Comments Add Comment

कोरोना संक्रमणबाट मृत्यु

List Grid
कोरोना संक्रमणबाट झापामा थप एकको मृत्यु

११ असोज, झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए । कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई […]

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १२०७ संक्रमित थपिए

१० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौं, बझाङ, ललितपुर, भक्तपुर, मकवानपुर, बर्दिया, कैलाली र सप्तरीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४६८ पुगेको छ । हालसम्म ७१ हजार ८२१ जना संक्रमित भएका […]

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

१० असोज, बुटवल । बर्दियाको गुलरियामा कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शनिबारभेरी अस्पताल नेपालगञ्ज लगिएको थिगयो । तर बाटोमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । गुलरिया नगरपालिका-७ का उनलाई कोरोना संक्रमण भएको असोज ७ […]

कैलालीका पुरुषको कोरोनाबाट चितवनमा मृत्यु

१० असोज, चितवन । चितवनमा मृत्यु भएका कैलालीका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिका-१ का ३० वर्षीय पुरुषको शुक्रबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर ९ गते अस्पताल भर्ना भएका थिए । इमर्जेन्सी आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको […]

कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु

१० असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने […]

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मोरङका दुई जना तथा काठमाडौं, ललितपुर, सप्तरी, रुपन्देही, बाँके र पर्साका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । कानेपोखरी गाउँपालिका-१, मोरङका ५५ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला […]

थप १८ जनाको मृत्यु, संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ नमुना परीक्षण गर्दा ५१३ महिला र ९८४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको […]

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र बर्दियाका २/२ जना तथा सिराहा र झापाका एकएक जनाको मृत्यु भएको हो । यससँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३७ जनाको मृत्यु भएको […]

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

५ असोज, काठमाडौं । पछिल्लो १४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर २/२ तथा दोलखा, ताप्लेजुङ, सुनसरी, झापा, रुपन्देही, सुर्खेत र सप्तरीका एकएक जनाको मृत्यु भएको हो । कलंकी, काठमाडौंका ५८ वर्षीय पुरुषको आइतबार बी एण्ड बी अस्पतालमा मृत्यु भएको छ । भदौ २५ गते […]

एकैदिन कोरोना संक्रमणबाट १८ जनाको मृत्यु पुष्टि

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंका ४, पर्सा र चितवनका २/२ जना तथा ललितपुर, भक्तपुर, मकवानपुर, रुपन्देही, […]

एकैदिन २०२० जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ र संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४५८ नमुना परीक्षण गर्दा ६३९ महिला र १३८१ पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै काठमाडौंका ६९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै […]

कोरोनाबाट थप ६ जनाको मृत्यु, १२४६ संक्रमित थपिए

१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौं, ललितपुर, चितवन, पाल्पा, बाँके र मोरङका एकएक जनाको मृत्यु भएको हो । काठमाडौंका ८७ वषीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ललितपुरकी ६६ वर्षीया महिलाको नेपाल क्यान्सर अस्पतालमा […]

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

३१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका ३, काभ्रेका २, रामेछाप, मोरङ, सप्तरी, कैलाली, बारा, कास्कीका एकएक जनाको मृत्यु भएको छ । सोमबार वीर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकी काठमाडौं महानगरपालिका-२१, काठमाडौंकी ७४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका ४ जना, बारा र मकवानपुरका २/२ जना, सर्लाही र सुनसरीका एकएक जनाको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका-१४ कलंकी, काठमाडौंका ३४ वर्षीय पुरुषको मंगलबार वीर अस्पतालमा मृत्यु भएको छ । २६ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, […]

कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु पुष्टि

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका ६, भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२, ललितपुर, रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय र विभिन्न प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भु, काठमाडौंकी ६१ […]

कोरोना संक्रमणबाट १० जनाको मृत्यु, काठमाडौंका ६ जना

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । काठमाडौंका ६ जना तथा चितवन, सिन्धुपाल्चोक, महोत्तरी र मोरङका एकएक जनाको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका-६ जोरपाटी, काठमाडौंकी ६५ वर्षीया महिलाको शनिबार सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ । १५ भदौमा कोरोना संक्रमण पुष्टि […]

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु पुष्टि

२७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौंका ३, भक्तपुर र कास्कीका २/२ जना तथा तनहुँ, स्याङ्जा, गोरखा, रुपन्देही, पर्सा र मोरङका एकएक जनाको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका-२४ बसन्तपुर, काठमाडौंका ५१ वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ […]

विराटनगरका कोरोना संक्रमित पुरुषको मृत्यु

२७ भदौ, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ८ का ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको २२ भदौमा पुष्टि भएको थियो । उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य […]

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु पुष्टि

२६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु पुष्टि भएको छ । चितवनका दुई जना र काठमाडौं, नवलपरासी, महोत्तरी, रुपन्देही, मोरङ र सुनसरीका एकएक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएकी रत्ननगर नगरपालिका- २, चितवनकी ७८ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

२५ भदौ, विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिहीबार सिकिस्त अवस्थामा भर्ना भएकी विराटनगर- १९ मिलन चोककी ४४ वर्षीया महिलाको मृत्यु भएको हो । ५ दिनदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तले कोशी अस्पताल ल्याएका थिए । आइसोलेसनमा राखिएकी उनकेा अवस्था गम्भिर भएपछि […]

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि

२५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका तीन जना, चितवन र कपिलवस्तुका एक/एक जनाको मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु भएका धनुषाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बूढानीलकण्ठ नगरपालिका-४, काठमाडौंका ५९ बर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल, […]