Comments Add Comment

केपी शर्मा ओली

List Grid
प्रधानमन्त्रीले भने- म ठीक छु, शुक्रबार फर्किन्छु

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका छन् । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका छन् । भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा […]

प्रधानमन्त्रीले भने- म ठीक छु, शुक्रबार फर्किन्छु

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका छन् । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका छन् । भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा […]

भिडियोमा मन्त्रिपरिषद बैठक : वैधानिकतामाथि प्रश्न

१० भदौ, काठमाडौं । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । प्रधानमन्त्री ओलीले यसलाई ‘मन्त्रिपरिषदको बैठक’ बताए पनि यसको बैधानिकतामाथि भने प्रश्न उठेको छ । प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट बाहिरिएपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सोमबारको भिडियो बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ बताएका […]

भिडियोमा मन्त्रिपरिषद बैठक : वैधानिकतामाथि प्रश्न

१० भदौ, काठमाडौं । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । प्रधानमन्त्री ओलीले यसलाई ‘मन्त्रिपरिषदको बैठक’ बताए पनि यसको बैधानिकतामाथि भने प्रश्न उठेको छ । प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट बाहिरिएपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सोमबारको भिडियो बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ बताएका […]

ओलीको अनुपस्थितिमा पार्टीको बैठक बोलाउने अधिकार प्रचण्डलाई

५ भदौ, काठमाडौं ।  प्रधानमनत्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओली उपचारका लागि आज बिहीबार सिंगापुर जाँदैछन् । उनको सिंगापुर बसाई कम्तिमा ९/१० दिन हुने बताइएको छ । ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाउने र […]

‘मरिहालोस्’ भन्नेलाई प्रधानमन्त्रीको चुनौती– आउँदो चुनाव सामना गर्न तयार भए हुन्छ

४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘मरिहालोस्’ भन्नेहरूलाई अर्को चुनाव पनि सामना गर्न तयार रहन आग्रह गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अनेक प्रचार भएको भन्दै खण्डन गरे । ‘अचम्म लाग्छ ! विरोधीहरु कति कमजोर भएछन् भने । ऊ […]

संविधान दिवसमा पोलपोलमा झण्डा होस्, घरघरमा दीपावली होस् : प्रधानमन्त्री

४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका छन् । उनले यो राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् । दिवस तयारीका लागि बुधबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक गाडीमा झण्डा होस्, हरेक पोलमा […]

माधवसँग केपी चिढिनुका तीन चरण : माधवले गुमाउने केही छैन !

३ भदौ, काठमाडौं । सचिवालय बैठकले आफ्नो तेस्रो वरियता खोसेपछि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘मेरो अपमान गरेर हुर्मत लिन सफल हुनुभएकोमा तपाईलाई बधाइ छ ।’ प्रधानमन्त्री ओलीले ‘त्यसो होइन’ भन्न नभ्याउँदै नेपालले अझ आक्रोशित हुँदै भने, ‘अब तपाईले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाडिहाल्नुस् । नवौं महाधिवेशनको वरियता कायम […]

राजसंस्था फर्काउँछु भन्नु बेमौसमको बाजा : प्रधानमन्त्री

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । राजतन्त्र र्फकन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रने बताए । आइतबार संसदलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारको उदारताका कारण […]

प्रधानमन्त्रीको सिंगापुर बसाइ एक दिन लम्बियो, स्वास्थ्य रिपोर्ट सन्तोषजनक

२६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ एक दिन लम्बिएको छ । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिएको हो । उनी सोमबार अपराह्न थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणका रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ । सिंगापुरमा […]

प्रधानमन्त्रीको उपचार खर्च आफैंले व्यहोर्ने

१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ । प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च सरकारले व्यहोर्नेछ । […]

रातो कार्पेट प्रकरणमा प्रधानमन्त्रीको टिप्पणी : धन्य छ मिसन पत्रकारिता !

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाइएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकाेत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको थियो । त्यो तस्वीर सञ्चार माध्यमहरूमा आएपछि समाजिक सञ्जालमा सरकार र त्रिवि प्रशासनको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले भने त्यसलाई मिसन पत्रकारिताको […]

प्रजनन नियन्त्रणभन्दा व्यवस्थापनमा ध्यान दिऔं : प्रधानमन्त्री

२६ असार,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् । विश्व जनसंख्या दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसंख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा […]

यथास्थितिमा वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिन्न : प्रधानमन्त्री

१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । साथै उनले पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई आग्रह गरेका छन् । ३७ अर्ब घाटामा रहेको वायुसेवा निगमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । उसले सरकारसँग पैसा माग गर्दै […]

‘वायुसेवा निगम चलाउन दिउँ’ भन्दा प्रधानमन्त्रीले सोधे : सेना कबाडीखाना हो ?

१६ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम झण्डै ३७ अर्ब घाटामा छ । लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन । निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद दाहालले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव राखेका छन् । निगमको वार्षिक उत्सवको अवसरमा […]

‘नमूना मालपोत’ मा प्रधानमन्त्री नै ढिलो, त्यै पनि कालोझण्डा !

४ असार, काठमाडौं । बुधबार दिउँसो माइतीघर मण्डलामा गुठी समर्थकहरुले सरकारविरुद्ध खबरदारीसभा गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल कलंकीस्थित मालपोत कार्यालयमा देखा परे । कलंकी मालपोत कार्यालयलाई ‘नमूना कार्यालय’ घोषणा गरिएको भन्दै प्रधानमन्त्री ओली र मन्त्री अर्याल दुबैजनालाई बोलाइएको थियो । ‘नमूना मालपोत कार्यालय’ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, […]

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने २ जना पक्राउ

४ असार, काठमाडौं । कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । ‘नमूना’ […]

लण्डनमा प्रधानमन्त्री ओलीले गरे गोर्खा सैनिकको प्रशंसा

बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैनिकको प्रशंसा गरेका छन् । लण्डन दूतावासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिने गरेको भन्दै गोर्खा सैनिकको प्रशंसा गरेका हुन् । ‘नेपालीहरु बहादुर थिए, गोर्खा सैनिकको बहादुरीका कारण बन्दुक देख्दा नर्तसिनेहरु खुकुरी देख्दा तर्सिन्थे’, उनले थपे, ‘गोर्खा सैनिकको बहादुरीका कारण यो सम्भव […]

गोर्खा भर्तीबारे नयाँ पहल : त्रिपक्षीय सन्धि परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी टेरिजा मेसमक्ष नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको गोर्खा सैनिक भर्तिसम्बन्धी सन्धी पुनरावलोकन प्रस्ताव राखेर नेपाल-वेलायत सम्बन्धमा नयाँ तरंग ल्याउने अनुमान गरिँदैछ । २०२ वर्ष पुरानो नेपाल-बेलायत सम्बन्धको सबैभन्दा महत्वपूर्ण कडी मानिने ब्रिटिस-गोर्खा सैनिकको सम्बन्धमा नेपालको प्रधानमन्त्री तहबाट पुनरावलोकनको प्रस्ताव राखिएको यो नै […]

प्रधानमन्त्रीको प्रश्न : स्विट्जरल्याण्डले गर्न सक्छ, हामीले किन नसक्ने ?

२७ जेठ, बार्सिलोना  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्ने स्थितिमा मुलुकलाई पुर्‍याउनुपर्ने बताएका छन् । स्वीट्जरल्याण्डस्थित नेपाली राजदूतावास तथा संयुक्त राष्ट्रसंघ जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले तीव्र आर्थिक वृद्धि गर्दै गरिबी हटाउने र समृद्ध बनाउने बित्तिकै यस्तो अबस्था आउने बताएका हुन्। उनले […]

प्रधानमन्त्रीको जेनेभा यात्रा : अफ्रिकी मुलुकसँग पहिलोपटक श्रम समझदारीको तयारी

२२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को कार्यक्रममा सहभागी हुन जेठ २५ गते प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाँदैछन् । यस भ्रमणका क्रममा नेपालले दुई वैदेशिक रोजगारीका गन्तव्य देशसँग श्रम समझदारी हुने तय भएको छ । हाल मन्त्रिपरिषदमा विचाराधीन रहेका यूएई र मोरिसससँगको श्रम समझदारीमा जेनेभामा दुई पक्षबीच हस्ताक्षर हुन लागेको हो । […]