Comments Add Comment

केपी शर्मा ओली

List Grid
प्रधानमन्त्री ओली नै फेक न्युजको शिकार !

४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को प्रकोपसँगै विश्वभर सही सूचनाको पनि संकट आयो । कोरोना रोगबारे मात्र होइन, यसविरुद्ध औषधि तथा खोप विकासलाई लिएर पनि धेरै अफवाहहरू आउने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि यस्तै एउटा अफवाहको शिकार भएको पाइएको छ । त्यो हो इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको फेक न्युज […]

कोभिड–१९ इज मोर द्‍यान इनफ : प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ भन्दै भएको सडक आन्दोलनबारे राष्ट्रियसभामा बोलेका छन् । सडकमा ‘इनफ इन इनफ’ भनेर सडकमा आएको समेत देखेको भन्दै उनले भने, ‘कोभिड–१९ मोर द्‍यान इनफ । आउनै नहुने थियो, आयो । रोक्न खोज्यौं, तै पनि आयो ।’ उनले अघि भने, ‘हदभन्दा पनि बढी आयो । […]

खोइ १० अर्ब ? प्रधानमन्त्री भन्छन् : तल पठाइयो

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरूको जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । कोभिड-१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए । बिहीबार राष्ट्रिय सभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘१० अर्ब […]

उपचार र प्रतिरोध क्षमताका कारण नेपालमा कोरोनाबाट मृत्यु कम : प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए । तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ । अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि […]

प्रधानमन्त्रीका सल्लाहकारको दाबी : एमसीसी कार्यदलको रिपोर्ट बाध्यकारी होइन

४ असार, काठमाडौं । सरकार एमसीसी सम्झौता संसदको यसै अधिवेशनबाट पारित गराउने तयारीमा जुटेको छ । सत्तारुढ नेकपाभित्रै एमसीसीको विषयमा विवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट पारित गराउन दृढ देखिएका छन् । प्रधानमन्त्रीमा प्रमुख सल्लाहकार तथा नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले एमसीसी विकास परियोजनालाई राजनीतिकरण गर्न खोज्दा केही विवाद आए पनि प्रधानमन्त्री […]

कांग्रेस नेताहरुसँग प्रधानमन्त्री : आरडीटीबारे मौन, अनियमितताको छानबिन गर्ने वचन

२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताएका छन् । यसमा कोही दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने उनले बताए । प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र बुझाउन मंगलबार बालुवाटार पुगेका थिए । उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, […]

संविधान संशोधनपछिको सकस : कहिले होला भारतसँग वार्ता ?

१ असार, काठमाडौं । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको ‘अब वार्ता हुन्छ’  भन्ने प्रतिक्रिया र त्यसको केहीबेरमै भारतीय विदेश मन्त्रालयले जारी गरेको वार्ताका समाधान खोज्ने समझदारीको उल्लंघन भयो भन्ने भावको विज्ञप्तिले केही समय दुई देशबीच संवादहीनता कायमै रहने प्रष्ट बुझ्न सकिन्छ । प्रधानमन्त्री ओलीले ‘अब भारतसँग वार्ता हुन्छ’ […]

गफ हानेको होइन, ढुक्क रहौं मुलुक बन्छ : प्रधानमन्त्री

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उनले ढुक्क रहन आग्रह समेत गरेका छन् । आइतबारदेखि वैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक बिग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार […]

संविधान संशोधनपछि प्रधानमन्त्रीले भने : अब भारतसँग वार्ता हुन्छ

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग चाँडै वार्ता हुने बताएका हुन् । संविधान संशोधनपछि अबको कदम के हुन्छ भन्ने प्रश्नमा […]

संसदमा प्रधानमन्त्रीले सुनाए ‘भैँसी व्यापारी’को कथा !

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा झण्डै दुई घण्टा लामो सम्बोधन गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरस (कोभिड-१९) र नेपाल-भारत सीमा विवादमा बढी केन्दि्रत थियो । सांसदहरूले पनि प्रधानमन्त्री ओलीको जवाफमा आएको […]

नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेकै हुँ : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको कारोनाविरुद्ध रोग प्रतिरोधी क्षमता बलियो छ भन्ने आफ्नो दाबी वैज्ञानिक भएको बताएका छन् । प्रधानमन्त्री कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘नेपालीहरुको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर भर्खरै सुन्नु भयो मैले भनेको । नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्नेमा चुनौती दिन […]

योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अघिल्लो हप्ता नेपालबारे दिएको अभिव्यक्ति आलोच्य र निन्दनीय भएको बताएका छन् । प्रतिनिधिसभामा बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेपाललाई हेप्न खोजेको हो भने आफूहरु हेपिन तयार नभएको बताए । गत बुधबार भारत लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा […]

कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा भएको हो : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् । सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’ प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले अन्यत्र यसरी […]

अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरुलाई आग्रह गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले भने, ‘आफ्नो एउटा प्रणाली छ […]

कसैले जस पाउला भनेर चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् । लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति […]

संसद भवनको सिँढीमा जब प्रधानमन्त्रीको जुत्ता फुस्कियो

२८ जेठ, काठमाडौं । संसद भवनभित्र प्रवेश गर्नुअघि स्वास्थ्य सुरक्षाका केही कडा नियम पालना गर्नुपर्दछ । सबैलाई स्यानिटाइज गर्ने, शरीरको तापक्रम मापन गर्नेलगायतका नियम छन् । यही नियमअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुधबार संसद भवनमा खटिएका स्वास्थ्यकर्मीहरुले स्यानिटाइज गरे । प्रधानमन्त्रीको खुट्टा र जुत्तामा स्यानिटाइजर छरियो । त्यसपछि जब प्रधानमन्त्री ओली सिँढी उक्लिन थाले, […]

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै छन् । संसद बैठक बुधबार बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने, ‘सांसदहरुले उठाउनु भएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नु हुन्छ ।’ संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको […]

प्रधानमन्त्रीलाई प्रश्न : ७८ दिनसम्म कोरोना सर्छ ?

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबखत कोरोना भाइरसका बारेमा प्रवचनहरु दिँदै आएका छन् । जस्तो– हाम्रा भान्सामा पाइने बेसारलगायतका वस्तुले रोग प्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर) बढाउने प्रधानमन्त्रीले धेरैपटक बताइसकेका छन् । तातोपानीले बोसीय र फ्याटीय तत्व पगाल्ने हुनाले तातोपानी खाँदा राम्रो हुने प्रधानमन्त्रीको तर्क छ । त्यस्तै युरोप र अरबतिरको भन्दा भारतबाट […]

एमसीसी पारित गर्न ओलीले जोडबल नगर्ने

२७ जेठ, काठमाडौं । नेकपा सचिवालयको पछिल्लो बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– एमसीसीको सन्दर्भमा जे निर्णय गर्ने  हो, सहमतिका साथ हुन्छ । प्रायः सहमतिको भन्दा आफ्नो कुरा माथि पार्न खोज्ने ओलीको एमसीसीबारेको भनाइलाई नेताहरुले अर्थपूर्णरुपमा लिएका छन् । सचिवालयको अर्को बैठक आज (मंगलबार) बस्दैछ । यो बैठकको मुख्य एजेण्डा सम्भवतः एमसीसी […]

लकडाउनबारे सुझाव लिन प्रधानमन्त्रीले विज्ञ बोलाए

२१ जेठ,काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह  हुने छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद,योजनाविद,नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ । मेडिकल काउन्सिलका अध्यक्ष […]