- Home
- एमसीसी
एमसीसी
११ साउन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषयमा अमेरिकाले चासो देखाएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आइतबार भएको भेटमा अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको स्रोतले जानकारी दिएको छ । भेटमा राजूदत बेरीले अमेरिकाले पहिलेदेखि नै नेपाललाई विभिन्न सहयोग उपलब्ध गराउँदै […]
८ साउन, काठमाडौं । सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्याबारे संसदीय समितिमा छलफलको माग गरेका छन् । विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण सम्बन्धी छलफल थियो । छलफलमा सहभागी सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा समेटिएको तर, भारतीय फौज त्यस क्षेत्रबाट नहटेको भन्दै परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग राखेका हुन् । पूर्वगृहमन्त्री […]
२९ असार, काठमाडौं । जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे पार्टीले कुनै निर्णय नगरेको बताएको छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबारे आफ्नो नीति र धारणा निर्माणका लागि आन्तरिक छलफल भइरहेको बताएका हुन् । ‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा […]
२८ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रवास विशेष समितिले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरेको छ । समितिद्वारा सरकार र जसपालाई सुझाव दिन गठित तीन सदस्यीय ‘एमसीसी अध्ययन तथा सुझाव कार्यदल’ले यस्तो निश्कर्ष निकालेको हो । ‘यो फरक रुप धारण गरी भित्रिन खोजेको इस्ट इन्डिया कम्पनीजस्तै हो भन्दा फरक […]
२१ असार, काठमाडौं । सरकारले बिजनेस नै समाप्त नभई हतार–हतार संसद अधिवेशन अन्त्य गरिदिएपछि त्यसको प्रत्यक्ष असर अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) माथि परेको छ । संसदको यही अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन गरिनुपर्ने समयसीमा थियो । तर, प्रधानमन्त्री ओलीको हतारो निर्णयका कारण संसद अधिवेशन अन्त्य भएपछि अब एमसीसी सम्झौताको आयु समाप्त भएको छ । […]
१७ असार, वीरगञ्ज । अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी ‘राष्ट्रघाती’ रहेको भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले ‘विकासको नाममा देश बेच्न पाइँदैन’, लगायतका नारा लेखिएका प्लेकार्डहरु […]
१५ असार, काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान रकम नेपाललाई सधैं उपलब्ध नहुने बताएको छ । सम्झौता नेपालको संसदबाट सम्झौता एमसीसी अहिलेसम्म अनुमोदन नभएकोबारे अमेरिका जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भएको बताएको छ । दूताबासले भनेको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको […]
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अर्थात् युएसएआइडी जस्तै विश्वका पूर्वाधार विकास गरेर विश्व पुँजीवादी बजार अर्थतन्त्रमा पूर्ण समाहित भैनसकेका विभिन्न देशहरुमा ठूलाखाले पूर्वाधार निर्माण गर्न सहयोग गर्ने उद्देश्यले बनाइएको अमेरिकी सरकारी कम्पनीले नेपालमा सुरु गर्न खोजेको परियोजना बारेको बहसले देश तातेको छ । विकासे परियोजनाहरुले लामो समयदेखि पराधीन बनाएको र भर्खरैदेखि आफ्नो मौलिक समृद्धिको खोजीमा रहेको […]
लामो समयदेखि विभिन्न कारणले बस्न नसकेको नेकपाको स्थायी समितिको बैठक चलिरहेको छ . पार्टी नेतृत्वको सरकाले सोचेजस्तो काम गर्न नसकेको आरोप एकातिर छ भने अर्कातिर सरकाले गरेका राम्रा कामको अपनत्व लिन नसकेको भन्ने आवाज पनि त्यतिकै उठिरहेको छ । भारतद्वारा करिब छ दशकदेखि अतिक्रमित नेपाली भूमि समेटेर नेपाल सरकारले जारी गरेको नक्साबमोजिम निसाना छाप परिवर्तन […]
११ असार, काठमाडौं । विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता (कम्प्याक्ट) का बुँदा बुँदामा संसदले प्रस्ट व्याख्या गर्नुपर्ने बताएको छ । संसदमा ब्याख्या भएर नेपाल र नेपालीको हितमा भए स्पष्ट आधारसहित आम नागरिकको विश्वास लिएर पारित गर्नुपर्ने उसको भनाइ छ । एमसीसी सम्झौताका २.४, ५.१, ५.३, ५.५, ६.८, ७.१, […]
११ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी) सम्झौताबारे संसदीय समितिमा छलफल चलाउन माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेस सांसदहरुले एमसीसी सम्झौताबारे सार्वजनिक रुपमा बहस भइरहेको भन्दै संसदीय समितिमा छलफल चलाउन माग गरेका हुन् । कांग्रेसले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने […]
१० असार, काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन सुरु हुने नयाँ मिति प्रस्ताव गर्ने तयारी गरेको छ । पूर्व निर्धारित मितिमा एमसीसी सुरु नहुने पक्का भएपछि नयाँ मिति प्रस्ताव गर्न लागिएको मन्त्रालयका एक सहसचिवले जानकारी दिए । ‘सम्पूर्ण तयारी सक्ने अवधी कति राख्ने भन्ने विषयमा राजनीतिक निर्णय आवश्यक पर्दछ’ […]
१० असार, काठमाडौं । दुई अध्यक्षबीच कुरा नमिल्दा स्थायी कमिटी बैठकको एजेण्डासमेत तय हुन नसकेका बेला आजदेखि शुरु नेकपा बैठकको कार्यसूची बैठकको अन्तिम समयमा तय भएको छ । सामान्यतः सदस्यहरुलाई बैठकको कार्यसूची पहिले नै जानकारी दिने र केन्द्रीय सचिवालयले प्रतिवेदन पास गरेर अध्यक्षले स्थायी कमिटीमा पेश गर्नुपर्ने हो । तर, दुई अध्यक्षबीचमै सहमति हनु नसकेका […]
९ असार, काठमाडौं । विद्युत प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलर बराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने/नगर्ने बारे सत्तारुढ नेकपा गहिरो विवादमा फसेको छ । बुधबार बिहान बस्ने स्थायी कमिटीको बैठकले यसलाई कसरी टुंग्याउला ? सिंगै देशको ध्यान यसैमा केन्द्रित छ । नेकपा स्थायी […]
९ असार, काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ । प्रतिनिधिसभाको बैठक १७ असार मध्यान्हसम्मका लागि स्थगित भएकैसँगै एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का भएको हो । एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित मिलेनियम च्यालेञ्च एकाउन्ट (एमसीए) नेपालका अनुसार २०२० जुन (१६ असार) […]
९ असार, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा दुई समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादीसहितका ११ दल र स्वतन्त्र नारीको नाममा एक समूहले प्रदर्शन गरेको हो । ११ दलले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन र सभा गरे । प्रदर्शनका सहभागीले ‘एमसीसी किन राष्ट्रघाती ?’ […]
नेपालको विकास प्रयासमा विदेशी सहायता परिचालनको इतिहास झन्डै सात दशक पुरानो छ। वि. सं. २००७ को परिवर्तनपश्चात संवत् २००९ मा नेपालले विभिन्न राष्ट्र सम्मिलित कोलम्वो प्लानको सदस्यता प्राप्त गर्यो । सोअन्तर्गत नेपालका कैयौं विद्यार्थीले विभिन्न प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने मौका प्राप्त गरे। यही कोलम्वो प्लानको नाउँबाटै पछिसम्म पनि जुनसुकै छात्रवृत्तिमा विदेश पढ्न जानेजतिलाई […]
८ असार, काठमाडौं । चिया पसलदेखि भट्टीपसलसम्म अहिले सर्वाधिक चर्चा र चासोको ‘टपिक’ बनेको छ एमसीसी । राजनीतिको शीर्ष तहमा रहेका नेतादेखि युट्युबरले बनाएका भाइरल मेनहरु पनि एमसीसीकै बहसमा केन्द्रित भइरहेका छन् । यस्तोबेला संसदबाट सम्झौता पारित गर्ने वा नगर्ने निर्णायक ठाउँमा चाहिँ सत्तारुढ नेकपा छ । अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) […]
६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित रहेको बुझिएको छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको […]
४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा पढ्दै नपढी विरोध गर्ने प्रवृत्ति देखिएको बताएका छन् । आफूले एमसीसी सम्झौता पढेको मान्छे धेरै नभेटेको बताउँदै उनले एमसीसीको विरोध गर्नेहरुको तर्क सुन्दा अचम्म लाग्ने गरेको बताए । विहीबार राष्ट्रियसभामा लामो मन्तव्य दिँदै प्रधानमन्त्रीले एमसीसीका विषयमा भने ‘एमसीसी सम्झौता खोजेर […]
४ असार, काठमाडौं । सरकार एमसीसी सम्झौता संसदको यसै अधिवेशनबाट पारित गराउने तयारीमा जुटेको छ । सत्तारुढ नेकपाभित्रै एमसीसीको विषयमा विवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट पारित गराउन दृढ देखिएका छन् । प्रधानमन्त्रीमा प्रमुख सल्लाहकार तथा नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले एमसीसी विकास परियोजनालाई राजनीतिकरण गर्न खोज्दा केही विवाद आए पनि प्रधानमन्त्री […]