Comments Add Comment

कंगना रनावत

List Grid
आयुष्मानमाथि कंगनाको टिप्पणी–‘यस्ता मानिसहरु माफियाको समर्थन गर्छन्’

नायिका कंगना रनावत र बलिउडका कलाकारविचको वार अझै सकिएको छैन । कंगनाले एकपछि अर्को बलिउड कलाकारमाथि आरोप लगाइरहेकी छिन् । अब, उनको आरोपको निशानामा नायक आयुष्मान खुराना परेका छन् । आफ्नो समिक्षाका कारण विवादमा आइरहने केआरकेले आयुष्मानले रिया चक्रवर्तीको समर्थन गरिरहेको भन्दै ट्विट गरेका थिए । केआरकेले बलिउडमा टिक्नका लागि आयुष्मानले यो कदम चालेको उल्लेख […]

महाराष्ट्रका मुख्यमन्त्रीको बयानमा कंगनाको आक्रोश

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका कंगना रनावत निरन्तर मिडियामा छाइरहेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या गरेको नभई उनको योजनावद्ध रुपमा हत्या गरिएको आरोप लगाउँदै आएकी छिन् । यसैविच, भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कसैसँग प्रमाण भएको खण्डमा ल्याएर दिन आग्रह गरेका थिए । यो मुद्दा छानविनका लागि मुम्बई प्रहरी असक्षम नभएको उनको तर्क […]

कंगनाले गाली गरेको क्षण संझिदै स्वराले लेखिन्–‘खुशीको संझना’

नायिका कंगना रनावत र बलिउडका अन्य केही नायिकाहरुविचको वाकयुद्ध चलिरहेको छ । कंगनाले ‘बी ग्रेड’का नायिकाहरु भनेपछि उनीसँग तापसी पन्नु, स्वरा भाष्कर, ऋचा चड्डा लगायतका नायिका रिसाएका छन् । यसैविच, कंगनालाई नायिका स्वरा भाष्करले पनि जवाफ दिएकी छिन् । कंगनामाथि प्रश्न गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखे–‘कंगनाजी, तपाई यती धेरै नाटक किन गर्नुहुन्छ ? चलचित्र ‘तन्नु […]

कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख गरेकी थिइन् । कंगनाले भनेकी […]

कंगनाको जवाफ–‘तापसी, स्वरा र ऋचालाई घरको बिल तिर्नुपर्ने दबाब छ’

नायिका कंगना रनावत र बलिउडका केही नायिकाहरुको आरोप–प्रत्यारोप रोकिएको छैन । कंगनाले नायिकात्रय तापसी पन्नु, स्वरा भाष्कर र ऋचा चड्डालाई ‘बी ग्रेड’का नायिका बताएपछि उनीहरु कंगनासँग भड्किएका थिए । अब, कंगनाले यी तिन नायिकालाई जवाफ दिएकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले भनेकी छिन्–‘यो दुःखको कुरा हो कि उनीहरुले मलाई समर्थन गरिरहेका छैनन् […]

कंगनाले ‘बी ग्रेड’कि नायिका भनेपछि भड्किइन् तापसी

नायिका कंगना रनावतले नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करलाई ‘बी ग्रेड’का नायिका भनेपछि यसले हंगामा मच्चाएको छ । कंगनाको यो बयानपछि नायिका तापसी पन्नु उनीसँग भड्किएकी छिन् । तापसीले भनेकी छिन्–‘कंगनाले बलिउडको मजाक उडाइरहेकी छिन् । मलाई यो देखेर निकै दुख लाग्छ ।’ कंगनाले तापसी र स्वरा निर्माता करण जोहरको मनपर्ने नायिका हुन् भने उनीहरुको […]

कंगना भन्छिन्–‘सुशान्तबारे मेरो दाबी झुटो भए पद्यमश्री फिर्ता गर्छु’

बलिउड नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही हस्तीहरुको बिषयमा खुलासा गरिरहेकी छिन् । उनले, निर्माता करण जोहर र निर्देशक महेश भट्टको बिषयमा बोलेकी थिइन् । बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउनमा करण र महेश अगाडि रहेको दाबी उनको थियो । उनै, कंगनाले फेरि अर्को नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो दाबी झुटो भएको खण्डमा […]

बलिउडकर्मीलाई कंगनाको प्रश्न–‘सुशान्तको आत्महत्या हो या योजनाबद्ध हत्या ?’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको घटनासँगै बलिउडमा फेरि एकपटक ‘परिवारवाद’को विषयले चर्चा पाएको छ। चलचित्र क्षेत्रभन्दा बाहिरबाट आएका कलाकारलाई बलिउडले महत्व नै नदिने भएकाले धेरै कलाकार डिप्रेसनमा जाने र कतिपयले आत्महत्याको बाटो अपनाउने गरेको टिप्पणी भइरहेको छ । नायिका कंगना रनावतले यो विषयमा भिडियो सार्वजनिक गर्दै आक्रोश व्यक्त गरेकी छन् । उनले भनेकी छन्–‘सुशान्तले […]

‘पद्यमश्री अवार्ड’ देशका आमा र छोरीप्रति समर्पित गर्न चाहन्छुः कंगना

भारत सरकारले हरेक बर्ष प्रदान गर्ने प्रतिष्ठित पद्यमश्री अवार्ड यो बर्ष पनि घोषणा भएको छ । गणतन्त्र दिवसको एक दिन अघि यो अवार्डको घोषणा गरिएको हो । बलिउडका ४ जना कलाकर्मीले यो अवार्ड पाउने भएका छन् । जसमा, नायिका कंगना रनावत, निर्देशक करण जोहर, गायक अदनान सामी र निर्मात्री एकता कपुर छन् । अवार्ड प्राप्त […]

एयरफोर्स पायलट बन्दै कंगना

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘पंगा’ आजबाट बक्स अफिसमा रिलिज भएको छ । यो चलचित्रलाई बलिउड समिक्षकले राम्रो प्रतिक्रिया समेत दिएका छन् । उनै, कंगना अब एक चलचित्रमा एयरफोर्स पायलट बन्ने तयारीमा छिन् । कंगनाले अभिनय गर्न लागेको चलचित्रको नाम ‘तेजस’ हो । कंगनाले चलचित्रको बिषयमा बलिउड मिडियासँग भनेकी छिन्–‘म यो भूमिका निर्वाहा गर्न […]

कंगना भन्छिन्–‘दीपिकाले माफी माग्नुपर्छ’

नायिका कंगना रनावतले अर्की नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । विशेषगरि, चलचित्र ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले एसिड आक्रमणमा परेका महिलाहरुको संवेदनशिलतामा खेलेको भन्दै कंगनाले माफी माग्न भनेकी हुन् । दीपिकाले मेकअप आर्टिस्टलाई टिकटक भिडियो च्यालेञ्जमा आफ्ना ३ लुक्स फेरि बनाउन भनिरहेकी छिन् । जसमा, उनले ‘छपाक’को लुक्स समेत उल्लेख गरेकी छिन् । […]

‘राम मन्दिर’को बिषयमा फिल्म बनाउँदै कंगना

नायिका कंगना रनावत अब चलचित्र निर्माण गर्दैछिन् । उनले, केही समय अगाडि नै आफू निर्माता बन्न लागेको उल्लेख गरेकी थिइन् । उनै, कंगनाले लामो समयदेखि चर्चामा रहेको राम मन्दिर विवादको बिषयमा चलचित्र बनाउने भएकी छिन् । उनले ‘अपराजित अयोध्या’ नाममा चलचित्र निर्माण गर्दैछिन्, जसको लागि उनले भारतको टप स्टूडियोसँग कुराकानी पनि अगाडि बढाइसकेकी छिन् । […]

प्रोडक्शन हाउस खोल्दै कंगना, भन्छिन्–‘म खेल्दिनँ, नयाँलाई अवसर दिन्छु’

यो लेख्दा गलत नहोला कि, यतिबेला सिंगो बलिउड एकातिर र नायिका कंगना रनावत अर्कोतिर छन् । बलिउडका धेरै कलाकारसँग कंगनाको वार चलिरहेको छ । तर, यसले उनलाई खासै फरक परेको छैन । कंगनाको विरुद्ध बलिउडकर्मीमा ठूलै गुट पनि छ । कंगना अब आफ्नै फिल्म प्रोडक्शन हाउस खोल्दै छिन् । कंगनाले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, […]

‘जयाललिता’ बन्न कंगनाको यस्तो मिहिनेत

बलिउडमा नायिका कंगना रनावत अन्य बलिउडकर्मीको निशानामा छिन् । तर, उनलाई यसले खासै फरक पारेको छैन । कंगना आफ्नो अभिनयका कारण सधै नै चर्चामा छिन् । उनी, अब भारतकी चर्चित राजनीतिज्ञ स्वर्गिय जयाललिताको बायोपिकमा काम गर्दैछिन् । यो चलचित्रलाई तामिल र हिन्दी भाषामा तयार गरिदैछ । तामिल भाषमा चलचित्रको नाम ‘थलाइभी’ र हिन्दी भाषामा चलचित्रको […]

कंगनासँग तपसीको आक्रोश, भन्छिन्–‘म उनीसँग निराश छु’

बलिउडमा नायिका कंगना रनावतको अन्य नायक–नायिकासँग वार परिरहन्छ । कंगना र उनकी बहिनी रंगोलीले गर्ने टिप्पणीले पनि अन्य कलाकार उनीहरुसँग आक्रोशित हुने गर्छन् । कंगनाले नायिका तपसी पन्नुलाई ‘सस्ती कपी’ भनेर आलोचना गरेपछि उनीहरुविच वार चलेको छ । हालैमात्र, चलचित्र ‘मिसन मंगल’को प्रचारमा दौडिएकी तपसीले कंगनाले महिलाहरुकै मुख्य भूमिका रहेको चलचित्रलाई साथ नदिएको भन्दै उनको […]

कंगनाले नयाँ विवाद निम्त्याएपछि तनावमा एकता

निर्मात्री एकता कपुरले निर्माण गरेको चलचित्र ‘जजमेन्टल हे क्या’ रिलिजको तयारीमा छ । यो चलचित्रको रिलिज पूर्व नै यसलाई लिएर ठूला ठूला विवाद भैरहेका छन् । यसैविच, नायिका कंगना रनावत र बलिउडका मनोरञ्जन समाचार लेख्ने मिडियाविच विवाद उत्कर्षमा पुगेपछि चलचित्रको निर्माण टिम तनावमा आएको हो । निर्मात्री एकता कपुर चलचित्र रिलिज अगाडि यस्तो खालको कुनै […]

कंगनाको आरोप–‘करणले पैसा खुवाएर मेरो फिल्मलाई ‘झुर’ भन्न लगाए’

बलिउड नायिका कंगना रनावतको विवादस्पद छविले उनलाई सधै चर्चामा ल्याउने गर्दछ । कंगना रनावतले बलिउडका अन्य कलाकारसँग दुश्मनी मोल्न कहिले छाडेकी छैनन् । कंगनासँगै उनको बहिनी पनि अरुलाई आरोप लगाउन र तर्क गर्न सिपालु छिन् । केही समय अगाडि मात्रै बहिनी रंगोलीले कंगनाले बलिउडका हस्तीहरुको चलचित्र छोडेको तर्क दिएकी थिइन् । उनले कंगनालाई हिरोको उपमा […]

रंगोलीको दाबी–‘कंगनाको करिअर सक्न चाहनेले हल्ला फैलाए’

बलिउड नायिका कंगना रनावतकी बहिनी रंगोलीको विवादस्पद बयानले भारतीय मिडिया तातिरहेका हुन्छन् । कंगनाको विषयमा रंगोली बोल्छिन् र चर्चामा आउँछिन् । कंगना अभिनित चलचित्र ‘मेन्टल हे क्या’ रिलिजको तयारीमा छ । सुरुमा यो चलचित्रलाई कंगना आफैँले निर्देशन गर्न चाहेको कुरा अहिले निकै चर्चामा छ । यो विषयमा रंगोलीले एक ट्विट गरेकी छिन् । उनले त्यहाँ […]

ऋतिक र कंगनाको भिडन्त पक्का

बलिउड नायक ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ले जनवरीमा आफ्नो रिलिज मिति पक्का गरेको थियो । तर, सोही मितिमा नायिका कंगना रनावत अभिनित ‘मनिकर्णिका’ पनि रिलिज हुने भएपछि ऋतिकले उक्त मिति छाडेका थिए । ऋतिक र कंगनाबीच निकै ठुलो द्वन्द्व छ । कुनै समय एक अर्काको गहिरो प्रेममा रहेका यी दुइले पछि एकअर्कालाई आरोप प्रत्यारोप […]

करणको शोका लागि म योग्य छैनः तापसी

निर्माता करण जोहरसँग बलिउडका धेरै नायिका नजिक छन् । तर, केही यस्ता नायिका पनि छन्, जो करणसँग निरन्तर आक्रोश पोखिरहेका छन् । जसमा, नायिका कंगना रनावत सबैभन्दा अगाडि छिन् । तर, अब अर्की एक नायिकाले पनि करणसँग दुश्मनी मोलेकी छिन् । चलचित्र ‘बदला’की नायिका तापसी पन्नुले घुमाउरो शैलीमा करणप्रति आक्रोश पोखेकी छिन् । करण जोहरको […]

करणप्रति कंगनाको आक्रोश–‘केही मानिसलाई च्यावनप्राशको आवश्यकता छ’

बलिउड नायिका कंगना रनावत र निर्माता तथा निर्देशक करण जोहरविच अझै पनि वाकयुद्ध सकिएको छैन । करणले बलिउडमा परिवारबादलाई महत्व दिएको आरोप कंगनाले लगाउँदै आएकी छिन् । यसैविच, हालैमात्र एक कार्यक्रममा कंगना फेरि करणप्रति खनिएकी छिन् । इन्डिया टुडेको विशेष कार्यक्रममा पुग्दै कंगनाले करणप्रति फेरि आक्रोश पोखेकी हुन् । करणले संचालन गर्दै आएको ‘कफी विथ […]