Comments Add Comment

काेराेना भाइरस

List Grid
भारतबाट फर्किने नेपालीको गौरीफन्टा नाकामा बिचल्ली

१८ वैशाख, धनगढी । डोटीको बोगटान गाउँपालिका–७ का टेकबहादुर बोहरा शनिबार बिहान ६ बजे गौरीफन्टा नाकामा उत्रिए । भारतको गोवामा रोजगारी गर्दै आएका बोहरा दोस्रो लहरको कोरोना कहर तीव्र बनेसँगै रोग र भोकबाट बच्न स्वदेश फर्किएका हुन् । भारतमै पीसीआर परीक्षण गरेर फर्किएका बोहरा बिहान १० बजेसम्म गौरीफन्टा नाकामा गाडीको खोजी गरिरहेका थिए । नाकामा […]

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा ७० वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यसअघि शनिबार बिहान मात्र नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको थियो । मध्यान्ह १२ बजे […]

धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, धनगढी । धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त […]

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था […]

सक्रिय संक्रमित निरन्तर बढ्दैछन्, रौतहटमा छैन तयारी

१६ वैशाख, रौतहट । रौतहटमा सक्रिय संक्रमितको संख्या १०७ पुगेको छ । एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ । बुधबार गौर अस्पतालमा २८ जनाको स्वाब परीक्षण गर्दा ५० प्रतिशत अर्थात् १४ जनामा कोरोना संक्रमण पुष्टि भयो । रौतहटका सबै संक्रमित अहिले घरमै आइसोलेट भएर बसेका छन् । संक्रमण उच्च दरमा बढिरहँदा पनि रौतहटमा नियन्त्रणको तयारी भने शून्यप्रायः […]

कर्णाली प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार […]

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी […]

रौतहटमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

१५ वैशाख, रौतहट । रौतहटमा कोरोनाको दोस्रो लहरबाट संक्रमित हुनेको संख्या एक सय नाघेको छ । बुधबार थप १४ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०७ पुगेको हो । गौर अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी २५ जना संक्रमित […]

गण्डकी प्रदेशमा थप दुईजना संक्रमितको मृत्यु

१५ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागलुङकी एकजना महिला र गोरखाका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागलुङ नगरपालिका–११ की ६१ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख १३ गते राति सवा १२ बजे मृत्यु भएको हो […]

पर्सामा थप एकजना संक्रमितको मृत्यु

१५ वैशाख, वीरगञ्ज । पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२७ की ६० वर्षीया महिलाको बुधबार बिहान १० बजेतिर मृत्यु भएको हो । ती महिलालाई बुधबार नै एन्टिजेन पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

कर्णालीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, सुर्र्खेत । कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतमा दुई र दैलेखमा एकजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  । सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले […]

नेपालगञ्‍ज मेडिकल कलेजमा जे देखियो

१४ वैशाख, नेपालगञ्ज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षका बेड कोरोना संक्रमितले भरिभराउ छन् । अक्सिजनको सपोर्टमा छटपटाइरहेका शरीरहरुले असह्य पीडा व्यक्त गरिरहेका छन् । ‘यहाँ यसरी भर्ना भएकाहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ’ बिरामीको चापका बीच आकस्मिक विभागमा खटिएका डा. देवेन्द्र आचार्यले भने, ‘सबैलाई कोरोना संक्रमण भएको चाहिं निश्चित हो ।’ डा. आचार्यको […]

कर्णालीमा एकैदिन थपिए १३८ कोरोना संक्रमित

१४ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १२९ जना छन् । यस्तै जाजरकोटका […]

गोरखामा एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि

१३ वैशाख, गोरखा । गोरखामा मंगलबार एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमसेनथापा गाउँपालिकामा २७, गोरखा नगरपालिकामा १२ र पालुङटार नगरपालिकामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । भीमसेनथापा गाउँपालिकाका सबै संक्रमित वडा नम्बर ७ क्यामुन्टारका रहेका छन् । केही दिनअघि उनीहरुमा रुघाखोकी तथा ज्वरो देखिएपछि पीसीआर परीक्षण गरिएको […]

सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतमा थप एकजनाको मृत्यु भएको छ । तिला गाँउपालिका–२ जुम्लाका ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीका अनुसार ती पुरुषको मंगलबार बिहान उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हो । उनी वीरेन्द्रनगरमा बस्दै […]

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, काठमाडौं । तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा वैशाख ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसैगरी गोरखाको […]

कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु

१४ वैशाख, रौतहट । कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । गौर नगरपालिका–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । वैशाख ११ गते कोरोना संक्रामण पुष्टि भएपछि ती वृद्ध होम आइसोलेसनमा बसिरहेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि गौर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी […]

कोरोना महामारीका कारण पुनः सुनसान बन्यो सौराहा

१४ वैशाख, चितवन । कोरोना संक्रमणको पहिलो लहरले थिलोथिलो बनेको चितवनको सौराहाको पर्यटन क्षेत्र पूर्ववत अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरु भएपछि व्यवसायी निराश बनेका छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय विस्तारै लयमा फर्किंदै  थियो । क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक […]

कोरोनाको दोस्रो लहर : प्रदेश २ सरकारले पूरा गरेन प्रतिबद्धता

१४ वैशाख, जनकपुरधाम । अहिलेको जस्तै गत वर्ष कोरोना भाइरस संक्रमणको पहिलो लहरका कारण अवस्था आक्रान्त थियो । त्यस अवस्थालाई झेलेको प्रदेश २ सरकारले १ असार २०७७ मा चालू आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न प्रतिबद्धता जनाएको थियो । बजेटको बुँदा नम्बर २५ मा कोरोना महामारीको प्रकोपको कारण आर्थिक […]

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–११ का ४० वर्षीय संक्रमितको सोमबार राति मृत्यु भएको हो । अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले सोमबार भारतबाट फर्किएर आईसीयूमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । भारतमै कोरोना पोजेटिभ देखिएका उनी स्वास्थ्यमा […]

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]