Comments Add Comment

एनआरएनए

List Grid
लण्डन लैजाने भन्दै युएईमा ६३ जना अलपत्र

२ भदौ, युएई । कार्यसमिति चयन भएदेखि नै आन्तरिक विवादमा चलिरहेको एनआरएन युएईभित्रको विवाद सतहमा आएको छ । लण्डन लैजाने भन्दै युएईमा अलपत्र पारिएका ६३ जना पीडितहरुको विषयलाई लिएर पछिल्लो समय एनआरएन भित्रको विवाद चुलिएको छ । यही कारण एनआरएनए यूएई उपाध्यक्षसहित एनआरएनका ३ जना निलम्बित भएका छन् । संस्था विधानविपरीत चलेको भन्दै कार्यसमितिका ६ […]

‘विदेशबाट दैनिक ५ सय जनालाई उद्धार गर्ने निर्णय पुनर्विचार गर’

३२ साउन, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दैनिक ५ सय जनाको दरले मात्रै उद्धार गर्ने निर्णय पुनर्विचार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ । […]

कोरोनाबाट भारतमा २५ नेपालीको मृत्यु : एनआरएनए

१८ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको  छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले […]

दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा

१६ साउन, काठमाडौं । दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबर ९ देखि ११ (असोज २३-२५) सम्म आयोजना हुने भएको छ । कोरोनाका कारण सम्मेलन कहाँ गर्ने भन्ने तोकिएको छैन । सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नु पर्ने रणनीतिमा केन्द्रित हुने एनआरएनएले जनाएको छ । सम्मेलनका लागि महासचिव […]

‘विदेशमा यो साता १ नेपालीको कोरोनाबाट मृत्यु’

११ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एक जना नेपालीको मृत्यु भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु […]

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

४ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा […]

यो साता विदेशमा ३ नेपालीको कोरोनाबाट मृत्यु : एनआरएनए

७ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् । गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । तर यो साता थप ३ जना नेपालीको मृत्यु […]

एनआरएन माल्टा कार्यसमितिको राजीनामा स्वीकृत, अनुशासन समितिबाट कारवाही हुने

बार्सिलोना । एनआरएनए माल्टाका पदाधिकारी वा सदस्यहरुबारे कारवाहीको निर्णय अनुशासन समितिले गर्ने भएको छ । शनिबार सम्पन्न संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले कार्यसमितिको राजीनामा स्वीकृत गर्दै कारबाहीबारे निर्णय गर्न अनुशासन समितिलाई सिफारिस गरेको हो । राष्ट्रिय समन्वय परिषद् माल्टाका पदाधिकारीहरु गैरकानुनी रुपमा श्रमिकहरु ल्याउने कार्यमा कुनै न कुनै रुपमा संलग्नता रहेको प्रतिवेदन छानविन समितिले बुझाएपछि […]

विदेशमा कोरोनाले नेपालीको मृत्यु हुने क्रम रोकियो : एनआरएनए

३२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणबाट कुनै नेपालीले ज्यान गुमाउन परेन । एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण […]

विदेशमा अलपत्र ५११ नेपालीको उद्धार

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी […]

माल्टा छानविन समितिले प्रतिवेदन बुझायो

बार्सिलोना । माल्टामा श्रमिक ल्याउन एनआरएनए पदाधिकारीहरु नै संग्लग्न रहे÷नरहेकोबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । एनआरएनए युरोप संयोजक नारायण आचार्यको नेतृत्वमा गठित माल्टा छानबिन समितिले मंगलबार संघको अन्तर्राष्ट्रिय सचिवालयमा प्रतिवेदन पठाएको हो । एनसीसी माल्टाका पदाधिकारी, आईसीसी सदस्य, नागरिक समाजको अगुवाहरु, पीडित, नेपाली राजदूतावास, पत्रकार, एनआरएनए केन्द्रीय पदाधिकारीहरुको छलफल र कुराकानीपछि […]

एनआरएनए माल्टा कार्यसमितिद्वारा सामूहिक राजीनामा

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिले सामूहिक राजीनामा दिएको छ । माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको समाचार सार्वजनिक भएपछि १९ सदस्यीय कार्यसमितिले राजीनामा दिएको हो । एनआरएनए इतिहासमा नै सम्पूर्ण कार्यसमितिले सामूहिक राजीनामा दिएको सम्भवतः यो पहिलो घटना हो । उनीहरुको राजीनामा पत्रमा आफूहरुमाथि गम्भिर आरोप लागेकाले […]

केरुङमा रोकिएका कच्चा पदार्थ भित्र्याउन पहल गर्न एनआरएनए चीनको माग

२६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले केरुङमा रोकिएका उद्योग सञ्चालनका लागि आवश्यक सामग्री नेपाल ल्याउन पहल गर्न माग गरेको छ । एनआरएनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टराईलाई सोमबार ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो । चीनका विभिन्न शहरबाट खरिद गरेर ल्याइएका उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ, हाइड्रो कम्पनी मेशिन, […]

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु : एनआरएनए

११ जेठ, लण्डन । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी […]

एनआरएनए माल्टाको छानबिन प्रक्रिया सुरु, सहयोग गर्न अपिल

बार्सिलोना। एनआरएनए युरोप संयोजकको नेतृत्वमा गठित माल्टा छानबिन समितिले सरोकारवालालाई सहयोगको लागि अनुरोध गरेको छ। माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको समाचार बाहिरिएपछि समितिले छानबिनको प्रक्रिया अघि बढाएको छ। ‘माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा‘ शीर्षकमा अनलाइनखबरले सनसनीपूर्ण खुलासा गरेपछि एनआरएनए केन्द्रले छानबिन समिति गठन गरेको हो । […]

एनआरएनए स्पेनले सुरु गर्‍यो दोस्रो चरणको राहत वितरण

५ जेठ, बार्सीलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले दोस्रो चरणको राहत वितरणलाई तीव्रता दिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि राहत वितरणलाई सुरु गरेको हो। यसअघि संघले पहिलो चरणमा स्पेनका विभिन्न सहरहरुमा गरी २३० जनालाई खाद्यान्न समाग्रीहरु वितरण गरेको थियो। दोस्रो चरणमा पनि […]

एनआरएनले माल्टामा छानबिन गर्दै, मानव तस्करी गर्नेलाई छोड्दैनौं– अध्यक्ष पन्त

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समितिका पदाधिकारीमाथि छानबिन हुने भएको छ । ‘माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा‘ शीर्षकमा अनलाइनखबरले सनसनीपूर्ण खुलासा गरेपछि एनआरएनए केन्द्रले छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आइसीसी सदस्य […]

मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गर्न एनआरएनएको आग्रह

२४ वैशाख, टेक्सस (अमेरिका) । कोभिड-१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली संघले आग्रह गरेको छ । समयसँगै समस्या झन्-झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै संघको मध्यपूर्व क्षेत्रले प्राथमिकताका आधारमा उद्धार गर्न बढाउन आग्रह गरेको हो । मध्यपूर्वमा देशहरुमा नेपाली श्रमिकहरुको संख्या उल्लेख्य रहेको छ । संघको मध्यपूर्व […]

माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा 

२१ वैशाख, बार्सिलोना । युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक छ माल्टा । जहाँ रोजगारीका लागि आएका नेपालीहरु अहिले अलपत्र परेका छन्। म्यानपावर वा व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत १२ लाख रुपैयाँसम्म तिरेर माल्टा आएका नेपालीहरु काम नपाएपछि समस्यामा परेका हुन्। पाँच महिनाअघि माल्टा आइपुगेका गोर्खाका रामप्रसाद बगालेले आफू बिचल्लीमा परेको बताए। अनलाइनखबरसँग कुराकानी गर्दै […]

एनआरएनए विदेशमा रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने भएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमित नेपालीका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीव्रता दिने निर्णयसमेत गरेको हो । समस्या समाधान गर्न विदेशमा रहेका कोरोना प्रभावित नेपालीबारे जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई […]

एनआरएनए हेल्थ कमिटीको अनुमान- अमेरिकामा ५०० नेपालीमा कोरोना संक्रमण

२३ चैत, वाशिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति संक्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा […]