- Home
- कुलमान घिसिङ
कुलमान घिसिङ
२ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ यतिबेला काठमाडौंको स्युचाटारस्थिति भारप्रेषण केन्द्रमा व्यस्त छन् । उनका आज वर्षकै सबैभन्दा ठूलो चुनौतिको दिन हो । किनभने नेपालमा सबैभन्दा बढी विजुली माग हुने दिन लक्ष्मीपूजा आजै हो । देशभर आज साँझ बत्ती नकाट्ने योजना सफल बनाउन उनी केन्द्रको मास्टर स्टेसनमा बसेर इन्जिनियरको भूमिका […]
काठमाडौं । हामीले भेट्दा उनी फाइलहरुमै घोत्लिइरहेका थिए । रत्नपार्क अघिल्तिर नेपाल विद्युत प्राधिकरणको गेटबाट धमाधम गाडी बाहिरिँदै थिए । कर्मचारी प्रायः निथ्रिँदै थिए । र, कुर्सीहरु रित्तिँदै थिए । उनको कार्यकक्षको गर्मी भने हटिसकेको थिएन । टेबलमा फाइलको चाङ थियो, जसले उनको हस्ताक्षर पर्खिरहेको थियो । ‘बिहान घरबाट निस्केपछि साँझ पाँच बजेसम्म दौडधूप नै […]
२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ विद्युतिय सवारी साधनको प्रबर्द्धनमा लागेका छन् । यसको सुरुवात उनले कार्यालयबाट गरेका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा विद्युतिय सवारी साधन खरिद गर्ने योजना अघि सारेका हुन् । यसैअनुरुप विद्युत प्राधिकरणको नयाँ कम्पनी एनईए इन्जिनियरिङमा टेन्डरमार्फत इलेक्ट्रीकल भेहिकल भित्राउन लागिएको छ । यसका लागि […]
१३ भदौ, काठमाडौं । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन् । अख्तियार लगाएर हटाउन खोजेको भन्ने आरोपमा सत्यता नरहेको र अहिलेको ऊर्जा संकट समाधान गर्न मन्त्री र आफू सँगसँगै रहेको घिसिङले बताएका छन् । मंगलबार बिज्ञप्ति जारी गर्दै घिसिङले उर्जा […]
२५ साउन, काठमाडौं । नेपालले भारतबाट किन्ने गरेको बिजुली केही सस्तो भएको छ । नेपालले सन् २०११ मा गरेको गल्ती कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले सच्याएपछि भारतबाट किन्ने विद्युत केही सस्तो भएको हो । सन् २०११ मा नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बसेर हरेक वर्ष बैठक बस्ने र बाषिर्क ५.५ प्रतिशतका दरले बिजुलीको मूल्य बढाउने […]
नेपाली जनतालाई अँध्यारोबाट निकालेको सबैभन्दा ठूलो जस पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि परीक्षामा छन् । आगामी हिँउदमा पनि लोडसेडिङ रोक्ने चुनौती उनका सामु छ । यद्यपि, लोडसेडिङ रोक्नलाई घिसिङले अघि सारेका योजनाहरुमा विभिन्न खाले अड्चनहरु पैदा भइरहेका छन् । कुनैमा अदालत, कुनैमा संसदीय समिति त कुनैमा आयोजनाका ठेकेदार बाधक बनेका छन् […]
१७ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्यहरु पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् । २५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्न कम्पनी छनौट गर्दा ‘आर्थिक अपराध’ गरेको दाबी गर्दै सांसदहरुले शर्मा र घिसिङलाई काबारही गर्नु पर्ने माग गरेकाछन् । लेखा समितिको मंगलबारको बैठकमा सांसदहरुले चिनियाँ कम्पनी राइजन इनर्जीसँग गरिएको सम्झौतामा […]
५ असार, ओखलढुंगा । उच्च अदालत विराटनगरको अस्थायी इजलाश ओखलढुंगाले जिल्लामा नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई अन्तरिम आदेश दिएको छ । साथै प्राविधिक वा प्राकृतिक विपदले विद्युत आपूर्ति अवरुद्ध भए सूचना दिन पनि भनेको छ । अनियमित रुपमा हुने विद्युत कटौतीले नागरिकको दैनिक जीवनका अत्यावश्यक काममा अबरोध आएको र उपभोक्ताको अधिकार हनन् […]
१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । गणतन्त्र दिवस २०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिने भएको छ । सुप्रबल जनसेवाश्री १२० […]
कुलमान घिसिङ अहिले फेरि एकपटक चर्चामा छन् । उनको आँशु, रोदन र भक्कानो चर्चामा छ । कुलमानको यो रोदनभित्र मुलुकको आशा भरोसा अनि विकृति र कुण्ठा पनि सँगसँगै चर्चामा छ । कुलमानले भारतबाट एलइडी बल्ब खरिद गर्दा राष्ट्रघात गरेको र कमिसन खाएको हो कि हैन भन्ने प्रश्न पनि सँगसँगै चर्चामा छ । देशले पहिले पनि […]
२६ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले गुणस्तरीय एलइडी बल्ब १५० रुपैयाँमा ल्याउन व्यापारीलाई चुनौती दिएका छन् । विद्युत प्राधिकरणले भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग किन्न लागेको बल्बबारे प्रश्न उठेपछि घिसिङले सोमबार पत्रकार सम्मेलन गरे । आफूले चिलिमेदेखि नै इमान्दारितापूर्वक काम गरेको तर, अहिले चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले गहभरी […]
२६ बैशाख, काठमाडौं । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ […]
१८ बैशाख, काठमाडौं । २ सय मेगावाट बिजुली बचाउन एलईडी बल्ब किन्ने योजना मन्त्रिपरिषद्मा अडि्कएको छ । उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा लोडसेडिङ नगर्ने भन्दै देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने योजना बनाएको थियो । त्यसका लागि नेपाल भारत ऊर्जासचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार उर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट २ […]
१० वैशाख, काठमाडौं । अहिलेको लक्ष्यअनुसार काम हुने हो भने ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिट विसं ०७५ को असारसम्म सञ्चालनमा आउनेछ । पुसबाट यसले पूर्ण क्षमतामै विद्युत् उत्पादन थाल्नेछ । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्यभन्दा अघि नै तामाकोसी सञ्चालनमा ल्याइसक्ने गरी पहलकदमी अघि बढाएका छन् […]
६ बैशाख, काठमाडौं । लोडसेडिङको हटाएर वाहवाही कमाइरहेका कुलमान घिसिङले दातृ निकायले उपलब्ध गराउने सहायता रकम पनि उच्च खर्च गर्न सफल भएको देखिएको छ । दातृ निकायको सहायतामा सञ्चालित आयोजनाको काममा पनि कुलमानले व्यवस्थापकीय कुशलता देखाएका छन् । प्राधिकरणमार्फत कार्यान्वयन हुने आयोजनाको कामलाई घिसिङले तिब्रता दिएपछि यस वर्ष ऊर्जा क्षेत्र चामत्कारिकरुपमा दाताले दिएको रकम बढी खर्च […]
४ वैशाख, काठमाडौं । सरकारले ५ वर्षभित्रै देशका हरेक परिवारलाई जलविद्युत् कम्पनीको १ लाख रुपैयाँ बराबरको सेयर दिने योजना बनाएको छ । ‘सर्वसाधारणले पैसा तिरेर मात्र नभई जलविद्युत् आयोजनामा श्रमदान गरेरपनि सेयर लिन पाउने छन्,’ ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौंमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा भने । मन्त्री शर्माले यसबाहेक पनि थप ६० हजार युवाले यस्तो सेयर […]
३ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा रहेको बेगनास तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । प्राधिकरणले गरेको प्रारम्भीक अध्ययनमा लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिव एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले […]
२ बैशाख, काठमाडौँ । साँझको समय जस्तै बिहान पनि विद्युतकाे माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ । बिहानको समयमा प्रणालीमा कूल ८ सय ९५ मेगावाट विद्युत् माग हुने गरेको छ […]
१ बैशाख, काठमाडौं । नयाँ वर्ष भन्नेबित्तिकै हामीमा नयाँ उमंग छाउँछ । आशा र सम्भावनाका बेग्लै तरंगले मन-मगजलाई जोस्याउँछ । धेरैका लागि योबेला नयाँ काम र योजनाको खाता खोल्ने शुभ साइत हुने गर्छ । राम्रो कामलाई निरन्तरता दिने र नराम्रो बानी ठप्पै पार्ने कसम पनि यही साइतमा खाइन्छ । यसै सन्दर्भमा अनलाइनखबरले समाजका विविध क्षेत्रमा […]
३० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न क्रेन लिएर आफैं बालाजु पुगेका छन् । प्राधिकरणको सब-स्टेशन र ग्रामीण विद्युतीकरण निर्देशनालय रहेको जग्गामा अतिक्रमण गरेर स्थानीयले बाटो बनाएको खबर पाएपछि कुलमान आफैं त्यहाँ पुगेका हुन् । उनले प्राधिकरण स्वामित्वको जग्गामा अनुमति नलिई बनाउन लागिएको बाटो रोक्न क्रेनको सहयोगमा पोलहरु […]
२८ चैत, काठमाडौं । विजुलीको मिटर जडानका आवेदन गर्दा लामो समयसम्म मिटर बक्स नपाएर समस्या भोग्ने धेरै छन् । अब भने नेपाल विद्युत् प्राधिकरणले आवेदन गरेको ७ दिनभित्रै विद्युतको मिटर बक्स जडान गर्ने यरी कार्ययोजना अघि सारेको छ । यसका लागि झण्डै २ लाख थान मिटर किन्न प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । घरायसी तथा […]