Comments Add Comment

काेराेना भाइरस

List Grid
सार्वजनिक जग्गा हडपेको भन्दै मेयरले भत्काइदिए घर

६ जेठ, जनकपुरधाम । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ । धनु्षाको विदेह नगरपालिकामा भने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक बनाउने दृश्य देखिएको छ  । बुधबार […]

कर्णालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप ९ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनका अनुसार मृतकमध्ये सुर्खेतका ५ जना, दैलेख, डोल्पा, जाजरकोट र रुकुम पश्चिमका एक/एकजना रहेका छन् । […]

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

५ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, रुपन्देही र पाल्पामा गरी ३० जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का ६० वर्षीय पुरुषको जेठ ३ गते पर्वत जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको […]

रौतहटमा थपिए २५ जना संक्रमित, ५ जनाको मृत्यु

५ जेठ, रौतहट । रौतहटमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा २०२ जनाको नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यस्तै थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । अन्य दिनको तुलनामा बुधबार कोरोना संक्रमण दरमा कमी आएको […]

मारवाडी सेवा समितिले बनायो गौशालामा निःशुल्क आइसोलेसन केन्द्र

५ जेठ, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा निःशुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजनसहितको ५१ बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । आइसोलेसन केन्द्रको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरे । उनले तीन सय बेडसम्म सञ्चालन गर्न सकिने यो आइसोलेसनलाई पूर्ण रुपमा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन […]

गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्तिले जिते कोरोना

५ जेठ, गुल्मी । गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् । २०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताए । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने […]

सेती अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

४ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ४, कञ्चनपुर र डोटीका १/१ जना संक्रमितको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । धनगढी उपमहानगरपालिका–१ का ८० वर्षीय पुरुष, वडा नम्बर २ का ५८ वर्षीय पुरुष, वडा नम्बर १७ की ३५ वर्षीया […]

सुदूरपश्चिममा २४ घण्टामा १४ जना संक्रमितको मृत्यु

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कञ्चनपुरमा ६ जना, कैलालीमा ४ जना,  डोटी, अछाम, बझाङ र दार्चुलाका १/१ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुगेको छ । यस्तै सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा […]

कहालीलाग्दो वैशाख : पर्सामा कोरोना संक्रमणले ७९ जनाको मृत्यु

३ जेठ, वीरगञ्ज । अक्सिजन दिनुपर्ने बिरामीहरु मात्र भर्ना लिँदा पनि ११५ बेडको नारायणी अस्पताल भरिन लागेको छ । अस्पतालमा हाल १०८ जना संक्रमित उपचाररत छन् । गम्भीर अवस्थाका ७५ जना आईसीयूमा छन्, जसमध्ये १३ जनालाई भेल्टिलेटर सपोर्ट छ । ३३ जना हाई फ्लो अक्सिजन सपोर्ट भएको एचडीयूमा छन् । भर्ना हुने, निको हुने र […]

‘नेपालीमा रोग प्रतिरोधात्मक क्षमता छ, यो तहमा संक्रमण नबढ्ला भन्ने ठानेको थिएँ’

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भनेर आफूले आँकलन नगरेको स्वीकार गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता असाधारण रहेको जिकिर गर्दै आएका थिए । २८ जेठ, २०७७ मा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यही दोहोर्‍याएपछि पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका […]

कोरोना संक्रमणबाट विराटनगरको नोबेल अस्पतालमा दम्पतीको मृत्यु

२ जेठ, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको नोबेल मेडिकल कलेजमा एक दम्पतीको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ६९ वर्षीय पुरुष र ६४ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनीहरु पति पत्नी हुन् । भारतको मुम्बईमा बस्दै आएका उनीहरु पुख्र्यौली थलो ताप्लेजुङ घुम्न आएका थिए । चार महिना […]

बेरोजगारीको बाध्यता र निरीह स्वास्थ्यकर्मी 

अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले हाम्रो देशलाई पनि आक्रान्त बनाइरहेको छ । कुनै पनि स्वास्थ्य समस्या समाधानको एक मात्र विकल्प अस्पताल र त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी हुन् । यहाँ स्वास्थ्यकर्मी भन्नाले कुनै पनि स्वास्थ्य संस्थाका डाक्टर, नर्स लगायत त्यहाँ काम गर्ने सबै तहका कर्मचारी हुन् भन्ने बुझ्न वाञ्छनीय हुनेछ । किनकि एकजना बिरामी अस्पतालमा […]

गण्डकीमा एकैदिन २८ संक्रमितको मृत्यु

२ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कास्कीका ६ जना, स्याङजाका सात जना, तनहुँका तीन जना, बागलुङ, लमजुङ र नवलपरासी पूर्वका दुई/दुई जना, काठमाडौं, रुपन्देही, मुस्ताङ, म्याग्दी, गोरखा र दाङका एक÷एक […]

नुवाकोटमा दुईजना कोरोना संक्रमितको मृत्यु

२ जेठ, नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । विदुर नगरपालिका–४ बट्टारकी ३२ वर्षीया महिला र किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै […]

भरतपुर क्यान्सर अस्पतालमा १४० बेडको कोभिड वार्ड शुरु

२ जेठ, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । चितवनमा सङ्क्रमितको संख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी बेड थप […]

१६ दिनमै १२ हजार ९५८ संक्रमित थपिए, २४५ जनाको मृत्यु

१ जेठ, धनगढी । वैशाख दोस्रो सातासम्म सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमितको संख्या १५ हजार ४७५ थियो । प्रदेश स्वास्थ्य निर्देशनालयले वैशाख १५ गते सार्वजनिक गरेको तथ्यांकमा संक्रमित त्यति हुँदा ७२ जनाको मृत्यु भएको छ । जसमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएका ६६ र एन्टिजेन परीक्षण गरिएका ६ जनाको मृत्यु भएको उल्लेख छ […]

पर्साको जगरनाथपुरमा एन्टिजेन परीक्षण गर्न समेत समस्या

१ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट पर्साको जगरनाथपुरमा ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । वडा नम्बर ५ मसिहानी बस्ने वृद्धाको शुक्रबार अपरान्ह ४ बजे होम आइसोलेसनमै रहेको बेला मृत्यु भएको हो । उनको बिहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनले गाउँकै स्वास्थ्यकर्मीले दिएको टाइफाइडको औषधि सेवन गरिरहेकी थिइन् । गएको जाडो […]

सरकार किन खोल्दैन ठूला अस्थायी उपचार केन्द्र ?

३० वैशाख, काठमाडौं । कोरोनाका बिरामीले अस्पताल भरिभराउ छन् । बेड मात्रै होइन, छिंडी र पिंढीमा पनि ठाउँ खाली छैन । आईसीयू र भेन्टिलेटर त झन् खाली हुने कुरै भएन । बेड, आईसीयू, भेन्टिलेटर खाली नभएपछि नयाँ संक्रमितले उपचार पाउन मुस्किल जस्तै भएको छ । अक्सिजनको अभाव भएपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेका छैनन् […]

कोरोना संक्रमणबाट विराटनगरमा आमा छोराको मृत्यु

३० वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा आमा छोराको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएकी आमाको उपचारको क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ साढे ७ बजे मृत्यु भएको थियो । बिहीबार आमाको अन्त्येष्टि नसकिंदै दिउँसो २ […]

रौतहटमा थप चारजनाको मृत्यु, ५६ जनामा संक्रमण पुष्टि 

३० वैशाख, रौतहट । कोरोना संक्रमणबाट रौतहटमा थप चारजनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा रहेका दुई जना र जिल्ला बाहिर अन्य अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल गौरमा उपचारका क्रममा रहेका गरुडा नगरपालिका–४ का ५६ वर्षिया महिला र गढीमाई नगरपालिका–८ का ६० वर्षीय […]

कोरोना संक्रमणबाट वीरगञ्जमा थप ५ जनाको मृत्यु

२९ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन जना, नेशनल मेडिकलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पताल र वीरगञ्ज हेल्थ केयर एक/एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये पर्सा र बाराका २/२ जना र एक जना रौतहटका संक्रमित हुन् । योसँगै कोरोना संक्रमणको […]