Comments Add Comment

कोरोना भाइरस

List Grid
बाँकेमा एकैदिन १६ जना संक्रमितको मृत्यु

२९ वैशाख, काठमाडौं । बाँकेमा बुधबार एकैदिन कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन बाँकेका अनुसार बाँके जिल्लाका १० जना र बाहिरी जिल्लाका ६ जना गरी जम्मा १६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र १० पुरुष छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज

२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार राति घर फर्किएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार राति ८ बजे डिस्चार्ज भएका नर्भिक अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई १९ दिनअघि पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए […]

धनगढी र दाङका संक्रमित हेलिकप्टरबाट चितवनमा

२९, वैशाख, चितवन । चितवनका भरतपुरका विभिन्न अस्पतालमा बुधबार ४५६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । यहाँका अस्पतालमा चितवनका १९८ र बाहिरका २५८ जनाको उपचार भइरहेको छ । चितवनको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा कोरोना संक्रमितको उपचार भइरहेको छ । सम्बन्धित जिल्लामा संक्रमितले भरपर्दो उपचार नपाउने र बेड […]

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

२९ वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको हो । कोरोना विशेष अस्पतालको आईसीयूमा १६ जना कोरोना संक्रमित उपचाररत थिए । अस्पतालमा भएको अक्सिजन बुधबार दिउँसो सकियो, […]

चिनियाँ खोपको दोस्रो डोज जेठ २ देखि दिइने, यस्तो छ तालिका

२९ वैशाख, काठमाडौं । सरकारले चीनमा विकास भएको खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते नै जेठको २ देखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले खोप तालिका सार्वजनिक गरेको छ । दोस्रो […]

निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने

२९ वैशाख, काठमाडौं । कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव देखिएको छ र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरेका छन् । धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै […]

मानवीय संकटमाथि सत्ताको खेलाँची

समस्या कति चुलिएको छ भने यो समयमा कोभिड–१९ संक्रमित भएर असजिलोमा परेको कुनै व्यक्तिले मुलुकका अस्पतालहरूमा बेड पाउन सक्ने अवस्था छैन । जोखिम व्यहोरेर घरमै बस्नुपर्छ, कि अस्पताल परिसरमा पुगेर पेटी, बरण्डा वा प्यासेजमा सुत्न तयार हुनुपर्छ । जब ठूलो लडाइँ जितेझैं गरेर ती बिरामीलाई बेड प्राप्त हुनेछ त्यसपछि पनि उसले राम्रो उपचार पाउने सुनिश्चितता […]

बाँकेमा ५६३ जनामा कोरोना संक्रमण पुष्टि

२९ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोशालामा १००१ नमुना परीक्षण गर्दा ५६३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँकेका मात्रै ३९८ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ४६४ नमुना परीक्षण गर्दा २३६, नेपालगञ्ज मेडिकल कलेजको […]

होम आइसोलेसनमा बसेकालाई निशुल्क मनोसामाजिक परामर्श

२९ वैशाख, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या सम्वोधन गर्नका मनोसामाजिक सहयोग टोली गठन गरिएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी नेपाल) का प्राविधिक निर्देशक डा. पशुपति महतको नेतृत्वमा गठित टोलीले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई टेलिफोनको माध्यमबाट मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा दिनेछ । ‘राज्यमा […]

साहित्यकार जीवनचन्द्र कोइरालाको निधन

२९ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट साहित्यकार एवं अध्यापक जीवनचन्द्र कोइरालाको बुधबार काठमाडौंमा निधन भएको छ । ६१ वर्षीय कोइराला गत पुसमा भएको साझा प्रकाशनको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी थिए । त्यसअघि उनी साझाकै सञ्चालक समिति सदस्य थिए । विभिन्न साहित्यिक संस्थामा आबद्ध रहेका कोइराला समालोचना र ग्रन्थ सम्पादकका रुपमा समेत चिनिएका थिए । […]

‘महामारीमा नखट्ने नर्सले किराना पसल थापे हुन्छ’

गत वर्ष पहिलोपटक विश्वव्यापी महामारीका रूपमा कोरोना संक्रमण फैलँदा यसबारे कुनै जानकारी नै थिएन । त्यसबेला कोरोना संक्रमण खासै कडा पनि थिएन । कुनै लक्षण नदेखिए पनि हामी डराएका थियौं । र पनि नर्सको जिम्मेवारी पूरा गर्न छोडेनौं । पहिलो लहर कम हुँदै गएपछि दोस्रो लहर आउँछ भन्ने विज्ञहरूले अनुमान गरेका थिए । हामीले त्यतातिर […]

सांसदलाई कोरोना खोपको दोस्रो डोज वैशाख ३१ मा दिइने

२९ वैशाख, काठमाडौं । संघीय संसदका सांसदहरुले वैशाख ३१ गते कोरोना खोपको दोस्रो डोज लगाउने भएका छन् । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि वैशाख ३१ गते खोप लगाउने तालिका सार्वजनिक गरेको छ । त्यस्तै संघीय संसदका पदाधिकारी र सचिवालयका सबै कर्मचारीले जेठ १ गते, र सबै स्वकीय सचिव, मर्यादापालक र सुरक्षासँग सम्बन्धित […]

स्वास्थ्य मन्त्रालयले भन्यो- संक्रमितको अन्त्येष्टिमा २५ जनाभन्दा बढी सहभागी नगराउनू

२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टिमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकको अन्त्येष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जना भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको […]

रौतहटमा थप तीनजना संक्रमितको मृत्यु, थपिए ५९ संक्रमित

२९ वैशाख, रौतहट । रौतहटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका थप तीनजनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका–४, बौधीमाई नगरपालिका–२ र राजदेवी नगरपालिका–२ का एक÷एक जना पुरुष रहेको जिल्ला अस्पताल गौरले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट रौतहटमा ज्यान गुमाउनेको सँख्या २६ […]

अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

२९ वैशाख, बुटवल । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । मृत्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का […]

सेती प्रादेशिक अस्पतालमा थप तीनजना संक्रमितको मृत्यु

२९ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचनाअधिकारी दीलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा थप तीनजना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनीहरु सबै धनगढीकै बासिन्दा हुन् । धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ कै ५४ वर्षीय पुरुष र वडा नम्बर १२ की […]

मनमोहन अस्पतालले पनि भन्यो : नयाँ बिरामी भर्ना लिन्नौं

२९ वैशाख, काठमाडौं । काठमाडौं स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना बन्द गरेको छ । बुधबार विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने बताएको हो । ‘हाल परिस्थितिमा अस्पतालमा बेडको समस्या नभए पनि अक्सिजनको आपूर्तिमा आएको समस्याले गर्दा मौज्दात अक्सिजन केही घण्टाभन्दा बढी नरहेकाले कुनै […]

वैज्ञानिक भन्छन् : पहिलो डोजमात्र खोप लगाएकाबाट भाइरस फैलिने जोखिम उच्च

२९ वैशाख, काठमाडौं । भारतका डाक्टर तथा वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजमात्र लगाएकाहरुबाट अन्य व्यक्तिहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन् । पहिलो डोजको खोप लगाएका वा पूर्ण खोप लगाएको पर्याप्त अवधि नपुगेका मानिसहरु भाइरसका सुशुप्त बाहकको रुपमा रहने र उनीहरुले खोप नलगाएका मानिसहरुमा भाइरस सार्ने जोखिम रहने डाक्टरहरुको भनाइ छ । खोप […]

द हिन्दुस्तान टाइम्सको सम्पादकीय : ओलीलाई दिएको समर्थनबाट भारत पछि हट्नुपर्छ

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । सोमबार संसदमा भएको मतदानमा नेपाली कांग्रेस, नेकपा माओवी केन्द्र, केपी शर्मा ओलीकै पार्टी नेकपा एमालेको माधव कुमार नेपाल पक्ष, तथा मधेशवादी दल जनता समाजवादी पार्टीले विपक्षमा मतदान गरेको, केही तटस्थ रहेको तथा केहीले बहिष्कार गरेको हुँदा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन् र […]

नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाको सुझाव

२९ वैशाख, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ठूलो संख्यामा बढिरहेको अवस्थामा अमेरिकाको विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ । नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यस्तोमा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग […]

भारतीय भेरियन्टमा खोपले काम गरेको छ : अध्ययन

२९ वैशाख, काठमाडौं । भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) बी.१.६१७ मा पनि कोरोना खोपले काम गरेको एक अध्ययनले देखाएको छ । भारत र बेलायती वैज्ञानिकले संयुक्त रुपमा गरेको अध्ययनमा उक्त भेरियन्टले खोपले शरीरमा विकास गरेको एन्टिबडीलाई छलेर संक्रमित भने बनाउन सक्ने पाइएको छ । भारतमा देखिएको उक्त भेरियन्टलाई डबल म्युटेन्ट भनिन्छ । किनकी […]