Comments Add Comment

कोरोना संक्रमण

List Grid
विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

३० असोज, विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ३ बुद्धचोक निवासी संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पताल प्रबन्धक नारायण दाहालले ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो । वृद्धमा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानो समस्या […]

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघ्यो

३० असोज, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार २८५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा ३८७ जनाको मृत्यु भएको हो । त्यस्तै मेक्सिकोमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि आठ लाख ३४ हजार […]

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२९ असोज, काठमाडौं । सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका -७ की ६३ वर्षीया महिलाको बिहीबार बिहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो । यही असोज २१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा भर्ना भए उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । […]

चितवनमा पूर्वी नवलपरासीका कोरोना संक्रमित पुरुषको मृत्यु

२८ असोज, चितवन । चितवनमा पूर्वी नवलपरासीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मध्यविन्दु-१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो । कोभिड आईसीयूमा उपचाररत ती पुरुषको राति १० : २० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । असोज १८ गते श्वासप्रश्वासमा […]

पोखरामा स्याङ्जाकी कोरोना संक्रमित महिलाको मृत्यु

२८ असोज, पोखरा ।पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट- २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । २६ असोजमा अस्पताल भर्ना भएकी उनमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए। उनको आईसीयूमा उपचार भइरहेको डा. […]

अर्घाखाँचीकी ८० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

२६ असोज, काठमाडौं । अर्घाखाँचीकी ८० वर्षीय कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका-४ निवासी वृद्धा सोमबार नै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फेभर क्लिनिकमा भर्ना भएकी थिइन् । ज्वरो र श्वासप्रश्वासको समस्या भएकी उनको सोमबार दिउँसो सवा एक बजे मृत्यु भएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । वृद्धामा सोमबार नै […]

एसपी जबरालाई उपचारका लागि काठमाडौँ लगियो

२५ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आइतबार काठमाडौँ लगिएको छ । २० असोजमा एसपी जबरालाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन सेल्फ आइसोलेसनमा बसेका जबरालाई कोरोनाको लक्षण देखिन थालेपछि काठमाडौँ लगिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी […]

सुर्खेतमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

२५ असोज, सुर्खेत । सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका-१०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए । दम र अल्सरको रोगीसमेत रहेकी ती महिलाको उपचारकै क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको […]

डब्ल्यूएचओको कोरोना खोपको विश्वव्यापी अभियानमा चीनको साथ

२३ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको विश्वव्यापी कार्यक्रममा चीन पनि जोडिएको छ । शुक्रबार चीनले यो कार्यक्रममा जोडिएको बताएको छ । डब्ल्यूएचओले कोरोना खोप खरिद र वितरण स्वच्छरुपमा गर्ने उद्देश्यका साथमा यो अभियान सुरु गरेको हो । यो अभियानलाई ‘कोभ्याक्स’ नाम दिइएको छ । चीन र डब्ल्यूएचओका प्रतिनिधिहरुको […]

सप्तरीमा एकजना कोरोना संक्रमितको मृत्यु

२३ असोज, सप्तरी । सप्तरीमा थप एकजना कोरोना सन्क्रमितको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका वडानम्बर ४ निवासी ६७ वर्षीय पुरूषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ज्वरो र रूघाखोकी लागेपछि यही असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । २१ गते उनको रिपोर्ट […]

विराटनगर र धरानमा ४ जना कोरोना संक्रमितको मृत्यु

२३ असोज, विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा  चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका- ९ र धरान उपमहानगरपालिका -१२ का पुरुषको मृत्यु भएको हो । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ […]

भारतमा कोरोना संक्रमित संख्या ६८ लाख नाघ्यो

२२ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ६८ लाख नाघेको छ । बिहीबार भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ लाख ३५ हजार ६५६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ७८ हजार ५२४ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु […]

दाङकी कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु

२१ असोज, बुटवल । दाङकी एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका-८ की ७१ वर्षीय महिलाको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको हो । अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गरी अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा उनको मृत्यु भएको पुष्टि गरेको छ । असोज १७ गते कोरोना […]

तेह्रथुमका ३१ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

१९ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका-१ का ३१ वर्षीय युवकको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ। आइतबार कोरोना संक्रमण पुष्टि भएका उनलाई सोमबारमात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।मृतकमा मिर्गौला […]

कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु पुष्टि

१९ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका-१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो । सोमबार आएको उनको […]

ट्रम्पको स्वास्थ्य जोखिममा ! अबका केही दिन महत्वपूर्ण

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ । ट्रम्पका डाक्टर सिन कोन्लीले अबको केही दिन ट्रम्पका लागि महत्वपूर्ण भएको बताएका छन् । कोन्लीका अनुसार ट्रम्पमा कोरोनाको संक्रमण दोस्रो चरणमा छ । यसअघि शनिबार […]

दैलेखका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

१८ असोज, काठमाडौं । दैलेखका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ । स्वास्थ्यमा जटिल समस्या आएपछि शनिबार राति १२: ४५ बजे नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आइतबार दिउँसो साढे एक बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ती पुरुषलाई कर्णाली […]

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

१८ असोज, लन्डन । विदेशमा रहेका ९२ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली निको भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म विदेशमा ४२ देशका ३९ हजार ५२८ जना नेपालीमा कोरोना संक्रमण भएकोमा ३५ हजार ९१६ जना संक्रमितहरु कोरोनामुक्त भइसकेका छन् । स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार गत साता एकजनाको मृत्यु […]

स्वास्थ्य मन्त्रालयको आग्रह : जहाँ छौं, त्यही दशैं मनाऔं

१८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?

१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले […]

जनकपुरका ६ वर्षीय कोरोना संक्रमित बालकको उपचारका क्रममा मृत्यु

१५ असोज, विराटनगर । कोरोना संक्रमणका कारण ६ वर्षीय बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका- २ टंकिशिनवारीमा रहेको विराट मेडिकल कलेजमा बिहीबार बेलुका ६ वर्षीय बालकको मृत्यु भएको हो । मस्तिष्क ज्वरोका कारण सिकिस्त भएका युवकलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको विराट मेडिकल कलेजको आइसोलेसन इञ्चार्ज सनिल देवले जानकारी दिए । उनका […]