Comments Add Comment

उपभोक्ता

List Grid
खानेपानी संस्थानले पनि थाल्यो जारमा पानी बिक्री

९ भदौ, काठमाडौं । खानेपानी संस्थानले पनि जारमा पानी बिक्री थालेको छ । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले शुक्रबार मिनरल वाटर आयोजनाको उद्घाटन गरे । संस्थानले काभ्रेको पनौति-७ मा प्लान्ट राखेको छ । नगरपालिकाले उपलब्ध गराएको सात आनामा उद्योग सञ्चालनमा आएको हो । उक्त प्लान्टबाट उत्पादित पानी २० लिटरको प्रतिजार ४७ रुपैयाँ कायम गरिएको […]

बाढी पहिरोको प्रभाव तीजको सुन बजारमा पनि !

७ भदौ, काठमाडौं । हिन्दू महिलाहरुको तीज पर्वमा काठमाडौंका सुन पसलहरुमा भीड लागेको छ । तीजमा नयाँ गहाना किनेर लगाउने उपभोक्ताको भिड लागेको हो ।  ब्यवसायी भने तीजअघि देशभर आएको बाढीपहिरोले सुन बजार प्रभावित भएको बताउँछन् । काठमाडौंका सुन पसलहरुले अहिले तीजका लागि धमाधम सुनचाँदीका गहानाको डेलिभरी दिइरहेका छन । उपत्यकामा यो वर्ष सुनको ठूलो […]

भदौ १६ देखि सुपथ मूल्य पसलः पीठोदेखि खसीबोकासम्ममा छुट

६ भदौ, काठमाडौं । सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले यही भदौ १६ गतेदेखि कात्तिक […]

तीजको सँघारमा उपत्यकामा फलफूलको हाहाकार

३२ साउन, काठमाडौं । तीज आउनै लागेका बेलाबजारमा फलफूलको अभाव खड्किएको छ । अहिले काठमाडौं उपत्यकामा फलफूल किन्न खोज्ने उपभोक्ताले चाहेजति फलफूल किन्न पाएका छैनन् । बजारमा पाइने फलफूलको पनि मूल्य आकाशिएको छ । काठमाडौंमा उपभोक्ताको मागबमोजिम फलफूलको आपूर्ति दिन नसकिएकोे व्यवसायीहरूले नै बताएका छन् । व्यवसायीहरूका अनुसार उत्पादनको कमीका साथै बाढी-पहिरोका कारण आपूर्तिमा कठिनाइ […]

डीडीसीले बढायो दूध र घ्यूको मूल्य

३२ साउन, काठमाडौं । दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको छ । संस्थानका प्रबन्ध निर्देशक गंगा तिमिल्सिनाका अनुसार आफ्ना १५ प्रतिशत उत्पादनहरुको मूल्य बढाएको हो । उनका अनुसार दूधमा बिहीबारदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ । नयाँ मूल्यअनुसार अब आधा लिटरको प्याकेटका लागि उपभोक्ताले ३५ रुपैयाँ तिर्नुपर्ने छ । बढेको मूल्यमा चार रुपैयाँ […]

तरकारीको भाउ छोइनसक्नु, व्यापारी भन्छन्- अझै बढ्छ

३१ साउन, काठमाडौं । एकसाता अघिमात्रै प्रतिकिलो ४५ रुपैयाँमा भिण्डी खरिद गरेका उपभोक्ता मंगलवार त्यही भिण्डी प्रतिकिलो ८५ रुपैयाँमा किन्न बाध्य भए । किन यस्तो भनेर सोध्दा ब्यापारीहरु भन्छन्- मधेसमा बाढी आएकाले । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो मंगलवार भिण्डी खुद्रामा प्रतिकिलो ४० रुपैयाँमा कारोबार भएको थियो । त्यही भिण्डीको मूल्य […]

तरकारीको भाउ छोइनसक्नु, व्यापारी भन्छन्- अझै बढ्छ

३१ साउन, काठमाडौं । एकसाता अघिमात्रै प्रतिकिलो ४५ रुपैयाँमा भिण्डी खरिद गरेका उपभोक्ता मंगलवार त्यही भिण्डी प्रतिकिलो ८५ रुपैयाँमा किन्न बाध्य भए । किन यस्तो भनेर सोध्दा ब्यापारीहरु भन्छन्- मधेसमा बाढी आएकाले । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो मंगलवार भिण्डी खुद्रामा प्रतिकिलो ४० रुपैयाँमा कारोबार भएको थियो । त्यही भिण्डीको मूल्य […]

बिलिङ मेसिन नजोड्ने सयभन्दा बढी ट्याक्सी ट्राफिकको नियन्त्रणमा

२९ साउन, काठमाडौं । व्यवसायी तथा चालकहरुले ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न अटेरी गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा र गुणस्तर तथा नापतौल विभागले कारवाही सुरु गरेका छन् । ठगी नियन्त्रणका लागि सुरु गरिएको प्रिन्टर सिस्टम झण्डै ३५ सय ट्याक्सीले जोडेका छैनन् । कतिपयले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् । यसविरुद्ध महाशाखाका डिआईजी सर्वेन्द्र खनालको अग्रसरतामा […]

व्यवसायीसामु झुक्यो आयल निगम, क्षतिपूर्ति बढाइयो

२७ साउन, काठमाडौं । तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका ब्यवसायीको मागमा नेपाल आयल निगम लचिलो बनेको छ । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगम स्रोतले जानकारी दियो […]

व्यवसायीले आयल निगमका डिपोबाट पेट्रोल उठाउन छाडे

२६ साउन, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स एशोसियसन आवद्ध व्यवसायीहरुले अाज बिहीबारबाट नेपालभरका आयल निगमका डिपोबाट पेट्रोल उठाउन छाडेका छन् । सिंकेज वर्किङ लसबापतको तेलको भुक्तानी नयाँ प्रतिवेदनअनुरुप गर्नुपर्ने भन्दै आन्दोलन घोषणा गरेका हुन् । आज र भोलिलाई हिजोसम्म पम्पमा ल्याइएका तेलवितरण गर्न पुग्ने र पर्सीबाट पेट्रोल वितरण पूर्ण रुपमा ठप्प हुने बाग्मती पेट्रोलियम डिलर्स […]

नोजलबाट कम तेल झरे पनि कारबाही नगर्न पेट्रोलियम व्यवसायीको माग

२५ साउन, काठमाडौं  । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि कारबाही नगर्न माग गर्दैै आन्दोलन घोषणा गरेको छ । डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भन्दै कारबाही नगर्न माग गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएका मागहरुको पाँचौ नम्बर बुँदामा लेखिएको छ, […]

हड्ताल नगर्न पेट्रोलियम व्यवसायीलाई आपूर्तिमन्त्रीको आग्रह

२५ साउन, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले हड्ताल नगर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेका छन् । विराटनगरमा नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनको अञ्चल कार्यालयको अनुगमन गर्दै आपूर्तिमन्त्री मण्डलले उपभोक्तालाई मार पर्नेगरी आन्दोलनका कार्यक्रम नगर्न व्यवसायीलाई आग्रह गरेका हुन् । ‘जनतालाई सहज इन्धन आपूर्ति गराउनेतर्फ सचेत हुनुपर्छ,’ उनले […]

क्षतिपूर्ति नबढे पेट्रोल-डिजेलको वितरण रोक्ने व्यवसायीको चेतावनी

२४ साउन, काठमाडौं । पेट्रोलियम डिलर्स एशोसियसन आवद्ध व्यवसायीहरुले साउन २६ गतेबाट देशभर पेट्रोलको वितरण ठप्प पार्ने भएका छन् । आफ्ना माग पुरा नभए साउन २९ देखि डिजेल पनि बेच्न छोड्ने घोषणा ब्यवसायीले गरेका छन् । यो आन्दोलनको घोषणा गराउन ब्यवसायीलाई निगमकै अधिकारीले उक्साएको ब्यवसायी नै बताउँछन् । सोमबार बुटवल र पोखरामा पत्रकार सम्मेलन गर्दै ब्यवसायीले सिंकेज […]

हुम्लामा खाद्यको गैरजिम्मेवार हर्कत, कुहिएको चामल पैसा लिएर बेचियो

२२ साउन, काठमाडौं । खाद्य संस्थान हुम्लाले स्थानीयलाई कुहिएका चामल बेचेको फेला परेको छ । केही दिनअघि संस्थानले प्रतिपरिवार पाँच केजीका दरले चामल बेचेको थियो । सिमकोट गाउँपालिका–६ का उवर्जन रावतले आफूहरुले लगेको चामल कुहिएको फेला परेको बताए । चामल कुहिएको भेटिएपछि पाँच परिवारले तत्कालै भाग लगाएर खाएको उनले बताए । यो वर्ष मात्रै नभई […]

आयल निगमको अनियमितताः झापामा २३ करोड पर्ने जग्गा ५३ करोडमा किनियो

१६ साउन, झापा । नेपाल आयल निगमले प्रदेश नं. १ मा पेट्रोलियम भण्डारणका लागि झापामा जग्गा खरिद गर्दा कम्तिमा ३० करोड रुपैयाँ घोटाला गरेको भेटिएको छ । विचौलियासँगको मिलेमतोमा चलनचल्तीभन्दा दोब्बर मूल्यमा जग्गा किनेर घोटाला गरिएको हो । साबिक दुवागढी-४, हालको मेचीनगर नगरपालिका वडा नं. १३ मा आयल निगमले १९ बिघा १७ कठ्ठा १३ धुर […]

पेट्रोल खानीमा फेरि विदेशी कम्पनी, ७ वर्षभित्र उत्खनन सुरु गर्ने योजना

१५ साउन, काठमाडौं । सरकारले नेपालमा रहेको भनिएको पेट्रोलियम खानीहरुमा अन्वेषण र उत्खननको काम फेरि अघि बढाउने भएको छ । झण्डै ३ वर्षदेखि लगभग ठप्प रहेको पेट्रोलियम अन्वेषणको काम अघि बढाएर केही वर्षभित्रै पेट्रोल उत्खखन् गर्ने सरकारी योजना छ । योजनाअनुसार काम भए ७ वर्षपछि पेट्रोल उत्खननको तयारी सुरु हुनेछ । सरकारले पुनः विदेश कम्पनीहरुलाई […]

सरकारी बस कम्पनी खोल्ने र ठूला बस गुडाउने योजना असफल

१५ साउन, काठमाडौं । सरकार आफैंले बस कम्पनी खोल्ने र राजधानीमा ठूला बसहरु गुडाउने योजना असफल भएको छ । सरकारले काठमाडौं महानगरको अगुवाईमा विभिन्न नगरपालिका मिलेर सरकारी बस कम्पनी दर्ता गर्ने र ठूला बसहरु गुडाउने योजना बनाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले संसदमा विशेष सम्बोधन गर्दै सरकारले नै ठूला बस किनेर विभिन्न शहरहरुका […]

‘स्मार्ट पेट्रोल पम्प’ खोल्न व्यवसायीले मानेनन् ,१० वटालाई मात्र निर्माणको स्वीकृति

११ साउन, काठमाडौं । जोखिम न्यूनीकरण र आधुनिकता भित्र्याउन भन्दै सरकारले शुरु गरेको नमूना (स्मार्ट) पेट्रोल पम्पमा व्यवसायीले अनिच्छा प्रकट गरेका छन् । परम्परागत पम्पलाई विस्थापन गर्न भन्दै नेपाल आयल निगमले नमूना पेट्रोल पम्पको अवधारणा ल्याएको थियो । उक्त अवधारणा अनुरुप निगमले दुई पटकसम्म व्यवसायीबाट आवेदन माग गरेपनि अपेक्षित रुपमा आवेदन प्राप्त गर्न सकेको छैन […]

साउनभित्रै सवारीमा ‘इम्बोस्ड नम्बर प्लेट’, सवारीधनीलाई कति आर्थिक भार ?

७ वैशाख, काठमाडौं । सरकारले साउनको अन्तिमसम्म सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया अघि बढाएको छ । संशोधन प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले नम्बर प्लेटका बारेमा अहिले कानुनमा रहेका […]

जाम हटाउन चिरीबाबुको प्रस्तावः प्राइभेट, संस्थान र सरकारी कार्यालय एउटै समयमा नखोलौं

७ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक ब्यवस्थापनका लागि नयाँ प्रस्ताव गरेका छन् । शनिबार काठमाडौंमा सामुदायिक प्रहरी र स्थानीय तहकाबीच हुनुपर्ने सहकार्यकाबारे अन्तरक्रियामा मेयर महर्जनले सबै कार्यालय १० बजे नै खोल्ने नीति परिवर्तन गर्ने प्रस्ताव गरेका हुन् । प्रहरी महाननिरीक्षक प्रकाश अर्याल सहभागी कार्यक्रममा मेयर महर्जनले फरक प्रकृतिका कार्यालयलाई छुट्टा-छुट्टै समयमा […]

तेल वितरण ठप्प पारेका ब्यवसायीले १५ दिन आन्दोलन रोके

३ साउन, काठमाडौं । बाग्मती पेट्रोलियम डिलर्स एशोसियशनले १५ दिनका लागि आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आज मंगलबारबाट अञ्चलभरि तेल वितरण बन्द गरेको एशोसियसनसँग नेपाल आयल निगमले बेलुकी वार्ता गरेपछि १५ दिनका लागि आन्दोलन स्थगित भएको हो । सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै ब्यवसायीले मंगलबारदेखि पेट्रोलियम पदार्थको खरिद-बिक्री ठप्प पारेका थिए । […]