Comments Add Comment

काठमाडाैं महानगरपालिका

List Grid
हरिप्रभा खड्गीः उपमेयर बन्न लेखेको रहेछ र माननीय भइनछु

९ जेठ, काठमाडौं । देशकै पुरानो महानगरपालिका काठमाडौंको जारी मत गणनामा नेपाली कांग्रेसका लागि अनौठो संयोग जुर्दैछ । मेयरका उम्मेदवार राजुराज जोशी हारतर्फ उन्मुख हुँदैछन् भने उपमेयरमा हरिप्रभा खड्कीको जितको औपचारिक घोषणा हुन मात्र बाँकी छ । हरेक वडामा पार्टीका मेयरका उम्मेदवारले संघर्ष गरिरहँदा हरिप्रभालाई मत दिन भने कांग्रेसका भोटरले कुनै कन्जुस्याई गरेको देखिँदैन ।त्यसैले […]

काठमाडौं महानगरमा रञ्जुले कटाइन् १० हजार मत

७ जेठ, काठमाडौं । विवेकशील नेपाली दलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले १० हजार मत पार गरेकी छन् । राष्ट्रिय सभागृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेटअनुसार रञ्जुले १० हजार १४७ मत ल्याएकी छन् । र उनी एमाले र कांग्रेसका उम्मेदवार पछि तेस्रो स्थानमा यथावत छन् । ३२ वडा रहेको काठमडौंको ५ […]

काठमाडौं महानगरपालिका २ नम्बर वडामा एमालेको प्यानलै बिजयी

५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा एमालेको पूरै प्यानल बिजयी भएको छ । वडा नम्बर २ को मत गनिसक्दा एमालेका राजेन्द्र श्रेष्ठ एक हजार ४० मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रमोदराज शर्माले एक तिहाईमात्र मत अर्थात ६८४ मत मत प्राप्त गरे । वडा सदस्यहरुमा […]

काठमाडौंमा सर्वोत्तमले हार स्वीकारे, काठमाडौंवासीलाई गाली नगर्न आग्रह

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना चार दिनदेखि चलिरहेको छ । झण्डै २ लाख बढी मत खसेको महानगरको झण्डै १५ हजार मात्र मत गणना भएको छ । तर, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले हार स्वीकार गरेका छन् । उनी अहिले पाँचौं स्थानमा छन् र मत ५०० पनि पुगेको छैन […]

काठमाडौं महानगरको मतगणना अब एकसाथ १० ठाउँबाट, परिणाम छिटो अाउने

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको सुस्त मतगणनालार्इ गति दिन गणक संख्या थपिएको छ । महानगरपालिकामा मतगणना असाध्यै ढिलो भएपछि निर्वाचन आयोगले नै गणक थपेको जनाएको छ । महानगरपालिकामा १० वटा टोली बनाएर गणनाको काम सुरु गरिने निर्वाचन आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । १० वटा टोली बनाएर गणना गरिएपछि महानगरको नतिजा केही छिटो […]

काठमाडौंका मतदाताले कसलाई रोजे ? महानगरबासी भन्छन्- पार्टी होइन, व्यक्ति हेरियो

३१ बैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावमा भोट हाल्ने दिन आइतबार बिहान १० बजे बबरमहलको नेपाल टेलिकमस्थित मतदान केन्द्रमा पुग्दा चुनावी रौनक थियो । विभिन्न उमेर समुहका मतदाताहरु उत्साहित मुद्रामा भोट हाल्न आइरहेका थिए । र, उत्तिकै उत्साहित मुद्रामा र्फकँदै थिए । यो चुनावमा विशेष गरी युवापुस्तामा बढी उत्साह देखियो । पहिलोपटक स्थानीय चुनावमा […]

काठमाडौं महानगरका ६ खेलाडीः पुराना बलिया, नयाँ विभाजित

२८ बैशाख, काठमाडौं । देशको राजधानी शहर हो काठमाडौं महानगरपालिका । यहाँ हुने हारजितले देशैभरिको सम्पूर्ण हारजित भन्दा बढी महत्व राख्ने बुझाइ दलका नेताहरुको छ । र, यही कारणले सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले काठमाडौं महानगरपालिकाको चुनावलाई केन्द्रीय प्रतिष्ठाको विषय बनाएका छन् । काठमाडौं महानगरपालिकाको अहिलेसम्मको स्थितिलाई हेर्दा यहाँ झडप वा अपि्रय घटना भएका […]

रन्जु दर्शनाको ‘दमदार’ भाषणः म मैदानमा आउँदा किन यत्रो कोलाहल हजुर ?

२७ बैशाख, काठमाडौं । तिम्रो घर चाँचरी त्यैं पर होइन र तिमीलाई हाम्ले चाँचरी चिनेको छैन र बाबरी फुलको बोट रन्जु आइन् है ढल्काउँदै स्टकोट विवेकशील नेपालीको चुनावी सभालाई उद्घोषकले यस्तो गीतबाट सुरु गरे । नभन्दै रन्जु स्टकोट ढल्काउँदै स्टेजमा उक्लिइन् । सानोगौचरणको फुटबल मैदानमा बुधबार अपरान्ह आयोजित सभामा करिब एक हजार मानिस उपस्थित थिए […]

काठमाडौंमा कांग्रेसको घरदैलोः सडकबाटै जय नेपाल ! (भिडियोसहित)

२७ बैशाख, काठमाडौं । स्थानीय निर्वाचन सँघारमै आइपुग्दा काठमाडौं महानगरका मेयरका उम्मेदवारहरुको दिनचर्या झन्-झन् व्यस्त हुँदै गएको छ । र्‍याली तथा सभामा सहभागी हुनेदेखि अन्तक्रिर्या र मिडियामा अन्तर्वार्ताका साथै विभिन्न समूह र स्थानीय समुदायसँग भेटघाटसम्मको चटारोमा उनीहरु छन् । यसै क्रममा हामीले बुधबार बिहान काठमाडौंमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीको घरदैलो कार्यक्रमलाई नियाल्यौं । […]

काठमाडौंका भित्री शहर मृत भइसके, गरीबलाई बाँच्न गाह्रो छ

काठमाडौं महानगरपालिकालाई विभिन्न कोणबाट हेर्नुपर्छ । नयाँ संविधानले स्थानीय तहमा धेरै अधिकार दिएको छ । काम गर्न धेरै क्षेत्र छ । काम गर्ने ठाउँ पनि खुला हुन्छ । अब आउने स्थानीय तहको नेेतृत्वले ठूलो अधिकारको अभ्यास गर्छ । अब हरेक निकायबाट बाँधिनुपर्दैन । हिजो हामी जति बाँधिएका थियौं, अब त्यो अवस्था छैन । हिजोको कार्यकारीजस्तो […]

काठमाडौं महानगरमा राजुराजको सपनाः ५ वर्षमा मेट्रो रेल, सबैतिर फ्लाइओभर

२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौंमा मेयरका उम्मेदवार राजुराज जोशीले हामीसँग भेट्नुअघि दुईवटा स्थानीय एफएम रेडियोमा नेवारी भाषामा अन्तर्वार्ता दिइसकेका थिए । काठमाडौंका नेवार मतदातासम्म आफ्नो एजेण्डा राख्न उनले एफएम रेडियोको सहारा लिए, त्यो पनि नेपाल भाषामै । यसबाट उनी के पुष्टि गर्न चाहान्थे भने- ‘म नेवार समुदाय र नेपाल भाषासँग भावनात्मकरुपमा जोडिएको छु […]

काठमाडौंको चुनावः नानीमैयादेखि रञ्जु दर्शनासम्म !

१३ बैशाख, काठमाडौं । नेपालको ऐन-कानुनले नकारात्मक भोटिङलाई कार्यान्वयनमा ल्याएको छैन । तर, धुलो र हिलोबाट वाक्कदिक्क बनिसकेका राजधानीबासीले महानगरको चुनावमा ‘नकारात्मक भोट’ प्रयोग गरे भने के होला ? कसले पाउला यस्तो भोट ? सोसल मिडियाको ट्रेन्डलाई हेरेर धारणा बनाउने हो भने काठमाडौंको मेयरकी उम्मेदवार रञ्जु दर्शना त्यस्तो भोटको हकदार बन्न सक्ने संकेत देखिएको छ । […]

काठमाडौंको मेयरमा विवेकशीलकी २१ बर्षे रञ्जु दर्शनाको उम्मेदवारी घोषणा

५ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् । मेयरमा २१ वर्षीया दर्शनालाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशीलले जनाएको छ । उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने पछि तय गरिनेछ । विवेकशील नेपाली दलले भनेको छ, काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात गर्न र त्यस अभियानको […]

नेताहरुलाई हौसाउँदै प्रचण्डले भने- काठमाडौंको मेयरमा मै उठौं जस्तो लागिरहेको छ

५ बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव गरेका छन् । मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरे । ‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन लागेको होइन, स्थानीय सरकारको […]

४२ वर्षपछि फेरिन थाल्यो तीनकुनेको रुप, कस्तो बन्दैछ ?

५ बैशाख, काठमाडौं । ४२ वर्षपछि कोटेश्वर नजिकै अवस्थित तीनकुनेले रुप फेर्ने भएको छ । महानगरले केही वर्ष अघिदेखि नै तीनकुनेको रुप फेर्ने भने पनि अहिलेसम्म कार्यान्वयन भएको थिएन । विसं. ०३१ सालमा बस्ती हटाएर खाली गराइएको तीनकुनेको चौरलाई काठमाडौं महानगरपालिकाले स्तरीकरण गर्न सुरु गरेको हो । तर, ४० वर्ष पहिलेदेखि यो ठाउँको जग्गाको मुआब्जा […]

टेन्डर नै नगरी महानगरले गोप्यरुपमा छान्यो सडकबत्ती जोड्ने कम्पनी

२१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसायिक प्रवर्द्धन हुने गरी टेन्डरबिनै निजी कम्पनीलाई सौर्य सडक बत्ती जडानको अनुमति दिएको छ । काठमाडौंको कृष्ण पाउरोटीचोकदेखि जय नेपाल हलसम्मको सडकमा सौर्यबत्ती जडान गर्न निजी कम्पनीलाई गोप्य रुपमा बिनाप्रतिस्पर्धा अनुमति दिइएको हो । एक निजी कम्पनीलाई कुनै प्रतिस्पर्धा बिना नै व्यवसायिक प्रवर्द्धन गर्न सहमति दिँदै महानगरपालिकाको भौतिक पूर्वाधार […]

काठमाडौंको सडकमा बल्ने भो २१ करोडको सौर्य बत्ती, सबै पैसा निजी क्षेत्रको

५ कात्तिक, काठमाडौं । अबको एक वर्षभित्र काठमाडौं महानगरपालिकाका सबै मुख्य सडक खण्डमा शहरी सौर्य सडकबत्ती जडान हुने भएको छ । तर यसका लागि सरकार र महानगरपालिकाको एक रुपैयाँ पनि खर्च हुने छैन । नीजि क्षेत्रको लगानीमा काठमाडौंको सडक सौर्यवत्तीले झलमल्ल हुने भएको हो । महानगरपालिकाले पहिलो चरणमा यो परियोजनाका लागि बीके ट्रेडर्स एण्ड सप्लायर्ससँग सम्झौता […]

काठमाडौंको संघीयताः उपत्यकाको पुनर्संरचनाका चार विकल्प

२५ साउन, काठमाडौं । स्थानीय निकायको पुनर्संरचना गर्नेबारे बहस चुलिएका बेलामा अहिले काठमाडौं उपत्यकाको पुनर्संरचनाको विषय पेचिलो बनेको छ । धेरैको प्रश्न छ- ‘संघीय नेपालको राजधानी काठमाडौंको शासकीय स्वरुप कस्तो होला ? संघीयतामा गएपछि राजधानी काठमाडौंलाई कस्तो स्वरुपमा लैजाने भन्नेबारे संविधानमा छुट्टै व्यवस्था छैन । तर, काठमाडौं, भक्तपुर र ललितपुरका महानगर र उपमहानगरसहित २२ वटा […]

बाहिरी चक्रपथः यसरी सुरु हुँदैछ काम

३१ असार, काठमाडौं । सरकारले बाहिरी चक्रपथ निर्माणका लागि पहिलो चरणमा तत्कालै काम थाल्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगतको बाहिरी चक्रपथ विकास आयोजनाले चक्रपथको नयाँ नक्सा तयार गरेर अब साउन महिनादेखि नै चक्रपथ निर्माणका लागि काम थाल्न लागेको हो । पहिलो चरणमा सतुंगलदेखि गम्चा हुँदै चोभरसम्म नयाँ ट्रयाक खोल्ने तयारी गरिएको उपत्यका […]

नगर प्रहरीसहित महानगरपालिकाले खुलायो एकसय १८ पदमा जागिर

काठमाडौं । महानगरपालिकाले विभिन्न १ सय १८ पदमा जागिर खुलाएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न प्राविधिक तथा नगर प्रहरी पदमा दरखास्त आह्वान गरेको हो । महानगरपालिकाले अमिन (सर्वेक्षक), कम्प्युटर टेक्निसियन, स्वास्थ्य सहायक, जुनियर सिभील इञ्जिनियर, अनमी, अहेब र नगर प्रहरीको जवान पदमा आवेदन महानगरले सबै भन्दा धेरै ९० जना नगर प्रहरी जवान मागेको छ । […]

तीनकुनेमा यस्तो बन्ने भो बुद्ध मूर्तिसहितको शान्ति मण्डला (भिडियोसहित)

२७ असार, काठमाडौं । काठमाडौंको तीनकुनेमा जस्तापाताले बेरिएको खुला जमीन छ । तर, अब यो खुल्ला ठाउँ एउटा मनमोहक आध्यात्मिक केन्द्र बन्ने भएको छ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको सपना साकार पार्ने गरी महानगरपालिकाले यहाँ धार्मिक संरचना बनाउन लागेको हो । हिउँदमा धुलाम्मे र वर्षामा हिलो एवं झाडीले ढाक्ने झण्डै ५० रोपनीको […]