Comments Add Comment

कुलमान घिसिङ

List Grid
जग्गा अतिक्रमण रोक्न कुलमान आफैं क्रेन लिएर बालाजुको सब-स्टेशन पुगे

३० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न क्रेन लिएर आफैं बालाजु पुगेका छन् । प्राधिकरणको सब-स्टेशन र ग्रामीण विद्युतीकरण निर्देशनालय रहेको जग्गामा अतिक्रमण गरेर स्थानीयले बाटो बनाएको खबर पाएपछि कुलमान आफैं त्यहाँ पुगेका हुन् । उनले प्राधिकरण स्वामित्वको जग्गामा अनुमति नलिई बनाउन लागिएको बाटो रोक्न क्रेनको सहयोगमा पोलहरु […]

२ लाख थान मिटर किन्दै विद्युत प्राधिकरण, आवदेन दिएको ७ दिनभित्रै जोडिने

२८ चैत, काठमाडौं । विजुलीको मिटर जडानका आवेदन गर्दा लामो समयसम्म मिटर बक्स नपाएर समस्या भोग्ने धेरै छन् । अब भने नेपाल विद्युत् प्राधिकरणले आवेदन गरेको ७ दिनभित्रै विद्युतको मिटर बक्स जडान गर्ने यरी कार्ययोजना अघि सारेको छ । यसका लागि झण्डै २ लाख थान मिटर किन्न प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । घरायसी तथा […]

पुराना पंखा मिल्काउनोस्, विद्युत प्राधिकरणले नयाँ दिँदैछ

२७ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको योजना सफल भए आगामी वर्ष ३ सयदेखि ४ सय मेगावाटसम्म बिजुली जोगिने भएको छ । प्राधिकरणले आफ्ना उपभोक्तालाई किफायती बल्ब तथा उपकरणको प्रयोगमा प्रत्यक्ष प्रोत्साहन गरेरै विजुली बचाउने रणनीति लिएको छ । यसका लागि प्राधिरकणले ५४ लाख थान साधारण पंखालाई ‘इनर्जी इफिसियन्ट’ पङ्खाका माध्यमबाट प्रतिस्थान गर्ने योजना अर्को […]

कालीगण्डकी पुगे कुलमान, मर्मतको काम २० दिनमै सकिने

२७ चैत, काठमाडौं । स्याङ्जास्थित कालीगण्डकी जलविद्युत् आयोजना मर्मतको काम तीव्र पारिएको छ । गतवर्ष ४५ दिनसम्म लगाएर गरिने कालिगण्डी आयोजनाको नियमित मर्मतको काम यो वर्ष २० दिनमै सक्ने योजना छ । अाइतबार मर्मत सुरू भएको ११  दिन पुगेको छ, अबको ९ दिनमा मर्मत सक्ने लक्ष्य छ । मर्मत सम्भारको अनुगमन गर्न विद्युत प्राधिकरणका कार्यकारी […]

‘चोर’ समातिएपछि १ अर्ब बढीको विजुली जोगियो

२२ चैत, काठमाडौं । ‘विजुली चोर’ पक्राउ परेपछि नेपाल विद्युत प्राधिकरणले झण्डै १ अर्ब बढी विजुली चुहावट हुनबाट जोगाएको छ । पछिल्लो ६ महिनाको अवधिमा नै प्राधिकरण ४ प्रतिशत विजुलीको चोरी नियन्त्रण गर्न सफल भएको हो । ६ महिनाअघिसम्म नेपालमा उपलब्ध समग्र बिजुलीको २४ प्रतिशत चुहावट हुन्थ्यो । यसमा प्राविधिक चुहावट आधा थियो भने चोरीको आधा […]

कुलमान भन्छन्- तामाकोशी बनेपछि ६ महिना विजुली बेच्छौं

२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने बताएका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ । मंगलबार पत्रकार सम्मेलन गरेर घिसिङले विद्युतको डिमाण्ड (माग) बढाउनु पर्ने बताएका छन् । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर […]

कुलमानको घोषणाः देशभर विहान-बेलुकीको लोडसेडिङ हट्यो

२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले देशभर ‘पिक आवर’को लोडसेडिङ हटेको घोषणा गरेका छन् । उनले अब बिहान र बेलुकीको लोडसेडिङ पूर्ण रुपमा हटेको बताएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर घिमिङले अब लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताए । साथै अब देशभर पिक आवरमा लोडसेडिङ नहुने बताए । […]

टिम कुलमान ! को-को छन् लोडसेडिङ हटाउने टिममा ?

२१ चैत, काठमाडौं । १८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ । धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी […]

विद्युत् प्राधिकरणले २ करोड थान एलइडी बल्ब बाँड्दै

११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल २ करोड थान एलइडी बल्ब आफ्ना ग्राहकलाई वितरण गर्ने भएको छ । यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ । केही साताअघि काठमाडौंमा भएको नेपाल-भारत उर्जा सचिव स्तरीय बैठकमा भारतले नेपाललाई सुपथ मूल्यमा यस्तो बल्ब उपलब्ध गराउन […]

कुलेखानीमा अझै ३१ मिटर पानी बाँकी, गत वर्षभन्दा बढी जलसञ्चय

२५ फागुन, काठमाडौं । गत तिहारपछि नेपाल विद्युत प्राधिकरणले काठमाडौंबाट लोडसेडिङ हटाउने घोषणा गर्दा कुलमान घिसिङलाई हिउँद नलाग्दै कुलेखानी रित्याउन लागिएको आरोप लाग्यो । तर, प्राधिकरणले देशको एकमात्रै पावर ब्याक-अपका रुपमा रहेको कुलेखानीको पानीलाई गत वर्षहरुभन्दा यस वर्ष झनै जोहो गरेको पाइएको छ । अहिले कुलेखानीको इन्द्रसरोबर जलाशयमा पानीको सञ्चय गतवर्षको यस्तै समयको भन्दा बढी सञ्चय […]

विद्युत प्राधिकरणले भारतसँग माग्यो थप १०० मेगावाट विजुली

२४ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप १ सय मेगावाट बिजुली आयातको तयारी गरेको छ । यसका लागि प्राधिकरणले भारतको विद्युत् ब्यापार निगमलाई पत्र लेखेको छ । विद्युत प्राधिकरणले अब आफ्ना आयोजनाहरुको नियमित मर्मत सुरु गर्ने योजना बनाएको छ । जसका कारण लोडसेडिङ नहोस् भनेर भारतबाट थप १०० मेगावाट बिजुली किन्न लागिएको प्राधिकरणका […]

कुलमानले भनेः विहान-बेलुकाको विजुली महंगो र अन्य समयको सस्तो गर्नुपर्छ

२० फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ तय भएको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) को दरले विदेशी लगानीलाई आकषिर्त गर्ने बताएका छन् । उनले नेपालमा रहेको ऊर्जा संकट निवारणतर्फ अघि बढेकाले लगानी कर्तालाई ढुक्क भएर ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । जलाशययुक्त, जलाशयसहितको नदीको बहावमा आधारित (पिकिङ रन अफ […]

‘२ वर्षभित्रै भान्साबाट ग्यास हटाउन यसरी हुनेछ सम्भव’

१९ फागुन, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार नेपाली उपभोक्ताको भान्साबाट २ वर्षभित्रै एलपी ग्यास हटाउने उद्घोष गरे । लोडसेडिङ घटेपनि सबै ठाउँमा  नहटेकाले धेरैले यसलाई पत्याएका छैनन् । तर, नेपाल विद्युत् प्राधिकरण पनि दुईवर्षभित्रै सबै नेपालीको घरमा खाना बनाउने विद्युतीय इन्डक्सन चुल्होसहितका उपकरण भित्रिने बताउँछ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी २ वर्षपछि विजुलीका ग्राहकले ग्यास […]

कुलमानलाई असफल बनाउन बिजुलीको खम्बा ढालियो !

१७ फागुन, काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत- माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ । गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर-अँधेरी खण्डमा […]

कुलमानको करामतः हिउँदमा पनि बर्षाकै बराबर बिजुली, राजस्व ह्वात्तै बढ्यो

१३ फागुन, काठमाडौं । गत भदौमा प्रशस्त बर्षा भएका कारण बिजुलीको उत्पादन सबैभन्दा उच्च बिन्दूमा थियो । त्यो महिना नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई ३९ करोड ९६ लाख युनिट बिजुली बेच्यो । असोजको सुरुवातमा प्राधिकरणमा कुलमान घिसिङ नेतृत्वमा आए । कुलमानले लोडसेडिङ त हटाए नै, पुसमा पनि उनले बर्षायाम बेचिएको बराबर नै बिजुली उपभोक्ता माझ पुर्‍याए […]

मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान

४ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको दाबी गरेका छन् । साथै अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरण प्रमुख घिसिङले केही समयभित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्ने बताए । साथै काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने […]

लोडसेडिङ हटाउन कुलमान योजनाः ब्याट्री बैंकदेखि खोला फर्काउनेसम्म

२७ माघ, काठमाडौं । लोडसेडिङ मुक्त अभियान थालेको नेपाल विद्युत प्राधिकरणलाई सुख्खायाम लागेपछि विद्युतको माग धान्न धौ-धौ परेको छ । भारतबाट आयात बढाइएको छ भने पिक आवरमा धेरै विद्युत खपत हुने उपकरणहरु प्रयोग नगर्न आग्रह गर्दै आम उपभोक्तासँग पनि सहयोग मागिएको छ । तै पनि उत्पादन र मागबीच तालमेल मिलाउन प्राधिकरणलाई हम्मेहम्मे परेको छ । […]

कुलमान भन्छन्-ऊर्जा उत्पादन क्षेत्रमा यति उत्साह इतिहासमै थिएन

औद्योगिक विकासका लागि विद्युत विषयमा छलफल गर्न आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ प्रमुख अतिथि थिए । उनको बायाँ उद्योग वाणिज्य महासंघ अध्यक्ष एवं उद्योगी पशुपति मुरारका थिए भने दायाँ विद्युत उत्पादक एवं महासंघ, ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान थिए । उनी विद्युत महसुल निर्धारण समितिका सदस्य पनि हुन् । स्वतन्त्र ऊर्जा उत्पादक […]

कुलमानको कमालः २५ मेगावाट थपे, १२ घन्टे लोडसेडिङ हटाए

२४ माघ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौंमा लोडसेडिङ अन्त्य गरे । तर, केहीले भारतबाट अन्त्याधिक आयात गरेर लोडसेडिङ अन्त्य गरेको र यो दिगो नहुने तर्क गर्ने गरेका छन् । प्राधिकरण प्रमुख घिसिङले यसको जवाफ दिएका छन् । गत वर्ष भन्दा २५ मेगावाट मात्र बढी विद्युत भारतबाट आयात भइरहेको उनले बताएका छन् […]

कुलमानमाथि खनियो कर्मचारी संघ, सरुवाको रमाना पत्र नबुझ्न अपील

१८ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले हालै भएको कर्मचारी सरुवाको विरोध गरेको छ । संघले प्राधिकरणको नेतृत्वमाथि कर्मचारीलाई विद्युत चोरको पगरी गुथाएर कसैको उक्साहटमा गलत मनसायले सरुवा गरेको दाबी गर्दै रमाना पत्र नबुझ्न कर्मचारीलाई आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कुलमान घिसिङले हालै मात्र झण्डै २६ सय कर्मचारीको सरुवा गरेका थिए । […]

कुलमानले पाएको बेनामे चिठी पढेर सर्वेन्द्रले समाते ‘बिजुली चोर’

१८ माघ, काठमाडौं । गत साता प्रहरीले विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई विद्युत चोरीको आरोपमा समात्यो । अहिले उनीहरु थुनामै छन् । आखिर कसको सुराकीका आधारमा प्रहरीले ‘बिजुली चोर’ समात्यो ? यसको भित्री रहस्य भने निकै रोचक रहेछ । भ्रष्टाचार एवं चोरीचकारी नियन्त्रण गर्न एउटा बेनामे चिठी नै पर्याप्त हुने यो घटनाले स्पष्ट पारेको छ । […]