Comments Add Comment

कपिलवस्तु

List Grid
बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका पुरुषको मृत्यु

११ भदौ, बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोारेना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका […]

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा

७ भदौ, कपिलवस्तु । कपिलवस्तुमा जारी निषेधाज्ञा ८ दिन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो । बैठकले […]

कपिलवस्तु र दाङमा डुबेर तीन जनाको मृत्यु

२ भदौ, बुटवल । कपिलवस्तु र दाङमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका एक र दाङका दुई जना रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–११ हथौसाकी ५६ वर्षीया बिमला थारु घर नजिकै माछा मार्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको हो । यस्तै दाङको घोराही उपमहानगरपालिका– १७ गैरागाउँमा मनोज चौधरीकी १५ महिनाकी छोरीको […]

मास्क नलगाउनेलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि नै कुटपिट

१ भदौ, बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा प्रहरीमाथि कुटपिट भएको छ । कोरोना महामारीको समयमा पनि  मास्क नलगाई बाहिर हिंडडुल गरेकाे पाइएपछि उनीहरुलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । शुद्धोधन गाउँपालिका वडा नंं. १ को लबनी चौराहामा मास्क नलगाई सडकमा निस्केका स्थानीयलाई मास्क लगाउन […]

कपिलवस्तुमा नर्सलाई पुनः कोरोना पोजेटिभ

१ भदौ, बुटवल । वैशाख ३० मा कोरोना संक्रमण देखिएको कपिलवस्तुकी नर्सलाई पुन: कोरोना संक्रमण देखिएको छ । केही दिनअघि कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत उनीसहित २१ जनामा कोरोना संक्रमण देखिएको हो । ‘केही दिन अगाडि ज्वरो आएको थियो । जाँच गर्दा पोजेटिभ देखियो । अहिले अस्पतालकै क्वार्टरमा आइसोलेट भएकी छु’  ती नर्सले भनिन् । अहिले […]

कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा

३२ साउन बुटवल । कपिलवस्तुमा जारी निषेधाज्ञा एक हप्तासम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर पुनः बढेकाले जिल्ला उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजेसम्म यसअघि जारी निषेधाज्ञा भदौ […]

बुटवलमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

३१ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो । तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले […]

कपिलवस्तुमा साउन ३२ सम्म निषेधाज्ञा

२६ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार बिहान ५ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेकाे छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । यसअघि स्थानीय प्रशासनले जिल्लामा आंशिक […]

कपिलवस्तु जिल्ला अस्पतालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

२६ साउन, तौलिहवा । सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका मे.सु. किशोर बन्जाडेले बताए । अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक […]

कपिलवस्तुमा साउन ३२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द

२२ साउन, बुटवल । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने […]

कपिलवस्तुको कृष्णनगरमा ५ सरकारी कर्मचारीमा कोरोना

२१ साउन, बुटवल । कपिलवस्तुको कृष्णनगरमा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ । यस्तै कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ […]

कपिलवस्तुमा थप ३४ जनामा कोरोना, कर्मचारी र शिक्षक पनि संक्रमित

१३ साउन, बुटवल । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकामा ३२ जना र कृष्णनगरका २ जना गरी ३४ जनामा कोरोना संक्रमण देखिँदा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । पछिल्लो समय घरबाहिर ननिस्केका व्यक्तिमा पनि संक्रमण भएको पाइएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएकामा १९ जना हालै विदेशबाट फर्किएका र १३ जना […]

कपिलवस्तुमा वडाध्यक्षहरुले मागे कोरोना जोखिम भत्ता

७ साउन, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिकाका वडाध्यक्षहरुले कर्मचारीले जस्तै आफूहरुले पनि कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गरेका छन् । जिल्लाको सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको गाउँपालिकाका वडाध्यक्षले पनि भत्ता पाउनु पर्ने माग गरेपछि विवाद हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरुले आर्थिक वर्ष सकिँदासमेत कोरोना जोखिम भत्ता पाउन सकेका छैनन् । गाउँ कार्यपालिकाको बैठकमा कर्मचारीहरुले नियमअनुसार जोखिम […]

तौलिहवामा सडक अतिक्रमण हटाउन शुरु

४ साउन, तौलिहवा । कपिलवस्तु सदरमुकाम तौलिहवामा सडक अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन सुरु गरिएको छ । हुलाकी सडक आयोजनाअन्तर्गत जमुहारदेखि छोटकी तौलिहवा मस्जिदसम्म अतिक्रमण हटाउन शुरु गरिएको हो । सरकारी कार्यालयहरु जिल्ला समन्वय समितिको पर्खाल, नेपाल बाल संगठनको पर्खाल, तौलेश्वरनाथ संस्कृत माविको पर्खाल, सरकारी वकिल कार्यालय अगाडिको प्रतिक्षालय, सनसाइन बोर्डिङ स्कुलका पर्खालहरु डोजर लगाएर […]

गत वर्ष बनाइएको सिँचाइ बाँध बाढीले भत्कायो

२० असार,बुटवल । भारी वर्षाका कारण आएको बाढीले कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित डगडई सिँचाइ बाँध भत्काइदिएको छ । विजयनगर–३ मा रहेको बाँधको पूर्वतिरबाट माटो पटान गरी बनाइएको भाग बाढीले भत्काएको हो । प्रदेश सरकारको १५ लाखको अनुदानमा अघिल्लो वर्ष उक्त बाँध निर्माण गरिएको थियो । सो बाँधमार्फत हुने सिँचाइबाट ४ सय किसानहरु लाभान्वित हुँदै आएका डगडई […]

कपिलवस्तु कारागारको सुरक्षा जिम्मा सेनालाई

१ असार, बुटवल । कोरोनाको कारण सशस्त्र प्रहरी अन्यत्र खटिनु परेपछि कपिलवस्तु कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा सोमबारदेखि नेपाली सेना खटिएको हो । भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले […]

कपिलवस्तु कारागारमा एक जनाको मृत्यु

२४ जेठ, बुटवल । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्ला कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यशोधरा गाउंपालिका वडा नंं. ७ ईटवा गाउंका ५४ वर्षीय रामअधिन कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान खाना खाएर आराम गर्न सुतेका कोहारको सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि […]

कपिलवस्तुमा ८ महिने शिशुसहित ४४ जना संक्रमित थपिए

२३ जेठ, बुटवल । कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार यशोधरा गाउँपालिका–७ का मात्र २९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा– ७ का ८ महिने बालकमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै महाराजगञ्ज नगरपालिकामा […]

कपिलवस्तुमा गिटी–बालुवा दोहन गर्न खुल्ला

२० जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउनका बेला अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाएको छ । तर कपिलवस्तुमा भने ढुंगा, बालुवा, गिटी लगायतका नदीजन्य पदार्थ निकाल्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रको निर्णयमा ‘नदीजन्य पदार्थहरू पूर्ववत् रुपमा संकलन तथा […]

कपिलवस्तुमा ४७ जना कोरोना संक्रमित थपिए

१९ जेठ, बुटवल । कपिलवस्तुमा थप ४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ३ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । ४७ जनामध्ये ४० जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ७ जनाको रिपोर्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट सोमबार आएको हो । काठमाडौंमा ३ सय २६ […]

कपिलवस्तुमा एकैदिन ७७ जनामा संक्रमण पुष्टि

१७ जेठ, बुटवल । कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि  ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् […]