गत प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कपिलवस्तुबासीले उत्साहजनक सहभागिता जनाएका छन् । विहान ५ बजेदेखि नै मतदाताहरु मतदान केन्द्रहरुमा लामबद्ध भएका थिए । जिल्लाका २३३ मतदान स्थलका ४१० मतदान केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभा १ का कांग्रेस उम्मेदवार दीपकुमार उपाध्यायले हथौसाको […]

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

२१ मंसिर, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना मलामीले बतासे […]

कास्कीका सबै क्षेत्रमा मतदान शान्तिपूर्ण

२१ मंसिर, पोखरा । कास्कीमा शान्तिपूर्णरुपमा मतदान जारी छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कास्कीका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान शुरु भएको थियो । क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीका अनुसार अहिलेसम्म मतदानमा उत्साहपूर्ण सहभागीता देखिएको छ भने मतदान शान्तिपूर्ण भइरहेको छ । अपराह्न ५ बजेसम्म लाइनमा बसेकाहरुले मतदान नसकिएसम्म […]

बर्दियामा शान्तिपूर्ण मतदान, तीन मन्त्रीले मतदान गरे

२१ मंसिर,बर्दिया । बर्दियामा विहान ७ वजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले बर्दियाको गुलरियास्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् । गौतम क्षेत्र न १ का नेपाली कांग्रेसका प्रतिनिधिसभाका उमेदवार हुन । यसै गरी बाम गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाँसगढी नगरपालिका-८ ककौरामा रहको […]

मतदानपछि सुवास नेम्वाङले भने– अब मुलुकले फड्को मार्‍यो

२१ मंसिर, इलाम । पूर्वसभामुख एवं इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् । इलाममा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट झन् यति धेरै खुशी छु की वर्णन गर्नै सक्दिन […]

मतदातामा उत्साहः छानिएका तस्वीर

२१ मंसिर, काठमाडौं । आम निर्वाचनमा राष्ट्रिय उत्साह देखिएको छ । विभिन्न पुस्ताका मतदाताहरु मतदानस्थलमा पुगेका छन् । वयोवृद्ध मतादाताहरु बोकिएर पुगेका छन् भने महिलाहरु घुम्टोसहित भोट हाल्न उपस्थित भएका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने भएता पनि मतदाताहरु बिहानैदेखि मतदान गर्न आतुर देखिएका छन् । किरियापुत्रीहरुसमेत मतदानस्थलमा उपस्थित भएर […]

दोस्रो चरणको चुनाव उल्लासमय (लाइभ अपडेट)

२१ मंसिर, काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । ४५ वटै जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ । बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए । मतदानको समय साँझ पाँच बजेसम्म निर्धारण गरिएको छ […]

‘भीआइपी’ को भोटिङ (फोटो फिचर)

२१ मंसिर, काठमाडौं । आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गर्दैछन् भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन् । झापामा रहेका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह भक्तपुरबाट मतदान गर्ने कार्यक्रम छ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ (इलाम), कांग्रेस नेता डा. शेखर कोइराला र लालबाबु […]

अधिनायकवाद नेपालमा सम्भव छैनः शेखर कोइराला (भिडियोसहित)

२१ मंसिर, मोरङ । नेपाली कांग्रेसका नेता एवम् मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखर कोइरालाले अधिनायकवाद नेपालमा सम्भव नभएको बताएका छन् । विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत गर्दै देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए । कोइरालाले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका […]

धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री

२१ मंसिर, धनकुटा । धनकुटा जिल्लामा ६७ वटा मतदान केन्द्रलाई अपांगतामैत्री बनाइएको छ । अपांगता भएका मतदातालाई सहज रुपमा मत खसाल्न दिन अपांगतामैत्री मतदान केन्द्र बनाइएको हो । अपांगता भएकै कारण मतदानबाट वन्चित हुन परेको गुनासो आएपछि अपांगतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले बताए । कूल एक लाख पाँच हजार १८८ […]