Comments Add Comment

कविता

List Grid
कविताः महानायक

हिजो विचारका कुरा उठायौ वर्गका कुरा उठायौ मुक्तिका कुरा उठायौ लड्न सिकायौ भिड्न सिकायौ गोली र बारुदसँग लुकामारी खेल्न सिकायौ । गुमाउँदाको पीडाभित्र भोलिको उज्यालो देख्न सिकायौ शोकलाई शक्तिमा बदल्न सिकायौ काख गुमाउने आमाहरु अभिभावक गुमाउने बच्चाहरु विश्वासको उज्यालोलाई काखमा खेलाउँदै विचारको सतिसाललाई अभिभावक मान्दै बलिदानीप्रति गर्व गर्थे र पंक्तिबद्ध हुन्थे अर्कोे नयाँ बलिदानीका लागि […]

दुई नारी स्रष्टाका दुई कृति सार्वजनिक

काठमाडौं । स्रष्टा यमुना पराजुलीको गजलसङ्ग्रह ‘जलसा’ र विन्दु अधिकारी ढकालको कवितासङ्ग्रह ‘विन्दुहरु’ सार्वजनिक भएको छ । आइतवार पेप्सीकोलास्थित नेक्सस स्कूलमा आयोजित कार्यक्रममा दुवै कृतिको कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घमिरे, गजलकार ज्ञानुवाकर पौडेल, शीतल कादम्बिनी र कवि तथा गीतकार शंकर कोइरालाले लोकार्पण गरे । बालसाहित्यका क्षेत्रमा परिचित यमुना पराजुलीले पहिलो कृतिका रुपमा […]

कविता: बाँकी सपना

बा ! च्यातियो कि उस्तै छ जय साहुकोमा उधारोमा किनेको गोल्डस्टार जुत्ता ? म पनि चाहन्थेँ गाउँको रामे, अर्जुने र सतिश जस्तै अरबमा गई पैसा कमाएर तिम्रा पैंतालामा नयाँ गोल्डस्टार जुत्ता फेर्न, आमाको गून्यु फेर्न तर रामेकी श्रीमती पैसा कुम्ल्याएर पोइल हिंडेपछि, वर्षदिन नपुग्दै अर्जुने काठको बाकसमा फर्किएपछि सतिश सधैंको रोगी भएर घर फर्केपछि मलाई […]

जन्मदिनमा कवि नेपालका दुई सन्तानको चर्चा

१८ बैशाख, काठमाडौं । ४५औं जन्मोत्सव मनाउने तयारी भइरहँदा सोमबार कवि एवं समालोचक डा. देवी नेपाल निकै उत्साहित देखिन्थे । जन्मोत्सवमा खुसी बाँड्न लेखक र साहित्यप्रेमीहरु गुरुम्म भेला भएका थिए । सबै जना उनलाई जन्मदिनको शुभकामना दिइरहेका थिए र मीठो परिकारको चर्चा गर्न व्यग्र भइरहेका थिए । तर, त्यहाँ पश्चिमा संस्कृतिले पस्किदिएको केक थिएन, न […]

राप-ताप: सौरभले कविताको सौन्दर्यमा मिहिनेत गरोस्

युवा कवि सौरभ कार्कीले कथाहरु लेख्नुका साथै पछिल्लो समय नाटक लेखनमा पनि हात हालेका छन् । हालै उनी पहिलो कविताकृति ‘दृश्य बाहिर‘ लिएर आएका छन् । उनै सौरभको गुण र दोष केलाउन केही समयअघि मात्र ‘उभिएर एक्लै‘कविताकृति ल्याएका कवि नवीन प्राचीन कस्सिएका छन् । ‘राप–ताप‘स्तम्भमा नवीनले समकालीन कवि सौरभको व्यक्तित्व र कृतित्वको शल्यक्रिया यसरी गरे:  […]

कविता: एकान्तको घोडा

यो शून्यको हलुको चाप भएर म टाढा-टाढासम्म पुग्छु… छुटेका हरेक मोडहरु, प्रिय आत्माहरु, उज्याला आँखाहरु सम्झँदै पुग्छु । म सङ्गीत भएर छुटेको हुँ एकदिन फेरि कसै न कसैको ओठबाट सिलसिलाबद्ध भएर गुञ्जनेछु । यो बाटो भएर छुटेको हुँ आफ्ना प्रिय दुश्मनहरुसँग, जसलाई नजिक बसाएर म टाढा भएको छु शून्यको आगोमा फाल्सा-फाल्सा चुहिरहेको छु । छुन […]

नदीशले ल्याए ‘हाँगामा झुन्डिएको आत्मकथा’

काठमाडौं । साहित्य, कला र सङ्गीतमा केन्द्रित अलग अभियानका अभियन्ताहरु विभिन्न मञ्चमार्फत चिन्तन र बहस गरिरहेका हुन्छन् । हरेक सिर्जनशील कर्ममा कलासँगै विचार जोडेर सामाजिक रुपान्तरणमा सहभागी भइरहेका हुन्छन् । यही अभियानका सक्रिय सदस्य नदीशले आफ्नो पहिलो कवितासंग्रह ल्याएका छन् । शनिबार शिल्पी थिएटरमा कवि तथा संस्कृतिविद् तुलसी दिवस, ज्योति जंगल र गुरुङ सुशान्तले ‘हाँगामा […]

पोखरामा कविता कन्सर्ट हुँदै

२३ चैत, पोखरा । पोखरामा आगामी बैशाख २ गते कविता कन्सर्ट हुने भएको छ । कविता कन्सर्ट पब्लिक इभेन्टको आयोजनामा फरक सोचका साथ अघिल्लो वर्षदेखि यो कार्यक्रम सुरु भएको हो । कन्सर्ट बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको सभाहलमा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कवितालाई व्यावसायिक बनाउने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको […]

काठमाडौंमा ‘वसन्त कविता’ को बहार

काठमाडौं । राजधानीमा आउँदो शनिबार ‘वसन्त कविता’ कार्यक्रम हुने भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर नेपाल फर्केका साहित्यप्रेमीहरुको समूहले कार्यक्रम गर्न लागेको हो । लाजिम्पाटमा रहेको डिल्लीरमण पुस्तकालयमा चैत २६ गते गरिने कार्यक्रममा नयाँ-पुराना पुस्ताका सर्जकहरुले रचना वाचन गर्ने कार्यक्रम संयोजक ऐश्वर्य श्रेष्ठले जानकारी गराए  । कोरिया र नेपालको साहित्यलाई जोड्ने पुलको रुपमा कार्यक्रम […]

कविता दिवसमा प्रज्ञामा कविता गोष्ठी

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानमा मङ्गलबार विशेष कवि गोष्ठीको आयोजना गरियो । विश्व कविता दिवसको अवसरमा आयोजित कवि गोष्ठीमा ३४ जना कविले कविता वाचन गरे । गोष्ठीमा श्यामल, विमल निभा, पूर्ण विराम, टङ्क उप्रेती, मोमिला, ज्ञानुवाकर पौडेल, पुरुषोत्तम सुवेदी, विजय सुब्बा, केशव सिलवाल, विप्लव ढकाल, भीष्म उप्रेती, उमेश अकिञ्चन, केवल बिनावी, कृष्ण प्रधान, गीता कार्की, वासुदेव […]

कविता: फाटकमा घाम

जब ओर्लिन्छ घाम आकाशबाट तब मानेडाँडा छेउमा फुलेको चाँपको फूलबाट खसेर हावा यता जाऊँ कि उता जाऊँ हुन्छ हाम्रो फाटकमा ! एकाबिहानै- आँखा तन्काउन घरका धुरीहरू खोजिहिँड्ने घामका मधुरा किरणहरू प्रत्येक बिहान यसरी नै अल्मलिन्छन् घरि यता घरि उता घरका चिसा धुरीहरूमाथि हाम्रो फाटकमा ! शीतले कक्रक्क कक्रिएका घरका छानाबाट चिप्लिएर फेरि अल्मलिन्छ घाम- पहिला […]

गोविन्द वर्तमानको कविता: अस्तित्व सोच

गोविन्द वर्तमान (२०१८ बैशाख–०६९ कात्तिक ६) ले नेपाली साहित्यमा कुशल कवि तथा निबन्धकारको परिचय बनाएका छन् । उनका ‘सोह्र साँझहरु’ र ‘हरियो साइकल’ निबन्धकृति प्रकाशित छन् । निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा साहित्यकार र कलाकारहरु सडकमा उत्रेका थिए । सो आन्दोलनका क्रममा ०४६ साल चैत ३ गते त्रिचन्द्र क्याम्पसको परिसरमा लेखक र कलाकारहरु मुखमा कालोपट्टी बाँधेर प्रदर्शन […]

कविता: समयान्तर

धेरै समयपछि म त्यहाँ गएकी थिएँ जहाँ हुने गर्थ्यौं हामी ठाउँ उही थियो परिवेश उही थियो केही बुढिएछ युवक पलाँस फूल त उही थियो  । कोरिँदै गयो, धूमिल विम्ब-मनको नेपथ्यमा … टन्टलापुर घाम सजल-सजल प्रेमिल नयन मौन-मौन अधर ‘असीम प्रेम तिमीलाई’ कसो-कसो सुसाउँदो पवन अवाक् एक-अर्काको भरमा अडिएका तृप्त-अतृप्त / अतृप्त-तृप्त छायाहरु । पूरा भएकै […]

कविता: ‘नाकाबन्दी’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ

कुट्यो भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ ‘हामी राजीखुशीले कुटिएका हौं’ भन्नुपर्छ लुट्यो भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ ‘हामीले राजीखुशी राजीनामा दिएका हौं’ भन्नुपर्छ उसका लागि हामीले- ‘रोटी-बेटी’ को बुर्का ओढिदिइरहनुपर्छ र उसले- हाम्रो ढाडमा छुरा रोप्न पाइरहनुपर्छ उसले ढाडमा छुरी रोपेको बेला- हामीले ‘ऐया’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ ‘छुरा किन रोपिस् ?’ भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ ‘मेरो ढाड […]

कविता: आमा र शहर     

आमा, तिमीले झमक्क साँझ पर्दा पानसमा बालेको साँझबत्तीभन्दा चहकिलो सपना बोकेर झिसमिसेमा हिँडेकी हुँ म सपनाको शहर नसोच्नू आमा, तिम्री छोरी यो शहरको झिलिमिलीमा रमाइरहेकी छे । तिमीले नाङ्गो पैंतालाले हिँडेको त्यो गाउँबेंसीको बाटोभन्दा पनि निकै कठिन छ यो शहरको यात्रा आमा, यो शहरमा सबै चिज छ छैन त केवल तिम्रो न्यानो माया आजभोलि मलाई यो […]

‘चक्रव्यूह’ लिएर आए गङ्गाप्रसाद

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको ‘चक्रव्यूह’ कवितासङ्ग्रह बजारमा आएको छ । यसअघि निबन्ध, संस्मरण, समालोचना र भाषा-संस्कृति सम्बन्धी ११ वटा पुस्तक निकालिसकेका उप्रेतीको यो बाह्रौं कृति हो । सङ्ग्रहभित्र ०२० सालदेखि पछिल्लो समयसम्म रचिएका २७ वटा कविता समेटिएका छन् । तेह्रथुमको आठराईमा स्कूले बेलामै ०१६ सालतिर कविता लेखन सुरु गरेका उप्रेतीका कविता बीसको […]

कविता: श्येनबाज र मुरलीचरा

अग्लो सिमलको रुख बलियो र सुरक्षित सम्झेर घार बनाउँछन् वनमौरीहरु छिमेकमै रमाउँछन् श्येनबाज र मुरलीचराहरु जानेर जीवनको संघर्ष । हरेक हिउँदको पारिलो घामको उदयपछि जसरी भाग्छन् कुहिरोका भूतहरु यस धर्तीबाट उसैगरी भाग्छु म र पुग्छु हतारिँदै त्यही सिमल बोट मुनि क्यामेरा, बाइनाकुलर र चराकिताब सहित । जब हेर्न व्यस्त हुन्छु म श्येनबाज र मौरीहरुको रस्साकस्सी मौरीहरुको […]

सँझ्या साहित्यमा न्याय र मानवताको खोजी

काठमाडौं । सँझ्या साहित्यको फागुन शृङ्खलामा ५० र ६० को मध्य दशकदेखि साहित्य सिर्जनामा सक्रिय तीन कविहरु प्रस्तुत भए । आख्यान, कविता र गीत लेखनमा ५० को दशकदेखि देखिएका राजुबाबु श्रेष्ठ, राम्रा कविता लेखे पनि बजारु हल्लादेखि पर रहेका उमेश अकिञ्चन र पछिल्लो समय सक्रिय देखिएकी लक्ष्मी रुम्बाले फरक स्वादका कविता सुनाए । भक्तपुरको लोकन्थलीस्थित […]

विक्रम सुब्बाका केही छोकहरू

१. माया   जाक्कियौ तिमी – कलेजोमा अझ भित्र हालूँ – दुख्छ ! बाहिर निकालूँ – दुख्छ ! २. घडी मर्दै जाने समयलाई सुईले सोहोरेर धमाधम फाल्दै जान्छ तर बलवान समय लगत्तै घडीमा समय निरन्तर हाल्दै जान्छ ३. घाउ जिन्दगीमा माया अचम्मै दुख्ने घाउ रहेछ झेल्ली जुवाडेले मात्र जित्ने खतरनाक दाउ रहेछ बेचिसक्थे होलान्, तर हालसम्म […]

एल.बी. र ‘भीडमा हराएको मान्छे’

‘बलात्कृत हुँदाहुँदै पनि कुनै अनमिनको प्रार्थना-शिविरमा गई उजुरी गर्ने मनसाय राखेकी छैन बलात्कृत भएको पीडा कुनै छिमेकीको प्रतीक्षालयमा गई बिन्ती गर्ने मनसाय राखेकी छैन बरु एउटा पृथक् सोच पालेकी छु‘ कवितासंग्रह ‘भीडमा हराएको मान्छे’ भित्रको एउटा कविताको अंश हो यो । चितवनका कवि एल.बी. क्षेत्रीले ३७ वटा कविता संग्रहित गरी निकालेको यस पुस्तकमा मानिसका भित्री-बाहिरी […]

विमला तुम्खेवाका तीन प्रेम कविता

१. छली मुस्कान तिम्रो आँखामा देखिएको सपना जस्तो मसँग केही छैन जीवनको उमंग छन् त खालि यी नीला सागर छन् जसमा सलबलाइरहेछन् अनेक दुःखहरु यो विरही क्षितिज छ र केही उदास गीतहरु छन् जो तिम्रो सम्झनामा अनायासै आइदिन्छ अब, दोहोरिने छैन कहिल्यै पृथ्वीमा एउटा यस्तो सत्य तिम्रो आँखा जस्तै सुन्दर तिम्रो मुस्कान जस्तै शालीनता हिँडेर […]