- Home
- कोरोना संक्रमण
कोरोना संक्रमण
१५ मङ्सिर, कैलाली । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनको […]
१४ मंसिर, काठमाडौं । प्रवासमा एक सातामा कोरोनाका कारण ६ जना नेपालीको मृत्यु भएको छ । यससँगै विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या २९९ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा मात्रै ४ जना, पोर्चुगल र युकेमा एक/एकजना नेपालीको कोरोनाले मृत्यु भएको हो । हालसम्म विभिन्न १९ मुलुकमा रहेका […]
१४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् […]
१९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ […]
५ मंसिर, काठमाडौं। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति साढे ८ बजे बोदेबर्साइन-३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।
२ मङ्सिर, गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका-७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज (मंगलबार) बिहान निधन भएको छ । फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
१ मंसिर, चितवन । मकवानपुरका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा चितवनको भरतपुरमा मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-४ का ५४ वर्षीय पुरुषको भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। सोमबार नै कोरोना संक्रमण पुष्टि भएका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो […]
२५ कात्तिक, काठमाडौं । ‘क’ वर्गका बैंकहरु -वाणिज्य बैंक) का मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित भएका छन् । कोरोना महामारीका बेला पनि नियमित सेवा दिइरहेका बैंकहरुको ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंकर्स संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । संक्रमितमध्ये आधा जति निको […]
२१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता मानिन्छन् । तर उनलाई नोवेल कोरोना भाइरस (कोभिड-१९) को परीक्षण तथा उपचारमा शुल्क लिने सरकारको निर्णय भने चित्त बुझेको छैन् । कोरोना उपचारमा शुल्क लिने यो निर्णय सच्चिनुपर्ने मन्त्री अधिकारीको माग छ । सर्वोच्च […]
शोधकर्ताहरुले सुरुदेखि नै भन्दै आएक छन्, ‘कोराना भाइरसले मान्छेको शरीर भित्र प्रवेश गरेपछि पनि आफ्नो स्वरुप बद्ल्छ । यही कारण यो जटिल बन्ने खतरा छ ।’ कोरोना भाइरसको असर र लक्षण मान्छे अनुसार फरक फरक देखिएको छ । कसैलाई यसको सामान्य असर देखिएको छ भने कसैलाई निकै जटिल । जटिल मात्र होइन, कतिपयले ज्यान नै […]
१७ कात्तिक, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्सि युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १२ लाख ३१० जनाको कोरोनाबाट मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै दुई लाख ३० हजारभन्दा धेरैको मृत्यु भएको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार […]
१४ कात्तिक, काठमाडौं । तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् । सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश […]
४ कात्तिक, काठमाडौं । संघीय सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् । प्रदेश १ सरकार र लुम्बिनी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण […]
४ कात्तिक< काठमाडौं । अर्जेन्टिनामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार अर्जेन्टिनामा समग्र कोरोना संक्रमितको संख्या १० लाख दुई हजार ६६२ पुगेको छ । यससँगै अर्जेन्टिना १० लाखभन्दा धेरै कोरोना संक्रमित देखिने पाँचौं मुलुक बनेको छ । पछिल्लो २४ घण्टामा मात्र अर्जेन्टिनामा […]
४ कात्तिक, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा गत जुलाई २३ यताकै सबैभन्दा कम नयाँ संक्रमित फेला परेका छन् । मंगलबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९१ नयाँ संक्रमित फेला परेका छन् । यो संख्या गत जुलाई २३ यताकै कम हो । यसअघि गत जुलाई २३ मा ४५ […]
३ कात्तिक, काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या २८३ पुगेको छ । पछिल्लो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएसँगै मृतकको संख्या २८३ पुगेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार इजरायलमा थप १ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार […]
३ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ७५ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाका ७५ लाख ५० हजार २७३ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५५ हजार ७७२ नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या […]
२ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो […]
२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन भनेको हो । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनेको थियो । तर संक्रमण […]
२ कात्तिक, डोटी । संविधान सभा सदस्य गौरी ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणबाट ओलीलाई कोरोनाको संक्रमण पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छिन् । ‘सुरुदेखि नै सावधान रहँदै आएँ र अरुलाई पनि सावधान रहन सल्लाह सुझाव दिँदै आएँ,’ ओलीले लेखेकी छिन् ‘तर बाहिर […]
३० असोज, काठमाडौं । सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका-२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो । आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही […]