Comments Add Comment

कोरोनाविरुद्धको खोप

List Grid
कोरोनाविरुद्धको खोप अभियान सुरु

१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा […]

सेनामा डा. कुँवरबाट सुरु भयो कोरोनाविरुद्धको खोप अभियान

१४ माघ, काठमाडौं । नेपाली सेनामा सैनिक अस्पताल, छाउनीका सहायक रथी डा. भुवनराज कुँवरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कुँवर अस्पतालका क्लिनिकल रजिष्ट्रारसमेत हुन् । विभिन्न व्यक्तिमा शंकासमेत रहेका वेला खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले सिनियर अधिकृतबाटै खोप अभियोगको शुभारम्भ गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए । छाउनीमा सैनिक अधिकारीहरुका […]

यी ११ अस्पतालबाट एकैपटक सुरु हुनेछ कोरोनाविरुद्धको खोप अभियान

१३ माघ, काठमाडौं । सरकारले बुधबार विहान १० बजे कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नेछन् । प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ हुँदै गर्दा ती ११ वटा अस्पतालले प्रत्यक्ष जोडिएर खोप लगाउन शुरु गर्ने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख […]

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप

८ माघ, काठमाडौं । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । […]

कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै

८ माघ, काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान […]

फिलिपिन्सका राष्ट्रपतिद्वारा रुसले बनाएको कोरोनाविरुद्धको खोपप्रति विश्वास व्यक्त

२७ साउन, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुसले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा आफूलाई विश्वास रहेको बताएका छन् । उनले यो खोपको परीक्षणको हिस्सा आफू पनि बन्ने बताएका छन् । साथै उनले रुसले खोप आपूर्तिको लागि गरेको प्रस्ताव पनि स्वीकार गरेका छन् । प्रस्तावअनुसार आउने खोप निःशुल्क हुन सक्ने अपेक्षा छ । […]

रुसको कोरोनाविरुद्धको खोपमा डब्ल्यूएचओको आशंका

२१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबार रुसले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा आशंका व्यक्त गरेको छ । रुसले आगामी अक्टोबर महिनाबाट कोरोना विरुद्धको खोप उत्पादन गर्न गइरहेको बताइसकेको अवस्थामा डब्ल्यूएचओले आशंका व्यक्त गरेको हो । डब्ल्यूएचओले खोप उत्पादनको लागि धेरै गाइडलाइन्स बनाइएको उल्लेख गर्दै यी सबै गाइडलाइन्स पार गर्नु आवश्यक रहेको […]