Comments Add Comment

कृषि

List Grid
‘कृषिमा बैंकको लगानी १० होइन, २५ प्रतिशत हुनुपर्ने थियो’

कोभिडका कारण नेपाल राष्ट्र बैंकले कर्जा तिर्नका लागि समय थपिदिएको छ । लामो समय बन्द भए पनि अहिले व्यापार–व्यवसायहरु खुला हुन थालिसकेको अवस्था छ । उद्योगहरु पनि विस्तारै पूर्ण क्षमतामा सञ्चालन हुन थालिसककेका समाचारहरु आउन थालेका छन् । हुन त कोभिडको संक्रमण भने दिनप्रतिदिन बढ्दो छ । कोभिड बढेपनि मान्छेले यसलाई पार्ट अफ द लाइफको […]

नेपाली कृषिको विकास स्थानीय सरकारको काँधमा

नेपालको संविधान २०७२ ले संघीयतालाई संस्थागत गर्दै स्थानीय तहलाई सरकारकै रूपमा परिभाषित गरेको छ । यो संवैधानिक व्यवस्थाले स्थानीय तहहरूको महत्व र दायित्व दर्शाउँछ । नेपालको कृषि विकास अब स्थानीय सरकारमा निर्भर छ । कृषि विकासका लागि संघ र प्रदेश सरकारहरुले कोरेको खाकालाई कार्यरूप दिने निकाय पनि हुन्, स्थानीय सरकार । यो दायित्व पूरा गर्ने […]

गोरखामा किसानको ६ सय माछा मरे, पोखरीमा विष हालेको आशंका

१३ असोज, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङका राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको माछापोखरीका माछा विष हालेर मारेको पाइएको छ । उनको दुईवटा पोखरीमा रहेका करिब ६ सय माछा पानीमा बिष मिसिएका कारण मरेको पशु प्राविधिकले बताएका छन् । पोष्टमार्टम गर्दा माछाको ‘लिभर ड्यामेज’ देखिएको उनीहरुको निष्कर्ष छ । तर पोखरीमा कहाँबाट कसले बिष हालिदियो भन्ने […]

‘‍‍‍…अनि मैले कलम छोडेर कोदालो उचालें’

१० असोज, चितवन । सरकारद्वारा वितरण गरिने पदक माथि विभिन्न ठाउँबाट प्रश्न चिन्ह उठाइरहेका बेला चितवनका एक सफल किसान गणेश भुसालले जनसेवा श्री पाँचौ पदक प्राप्त गरेका छन् । सरकारले बाँड्ने पदक सहि ब्यक्तिले पनि पाएका छन् भन्ने दृष्टान्त बनेका छन् भुसाल । विगत १८ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ मा दिब्यनगरमा १८ […]

यथार्थताको कसीमा कृषि क्षेत्र

कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । यसले खाद्य एवं पोषण सुरक्षामा गरेको योगदान, जनसहभागिता, राष्ट्रको कुल गार्हस्थ आम्दानीमा खेलेको भूमिका र रोजगारीका अवसरको सिर्जनामा खेलेको भूमिका अतुलनीय नै मान्नु पर्दछ । यसरी बहुआयामिक भूमिका खेलिरहेको कृषि क्षेत्र, सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय सहयोगका बाबजुद गति नलिनुको कारण के छ त ? राजनैतिक नेतृत्व, अर्थशास्त्री, कृषिविज्ञ, स्वयं […]

प्रदेश ५ मा १७७ कृषि प्राविधिकलाई जागिर खुल्यो

२७ भदौ, काठमाडौं । प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो । प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि […]

राज्यलाई हानि पुर्‍याउने ठेकदारलाई थप कारबाही हुन्छ : मन्त्री भुसाल

२१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले समयमा मल आपूर्ति नगर्ने ठेकदारहरूको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया अघि बढेको पत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् । साथै, उनले ती ठेकदारहरूलाई कानुनबमोजिम थप कारबाही पनि गरिने बताएका छन् । मन्त्री भुसालले आफ्नो मन्त्रालयमा सुशासनको अभियान थालनी भएको समेत दाबी गरे । सिंहदरबारमा […]

रसायनको बढ्दो प्रयोग : दिगो कृषिका लागि चुनौती

कृषिमा व्यावसायीकरण र कृषिक्रान्तिको विकल्प छैन भनिरहँदा, कृषि उत्पादनको मात्रात्मक बढोत्तरी मात्रै नभई उत्पादनको गुणस्तरीयतामा पनि जोड दिनु आवश्यक छ । भारतीय उत्पादनमा आश्रति नेपाली कृषि बजारमा प्रभावकारी रूपमा गुणस्तर चेकजाँच नगरी कृषि उपज आयात गरिनु, खाद्य स्वच्छतामा जनचेतनाको कमी हुनु र रासायनिक विषादीको प्रयोग बढदै जानुले नेपाली कृषि बजारमा आउने कृषि उपजमा रसायनको मात्रा […]

२५ वर्षपछि बिदेशबाट फर्केर भैंसीपालनमा

११ भदौ, गुल्मी । रेसुुुंगा नगरपालिका– ४ का तोयनारायण पाण्डेले भारत, मलेसिया र कतारमा गरी झण्डै २५ वर्ष घरबाहिरै बिताए । १४ वर्षको उमेरमा भारत गएका उनले पछिल्लो ९ वर्ष कतार र मलेसियामा बिताए । तर विदेशको कमाइले कुनै प्रगति नभएपछि गाउँमै आएर खेती गर्न थाले । पाण्डेले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य […]

रासायनिक मल ल्याउन ढिलाइ र अनियमितता गर्नेलाई कारबाही गर : कांग्रेस

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले मल आयातमा भइरहेको ढिलाइ र अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । रासायनिक मलको अभावमा किसानको खेतमा धान पहेलिन थाल्दा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासिन रहेको प्रष्ट हुने कांग्रेसको भनाइ छ । कांग्रेसको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले […]

खेतीपाती गर्नेेलाई किसान क्रेडिट कार्ड !

२ साउन, काठमाडौं । सरकारले किसानहरुलाई बेलाबखत विभिन्न आश्वासनहरु बाँड्दै आएको छ । यही सिलसिलामा शुक्रबार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा अबदेखि कृषकहरुलाई ‘किसान क्रेडिट कार्ड’ दिइने उल्लेख छ । मौद्रिक नीतिमा ‘कृषि कर्जा’ उपशीर्षकमा भनिएको छ, ‘कृषकलाई वित्तीय साधनका साथै कृषि सूचना तथा जानकारी उपलब्ध गराउन कृषि विकास बैङ्कमार्फत ‘किसान क्रेडिट कार्ड’ […]

कपिलवस्तुमा सलहले धान र मकैमा पुर्‍यायो क्षति

१५ असार, काठमाडौं । आइतबार ४ बजेतिर प्रवेश गरेको सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्‍याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कपिलवस्तुमा भेटिएको सलहको झुण्डलाई नेपालमा भेटिएको मध्येको सबैभन्दा ठूलो भनेको छ । कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहका कारण जिल्लाको शिवराज नगरपालिका वडा नम्बर एक र ११ मा धान र मकैमा क्षति पुर्‍याएको जनाएको […]

तीनदिनको मौसम हेरौं, सलहको जोखिम थाहा हुन्छ : मन्त्रालय

१४, असार, काठमाडौं । बालीनाली नष्ट गर्ने सलह किरा पाकिस्तान हुँदै भारतको सीमा नाघेर नेपालमा प्रवेश गर्यो । अहिले सानो संख्यामा आए पनि आगामी दिनमा ह्वारह्वार्ती आउन सक्ने चिन्ता बढेको छ । भलै सरकारी अधिकारीहरु भने ठूलो समूहमा नआउने भन्दै आश्वस्त पार्न खोजिरहेका छन् । मौसमसम्बन्धी विज्ञहरुका अनुसार भारतबाट नेपालतर्फ बहेको हावासँगै सलह भित्रिएको हो […]

लकडाउनमा गाउँ फर्कनेहरुले कृषि उत्पादन बढाउने आश

१३ असार, काठमाडौं । डिलबहादुर गुरुङ धादिङ सदरमुकाम धादिङबेसीमा कस्मेटिक व्यवसाय गर्छन् । लामो समय जिल्ला सदमुकाममा रहेर व्यापार गर्दै आएका गुरुङ यसपटक लकडाउन सुरुभएलगत्तै सपरिवार जन्मथलो पात्ले फर्किए । अनिश्चितकालीन लकडाउनसँंगै गुरुङले गाउँको पुर्ख्यौली थलोको पाखोबारीमा खेताला लगाए । आफू पनि कस्सिएर काम थाले । कयौं वर्षदेखि प्रयोग नभएको केही र भएको पनि मुस्किलले […]

दिगो विकासको मुख्य आधार : कृषि तथा युवा स्वरोजगार

वर्तमान परिवेशमा विश्वकै सम्पूर्ण अंगसँगै नेपाल पनि कोरोना (कोभिड-१९) को शिकार हुन पुगेको छ । कहिले खुकुलो र कहिले कडा गर्दै नेपालमा पनि २०७६ चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनकै कारण अर्थ व्यवस्था तहसनहस भइरहँदा राज्यका तीनै अङ्ग यसको रोकथाममा निरीह बनेका छन् । यसको अज्ञात भविष्यको बारेमा कोही पनि जानकार छैनन् । […]

कृषिमा प्रदेशको बजेट : बाख्राको घिउदेखि मार्सी धानसम्म !

३ असार, काठमाडौं । कोरोना कहरका बीच सोमबार सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरे । कोरोनाका कारण गुमेको रोजगारी तथा बिग्रेको आपूर्ति व्यवस्थाको असर चिर्न प्रदेश सरकारले कृषि तथा पशुपालनलाई रोजगारीसँग जोड्न प्राथमिकता दिएको बताएका छन् । कृषिमार्फत रोजगारी सृजना, उत्पादन वृद्धि गर्दै खाद्य सुरक्षालाई प्रत्याभूत गर्न प्रदेश सरकारहरुले दुधालु बाख्रा […]

कोरोनाकम्प र कृषि

सन् २०२० को शुरुवातमै कोरोना भाइरस (कोभिड-१९) का कारण दिगो विकासको सामाजिक र आर्थिक धरोहरलार्इ अहिले सम्मकै ठुलो धक्का दिएको छ । वातावरणीय धरोहरमा भने नकारात्मकको सट्टा सकारात्मक प्रभाव परेको देख्न सकिन्छ ।यसले विभिन्न क्षेत्र/उपक्षेत्रमा क्रमशः नकारात्मक प्रभाव पार्दै गएको छ । विश्व मानवजातिकै जीवन र सम्पूर्ण अर्थ व्यवस्थामा गम्भीर धक्का महशुस भएको छ । […]

चितवनमा किसानले लगाए धानखेतमा आगो

३२, जेठ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका किसानले धान खेतमा आगो लगाएका छन् । राप्ती नगरपालिका–४ वेलुवामा किसान कमलप्रसाद तिवारीले २२ कठ्ठा खेतमा लगाएको धानमा आगो लगाएर जोतेका हुन् । धानमा रोग लागेर बालामा भुसमात्र बाँकी रहेपछि आगो लगाएको उनले बताए । ‘पछिल्लो तीन दिनमा सबै धान सखाप पार्‍यो’ किसान तिवारीले भने, ‘झुलेको धानमा […]

कोरोना भाइरस, कृषि र कृषिको सवलीकरण

कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट देश आक्रान्त बनेको छ । एकातर्फ कोभिड संक्रमित र मृत्यु हुनेको ग्राफ दिनानुदिन उकालो छ भने अर्कोतर्फ संक्रमण रोक्न गरिएको बन्दाबन्दीले गरिबीको अवस्था झन् खराबबनाइ दिएकोछ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमकाअनुसारकोभिड-१९ को महामारीको कारणबाट विश्वभर १३ करोड ५० लाख जनसंख्या भोकमरीको जोखिमतर्फ उन्मुखछन् । महामारीबाट खाद्य असुरक्षातर्फ उन्मुख हुने […]

मौज्दात राख्न मात्रै मल नकिन्न कृषि मन्त्रालयको आग्रह

२५ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अभाव हुन्छ भन्ने डरमा घरमा थुपार्नका लागि हतारमा मल खरिद नगरिदिन कृषकलाई आग्रह गरेको छ । सरकारले गत वर्षभन्दा धेरै रसायनिक मल खरिद गरेको, मल नेपाल भित्रिने क्रममा रहेको र मूख्य बालीलाई चाहिने मलको अभाव नरहेको भन्दै मन्त्रालयले धैर्य गरिदिन कृषकलाई आग्रह गरेको हो । अभाव […]

कृषिमन्त्रीलाई प्रदीप गिरीले भने-अभिमन्यु चक्रव्यूहमा पसेझै‌ं तन्त्रमा प्रवेश गर्नुभो

२४ जेठ, काठमाडौं । कांग्रेस सांसद प्रदीप गिरीले बजेटले कोरोनाको संकटलाई अवसरमा बदल्ने आशा ध्वस्त गरेको बताएका छन् । मन्त्रालयगत विनियोजनमाथि संसदमा बोल्दै सांसद गिरीले सबै मिलेर अडाएको र पटक-पटक फेरिएको प्रणालीबाट हुन नसकेको काम कोरोना संकटका कारण हुन्छ कि भन्ने अपेक्षा गरिए पनि बजेट आएपछि त्यो आश मरेको बताए । यस्तो बजेट ल्याउने अर्थमन्त्री […]