Comments Add Comment

ऋचा शर्मा

List Grid
क्रिस्टिनालाई ‘सानी’ भन्दैछन् ‘इकु’

चलचित्र ‘फिर्के’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक भएको छ । पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्रको ‘सानी सानी’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । विश्व नेपाली र जुना प्रसाइँको स्वर रहेको गीतमा रामशरण नेपालीको शब्द, विश्वको नै संगीत समावेश छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुलेमान शंकर ‘इकु’ र नव–नायिका क्रिस्टिना […]

फोटोसुटमा ऋचा र क्रिस्टिनाको लफडा, भनिन्-‘गेट वेल सुन’

यो घटना केहि समय अगाडिको हो । जतिबेला चलचित्र ‘फिर्के’का मुख्य कलाकार तथा प्रस्तुतकर्ता सुलेमान शंकर ‘इकु’ चलचित्रको लागि कलाकारको फोटोसुट गराउँदै थिए । तर, फोटसुटका क्रममा चलचित्रका २ नायिकाविच लफडा नै भयो । जसलेगर्दा, नायिका ऋचा शर्माले फोटोसुट नै गरिनन् । पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फिर्के’को पोष्टर फोटोसुटका क्रममा नायिका ऋचा […]

कोही महावीरसँग ऋचा शर्माले मूर्ख भनेको भिडियो छ ?

सन् २०१६ आयोजना भएको एक नेपाली साहित्य फेस्टिबलमा नायिका ऋचा शर्माले हिरोको परिभाषाको विषयमा प्रस्तुत गर्नुभएको विचारदेखि नै उहाँ बौद्धिक फिल्मीकर्मी हुनुहुन्छ भन्ने लागेको थियो । तर, त्योबेला उहाँले प्रस्तुत गर्नुभएको तर्कमा कुनै बहस अनि विवाद भएन । किनकि, मानव मनको एउटा कुना नकरात्मकताले बनेको हुन्छ र त्योकुना नै जीवनमा धेरै हाबी हुन्छ भन्ने मैले […]

दीपकले भने–‘महिलामाथि वियर खन्याएर नाचेको दृश्य महिला हिंसामा पर्छ या पर्दैन ?’

चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका कलाकार दीपकराज गिरीले घुमाउरो शैलीमा नायिका ऋचा शर्मासँग भैरहेको विवादको बिषयमा मुख खोलेका छन् । ऋचाले दीपकले निर्माण गरेको चलचित्र ‘छक्का पन्जा’मा महिला हिंसा भएको भन्दै एक कार्यक्रममा टिप्पणी गरेपछि बहस सुरु भएको थियो । त्यसपछि निरन्तर फेसबुकमा जवाफ दिदै आएका दीपकले पत्रकारहरुसँग पहिलो पटक बोल्दै भने–‘हामी चलचित्रको कर्ममा […]

ऋचा भन्छिन्-‘मैले खेलेका कतिपय चलचित्र दर्शकले नहेरुन् भन्ने लाग्थ्यो’

कुनै पनि कलाकारले आफूले खेलेको चलचित्र हलमा लागेर चाडै उत्रियोस् भन्ने चाहँदैन । अझ, त्यो चलचित्र असफल होस् र दर्शकले नै नहेरिदिए हुन्थ्यो भन्ने सोच्दैनँ । तर, कतिपय कलाकारलाई भने त्यस्तो सोच पनि आउने रहेछ । तपाइले यति धेरै चलचित्र किन गर्नुभएको भन्ने प्रश्न गर्दा केही स्टार भनिएका कलाकारको मुखबाट एउटै जवाफ आउँछ-‘पैसाका लागि ।’ […]

रेखाले ‘जोक्करहरु’ लेख्दा दीपाले लेखिन्-‘धन्यवाद रेखा’

चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविच देखिएको फेसबुक सवाल-जवालमा अब नायिका रेखा थापा पनि प्रवेश गरेकी छिन् । नायिका रेखा थापाले आफू नायिका शर्माको पक्षमा रहेको भन्दै एक पत्रकारको स्टाटसमा कमेन्ट गरेकी छिन् । रेखाले एक पत्रकारको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छिन्-‘ऋचा शर्माले भिडियोमा दर्शकलाई मुर्ख भनेकी छैनन् । उनी वुद्धिमान महिला हुन् […]

‘छक्का पन्जा’ टिमलाई ऋचाको यस्तो जवाफ

आइतबार बेलुकीदेखि चर्किएको चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविचको वाकयुद्ध अझै सकिएको छैन । एकले जवाफ दिने र अर्काले फेसबुक मार्फत नै फर्काउने क्रम चलिरहेको छ । यसले चलचित्र क्षेत्रलाई फाइदा भन्दा घाटा नै बढी भएको छ । विस्तारै, फराकिलो बन्दै गएको चलचित्र क्षेत्र चलचित्रकर्मीविच कै युद्धले साँघुरिने कुरामा दुइमत छैन । चलचित्र […]

सुटिङबाटै केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’ गुड्ने दिन

नायिका केकी अधिकारीले आफू निर्मित तथा अभिनित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति घोषणा गरेकी छिन् । चलचित्रको छायांकन हाल बाँकेको कोहलपुरमा भैरहेको छ । चलचित्र छायांकनको २२ औं दिनमा केकीले चलचित्रको प्रदर्शन मिति घोषणा गरेकी हुन् । उनले, यो चलचित्र आउँदो बर्षको वेशाख १४ गते चलचित्र रिलिज हुने उल्लेख गरेकी छिन् । विशाल भण्डारीलाई लिएर […]

‘फेरि फेरि’मा अर्पण र ऋचाको जोडी

‘कान्छी मट्याङ ट्याङ र पिरिम पर्‍या छन्’ नामक कमेडी चलचित्र निर्देशन गरेका निर्देशक पुरन थापाले अब अर्को चलचित्र निर्देशनको तयारी थालेका छन् । यसपटक पनि उनले आफ्नो शैलीलाई छाडेका छैनन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘फेरि फेरि’को कथावस्तु पनि कमेडी नै हुनेछ । माता बसुन्धरा मुभिजको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा अहिलेका […]

‘फिर्के’को फस्टलुकमा अर्पण, ऋचा र ‘इकु’

‘इकु’ उपनामले परिचित कलाकार सुलेमान शंकरले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले, निर्माण गरेको चलचित्र ‘फिर्के’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र पौष १४ गतेबाट रिलिज गरिने निर्माणपक्षले बताएको छ । चलचित्रमा कलाकारहरु अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिस्टिना पौडेल, विष्णु सपाकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारको मुख्य भूमिका […]

‘सुनकेशरी’को फस्टलुकमा ऋचाको डरलाग्दो अवतार

पहिलो चलचित्र निर्माणमा असफलता व्यहोरेकी नायिका ऋचा शर्माले दोश्रो चलचित्र पनि निर्माण गरेकी छिन् । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सुनकेशरी’को फस्टलुक सार्वजनिक भएको छ । अष्ट्रेलियामा सम्पूर्ण छायांकन सकिएको यो चलचित्रलाई सन् २०१८ अप्रिलमा रिलिज गर्ने तयारी गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका भिम न्यौपाने र नायिका शर्माको संयुक्त लगानीमा यो चलचित्र निर्माण […]

अष्ट्रेलियामा हरर चलचित्र बनाउँदै ऋचा

नायिका ऋचा शर्माले दोश्रो चलचित्रको निर्माण गरिरहेकी छिन् । पहिलो चलचित्र ‘आधा लभ’ पूर्ण रुपमा असफल भएपनि ऋचाले दोश्रो चलचित्र ‘सुनकेसरी’ निर्माण गरिरहेकी छिन् । २ करोडको लगानीमा बनिरहेको यो चलचित्रको कथावस्तु हरर जनराको रहेको ऋचाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । अष्ट्रेलियामा रहँदै आएका भिम न्यौपाने र ऋचाको संयुक्त निर्माणमा छायांकन भैरहेको चलचित्रलाइ […]

नायिकाहरुको फिल्ममा लगानी मोह, को सफल को असफल ?

पछिल्लो समयमा नेपाली चलचित्रका नायिकाहरु चलचित्र निर्माणमा पनि अग्रसर देखिएका छन् । एकपछि अर्का नायिकाहरुले चलचित्रमा लगानी गरिरहेका छन् । चलचित्र निर्माण कम्पनी समेत खोल्दा नायिकाहरु करिअर लामो समयसम्म अगाडि बढाउन सकिन्छ भन्ने सोच्छन् । यसैले पनि होला अहिले नायिकाहरुको चलचित्र निर्माण मोह झनै बढेको छ । जेठ महिनामा मात्र २ नायिका निर्मात्री बनेको चलचित्र […]

अर्पण थापा, जो निर्देशनमा असफल देखिए

चलचित्र ‘वीर विक्रम’ हेरेका दर्शकले सबैभन्दा बढी तारिफ कलाकार अर्पण थापाको गरे । अर्पणको भूमिकाकै कारण यो चलचित्रले राम्रो प्रशंसा पाएको थियो । कलाकारको रुपमा सफल मानिएका अर्पण निर्देशकको रुपमा भने असफल देखिएका छन् । चलचित्र ‘मुखौटा’ चल्नु अगाडि यसको हाइप खुबै थियो । तर, यो चलचित्र चलेपछि ‘फुस्स’ भयो । अर्पण निर्देशक भन्दा कलाकारमा […]

छानो हाल्ने ऋचाको सपना

मुम्बईमा बेचिएकी चेलीको कथा–व्यथा भरिएको ‘छानो हाल्ने सपनीमा म बेचिनुपर्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका चन्दा देवानको स्वर छ भने यसमा शंकर थापा इस्माइलले संगीत भरेका छन् । यो गीतको रचना मानव तस्करीको अबोध शिकार बनेर बर्सेनी हजारौँ चेलीबेटीले नर्कतुल्य जीवन बिताउनुपरेको यथार्थलाई प्रतिनिधित्व गर्ने किसिमले गरिएको छ । आर्थिक […]

ऋचाको ‘आधा लभ’ हेर्न स्वेतादेखि करिश्मासम्म

अभिनेत्रीबाट निर्मात्री बनेकी नायिका ऋचा शर्माको चलचित्र ‘आधा लभ’लाई केही नायिकाहरुको साथ मिलेको छ । खासै प्रचारप्रसार नगरी हलमा रिलिज गर्न लागिएको यो चलचित्रको वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । नायिका शर्माको निर्माणमा बनेको चलचित्र हेर्नका लागि स्वेता खड्का, करिश्मा मानन्धर, रीमा विश्वकर्मा, गौरी मल्ल हलमा पुगे । यस्तै, कलाकार खगेन्द्र लामिछाने, […]

‘आधा लभ’मा ऋचा र अर्पणको प्रेम, हट रोजिशा

नायिका ऋचा शर्मा चलचित्र ‘लुट २’को प्रचारमा पनि खासै देखिइनन् । उनी, केही समयदेखि चलचित्र क्षेत्रबाट हराएजस्तै थिइन् । तर, यसको पछाडि कारण थियो । नायिका शर्मा पनि अब निर्मात्री बनेकी छिन् । उनले, आफै निर्माण गरेको चलचित्र ‘आधा लभ’का कारण उनी केही समय भूमिगत जस्तै भएकी हुन् । यो चलचित्र छायांकन सकेर ऋचाले प्रदर्शन […]

ऋचा र म उस्तै हौँः नीशा

बिहिबार बेलुकी काठमाण्डौमा आयोजित चलचित्र ‘आधा लभ’को ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका निशा अधिकारीलाइ पनि देखेपछि पत्रकारहरु छक्क परे । किनकी, नायिका ऋचा शर्माले निर्माण गरेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नीशा किन पुगिन् भनेर प्रश्न उठ्नु स्वभाविक हो ? तर, आफ्नो बोल्ने पालो आएपछि नीशाले यो कुराको जवाफ दिइन् । नीशाले भनिन्-‘ऋचा शर्मा प्रोडक्शनको चलचित्रको कार्यक्रममा […]

यी हुन् बर्षका उत्कृष्ट ५ फिल्म, कसले जित्यो दर्शकको मन ?

नेपाली चलचित्रको ब्यापारलाई हेर्ने हो भने बर्ष २०७३ को बारेमा निर्माताहरुले गुनासो गर्ने ठाउँ खासै देखिएको छैन । दर्शकको मन छुने खालका चलचित्र बनाउन सकेको खण्डमा व्यापार कमजोर बन्दैन भन्ने उदाहरण केहि चलचित्रले दिए । यो बर्ष १ करोड माथिको ग्रस कलेक्शन गर्ने चलचित्रको संख्या पनि कमजोर छैन । बर्षमा बनेका ७ दर्जन बढी चलचित्रमध्ये […]

यी हुन् बर्षका उत्कृष्ट ५ नायिका (भिडियो रिपोर्ट)

अनलाइनखबरले नेपाली चलचित्रका लागि बर्ष २०७३ कस्तो रह्यो भनेर सुरु गरेको बाषिर्क समिक्षा अन्र्तगत हामीले यहाँ बर्षका उत्कृष्ट ५ नायिकाको काउन्डाउन प्रस्तुत गर्दैछौ । यो बर्ष नेपाली चलचित्र क्षेत्रमा केहि नव-नायिका प्रवेश गरे । धेरै नायिकाहरु हात खाली हुँदै घरमै थन्किए भने केही नायिकाको मात्र व्यस्तता खुबै देखियो । नायिकाहरुको व्यस्तता, चलचित्र रिलिज, बक्स अफिस […]

दुई दिनमा ‘लुट २’ को आक्रामक व्यापार

निर्माता माधव वाग्ले आफू निर्मित चलचित्र ‘लुट २’ को व्यापारले दंग छन् । उनले चलचित्र प्रदर्शन अगावै भन्दै आएको ‘छक्का पञ्जा’ को रेकर्ड तोड्ने भनाइ अहिले पनि रोकेका छैनन् । निर्माता वाग्लेका अनुसार ‘लुट २’ले देशभरका हलबाट २ दिनमा ३ करोड आसपासको व्यापार गरेको छ । निश्चल बस्नेत निर्देशित यो चलचित्र हेर्नका लागि काठमाडौंका मल्टिप्लेक्स […]