Comments Add Comment

कपिलवस्तु

List Grid
कपिलवस्तुमा एकैदिन थपिए २३ जना कोरोना संक्रमित

१५ जेठ, बुटवल । कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित थपिएका छन् । कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् । विजयनगरको वडा नं ३ का २३ र ३० वर्षका पुरुष, वडा नं. ५ का वर्ष २६ का एक पुरुष, वडा नंं. […]

कपिलवस्तु र रुपन्देहीमा थपिए १६ जना कोरोना संक्रमित

१५ जेठ, बुटवल । कपिलवस्तु र रुपन्देहीमा १६ जना कोरोना संक्रमित थपिएका छन् । १६ जनामध्ये १५ जना कपिलवस्तु र एक जना रुपन्देहीका हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी-पीसीआर परीक्षणमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका १५ जना र रुपन्देहीको सैनामैना नगरपालिकाको क्वारेन्टिनमा बसेका एक जनामा संक्रमण पुष्टि भएकाे हो । संक्रमित सबैजना भारतका विभिन्न सहरबाट […]

‘रिपोर्ट ढिलो हुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थाले’

१३ जेठ, बुटवल । कोरोना परीक्षणमा ढिलाई हुुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्ने क्रम बढेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले गुनासो गरेका छन् । १४ दिनको बसाइ पूरा गर्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेका प्रमुख जिल्ला अधिकारी दर्घनारायण पौडेलले बताए । सोमबार राति साढे ९ बजे कपिलवस्तु नगरपालिका वडा– ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा […]

कोरोना जाँच नभएको भन्दै कपिलवस्तुमा क्वारेन्टाइनबाट ३० जना भागे

१२ जेठ, बुटवल । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि […]

ल्याबले नमुना नपठाऊ भन्यो, आरडीटी गरेर घर पठाइयो

१० जेठ, काठमाडौं । भारतबाट घर फर्किएका केहीलाई क्वारेन्टाइनमा राखेको ८/१० दिन भयो त, कसैको १० दिन कट्यो । ५० वटा स्कुलमा करिब १६ सय मानिस क्वारेन्टाइनमा छन् । हरेक दिन ७०/८० जना थपिएका पनि छन् । यो भारतसँग सीमा जोडिएको कपिलवस्तुको महाराजगञ्ज गाउँपालिकाको अवस्था हो । स्थानीय जनप्रतिनिधि चाहन्छन् कि क्वारेन्टाइनमा राखेको ८/१० दिनमा […]

कोरोना निको भएर घर फर्किए कपिलवस्तुका १० जना

१० जेठ, बुटवल । बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् । उनीहरू सबै कपिलवस्तुका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका […]

कपिलवस्तुका कोरोना संक्रमितलाई राज्यले विभेद गरेको गुनासो

८ जेठ, कपिलवस्तु । मंगलबार कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तु महाराजगञ्जका ८ जनाले अहिलेसम्म उपचार पाएका छैनन् । महाराजगञ्ज नगरपालिकाका संक्रमित ४ बालबालिकासहित ८ जनाको बिचल्ली भएको छ। संक्रमण भएको पुष्टि भइसक्दा पनि उनीहरूलाई महाराजगञ्जको जानकी माविको भवनमा राखिएको छ । संक्रमण भइसकेपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आइसोलेसन वार्डमा राख्नुपर्ने बिरामीहरूलाई सामान्य विद्यालयको एक कोठामा राखिएपछि […]

सिंहदरबारले किट दिएन, कपिलवस्तुका स्थानीय तहले आफैं किने

८ जेठ, काठमाडौं । कपिलवस्तुका स्थानीय तहले आफैं कोरोनाको पीसीआर जाँच्ने भीटीएम किट खरिद गरेका छन् । उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनसमेत आफैं सुरु गरेका छन् । संघीय र प्रदेश सरकारसँग क्वारेन्टाइनमा भएकाहरुको कोरोना जाँचका लागि पटक-पटक माग गर्दासमेत किट अभाव देखाएर पन्छिएपछि कपिलवस्तुका स्थानीय तहले आफैं किट खरिद गरेका हुन् । जिल्लाका विभन्न १८८ […]

आइसोलेसन वार्ड छैन, स्कुलमा रात काट्छन् कोरोना संक्रमित

७ जेठ, कपिलवस्तु । ‘९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि त भयो, आइसोलेसनमा राख्न सकिएको छैन । बाँकी १५ सयको परीक्षण गर्दा संक्रमितको संख्या तीन अंकको पुग्न बेर छैन । उनीहरुलाई कसरी उपचार गर्ने होला ?’ महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले टेलिफोनमा सुनाए । पछिल्लो २४ घण्टामा नेपालमा थपिएका २५ संक्रमितमध्ये ९ […]

दुई साताअघि मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

७ जेठ, बुटवल । कपिलवस्तुमा बुधबार पहिचान भएकाहरु हालै भारतबाट फर्किएकाहरु रहेका छन् । कोरोना संक्रमितमध्ये महाराजगञ्जका ९ जना एकै टोलका रहेको खुलेको छ । त्यहाँका पाँच परिवारमा कोरोना संक्रमण भएको छ । एक परिवारका तीन जनामध्ये आमा र दुई छोरी र अर्काे घरमा आमाछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु सबै दुई साताअघि ट्रक […]

कपिलवस्तु र रुपन्देहीमा थपिए १३ जना कोरोना संक्रमित

७ जेठ, काठमाडौं । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै […]

कपिलवस्तुको मायादेवीमा ४ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, काठमाडौं । कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण […]

कपिलवस्तु जिल्ला जेठ २० गतेसम्म सिल

५ जेठ, बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ २० गते सम्म सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लालाई जेठ २० गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो । यसअघि जिल्लालाई जेठ ५ गते राति १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो । ‘जिल्ला सिल […]

हेल्लो सरकार, यही हो त क्वारेन्टाइन ?

४ जेठ, कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो । क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा […]

कपिलवस्तु रेड जोनमा, ५ हजार मानिस क्वारेन्टाइनमा

३ जेठ, कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार यो जिल्लामा आज मात्रै ३ नयाँ संक्रमित थपिएका हुन् । जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र वडा नं ११ थुन्हियाका २५ वर्षीय एक पुरुष रहेको […]

घरमै रहेकी कपिलवस्तुकी बालिकामा कोरोना संक्रमण

१ जेठ, बुटवल । कपिलवस्तुकी कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका-४ ठाकुरापुर की रहेको खुलेको छ । घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भनेर स्थानीय आश्चर्यमा परेका छन्। ‘बालिकाको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र उनी पनि घर बाहिर टाढा कतै नगएको उनका अभिभावकले बताएका छन्,’ वडा अध्यक्ष गणेश क्षेत्रीले भने, ‘घरमै […]

कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

३० वैशाख, कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा […]

दशगजाबाट लुकिछिपी आएका थिए रुपन्देहीका ६ जना संक्रमित, एकजना भैरहवासम्म पुगेका थिए

३० वैशाख, बुटवल । कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका छ जना लकडाउनकै बीचमा भारतीय सीमा क्षेत्रबाट लुकिछिपी रुपन्देही आएको खुलेको छ । भारतको मुम्बई, नयाँदिल्लीलगायतका सहरबाट दशगजासम्म आइपुगेका उनीहरू सुरक्षाकर्मीको आँखा छलेर एक हप्ताअघि नेपाल भित्रिएका हुन् । सोमबार कोरोना संक्रमण पुष्टि भएका छ जनामध्ये चार जना भारतसँग सीमा जोडिएको सम्मरीमाई गाउँपालिका-७ का र २ […]

दुई दिन घरमा बसेर क्वारेन्टाइनमा गएका थिए कपिलवस्तुका कोरोना संक्रमित

३० बैशाख, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का तीनजना कोरोना संक्रमित व्यक्ति भारतबाट आएर दुई दिन घरमा बसेपछि मात्रै क्वारेन्टाइनमा गएको खुलेको छ । भारतको मुम्बईबाट रेल र ट्रकमा यात्रा गर्दै उनीहरु लकडाउनकै बीचमा सुरक्षाकर्मीलाई छलेर एकहप्ता अघि घर आएका थिए । भारतबाट नेपाल प्रवेश गरेर दुई दिनसम्म घरमा बसेको छिमेकीले थाहा पाएपछि मात्रै उनीहरुलाई […]

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

२९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।  उनीहरू १८ देखि ३४ वर्ष […]

कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय

२९ वैशाख, कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् […]