Comments Add Comment

कर्णाली

List Grid
कर्णाली मन्त्रिपरिषद हेरफेर : दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

२९ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना […]

कर्णाली मन्त्रिपरिषदमा दुई मन्त्री थपिँदै

२९ वैशाख, सुर्खेत । कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् । मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा कानुन र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी […]

कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो […]

कर्णालीमा २४ घण्टाभित्र ९ संक्रमितको मृत्यु

१७ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रदेश अस्पताल सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १० कि ३२ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ […]

कोरोना रोकथाम र उपचारमा कर्णाली सरकारले छुट्यायो १ अर्ब बजेट

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिइन् । त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका […]

एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

१५ वैशाख, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । वैठकको सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने बताए । ‘कोरोना महामारीले जनता लकडाउनमा छन्, कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद […]

फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता

१२ वैशाख, सुर्खेत । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनिहरुले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री […]

‘राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि साथीहरुले उसलाई सिध्याइदिए’

५ वैशाख, काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा अरुको राजनीतिक भविष्य सिध्याइदिने धम्की दिनेकै बिजोग भएको बताएका छन् । आइतबार काभ्रेमा समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले फ्लोर क्रसको बचाउ गरेका हुन् । ‘प्रदेशको प्रमुख म हुँ, म मुख्यमन्त्री बन्दैछु । मैले भनेको नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि साथीहरुले […]

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री

४ वैशाख सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् । एमालेका प्रदेशसभा सदस्यहरू बुढा, […]

कर्णाली ‘फ्लोर क्रस’ को राजनीतिक सन्देश

३ वैशाख, काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रश्न गर्थे, ‘जनता समाजवादी पार्टी (जसपा) ले निर्णय नगरी हामी र नेकपा माओवादी केन्द्र मात्र भएर (बहुमत) पुग्छ ?’ २७१ सदस्यीय (२७५ मध्ये चार जना पदमुक्त भए) प्रतिनिधिसभामा सरकार गठनका लागि १३६ मत चाहिन्छ । कांग्रेसका ६१ र माओवादी केन्द्रका […]

एमाले सांसदले गरे फ्लोर क्रस, जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

३ वैशाख, सुर्खेत । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम […]

फ्लोर क्रस : नेपालको संसदीय अभ्यासमा पहिलो घटना

३ वैशाख, काठमाडौं । संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन् । तर यस्तै विरलै घटना शुक्रबार नेपालको कर्णाली प्रदेशसभामा देखियो । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर […]

कर्णालीबाट माधव नेपालले दिन खोजेको सन्देश

३ वैशाख, काठमाडौं । ६ महिनाको अवधिमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद दोस्रो पटक जोगियो, थप एक वर्षका लागि सुनिश्चित भयो । कर्णाली प्रदेशसभा बैठकमा शुक्रबार नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो । २५ असोजमा शाहीविरुद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता […]

फ्लोर क्रस गर्ने सांसदसँग स्पष्टीकरण माग, कारबाही गर्न सिफारिस

३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने आफ्ना सांसदसँग एमाले संसदीय दलले स्पष्टीकरण माग गरेको छ र कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । प्रदेशसभाको बैठकपछि शुक्रबार साँझ बसेको एमाले संसदीय दलको बैठकले फ्लोर क्रस गर्ने […]

फ्लोर क्रस संसदीय प्रणालीमा गम्भीर चिन्ताको विषय हो : दमननाथ ढुंगाना

३ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय प्रणालीमा फ्लोर क्रस गम्भीर चिन्ताको विषय भएको बताएका छन् । संसदीय प्रणालीमा क्रस भोटिङ हुने भए पनि यो गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन नेकपा एमालेका ४ जना सांसदहरुले फ्लोर क्रस गरेका छन् । यसलाई सहज रुपमा […]

फ्लोर क्रस गम्भीर विचलन हो, क्षम्य हुँदैन : प्रदीप ज्ञवाली

३ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फ्लोर क्रसलाई पार्टीमा देखिएको गम्भीर विचलन भनेका छन् । उनले  ह्वीप नमानेर फ्लोर क्रस गर्ने निर्णय क्षम्य नहुने बताए । ‘यो गम्भीर विचलनको विषय हो, क्षम्य हुन सक्दैन’, ज्ञवालीले भने । फ्लोर क्रस गर्नेहरुलाई कारबाही हुने पनि उनले बताए । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री […]

केन्द्रीय नेतृत्वकै निर्देशनमा फ्लोर क्रस गरेका हौं : प्रकाश ज्वाला

३ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेकपा एमालेका सांसदले पार्टीका केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका छन् । फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वालाले केन्द्रीय नेतृत्वको निर्देशनमै फ्लोर क्रस गरेको अनलाइनखबरलाई प्रतिक्रिया दिए । ‘केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं’ उनले भने, […]

कर्णालीमा एमाले संसदीय दलको बैठक, फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने तयारी

३ वैशाख, सुर्खेत । आफ्ना चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि नेकपा एमाले कर्णाली प्रदेशसभाका सांसद छलफलमा जुटेका छन् । फ्लोर क्रस गरेका सांसदको विषयमा के गर्ने भन्ने निर्णय गर्न एमले संसदीय दलको बैठक बसेको छ । सांसद सुशील थापाले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारवाहीको सिफारिस गर्ने बताए । पार्टीको […]

यी हुन् कर्णालीमा फ्लोर क्रस गर्ने एमाले सांसद

३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका चारजना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । उनीहरुले पार्टी संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका हुन् । फ्लोर क्रस गर्ने सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् । प्रकाश ज्वाला माधव नेपाल समूहका […]

कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

३ वैशाख, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेपछि ६ प्रदेशसभा सदस्य भएको कांग्रेसले समर्थन गर्ने घोषणा गरेको हो । प्रदेशसभाको बैठकमा संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘हामी भागेर पनि जादैनौंं, मत दिँदैनौं पनि भन्दैनौं । जो कमजोर छ, उसलाई मत […]

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत […]