Comments Add Comment

क्यान

List Grid
क्रिकेट संघको निर्वाचित कमिटीद्वारा मुद्दा फिर्ता लिन अस्वीकार

२१ वैशाख, काठमाडौं । निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद्ले राखेको प्रस्ताव अस्वीकार गरेको छ । निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले अहिले नै मुद्दा फिर्ता लिन सम्भव नभएको बताए । राखेप सदस्य सचिव केशवकुमार विष्टले सोमबार पत्रकार सम्मेलन गरेर मुद्दा फिर्ता लिन आग्रह गरेका थिए […]

आइसीसीको प्रतिबन्धले चकित छु

नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद -आइसीसी) ले क्रिकेट संघलाई प्रतिवन्ध गरेकोमा आश्चर्य व्यक्त गरेका छन् । अनलाइखबरसँग कुरा गर्दै उनले विवाद उत्पन्न भएको छोटो अवधिमै आइसीसीले यति कडा कदम चालेको नजीर अन्यत्र नभएको बताए । पाण्डेसँग अनलाइनखबरका कुशल तिमल्सिनाले गरेको कुराकानीः लामो समयपछि तपाईं नेपाल र नामिबियाको खेलका क्रममा कीर्तिपुर जानुभएको […]

क्रिकेटको संकट टार्न विवादित पक्ष लचिलो

१५ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसीसीसँग आबद्ध नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कारबाही हो । आजको नागरिक दैनिकमा समाचार छ । आइसीसीले सोमबार सरकारी हस्तक्षेपको कारण देखाउँदै नेपाली क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको […]

आईसीसीको कदम नयाँ सुरुवातः पारस खड्का

१४ वैशाख, काठमाडौं । नेपाली क्रिकेटका कप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने आईसीसीको कदमप्रति अपेक्षाकृत नरम देखिएका छन् । उनले यसलाई ‘नयाँ सुरुवात’ को संज्ञा दिए । यूएईको दुबईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बोर्ड बैठकले सोमबार नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको थियो । अनलाइनखबरसँग कुरा गर्दै कप्तान पारसले […]

नेपाली क्रिकेटमा आईसीसीको हस्तक्षेपः को-को हुन् खलनायक ?

१४ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेपछि नेपाली क्रिकेटको भविश्यबारे प्रश्न उठेको छ । आईसीसीको बोर्ड बैठकले सोमबार साँझ लिएको निर्णय उँभो लाग्दै गरेको नेपाली क्रिकेटमाथिको कठोर प्रहार हो । देशभित्र क्रिकेटको नियमनकारी निकाय नै नहुँदा आगामी दिनमा यो लोकप्रिय खेल झन् लथालिंग हुनेमा शंका छैन । आफ्नो […]

महिला क्रिकेट टीम तितर बितर, कप्तान रुबिना भन्छिन्- ‘हामीलाई हेला भो’

८ वैशाख, काठमाडौं । ‘कुन पाप लागेर क्रिकेटमा लागेंछु ।’ यो भनाइ हो नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीको । पुरुष राष्ट्रिय टोलीले नामिबियालाई दुई म्याचमा हराएर हाईहाई बनेका बेला महिला टीमकी कप्तान रुविनाले भने विरक्तलाग्दो कुरा गरिन् । किन त उनलाई यस्तो वैराग्य ? रुबिना भन्छिन्- ‘मैले आफ्नो जीवनको १० वर्ष क्रिकेटलाई […]