- Home
- उखु किसान
उखु किसान
३ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका छन् । चिनी उद्योगले उखुको रकम नदिएपछि गत आइतबारदेखि काठमाडौंको माइतीघरमा उखु किसानहरु आन्दोलनरत छन् । नेता पौडेलले किसानसँगै धर्नामा बसेर उखु किसानको आन्दोलनमा साथ दिए । नेता पौडेलले समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो भन्ने प्रश्न […]
३ पुस, काठमाडौं । आन्दोलनरत उखु किसानलाई भेट्न शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट माइतीघर पुगेका छन् । मन्त्री भट्टले त्यहाँ उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्नानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् । श्रीराम सुगर मिलले किसानलाई वितरण गर्न […]
३ पुस, विराटनगर । उखु मिलले उखुको भुक्तानी नगरेका कारण प्रदेश २ का कृषक काठमाडौँमा आन्दोलनरत छन् । मिलले भुक्तानी नगरेका कृषक आन्दोलित भएपनि प्रदेश १ का कृषकलाई भुक्तानीको समस्या छैन् । उखु मिलले समयमा नै भुक्तानी दिएका कारण कृषक खेती थप्ने अभियानमा छन् । प्रदेश १ को सुनसरी मोरङमा बढी उखु खेती हुन्छ । […]
२ पुस, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो चिनी उद्योगले उखु किसानको झण्डै १७ करोड रुपैयाँ बक्यौता दिन बाँकी छ । ‘किसानले उजुरी दिएलगत्तै पक्राउ पूर्जी […]
२ पुस, काठमाडौं । बुधबार अपरान्ह तीन बजे माइतीघरमा चौथो दिनको धर्ना सकियो । सवा तीन बजेतिर सहयोगी मनहरुले संकलन गरेको खाजा उखु किसान भएको ठाउँमा आइपुग्यो । स्वयंसेवकहरुले प्लास्टिकका प्लेटमा बाँडेका आधी मुठ्ठी खिर, दुइटा पुरी र अलिकति तरकारीले किसानहरुले दिनभरको भोक मेटाए । खाजापछि पर्चा–पम्प्लेट बोकेर १० जनाको एउटा समूह धर्नास्थलबाट पूर्वतर्फ सडकपेटीमा […]
२ पुस, काठमाडौं । सांसदहरुले किसानकाे उखुको मूल्य भुक्तानी नदिने चिनी उद्योगीलाई तुरुन्तै पक्रन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाकाे उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बाेल्दै सांसदहरूले यस्तो धारणा राखेका हुन् । उनीहरुले उद्योगीबाट किसानको रकमको साँवा ब्याजसमेत भुक्तानी गराउनुपर्ने धारणा राखेका छन् । सांसद प्रकाश रसाइलीले उद्योगीले चिनी बिक्री गरेर […]
२ पुस, काठमाडौं । संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु किसानलाई सातदिन भित्र […]
२ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले सामाजिक सञ्जालमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्ने नेताहरुबाटै उद्योगीलाई गिरफ्तार नगर्न […]
२ पुस, काठमाडौं । चिनी उद्योगलाई उखु बेचेको रकम पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् । आइतबारदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् । किसानहरु धर्ना बसेको स्थान अगाडि छातीमा प्लेकार्ड झुण्ड्याएका किसानले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा राखिएको […]
२ पुस, काठमाडौं । आन्दोलनरत उखु किसानले आफूहरुको आन्दोलनको दुई बुँदे बटमलाइन अघि सारेका छन् । सरकारले वार्तामा बोलाई पठाएको पत्रको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई जवाफ लेखी किसानहरुले भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने बताएका छन् । उनीहरुले सरकारी कोषबाट आफूहरुको रकम भुक्तानी गरिदिने वा उद्योगीले रकम नदिएसम्म आन्दोलन जारी राख्ने शर्त अघि सारेका हुन् […]
२ पुस, काठमाडौं । उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको छ । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी गराएका हुन् । किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम […]
१ पुस, काठमाडौं । चार दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानले बुधबार उखुको ढाँकसहित प्रदर्शन गरेका छन् । पछिल्ला दिनका आन्दोलनमा किसानको संख्या पनि बढिरहेको छ । यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका किसानले बुधबारदेखि उखु बोकेरै प्रदर्शन गरेका छन् । हेर्नुहोस् तस्वीरहरु
१ पुस, काठमाडौं । चिनी उद्योगलाई उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै माइतीघरमा जारी उखु किसानको आन्दोलनमा किसानको संख्या बढिरहेको छ । बुधबार माइतीघरको धर्नामा सहभागिता जनाउन बारा, पर्सा, रौतहट र नवलपरासीका किसान पनि आएका छन् । सुरुमा सर्लाही र नवलपरासीका किसानले सुरु गरे पनि अन्य जिल्लाका पीडिक किसान पनि आउन थालेका उखु किसान […]
३० मंसिर, काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने विषयमा छलफल […]
३० मंसिर, काठमाडौं । उखु किसानको आन्दोलनप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एक्यवद्धता जनाएको छ । चिनी मिल सञ्चालकबाट उठ्न बाँकी बक्यौता असुल गराइदिन माग गर्दै माइतीघर मण्डलामा आन्दोलनरत किसानका माग तत्काल सम्बोधन गर्न माग गर्दै नेविसंघले एक्यवद्धता जनाएको हो । मंगलबार केन्द्रीय कमिटीका पदाधिकारीसहति माइतीघर पुगेर नेविसंघले किसानको आन्दोलनलाई साथ दिएको हो । नेविसंघ आवद्ध […]
३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उखु किसानहरुको माग सम्बोधनका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताएका छन् । बक्यौता रकम दिलाइदिन माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका उखु किसानहरुको आन्दोलनमा समर्थन जनाउन पुगेका शर्माले समस्या समाधान गर्न सरकारले तत्काल समन्वय गनुृपर्ने बताए । तर सरकारका एक मन्त्रीले ‘माइतीघरमा धर्नामा बसेकाहरु वास्तविक किसान […]
३० मंसिर, काठमाडौं । उखु किसानको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ । गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन् । उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा […]
२९ मंसिर, काठमाडौं । सोमबार बिहान ११ बजेतिर माइतीघर मण्डलाको दक्षिणतर्फको सडकमा लहरै बसेका थिए उखु किसान । आफ्नो उब्जनीको मूल्य माग गर्दै धर्ना बसेका किसानहरुबीच चिरपरिचित अनुहार देखिए, लोक गायक बद्री पंगेनी । किसानको धर्ना सुरु हुनुभन्दा एक घण्टाअघि नै गायक पंगेनी ऐक्यबद्धताका लागि माइतीघर पुगेका थिए । धर्नाको समय सुरु भएपछि ‘सरकार ! […]
२९ मंसिर, काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । वार्ताका लागि मन्त्रालयमा आउन टेलिफोन आएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायले बताए । वार्तामार्फत नै समस्या समाधान गर्न सकिने भन्दै सोमबार मन्त्रालयबाट उनलाई फोन आएको थियो । ‘हामीले उधारोमा वार्ता नगर्ने […]
२९ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले चिनी मिलहरूले सरकारको संरक्षणमा किसानमाथि शोषण गरिरहेको आरोप लगाएको छ । जनमोर्चा उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भुक्तानी नगर्ने चिनी मिलमाथि कारबाही गर्न, किसानमाथिको शोषण बन्द गर्न, उत्पादन गरेको उखुको उचित मूल्य निर्धारण गर्न, बिक्री गरिएकाको तत्काल भुक्तानी गर्न र किसानलाई आवश्यक सहयोग गर्न […]
२८ मंसिर, काठमाडौं । सर्लाही, खरर्वाका गगनदेव रायको परिवारको आयआर्जनको स्रोत भनेकै उखु खेती हो । उनले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले दुई छोरासहित १० जनाको परिवारको गर्जो टार्दै आएका थिए । रायको परिवारले जिल्लाकै अन्नपूर्ण र महालक्ष्मी सुगर मिललाई वार्षिक ६०० मेट्रिक टनसम्म उखु पुर्याएका छन् । तर, पछिल्ला वर्षहरुमा […]