Comments Add Comment

कोरोना खोप

List Grid
गोरखामा दुई दिनमै सकियो कोभिड-१९ विरुद्धको खोप

२५ फागुन, गोरखा । गोरखा नगरपालिका–६ बसपार्कका ७८ बर्षीय बाबुराम श्रेष्ठ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन मंगलबार गोरखा अस्पताल पुगे । तर खोप छैन भन्दै उनलाई फर्काइयो । तीन वर्ष अघि क्यान्सरबाट पीडित उनी रोग प्रतिरोधात्मक क्षमता बढाउने आशमा खोप लगाउन अस्पताल पुगेका थिए । तर उनले खोप लगाउन पाएनन् । ‘तीन वर्ष अघि […]

कर्णालीका हिमाली भेगमा हिउँ परेपछि खोप कार्यक्रम प्रभावित

२४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो । हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र […]

गृहमन्त्रीले पनि लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर खोप लगाएका हुन् । आजै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।  

प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय  शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् । खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह […]

खोप कूटनीति : भारत र चीनसँगै रसिया पनि दौडमा

कोभिड-१९ को महामारी शुरु भएलगत्तै ‘मास्क कूटनीति’ चर्चामा रह्यो । अहिले विश्वभर ‘खोप कूटनीति’ तातो बहसको विषय बनेको छ । दक्षिण एसियाको सन्दर्भमा यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न प्रतिस्पर्धा गरिरहेका एसियाका दुई शक्ति मुलुक भारत र चीन पछिल्लोपटक त्यही उद्देश्य प्राप्तिको लागि खोप कूटनीतिलाई नयाँ औजारको रुपमा प्रयोग गर्दैछन् । अनि अर्काे शक्ति राष्ट्र […]

कोभ्याक्स सुविधाको खोप आज नेपाल आउँदै

२३ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने […]

गुल्मीमा दोस्रो चरणमा १८ हजार बढीलाई कोरोना खोप दिइने

२१ फागुन, गुल्मी । गुल्मीमा दोस्रो चरणमा लगाइने कोरोना भाइरस(कोभिड–१९)विरुद्धको खोपको तयारी पूरा भएको छ । फागुन २३ गतेदेखि ६५ वर्षका माथिका व्यक्तिहरुलाई दोस्रो चरणमा कोरोना खोप लगाउन सबै स्थानीय तहमा गरिएको तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डा. भवानी शर्माले बताए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले कोरोना खोपको तयारी बारे शुक्रबार एक कार्यक्रम […]

इटालीले रोक्यो अस्ट्रेलिया निर्यात हुने कोरोना खोप

२१ फागुन, काठमाडौं । इटालीको सरकारले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अस्ट्रेलिया निर्यातमा रोक लगाएको छ । यससँगै इटालीमा बनेको दुई लाख ५० हजार डोज कोरोना खोप निर्यात रोकिनेछ । युरोपेली संघ (ईयू)ले आफ्ना सबै सदस्य राष्ट्रलाई पर्याप्त मात्रामा खोप उपलब्ध गराउन निर्यातमा कडाइ गर्ने निर्णय गरेको थियो । […]

सुर्खेतमा ७ हजारले लगाए कोरोना खोप

२० फागुन, सुर्खेत । सुर्खेतमा ७ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । माघ १४ गतेदेखि हालसम्म ७ हजार ४७५ जनालाई कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २ हजार ३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोप लगाइ सकिएको जनस्वास्थ्य […]

मे महिनासम्म सबै वयस्क नागरिकलाई कोरोना खोप पुर्‍याउने बाइडनको प्रतिबद्धता

१९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी मे महिनाको अन्तिमसम्म मुलुकका सबै वयस्क मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकामा तेस्रो खोपको उत्पादन पनि उल्लेख्य संख्यामा बढाउन लागिएसँगै बाइडनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ह्वाइट हाउसमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै बाइडनले यसअघि तोकिएको भन्दा पहिला नै मुलुकका […]

सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् । खोप लगाउने कार्यक्रम जारी छ । अपराह्न ४ […]

आज सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउँदै

१९ फागुन, काठमाडौं । आज सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाइँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी,  दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ । आजै प्रतिनिधि सभा […]

फ्रान्समा एस्ट्राजेनेकाको खोप ६५ वर्षभन्दा बढी उमेरका मानिसलाई लगाउन अनुमति

१८ फागुन, काठमाडौं । फ्रान्सले ६५ वर्षभन्दा माथिका मानिसहरुलाई पनि एस्ट्राजेनेकाको खोप लिन अनुमति दिएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अब ६५ देखि ७४ वर्ष उमेर समूहका मानिसले एस्ट्राजेनेकाको खोप लिन सक्ने बताएको हो । गत महिना फ्रान्सले एस्ट्राजेनेकाको खोपमा ६५ वर्षभन्दा बढी उमेरका मानिसमा कोरोना खोपको प्रभावकारिताको तथ्यांक उपलब्ध नभएको […]

जुलाईसम्ममा ४० प्रतिशत नागरिकलाई कोरोना खोप दिने चीनको योजना

१८ फागुन, काठमाडौं । चीनले जुलाईको अन्तिमसम्ममा आफ्ना ४० प्रतिशत नागरिकहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने लक्ष्य राखेको छ । मंगलबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा चीनका वरिष्ठ स्वास्थ्य सल्लाहकारले यस्तो बताएका हुन् । उक्त लक्ष्य पूरा गर्न निकै तीव्र गतिमा चीनमा खोप कार्यक्रम बढाउनु जरुरी देखिएको छ । चिनियाँ कोरोना भाइरस विशेषज्ञ झोङ […]

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

१७ फागुन, काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् । सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्‍याएको […]

प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

१७ फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले सोमबार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

सांसदलाई कोरोना खोप दिइने

१६ फागुन, काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोपलाई अमेरिकामा अनुमति, एक डोजमात्रै लगाए पुग्ने

१६ फागुन, काठमाडौं । एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ । यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो […]

‘जोन्सन एण्ड जोन्सनको कोरोना खोप सुरक्षित र प्रभावकारी’

१३ फागुन, काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको बताएका छन् । एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको समूहले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो । जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको […]

नुवाकोटमा खोप लगाउनेको सङ्ख्या लक्ष्यभन्दा आधा कम

१२ फागुन, त्रिशूली । नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशिल्ड) को पहिलो डोज लगाएका छन् । जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा आठ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म तीन हजार ८८६ जनाले मात्र खोप […]

अफगानिस्तानमा बढ्दो हिंसाका बीच कोरोना खोप कार्यक्रम सुरु

११ फागुन, काठमाडौं । अफगानिस्तानमा मंगलबारबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । मंगलबार सुरक्षाकर्मीहरुलाई खोप दिँदै कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । पहिलो चरणमा अफगानिस्तानमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई कोरोना खोप दिइनेछ । यद्यपि मुलुकमा हिंसा बढिरहेको अवस्थामा यसले भने समस्या उत्पन्न गर्न सक्ने आशंका छ । भारतले अफगानिस्तानलाई सेरम […]