Comments Add Comment

कृष्णबहादुर महरा

List Grid
तीन हप्ताभित्र नयाँ सरकार बन्छः महरा

७ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् । दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए । निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया […]

दाङ २ बाट कृष्णबहादुर महरा विजयी

२३ मंसिर, घोराही । दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका हुन् । महराले ४० हजार ४२ मत पाएका छन् भने खनालले २५ हजार ८९७ मत पाएका छन् । दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै […]

दाङ-२ मा कृष्ण महरा र शंकर पोखरेलको अग्रता

२२ मंसिर, काठमाडौं । दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । २९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ […]

१० वर्षपछि दाङ फर्किएका महरा कति सुरक्षित ?

१४ कात्तिक, दाङ । माओवादी नेता कृष्णबहादुर महरा पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनले रोल्पा उक्लेर चुनाव जिते । अहिले १० वर्षपछि फेरि उनी दाङबाट चुनाव लड्दैछन् । एकमात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा यसपटक माओवादी नेता वर्षमान पुन ‘अनन्त’ उम्मेदवार बनेपछि […]

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहका सदस्यहरुले परराष्ट्रमन्त्री महरालाई भेटे

२२ असोज, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह-इपिजी)का सदस्यले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन् । समूहका नेपालका संयोजक डा.भेषबहदुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समुहको पाँचौं बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराएका हुन् । उनीहरुले समूहको छैटौं बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ […]

नेपाल-भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री

१८ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल-भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताएका छन् । नेपाल भारत महिलामैत्री समाजले आइतबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल-भारतका जनता-जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँदै भने, “सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ तर जनस्तरको सम्बन्ध सधैंँ महत्वपूर्ण हुन्छ, मैत्री समाजले […]

विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

१८ साउन, काठमाडाैं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धारमा अब ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । उपप्रधानमन्त्री महराले आफूले कार्यदल नै बनाएर विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको समस्याको पहिचान गर्न लगाएकाले अब उद्धार कार्य पनि तीव्र रुपमा अघि बढने बताए । पछिल्लो समय परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरी […]

परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट

  १० साउन, काठमाडाैं। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्तिदूत गौतम र उहाँका दर्शनले अझै प्रगाढ बनाएको बताए । […]

ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह

३ साउन, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह गरेका छन् । आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि नर्वेली राजदूत चेल तोरमोड पेटर्सेनसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटमा परराष्ट्रमन्त्री […]

अर्थमन्त्री महराले पैसा मागे, मुख्यसचिवले भने- मिल्दैन

१० फागुन, काठमाडौं । विकास बजेट खर्च गर्न नसकेर असक्षम अर्थमन्त्रीमा दरिनै लागेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले विनायोजना र कार्यक्रम अर्बौं रकम खर्च गर्ने अनुमति मागेका छन् । सोमबारको मन्त्री परिषदले महरालाई योजना लिएर आउन भनेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा मन्त्री महराले ‘कि पूरक बजेट ल्याउन पाउँ, होइन भने बजेटको सिलिङ नाघ्ने गरी रकम […]

अर्थमन्त्री महराको बैंक लकरमा के छ ? पैसा, सुन वा अन्य सामान ?

३ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सार्वजनिक गरेको सम्पति विवरणमा उनको नाममा कत्ति पनि नगद नारायण देखिँदैन । उनले रोल्पामा एउटा पुरानो शैलीको २ तले घर र १ तले भैंसी गोठ रहेको देखाएका छन् । तर, यो रहस्य खुलेको छैन कि महराले बैंकको लकरमा के राखेका […]

चिनियाँ राष्ट्रपति नेपाल आउने सकारात्मक सन्देश लिएर फर्किए विशेष दूत

४ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा  चीन गएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा शनिवार स्वदेश फर्किएका छन् । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दे महराले भने, ‘चिनियाँ प्रधानमन्त्री लीसँगको भेटमा भ्रमणबारे सकारात्म कुराकानी भयो, दुई देशका परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहने कुरा […]

चीन भ्रमण सकेर उपप्रधानमन्त्री महरा आज स्वदेश फर्कदै

४ भदौ, काठमाडौं । सरकारको विशेष दूतका रुपमा चीन भ्रमण सकेर उपप्रधानमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्कदै छन् । महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, विदेशमन्त्री वाङ यी लगायतसँग भेटवार्ता गरेका थिए । महराले विदेशमन्त्री यी मार्फत राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए । सो अवसरमा दुई नेताबीच आपसी […]

उपप्रधानमन्त्री महराले चिनियाँ प्रधानमन्त्री भेट्दै

१ भदौं, काठमाडाैं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । स्थानीय समयअनुसार विबहान साढे १० बजे चिनियाँ प्रधानमन्त्रीसँग महराको भेट हुनेछ । उपप्रधानमन्त्री महराले मंगलबार चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गरेका थिए । महराले विदेशमन्त्री यी मार्फत राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी […]

उपप्रधानमन्त्री महराले आज चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्दै

३२ साउन, काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गर्दैछन् । भेटवार्तमा दुई पक्षिय हितका विषयमा छलफल हुने जनाइएको छ । उनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री सँग भेटको प्रयास गर्नेछन् । नेपालस्थित चिनियाँ राजदूत वु चन्याईले एकजना उच्चस्तरीय नेतासँग भेटवार्तका लागि कोसिस भइरहेको जानकारी महरालाई दिएका […]

उपप्रधानमन्त्री महरा आज चीन जाँदै

३१ साउन, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा आज चीन भ्रमणमा जाँदैछन् । उपप्रधानमन्त्री महरा ११ बजे चीन प्रस्थान गर्ने  कार्यक्रम छ । उनी आजनै छेन्दू हुँदै चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम रहेको छ ।  महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल चीन जाने छन् । ११ बजे त्यसतर्फ प्रस्थान […]

प्रधानमन्त्रीका विशेष दूत महरा भोलि चीन जाने

३० साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा भोलि चीन जाने भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश दूतका रुपमा चीन जान लागेका हुन् । सरकारले हालै मात्र प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरालाई चीन र निधिलाई भारत पठाउने निर्णय गरेको थियो । चीन भ्रमणका क्रममा अर्थमन्त्री महराले चिनियाँ राष्ट्रपति सी जिनपिङको  नेपाल […]

अर्थमन्त्री महराको प्रमुख स्वकीय सचिवमा शर्मा नियुक्त

२५ साउन, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिवमा हिमाल शर्मा नियुक्त भएका छन् । शर्मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व विद्यार्थी नेता हुन् । उनलाई पार्टीकै सिफारिसमा उपप्रधान तथा अर्थमन्त्री महराले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

माओवादी केन्द्रमा बहसः अर्थमन्त्री महरा कि पोखरेल ?

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा नयाँ अनुहारका नेताहरुलाई मन्त्री बनाउने भएको छ । त्यस्तै अर्थमन्त्रीमा कृष्णबहादुर महराको विकल्प खोज्न थालिएको छ । केपी ओली सरकारमा सहभागी धेरै मन्त्रीहरु यसपटक पनि दोहोरिन चाहेका छन् । तर, उनीहरुले मौका पाउने सम्भावना कम देखिएको छ । माओवादी हेडक्वार्टरको बिहीबार बसेको […]

भारतबाट फर्केका महरालाई चीनको चीसोपानी !

२३ वैशाख, काठमाडाैं। बुधबार बिहानै एमाओवादी महासचिव कृष्णबहादुर महरा आफ्नो पार्टीका नेतालाई भनिरहेका थिए, प्रचण्डलाई कुनै पनि हालतमा ओलीसँग पग्लन दिन्न र नयाँ सरकार गठनको अभियान रोकिने छैन । तर, यसो भनिरहेका महरालाई त्यसैबेला चिनियाँ दूतावासका कूटनीतिक अधिकारीहरुले भेटेपछि प्रचण्डभन्दा पहिले महरा आफैं पग्लेर पानीजस्तै भए । अघिल्लो साता भारत भ्रमण गरेर फर्किएपछि एमाओवादी नेता […]