- Home
- एमसीसी
एमसीसी
८ असार, काठमाडौं । चिया पसलदेखि भट्टीपसलसम्म अहिले सर्वाधिक चर्चा र चासोको ‘टपिक’ बनेको छ एमसीसी । राजनीतिको शीर्ष तहमा रहेका नेतादेखि युट्युबरले बनाएका भाइरल मेनहरु पनि एमसीसीकै बहसमा केन्द्रित भइरहेका छन् । यस्तोबेला संसदबाट सम्झौता पारित गर्ने वा नगर्ने निर्णायक ठाउँमा चाहिँ सत्तारुढ नेकपा छ । अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) […]
६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित रहेको बुझिएको छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको […]
४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा पढ्दै नपढी विरोध गर्ने प्रवृत्ति देखिएको बताएका छन् । आफूले एमसीसी सम्झौता पढेको मान्छे धेरै नभेटेको बताउँदै उनले एमसीसीको विरोध गर्नेहरुको तर्क सुन्दा अचम्म लाग्ने गरेको बताए । विहीबार राष्ट्रियसभामा लामो मन्तव्य दिँदै प्रधानमन्त्रीले एमसीसीका विषयमा भने ‘एमसीसी सम्झौता खोजेर […]
४ असार, काठमाडौं । सरकार एमसीसी सम्झौता संसदको यसै अधिवेशनबाट पारित गराउने तयारीमा जुटेको छ । सत्तारुढ नेकपाभित्रै एमसीसीको विषयमा विवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट पारित गराउन दृढ देखिएका छन् । प्रधानमन्त्रीमा प्रमुख सल्लाहकार तथा नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले एमसीसी विकास परियोजनालाई राजनीतिकरण गर्न खोज्दा केही विवाद आए पनि प्रधानमन्त्री […]
३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटमा पनि बैठक बोलाउने समझदारी भएको छ । स्रोतले भन्यो, ‘बजेट र संविधान संशोधनको सबै प्रक्रिया सकिएपछि […]
हामी कुनै पनि निश्चित राष्ट्रको सरकार वा सहयोगको विपक्षमा होइन, तर हामी नेपाल राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र कानुन, सामाजिक सद्भावना तथा नेपाली जनताको निर्णयको सर्वोच्चताको पक्षमा हो । एमसीसी सम्झौताका विभिन्न बुँदाहरूले नेपाल राज्यको सार्वभौमिकता, सुरक्षा कानुन तथा जनताको सर्वोच्चताको विपक्षमा छ। कारणहरू: १) यसको ढाँचा र व्यवहार इस्टइन्डिया कम्पनीजस्तो छ नेपाल र अमेरिका […]
३२ जेठ, काठमाडौं । एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे […]
२७ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दातृ राष्ट्र वा विकास साझेदारसँग सहयोग लिँदा कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने गरी नलिने बताएका छन् । प्रतिनिधि सभामा मंगलबार विनीयोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रहित प्रतिकूल हुने गरी विकास सहयोग स्वीकार नगर्ने बताए । ‘विकास निर्माणको काम गर्दा नेपाल कुनै पनि रणनीतिक वा […]
२७ जेठ, काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी)का विषयमा संघीय मन्त्रीहरुका फरक–फरक धारणा आएका छन् । खासगरी मन्त्रीहरु पूर्वपार्टी (पूर्वएमाले र पूर्वमाओवादी) का आधारमा विभाजित देखिएका छन् । पूर्वमाओवादीबाट मन्त्री बनेकाहरुले एमसीसी संसदमा छ, संसदले आवश्यक निर्णय गर्छ भनेका छन् भने पूर्वएमालेबाट मन्त्री भएका ओली पक्षका नेताहरुले एमसीसी पारित गर्नुपर्ने बताएका छन् । […]
२७ जेठ, काठमाडौं । नेकपा सचिवालयको पछिल्लो बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– एमसीसीको सन्दर्भमा जे निर्णय गर्ने हो, सहमतिका साथ हुन्छ । प्रायः सहमतिको भन्दा आफ्नो कुरा माथि पार्न खोज्ने ओलीको एमसीसीबारेको भनाइलाई नेताहरुले अर्थपूर्णरुपमा लिएका छन् । सचिवालयको अर्को बैठक आज (मंगलबार) बस्दैछ । यो बैठकको मुख्य एजेण्डा सम्भवतः एमसीसी […]
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सि.सि.) अमेरिकी सरकारको वैदेशिक सहायता एजेन्सी हो । जसले विश्वव्यापी गरीबी संग जुध्न विभिन्न मुलुकहरुमा आर्थिक अनुदान उपलब्ध गराउँछ । अमेरिकी संसद ले सन् २००४ मा एमसीसी ऐन पारित गरे पश्चात यो सहायता एजेन्सी मार्फत हाल विश्वका झण्डै पचासवटा मुलुकहरुलाई आर्थिक अनुदान उपलब्ध गराउदै आएको छ । एमसिसीको नेपाल सम्बन्ध भने सन् […]
२५ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् । तर अर्का […]
२१ जेठ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । विभिन्न दल निकटका भातृ संगठनले माइतीघरमा छुट्टाछुट्टै प्रदर्शन गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ । नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा […]
२१ जेठ, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता बुटवलमा जलाएका छन् । सम्झौताको ७७ पृष्ठको नेपालीप्रति बुटवलको देवीनगरमा मंगलबार साँझ जलाइएको हो । सम्झौता जलाउँदै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज संगम पुनले एमसीसी देशको लागि घातक हुने दावी गरे । उनले संसदबाट एमसीसी पारित गरे पनि कार्यक्रम संचालन हुन […]
१९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने स्पष्टीकरण दिएका छन् । सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो । बजेटमाथि […]
१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको अनुसूचीमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) समावेश गरिएको विषयलाई लिएर शनिबार बिहान बालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक बस्यो । बैठकमा सचिवालय सदस्य नरहेका भीम रावललाईसमेत निम्त्याइएको थियो । नेकपाका स्थायी कमिटी सदस्य रावल एमसीसी सम्झौताका खरो आलोचक हुन् । झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसी अध्यययन कार्यदलको […]
१७ जेठ, काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने बैठकको निश्कर्ष छ । साथै बैठकले एमसीसीएका महत्वपूर्ण कामहरु हाललाई रोक्ने निर्णय गरेको छ । ‘एमसीसीका बारेमा मुख्यतः बजेटमा प्रस्तुत अनुसूचिमा राखिएको […]
१७ जेठ, काठमाडौं । सरकारले बजेट वक्तव्यमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाको अनुदान रकम घुसाएको भनेर सत्तारुढ नेकपामा विवाद शुरु भएको छ । विवाद समाधानका लागि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको छ । सचिवालय बैठकमा नेकपाको एमसीसी कार्यदलका सदस्य रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावलका साथै अर्थमन्त्री डा. युवराज […]
१६ जेठ, काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार […]
१३ जेठ, काठमाडौं । साझा पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति दम्भयुक्त र दुर्भाग्यपूर्ण भएको बताएको छ । मंगलबार प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी सरकारले समाजका विभिन्न कोणबाट उठेका चिन्ता र चासोलाई वेवस्ता गरेर बहुमतको आडमा एमसीसीलाई पारित गरेरै छाड्ने ढिपी गरेको टिप्पणी गरेका छन् । ‘यदि आपत्तिजनक […]
१० जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यहरूले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमै बसेको भएको छलफलमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । सञ्चो नभएको भन्दै बैठकमा सहभागी नहुने पूर्वजानकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको नेताहरूले बताएका छन् । […]