- Home
- उखु किसान
उखु किसान
२८ मंसिर, काठमाडौं । सरकारले गरेको बाचा पूरा नभएपछि सर्लाहीका उखु किसानहरुले पुन: काठमाडौं आइपुगेका छन् । उनीहरुले आइतबारदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका साथ गुनासो पोख्न थालेका छन् । चिनी मिल सञ्चालकले वक्यौता रकम नपाएपछि यसअघि पनि किसानले काठमाडौंमा आन्दोलन गरेका थिए । सरकारले उक्त रकम उठाइदिने बाचा गरेको थियो । तर बाचा पूरा नभएपछि उनीहरुले […]
२८ मंसिर, काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र […]
२८ मंसिर, काठमाडौं । बक्यौता रकम माग गर्दै आन्दोलन गर्न काठमाडौं आएका उखु किसानहरुलाई विवेकशील साझा पार्टीले समर्थन गरेको छ । ‘उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम उठाउन गरिरहेका संघर्षमा विवेकशील साझा पार्टी पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ,’ आइतबार सो पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ । गत वर्ष पुष १८ गते उद्योग […]
२७ मंसिर, काठमाडौं । चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आफूहरु काठमाडौं आएको किसान हरिश्याम यादवले बताए । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार केही काठमाडौं आलिएसकेका छन् भने अरु […]
२७ मंसिर, काठमाडौं । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले बढी भएको मन्त्रालयले जनाएको छ । लागत, ढुवानी र मुनाफा जाडेर […]
२४ मंसिर, काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्दि्रत आन्दोलनको घोषणा गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको को उखु किसान संघर्ष समिति […]
२४ कात्तिक, काठमाडौं । सर्लाहीका उखु किसानहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । सोमबार राष्ट्रपति निवासमा भएको भेटका किसानका सबै खाले समस्याबारे राष्ट्रपतिलाई जानकारी गराइएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । उखु किसानका समस्या, बक्यैता लगायतका समग्र कृषिको समस्याबारेमा राष्ट्रपतिलाई अवगत गराइएको संघर्ष समितिका संरक्षक राकेशकुमार मिश्रले जानकारी दिए । ‘उखु किसानको बक्यौता, […]
२४ कात्तिक, काठमाडौं । आइतबार करिब डेड दर्जन उखु किसानहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर उखुको बक्यौता रकम तत्काल उठाईदिन आग्रह गरे । करिब २० दिनमा सबै उधारो रकम पाउने आसमा गत वर्ष पुष १८ गते उद्योगमन्त्री भट्टसँगै समझदारी गरेर सिंहदरबारट निस्किएका किसान भण्डै ११ महिनापछि बुधबार पुनः उही माग लिएर उद्योग […]
२३ कात्तिक, काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने […]
१९, कात्तिक, काठमाडौं । उखु किसानको बक्यौता नतिर्ने उद्योगी खोजी गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । गत वर्ष माघ १८ मा उखु किसानसंग भएको सम्झौता बमोजिम किसानलाई रकम भुक्तानी गरेको विवरण नबुझाउने उद्योगी खोजिदिन उद्योगले गृहसँग सहयोग मागेको हो । मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले भनिन् ‘ केही उद्योगीले किसानलाई […]
२५ असोज, काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुले संसदीय समिति गुहारेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । आइतबार सिंहदरबारस्थित समितिको कार्यालयमा उखु उत्पादक संघका […]
६ असोज, काठमाडौं । दशैंअघि नै उखु किसानलाई उपलब्ध गराउन सरकारले अनुदानबापतको रकम जिल्लामा पठाएको छ । नेपालमा धेरै उखुखेती हुने तराईका ८ जिल्लाका किसानलाई वितरण गर्न ९५ करोड २० लाख ५० हजार रुपैयाँ पठाइएको कृषि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । किसानले दशैंमा पैसाको अभाव नझेलुन् भनेर यसपटक छिट्टै रकम […]
३१ भदौं, काठमाडौं । सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुने समय एक महिना थप गरिएको छ । कोभिड १९ का कारण किसानलाई दर्ता हुन समस्या भएको भन्दै भदौ मसान्तसम्म दिइएको दर्ता अवधि एक महिना थपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । उखु किसानलाई अनुदान दिने कार्यविधि २०७५ अनुसार सरकारी अनुदान […]
२४ असार, काठमाडौं । श्रीराम सुगर मिलको जग्गा बिक्री हुन नपाएपछि किसानको उखुको बक्यौता भुक्तानीमा समस्या परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु मिलबाट किसानले पाउनुपर्ने बक्यौता तिर्ने प्रक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट असहयोग भएको आरोप लगाएको छ । श्रीराम सुगर मिलको जग्गा बिक्री गरेर किसानको झण्डै २७ करोड रुपैयाँ […]
२२ वैशाख, नवलपरासी । उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड रुपैयाँ बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउँछन् । समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड रुपैयाँ, […]
६ माघ, काठमाडौं । उद्योगमन्त्रीलाई साक्षी राखेर १८ पुसमा पाँचबुँदे सहमति भएपछि सर्लाहीका उखु किसान रामविलास महतोको अनुहारमा लोभलाग्दो खुसी छायो । उनको अनुहार उज्यालिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भयो । उद्योगीले माघ ७ को भाका राखेका थिए र सरकारले त्यहीँ भाकाभित्र पैसा दिलाउने ग्यारेन्टी गरेको थियो । तर, अहिले उद्योगीले चलाखी गरेका छन् […]
२० पुस, काठमाडौं । सर्लाहीको हरिवन–६ कपिलमुनी मैनाली नेपाल उखु उत्पादक महासंघका अध्यक्ष हुन् । राजनीतिक दलैपिच्छे भ्रातृ संगठन खोलेको भए पनि उखु उत्पादक महासंघ राजनीतिक दल सम्बद्ध संगठन नभई किसानको हकहितका लागि लड्ने नेतृत्वदायी संगठन भएको मैनालीको दाबी छ । तराईमधेसका १७ जिल्लामा व्यवसायिक उखु खेती हुन्छ । १४ वटा उखु मिल छन् र, […]
१८ पुस, काठमाडौं । सरकारसँग पाँचबुँदे सहमति भएपछि सर्लाहीका रामविलास महतोले सहमतिपत्रलाई बडो नियालेर हेरे । अनि, उनको अनुहारमा खुशी छचल्कियो । अनलाइनखबरसँग रामविलासले भने, ‘अब चाहिँ पैसा आउने आशा बढेको छ ।’ महतो उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गर्न केही दिनअघि काठमाडौं आएका हुन् । ७० हिउँद काटेका महतोले धरधरी आँशु बगाउँदै आफ्नो […]
१८ पुस, काठमाडौं । उद्योगलाई उखु बेचेको रकम नपाएपछि किसान एक हप्तादेखि काठमाडौंमा आन्दोलनमा छन् ।चिसो मौसमको परवाह नगरी उनीहरु हरेक दिन माइतीघर मण्डलामा ब्यानर र प्लेकार्ड लिएर प्रदर्शन गरिरहेका छन् । तराईको गर्मीमा बसेका उनीहरु कतिपय चिसोले बिरामी परिसके भने कतिपयको खर्चसमेत सकिइसक्यो । तर उखु उद्योगीबाट वर्षौदेखि नपाएको रकम फिर्ता नपाएसम्म घर नफर्किने […]
१८ पुस, काठमाडौं । उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण सुगर मिल राजी भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् । अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले […]
२०२५ सालमा घुर्कौली आएर चना-मटर खेती गर्यौं । बजारमा लग्यो बिक्री गर्यो, पैसा भइहाल्थ्यो । पछि बिहारको रिगा मिलको सिको गर्दै उखु खेती सुरु गर्यौं । सुरुमा उखु पेलेर मिठ्ठा (सख्खर) बेच्थ्यौं । आज मिठ्ठा पेल्यो, भोलि व्यापारी आउँथे । नगदमै किनेर लैजान्थे । वीरगञ्ज चिनी कारखाना खुलेपछि केही उखु उता दियौं । इन्दु शंकर […]