Comments Add Comment

उपभोक्ता

List Grid
बजेट नपाएपछि ‘यूएचटी मिल्क’ उत्पादन गर्ने योजना अलपत्र

२ मंसिर, काठमाडौं । युरोपेली स्टान्डर्डको यूएचटी दूध उत्पादन गर्ने दुग्ध विकास संस्थान (डीडीसी) को योजना अलपत्र परेको छ । तीनवर्ष अघिदेखि डीडीसीले यूएचटी उत्पादन गर्ने योजना बनाएपनि बजेट अभावमा प्रक्रिया समेत थाल्न नसकिएको प्रवक्ता इश्वरीप्रसाद अधिकारीले बताए । नेपालमा अझै सहजै स्टेरलाइज्ड दूध उत्पादन हुन सकेको छैन । अल्ट्रा हिट टि्रटेड -युएचटी) अर्थात उच्च […]

तरकारीको मूल्य नियन्त्रणबाहिरः स्याउभन्दा गोलभेंडा महंगो !

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक […]

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

१५ कात्तिक, पोखरा । मुस्ताङका कृषकले यस वर्ष ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा […]

खाना खान होटल रेष्टुराँ जाँदै हुनुहुन्छ ? अब लोगो हेरेर मात्र छिर्नुस्

९ कात्तिक, काठमाडौं । सरकारले होटल तथा रेष्टुराँ क्षेत्रलाई स्वच्छ र गुणस्तर हेरेर बर्गीकरण गर्ने लागेको छ । सर्वसाधारण छिर्ने यस्ता होटल, रेष्टुराँले गुणस्तर र स्वच्छतामा हेलचेक्रयाइँ गर्न थालेपछि त्यसलाई नियमन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बर्गीकरणको गर्न लागेको हो । विभागले लोगो प्रमाणपत्रका आधारमा यस्ता खाद्य व्यवसायलाई नियमन गर्न लागेको हो । […]

उपभोक्तामाथि खेलवाडः हजारौं फर्ममा अनुगमन, कारवाहीमा आलटाल

३१ असोज, काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आर्थिक वर्ष ०७३/७४ मा करीव पाँच हजार व्यापारिक फर्ममा अनुगमन गर्‍याे । सोही वर्ष खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट अनुगमन भएका फर्मको संख्या झण्डै तीन हजार छ । आपूर्ति व्यवस्थापन विभाग अत्यावश्यकीय उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय हो । खाद्य प्रविधिले खाद्य वस्तु […]

दशैं ‘अफर’ छैन, चाडबाडपछि रकम तान्ने होडबाजी

१० असोज, काठमाडौं । तीन वर्ष अघिसम्म अवस्था अर्कै थियो, बैंकहरुले ग्राहक आकषिर्त् गर्न दशैंमा अनेकखाले ‘अफर’ ल्याउँथे । त्यसयता भने दशैंकै लागि निक्षेप र कर्जाका योजनाहरु ल्याउन छाडेका छन् । ‘अहिले राष्ट्र बैंकले अनुत्पादक परिभाषित गरेका अटो, घरजग्गाजस्ता कर्जामा कम लगानी गर्न निर्देशन दिइरहेको छ, त्यसैले पनि मुख्य किसिमका यी कर्जाका योजना दशैं अफरका […]

बल्खु, कोटेश्वर र कलंकीमा रिजर्भका बहानामा यात्रुसँग दोब्बर भाडा असुलिँदै

९ असोज, काठमाडौं । दशैंको मुखमा काठमाडौंबाट बाहरिने छोटा दूरीका सवरीका यात्रुलाई बढी भाडको मार परेको छ । कलंकी र कोटेश्वरबाट छुट्ने केही लामो दूरीका बसमा पनि यात्रुसँग दोब्बर भाडा अशुल्ने क्रम तीव्र भएको छ । नाकाहरुमा यात्रुको चाप बढ्दै गएपछि रिजर्भ जाने बाहनामा बस र यात्रुबाहक टाटा सुमोले यात्रुसँग दोब्बर भाडा अशुल्न सुरु गरेका […]

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको मूल्य बढाएका हुन् । व्यापारीले केही दिनयता विभिन्न ६ प्रकारका चामल र मुसुराको दालको मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँले वृद्धि गरिएको छ […]

बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित)

२६ भदाै, काठमाडौं । भाेलि मंगलबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अग्रीम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् । त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लाग्ने निश्चित नै छ । […]

उपभोक्ता ठग्नेमाथि कारवाही गर्न अर्थ मन्त्रालयकै असहयोग

२५ भदौ, काठमाडौं । उपभोक्ता ‘ठगी’ गर्ने दरबारमार्गका व्यापारीमाथि कारबाही गर्न अर्थ मन्त्रालयले असहयोग गरेको छ । आपूर्ति मन्त्रालयले पछिल्लो समय दरबारमार्ग क्षेत्रका पसलहरुमा अनुगमन गर्दा चर्को मूल्य असुलेको भेटिएको छ । त्यसक्रममा झण्डै एक दर्जन ब्राण्डेड पसलमा सिल गरिएको छ । सरकारी अनुगमनको विरोधमा दरबारमार्गका व्यापारीहरुले एक सातादेखि पसल बन्द गर्दै आएका छन् । […]

मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने

२४ भदौ, काठमाडौं । भदौको २७ गते अर्थात अागामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । आज यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् । यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेर्स्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् । आजको बैठकमा […]

एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर भोलिबाट उठ्ने

२४ भदौ, काठमाडौं । झण्डै एक सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर भोलि आइतबारबाट उठ्ने भएको छ । फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका थिए । महानगरपालिकाले शनिबार विहान उनीहरुसँग नयाँ समझदारी गरेपछि आइतबारबाट फोहोर उठ्ने निश्चत भएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले अनलाइनखबरलाई बताए । ‘आज पनि आंशिक […]

दरवारमार्गमा अनुगमन रोक्न महासंघको गुहार, मन्त्रीले सोधे-पहुँच हुँदैमा जे पनि गर्ने ?

२३ भदौ, काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्ग क्षेत्रमा चर्को मूल्य असुली उपभोक्ता ठग्ने व्यवसायीलाई कानून अनुसार कारवाही गरिने प्रष्ट पारेका छन् । सोमबारदेखि सिलबन्दी गरीएका पसल खुलाउन माग गर्न गर्दै मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा मन्त्री मण्डलले उपभोक्ता ठग्नेले उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् । ‘दोषी भेटिए विद्यमान कानून […]

दशैंको टिकट नपाएका यात्रु भन्छन्-गाडीवालाको दादागिरी भो, सरकारले साझा बस पठाओस्

२२ भदौ, काठमाडौं । दैलेख र सुर्खेतका झण्डै १५ जना किशोरको सूमह विहान ४ बजे दशैंको अग्रीम टिकट बुकिङका लागि नयाँ बसपार्क पुग्यो । विहान अध्याँरोमै निन्द्रा माया मारेर बसपार्क  पुग्दा झण्डै २ सय मान्छे लाइनमा आइसकेका थिए । लाइनमा बसेका सबै उज्यालो भएपछि काउन्टर खुल्ने आशामा थिए सबै । तर, ६ बजे आइपुगेका बस […]

सरकारको निर्णय बस व्यवसायीले टेरेनन्, अग्रिम टिकट बुकिङ खुलेन

२२ भदौ, काठमाडौं । सरकारले आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि व्यवसायीहरुले अटेरी गरेका छन् । यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्न दबाब दिएपछि आजदेखि खुल्ने भनिएको टिकट वितरण अवरुद्ध बनेको हो । बिहीबारदेखि टिकट वितरण हुने जानकारी पाएपछि बिहान ४ बजेदेखि नै सर्वसाधारण बसपार्क पुगेर लाम लागेका थिए […]

दरवारमार्गका व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा, सरकारी अनुगमनको विरोध

२१ भदौ, काठमाडौं । सरकारले बजार अनुगमन गरेको विरोधमा दरवारमार्गका व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । बुधबार पनि अनुगमन टोलीले केही पसलहरुमा सिलबन्दी गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । व्यवसायीको विरोधका कारण केही समय दरवारमार्ग क्षेत्रको स्थिति असहज बनेको थियो । बुधबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उक्त क्षेत्रमा अनुगमन गर्न […]

बुलेटको समस्या समाधान नभए दशैंतिहारमा ग्यास ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

१९ भदौ, काठमाडौं । व्यावसायीहरूले बुलेट सञ्चालनको समस्या समाधान नभए दशैं, तिहारमा खाना पकाउने एलपी ग्यासको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारकै स्वीकृतिमा भारतमा निर्माण भइसकेका बुलेट सञ्चालनमा ल्याउन पहल नगरेको भन्दै दवावस्वरुप आगामी दशैं तिहारमा ग्यास ढुवानी ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका हुन् । ‘नेपालीको महान पर्व दशैं, तिहार, छठ तथा प्रदेश […]

विद्युत प्राधिकरणले ल्यायो बत्ति जाने सूचना दिने एप

१९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारणबस बत्ति जाने समयमा जनतालाई जानकारी गराउनको लागि एप ल्याएको छ । यो एप अहिलेलाई विद्युत प्राधिकरणको आधिकारीक वेबसाइटमा मात्रै उपलब्ध छ । यस्तो एप प्राधिकरणको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । ट्रान्सफर्मर पड्कदा र विद्युतका पोलहरु ढल्दा अहिले विभिन्न समयमा विद्युत जाने गरेको छ । वास्तविक कुरा […]

दरवारमार्गका ४ ब्राण्डेड पसल सिलः २६ सयको जुत्तालाई २६ हजार !

१९ भदौ, काठमाडौं । सरकारले दरवारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको हो । आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु बिक्री गरेको पाइएपछि सिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए […]

दशैंका लागि २२ भदौदेखि टिकट बुकिङ खुल्ने

१६ भदौ, काठमाडौं । सरकारले दशैंका लागि राजधानी बाहिर जाने जनताकाका लागि भदौ २२ गतेदेखि सवारीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको छ । आज यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदाैदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् । मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न […]

दशैंमा ५५ हजारभन्दा बढी खसीबोका र च्याङ्ग्रा उपत्यका भित्रिने

११ भदौ, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा झण्डै ५५ हजारभन्दा बढी खसीबोका र च्यांग्रा भित्रिँदैछ । दशैंलाई लक्षित गरेर काठमाडौंमा खसी बोका भित्र्याउन तयारी भइरहेको छ । दशैंका लागि सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान र निजी क्षेत्रको चौपाया खरिदबिक्री संघले मात्रै झण्डै ५० हजार खसीबोका भित्र्याएर बेच्ने बताएका छन् । दशैंमा काठमाडौंमा झण्डै […]