Comments Add Comment

काठमाडाैं महानगरपालिका

List Grid
काठमाडौं महानगरपालिकाका कर्मचारीले फाइल खोज्न पनि घुस मागे !

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेकूस्थित मिसिल शाखामा कार्यरत् कार्यालय सहयोगी उद्धवप्रसाद गिरी छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले गोप्य सूचनाका आधारमा ५ हजार रुपैयाँ घुस रकमसहित उनलार्इ पक्राउ गरेको हो । आयोगका सह–सचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले सेवाग्राहीको […]

काठमाडौं महानगर र अमेरिकाको फ्रेडरिक्सवर्गबीच भगिनी सम्बन्ध स्थापित 

अमेरिका/  काठमाडौं महानगरपालिकाका र अमेरिकाको भर्जिनिया राज्यको फ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना भएको छ ।  २०१७ को अक्टोबरमा काठमाडौँमा भगिनी सम्बन्धको घोषणा भएको थियो । उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा एक बिशेष समारोहका बीच  बाचन गरेपछि सम्बन्धले अाैपचारिकता पाएको हो । समारोहमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्य र उनको टोली र फ्रेडरिक्सबर्ग नगरका […]

मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, काठमाडौंलाई के ?

२६ भदौ, काठमाडौं । देशको केन्द्रीय राजधानीमा अवस्थित काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरु यतिबेला के गरिरहेका होलान् ? हामीलाई स्थानीय तहका जनप्रतिनिधिको हालखबर बुझ्न मन लाग्यो । र, हामी काठमाडौंको १० नम्बर वडा कार्यालयभित्र छिर्‍यौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन् रामकुमार केसी । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । स्थानीय बासिन्दासमेत रहेका […]

विद्यासुन्दरको कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट

१६ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामप्रति असन्तुष्टि जनाएका छन् । महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार ओलीले शाक्यलाई प्रधानमन्त्री निवास वालुवाटरमै बोलाएर […]

विद्यासुन्दरको कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट, बालुवाटार बोलाएर के भने ?

१६ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामप्रति असन्तुष्टि जनाएका छन् । महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार ओलीले शाक्यलाई प्रधानमन्त्री निवास वालुवाटरमै बोलाएर […]

काठमाडौं महानगरमा फेरि सचिवको दरबन्दी, ३ सह र १० उपसचिव

१५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकामा संघीय सरकारको प्रतिनिधिका रुपमा सचिवलाई नै पठाउने भएको छ । मन्त्रिपरिषद्ले पास गरेको स्थानीय तहको कर्मचारी दरबन्दीमा संघीय राजधानी भएको महानगरलाई छुट्टै व्यवस्था गरिएको छ । अरु महानगरमा सहसचिवलाई खटाएको सरकारले काठमाडौं महानगरमा तीन सहसचिवसँगै सचिवलाई पनि खटाउनेछ । २०६५ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि काठमाडौं महानगरपालिकामा […]

काठमाडाैं महानगरपालिकाका इन्जिनियर घुससहित पक्राउ

२ माघ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । […]

उपमेयरलाई नेविसंघको धुलो उपहार ! (फाेटाे फिचर)

२८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई धुलो उपहार दिएको छ । त्यसअघि धुलो नियन्त्रणको माग गर्दै बागदरवारस्थित महानगरको मूलगेटमा एक घन्टा धर्ना दिएको थियो । नेविसंघ काठमाडौं जिल्ला समितिको आह्वानमा प्रदर्शन गरेका उनीहरुले दोहोरो कर अन्त्य गर्न पनि माग गरेका छन् । धर्नापछि मेयर विद्यासुन्दर शाक्यलाई धुलो बुझाउन गएका […]

काठमाडौं पूर्ण खोप सुनिश्चित महानगर घोषणा

२३ पुस, काठमाडाैं । काठमाडाैं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरिएको छ । आइतबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा जिल्ला समन्वय समिति काठमाडौंका संयोजक शिवसुुन्दर राजबैद्यले काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेका हुन् । कार्यक्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य सेवामा […]

सम्पदाको विनासमा केन्द्रित महानगरः अढाइ वर्षका ५ प्रकरण

१४ पुस, काठमाडौं । उपमेयरले ताला लगाउने र मेयरले फोड्ने । काठमाडौं महानगरपालिकामा मौलाएको बेथितिको चरम नमूना मान्न सकिन्छ, यसलाई । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको शहरको नेतृत्व महानगरले नै गर्छ । तर, ती धरोहरहरुको संरक्षणमा भने महानगरको उदासिनताले शिखर चुम्दैछ । रानीपोखरीको ‘कंक्रिट प्रकरण’ त्यसको पछिल्लो उदाहरण हो । पोखरीको चारैतिर कंक्रिट पर्खाल लगाउँदै […]

कुलमान भर्सेज विद्यासुन्दरः महानगरले तिरेन प्राधिकरणलाई विद्युत् महसुल

१४ भदौ, काठमाडौं । करिब ३० अर्बभन्दा बढी सञ्चित घाटामा रहेको नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा राखिएका सडक वत्तिको ३ अर्ब ६१ करोड रुपैयाँ उठाउन सकेको छैन । काठमाडौं उपत्यका भित्रका महानगर तथा नगरपालिकाहरुको मात्रै एक अर्ब ३९ करोड रुपैयाँ बक्यौता छ । देशकै पहिलो महानगर काठमाडौं महानगरपालिकाले सडक बत्ति बालेबापत महशुल नतिरेको लामो […]

राजधानीका सडकमा नागरिकको बिजोग (हेर्नुस् १४ तस्वीर)

काठमाडौंमा सोमबार तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो तापक्रम यो वर्षकै सबैभन्दा उच्च हो । काठमाडौंको गर्मीमा सर्वसाधारणहरु कोही पसिना पुछ्दै आफ्नो काममा हिँडिरहेका थिए भने कोही छाताले गर्मी छल्ने प्रयासमा थिए । गर्मीले सताइरहेका बेला केहीछिनमै मुसलधारे पानी दर्कियो । पानी परेपछि केही शितलता त भयो […]

‘क्लिन द सिटी’ अभियान सुरु, काठमाडौंका मेयर र उपमेयरले लगाए झाडू

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए । न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको सुभारम्भ परे । कोर्टपाइन्ट लगाएर […]

रञ्जु र किशोरलाई देखाउँदै विद्यासुन्दरले भने- सबै मिलेर बस्नलायक काठमाडौं बनाउछौं

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिको सपथग्रहण समारोहमा कांग्रेसका राजुराज जोशी बाहेक मेयरका अन्य सबै प्रमुख प्रतिस्पर्धी उम्मेदवारले सहभागिता जनाएर लोकतन्त्रको सुन्दरता प्रदर्शन गरेका छन् । सपथग्रहण समारोहमा तेस्रो लोकपि्रय मत पाउने रन्जु दर्शना, चौथो स्थानमा रहेका किशोर थापादेखि संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य समेत सहभागी थिए । सपथग्रहण समारोहमा […]

केशव स्थापितको महानगर चुनाव अनुभवः केपी ओली म भन्दा पनि ‘भूत’ रहेछन्

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले फराकिलो मतान्तरसहित जित हासिल गरेपछि निर्वाचनपूर्व सोही पार्टीबाट अर्का बलिया प्रत्यासी मानिएका केशव स्थापित सबैभन्दा खुशी छन् । विद्यासुन्दरको चुनावी सारथी बनेका काठमाडौंका पूर्व मेयर स्थापितले चुनावअघि आफूले तयार पारेको स्मार्ट सिटीको नक्सा अब महानगरको साझा सम्पत्ति भएको समेत बताएका छन् । निर्वाचनपूर्व उनले भनेकै […]

काठमाडौंका मेयरका उम्मेदवारः जसले आफ्नो बाहेक अरुको भोट पाएनन् (सूचीसहित)

  १४ जेठ, काठमाडौं । मुलुकको राजधानी काठमाडौं महानगरपालिकाको मतगणना सकिँदा अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । कुल एक लाख ९७ हजार २२७ मत खसेकोमा १ लाख ९१ हजार ४१ मत सदर भएका छन् । करीव ६ हजार मत बदर पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरमा सबैभन्दा लोकपि्रय […]

राजधानीका मेयर विद्यासुन्दर शाक्यः जसले कुनै चुनाव हार्नु परेन

१३ जेठ, काठमाडौं । २०४५ सालमा काठमाडौं लगन टोलतिरका युवाले पञ्चायत बिरोधी आन्दोलनलाई सघाउन स्वतन्त्र रुपमै जनआन्दोलन संयोजक समिति बनाएर सडकमा निस्किए । त्यो समितिमा विद्यासुन्दर शाक्य पनि थिए । उनीहरुका एउटा हातमा कांग्रेस र अर्को हातमा कम्युनिस्ट पार्टीका झण्डा हुन्थे । अन्ततः जनआन्दोलन सफल भएर बहुदलीय व्यवस्था स्थापनासँगै विद्यासुन्दर शाक्यले तत्कालिन नेकपा माले रोजे […]

नवनिर्वाचित मेयर शाक्यले भने- सबैसँग सहकार्य गरेर काठमाडौंको विकास गर्छु

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध, सुरक्षित काठमाडौं बनाउने आफूहरुको लक्ष्य रहेको बताए । निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘हिजोसम्म म एमालेको प्रतिनिधि थिए । अब महानगरबासीको भए ।’ उनले अघि भने, ‘नेपाली कांग्रेससहितका सबै दलले […]

हरिप्रभा खड्गी बनिन् काठमाडौंको उपमेयर, बन्यो नयाँ रेकर्ड

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी हरिप्रभा खड्की काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । मेयरमा भने एमालेका विद्यासुन्दर शाक्य विजयी भए । १३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएपनि औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ । उपमेयरमा निर्वाचित खड्गीले निकटमत प्रतिद्वन्द्वीलाई २४ हजार बढी मतान्तरले पराजित गरिन् । यो पहिलो चरणको चुनावमा […]

काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर विजयी, रञ्जु दर्शना भइन् तेस्रो

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । १३ दिनसम्म च लेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ । शाक्यले ६४ हजार ९१३ मत […]

काठमाडौंको वडा नम्बर ११ मा कांग्रेसको प्यानलै बिजयी, १२ को वडाध्यक्ष एमालेलाई

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ११ मा कांग्रेसको प्यानलै विजयी भएको छ भने वडा नम्बर १२ को अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर ११ को अध्यक्षमा कांग्रेसका हिरालाल तण्डुकार निर्वाचित भएका छन् । उनले ११८० मत प्राप्त गरे । त्यस्तै ११९३ मतसहित महिला सदस्यमा आशा श्रेष्ठ रौनियार र १२९२ […]