Comments Add Comment

कोरोना भाइरस

List Grid
गुल्मीका कोरोना संक्रमितको उपचारमा संलग्न दश जनाको रिपोर्ट नेगेटिभ

८ जेठ, बुटवल । उपचारको क्रममा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण नभएको पाइएको छ । अर्घाखाँंची सन्धिखर्कको छाया पोलिक्लिनिकका डाक्टरसहित १० जना स्वास्थ्यकर्मीको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनले जेठ १ गते दुई घण्टा रहेर […]

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्ति छुटे

८ जेठ, काठमाडौं । नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका एक जना व्यक्ति छुटेका छन् । आफूलाई स्वयंसेवी बताउने चन्द्रागिरिका उत्तम कार्की छुटेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई छाडिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने छ, त्यसैले उहाँलाई छाडिएको हो ।’ […]

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

८ जेठ, काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा […]

मुम्बईमा कोरोना संक्रमित आमाहरूबाट जन्मिए सयभन्दा बढी बच्चा

८ जेठ, काठमाडौं । भारतको मुम्बईस्थित एक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित आमाहरूबाट एक सयभन्दा धेरै बच्चाको जन्म भएको छ । मुम्बइको कोभिड अस्पताल लोकमान्य तीलक म्युनिसिपल हस्पिटलमा गत महिना जन्मिएका १ सय १५ मध्ये तीनजनामा सुरुमा कोरोना भाइरको संक्रमण देखिएको थियो । तर, उनीहरु पछि निको भएका थिए । अन्य दुई संक्रमित गर्भवती महिलाको […]

पहिलोपटक कोरोनाबाट दक्षिण अफ्रिकामा नवजात शिशुको मृत्यु

८ जेठ, काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलोपटक नवजात शिशुको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले बुधबार दिएको जानकारी अनुसार दुई दिने नवजात शिशुको कोरोना भाइरसको कारण मृत्यु भएको हो । जन्मिएसँगै शिशुमा श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यसलाई शिशुलाई भेन्टिलेसनमा राखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार शिशुकी आमालाई कोरोना […]

स्वास्थ्य मन्त्रालयमा अब आधामात्रै कर्मचारी

८ जेठ, काठमाडौं । कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आधा कर्मचारीबाटै नियमित काम गर्ने भएको छ । गत सोमबार इपिमिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाको एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले सतर्क भएको हो । स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयले उपसचिव तहभन्दा मुनिका कर्मचारीलाई एक दिन बिराएर ड्युटीमा आउने व्यवस्था […]

सावधान ! कोरोनामा केन्द्रित हुँदा डेंगुले सताउला !

८ जेठ, काठमाडौं । विगतका वर्ष झैँ यतिबेला सामान्य अवस्था भएको भए अहिले स्वास्थ्य मन्त्रालय डेंगु रोग नियन्त्रणको अभियानमा जुटिरहेको हुने थियो । तर, कोरोना भाइरसको महामारी फैलिँदो क्रमसँगै डेंगुबारे चर्चा र बहस ओझेलमा छ । गर्मीयाम सुरु भएसँगै कोरोना भाइरसको प्रकोप घट्दै जाने कतिपय विज्ञहरुको भनाइ थियो । तर, जेठ पहिलो सातासम्म आइपुग्दा कोरोनाको […]

धनकुटाका संक्रमित प्रहरी जवान

८ जेठ, धनकुटा । धनुकटाका ३४ वर्षीय कोरोना संक्रमित नेपाल प्रहरीका जवान भएको खुलेको छ । जिल्ला अस्पताल, धनकुटामा कार्यरत रहेका बेला उनलाई संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बिहीबार बिहान ६ः५० बजे धनुकटाका एक जना व्यक्तिमा संक्रमण पाइएको पुष्टि गरेका थिए । जिल्ला प्रशासन कार्यालय, धनकुटाका अधिकृत जयराम […]

प्रदेश २ का सय जना प्रहरीको पीसीआर रिपोर्ट नेगेटिभ

८ जेठ, जनकपुरधाम । प्रदेश २ मा  हालै कोरोना सं‌क्रमण परीक्षण गरेका एक सय जना प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ । अत्यधिक कोरोना संक्रमित देखिएको प्रदेश २ को पर्साका ६८ जना र बाराका ३२ जना प्रहरीको कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । थुनुवाको समेत पीसीआर परीक्षण गराउने क्रममा […]

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

८ जेड, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म पाकिस्तानमा १४ हजार एक सय ५५ जना […]

झापाका १५ कोरोना संक्रमित पनि भारतबाटै आएका थिए

८ जेठ, झापा । झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेस सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् […]

भारतमा निको भए ४५ हजार बढी कोरोना संक्रमित

८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरसका ४५ हजारभन्दा बढी संक्रमित निको भएका छन् । यहाँका १ लाख १२ हजार तीन सय ५९ संक्रमित भएकोमा ४५ हजार ३ सयले स्वास्थ्यलाभ गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा […]

एक महिनामै देशभर यसरी बने १६ कोभिड ल्याब 

८ जेठ, काठमाडौं ।  नेपालमा कोभिड-१९ को महामारी सुरु नहुँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को क्षमतामा प्रश्न उठेको थियो । धेरै जनस्वास्थ्य विज्ञहरूले देशमा महामारी फैलियो भने एनपीएचएलको ल्याबको क्षमताले नधान्ने बताएका थिए । देशमा संक्रमितहरू थपिन थालेपछि सरकारलाई ल्याब विस्तार गर्न चौतर्फी दबाब बढ्यो । त्यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला क्षेत्रमा काम गरिरहेका […]

गोवाबाट मुख्यमन्त्रीलाई पत्र : भोट र नोट चल्ने, दुःखमा उद्दार नगर्ने ?

८ जेठ, बुटवल । कोरोना संक्रमणको कारण रोजगारी गुम्ने खतरा बढेपछि भारतका विभिन्न प्रान्तमा बस्ने ६ लाख नेपाली स्वदेश फर्कने पर्खाईमा रहेका त्यहाँ रहेका नेपाली अगुवाले बताएका छन् । भारतमा रहेका नेपाली विगत तीन महिनादेखि कामविहीन भएकाले अब खाना खर्च सकिने अवस्थाले पिरोलिएका छन् । उनीहरुले नेपाल सरकार र प्रदेश सरकारले प्रवासी नेपालीलाई फर्काउने ठोस […]

झापा, धनकुटा र सुनसरीमा १७ जनामा कोरोना, संक्रमित ४४४ पुगे

८ जेठ, काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा […]

ब्राजिलमा कोरोना संक्रमितको उपचारमा मलेरियाको औषधि प्रयोग गर्न अनुमति

८ जेठ, काठमाडौं । ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो । तर, अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइसकेको छैन । तर, गत मार्च मेमा ब्राजिलका राष्ट्रपति […]

कैलालीमा भारतीय भूमिबाट साढे ८ सय नेपालीको उद्धार

७ जेठ, कैलाली । लामो समय सीमा क्षेत्रको भारतीय  भूमिमा रोकिएका नेपालीलाई बुधबार स्वास्थ्य परीक्षण नगरी स्वदेश फर्किन दिइएको छ । बुधबारमात्रै भारतका विभिन्न क्षेत्रबाट आएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो । उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन  । उनीहरुको सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न […]

निजी अस्पताललाई प्रयोग गर्न दिइने आरडीटी किटको गुणस्तरमै शंका

७ जेठ, काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाउन भन्दै निजी तथा सामुदायिक अस्पताललाई  र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) परीक्षणको अनुमति दिने निर्णय गर्दै ९ वटा किटको सूची निकालेको छ । तर सरकारले सूचिकृत गरेका किटको गुणस्तरमा भने प्रश्न उठेको छ । निजी र सामुदायिक अस्पतालले प्रयोग गर्नसक्ने भनिएको ९ वटा किटमध्ये दुई वटाले मात्र अन्तर्राष्ट्रिय बजारमा मान्यता पाएको छ । बाँकी […]

आइसोलेसन वार्ड छैन, स्कुलमा रात काट्छन् कोरोना संक्रमित

७ जेठ, कपिलवस्तु । ‘९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि त भयो, आइसोलेसनमा राख्न सकिएको छैन । बाँकी १५ सयको परीक्षण गर्दा संक्रमितको संख्या तीन अंकको पुग्न बेर छैन । उनीहरुलाई कसरी उपचार गर्ने होला ?’ महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले टेलिफोनमा सुनाए । पछिल्लो २४ घण्टामा नेपालमा थपिएका २५ संक्रमितमध्ये ९ […]

‘सामान्य संक्रमित’ लाई अस्पताल बाहिरै राखिने

७ जेठ, काठमाडौं । देशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । सीमापारिबाट आउने नेपालीको संख्या बढेसँगै क्वारेन्टाइनस्थलको अभाव खड्कँदो छ । यहीबेला सरकार विदेशमा रहेका नेपालीलाई स्वदेश भित्र्याउनुपर्ने दबावमा छ । दुई महिनासम्म लकडाउनलाई मात्रै बढी ध्यान दिएर पर्याप्त पूर्वाधारको तयारी गर्न नसकेको सरकारका सामु अब संक्रमितहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ […]

चीनभन्दा भारतबाट आएको भाइरस कडै हो त ?

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्वोधन गर्ने क्रममा वुहान (चीन) बाट आएको भन्दा भारतबाट आएको भाइरस ‘कडा’ रहेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीको यस्तो टिप्पणीलाई लिएर भारतीय मिडियाले समेत समाचार बनाएका छन् । एनडीटीभीले शीर्षक बनाएको छ, ‘नेपालका प्रधानमन्त्रीको हमला : भारतीय भाइरस चिनियाँ भन्दा बढी घातक देखिन्छ ।’ प्रधानमन्त्री […]