Comments Add Comment

क्रिकेट

List Grid
भारतविरुद्धको दोस्रो टेस्टमा इंग्ल्याण्ड १३४ रनमा अलआउट

२ फागुन, काठमाडौ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड १३४ रनमा अलआउट भएको छ । चेन्नइमा भइरहेको टेष्टको दोस्रो दिन आइतबार रविचन्द्रन आश्विनले ५ विकेट लिएपछि इंग्ल्यान्ड ५९.५ ओभरमै कम स्कोरमा अलआउट भएको हो । इंग्ल्यान्डका लागि विकेटकिपर बेन फोएक्सले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै ओली पोपले २२, बेन स्टोक्सले १८ तथा […]

रुपन्देही सुपरलिग क्रिकेटमा सैनामैना डिभिजन एमा प्रवेश

२ फागुन, बुटवल । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन (बी) को खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गर्दै सैनामैना डिभिजन (ए) मा बढुवा भएको छ । टस जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४३ ओभरको खेलमा २९.२ ओभरमा अलआउट हुँदै ९१ रन मात्रै […]

लिग–टूको त्रिकोणात्मक सिरिज स्थगित, नेपालको योजना के ?

३० माघ, काठमाडौं । आगामी मार्चमा ओमानमा हुने तय भएको आईसीसी विश्व क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट टिमले २४ गतेदेखि तयारी थालेको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाउँदा पहिलो चरणमा २१ खेलाडीलाई मात्र प्रशिक्षणमा समावेश थिए । नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले त्रिवि क्रिकेट मैदान, कीर्तिपिुरमा स्किल्स […]

रुपन्देही सुपरलिग क्रिकेटमा सैनामैना विजयी

३० माघ, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । सैनामैनाले स्टार क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेट गुमाई १९२ रनको योगफल बनायो । […]

एण्डरसन र आर्चरले भारतविरुद्धको दोस्रो टेष्ट गुमाउने

३० माघ, काठमाडौं । इंगल्याण्डका फास्ट बलरद्वय जेम्स एण्डरसन र जोफ्रा आर्चरले भारतविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् । पहिलो खेलमा भारतलाई २२७ रनले हराउँदा ५ विकेट लिएका एण्डरसनलाई आराम दिन लागिएको हो भने आर्चरले चोटका कारण खेल गुमाउने भएका हुन् । आर्चरको कुहिनोमा चोट लागेको छ । यस्तै डम बेस भने टिमबाट हटाइएका छन् […]

रुपन्देही सुपर लिगमा गोलपार्क क्रिकेट क्लब विजयी

२९ माघ, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले बुटवल युथलाई ६६ रनले पारजित गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको गोलपार्कले ३९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । […]

घरेलु मैदानमै भारतको लज्जास्पद हार

२७ माघ, काठमाडौं । इंगल्याण्डविरुद्धको पहिलो टेष्ट घरेलु टोली भारतले लज्जासपद हार व्यहोरेको छ । पाँचौ तथा अन्तिम दिन बयाटिङमा कमजोर प्रदर्शन गरेपछि भारत इंग्ल्याण्डसंग २२७ रनले पराजित भएको हो । जितका लागि ४२० रनको लक्ष्य पछ्याएको भारत दोस्रो इनिङ्समा १९२ रनमै अलआउट भयो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ र ओपनर शुभमन गिलले […]

नेपाली खेलाडीको खेल कौशल नियाल्दै डेभ वाटमोर

२६ माघ, काठमाडौं । आगामी मार्चमा ओमान हुने आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपालले शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज मार्च १९ देखि २८ सम्म ओमानमा हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाए पनि पहिलो चरणमा २१ खेलाडीको मात्र प्रशिक्षण भइरहेको […]

त्रिकोणात्मक श्रृङ्खलाका लागि राष्ट्रिय क्रिकेट टोलीले सुरु गर्‍यो अभ्यास

२५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय श्रृङ्खला खेल्ने लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनि गरेका छन् । एक साताअघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट […]

कुनै दबाबविना खेलाडी छनोट गरेका छौं : उत्तम कर्माचार्य

२३ माघ, काठमाडौं । आगामी मार्च महिनामा ओमान हुने विश्वकप लिग २ सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले बिहीबार बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको छ । खेलाडी छनोट गर्दा भर्खरै सकिएको चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मुख्य आधार बनाइएको छ । नेपाली राष्ट्रिय टिमका पहिलो कप्तान उत्तम कर्माचार्य संयोजक रहेको […]

पृथु, कमल र विवेक पनि नेपालको प्रारम्भिक टोलीमा

२२ माघ, काठमाडौं । आईसीसी विश्व च्याम्पियन्स लिग टू अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघले घोषणा गरेको ३२ खेलाडीको सूचीमा प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका कमल सिंह ऐरी, पृथु बास्कोटा र विवेक यादव पनि परेका छन् । ऐरी वेष्ट प्लेयर बन्दा बास्कोटा बेष्ट […]

टी-१० लिगमा सोमपालको उत्कृष्ट बलिङ, १२ रन खर्चेर २ विकेट

२२ माघ, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले टी-१० लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । मराठा अरेबियन्सका लागि लगातार छैटौं खेल खेलिरहेका सोमपालले बिहीबार डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिए । उनले २ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर २ विकेट लिएका हुन् । सोमपालले आफ्नो पहिलो ओभरमै २ रन मात्र खर्चेर २ विकेट लिएका थिए […]

काठमाडौं मेयर्स कप क्रिकेट हुने, क्यानलाई महानगरपालिकाले ५० लाख दिने

२० माघ, काठमाडौं । काठमाडौंमा काठमाडौं मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागेको हो । आगामी चैतमा आयोजना गर्ने तयारी रहेको मेयर्स कपका लागि क्यान र काठमाडौं महानगरपालिकाबीच मंगलबार सम्झौता भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच […]

टी-१० लिगमा सोमपालले लिए पहिलो विकेट

२० माघ, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले युएईमा भइरहेको टी-१० लिगमा पहिलो विकेट लिएका छन् । यसअघिका ३ खेलमा विकेट लिन नसकेका उनले मंगलबार चौथो खेलमा विकेट लिएका हुन् । साविक विजेता मराठा अरेबियन्सबाट खेलिरहेका सोमपालले कलन्दर्सविरुद्धको खेलको चौथो ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट लिए । सोमपालले चौथो ओभरको अन्तिम बलमा कप्तान […]

टी-१० लिगमा करण केसीले गराए क्रिस गेललाई आउट

१८ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले युएईमा भइरहेको टी-१० लिगमा पहिलो विकेट लिएका छन् । चौथो संस्करणको टी-१० मा पुने डेभिल्सबाट खेलिरहेका करणले टीम अबुधाबीका क्रिस गेलको विकेट लिएका हुन् । अहिले भइरहेका खेलमा करणले आफ्नो ओभरको पहिलो बलमै गेललाई बोल्ड गरे । विकेट लिएपनि करणले त्यसपछि ५ बलमा १८ रन […]

इमर्जिङ प्लेयर बन्नुअघि विवेकले पाएको सरप्राइज

१८ माघ, काठमाडौं । शनिबार सकिएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ सबै खेल हार्ने एक मात्र टिम बन्यो । तर त्यही टिमका एक सदस्य विवेक यादव इमर्जिङ (उदीयमान) खेलाडी चुनिए । शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै आर्मी च्याम्पियन बनेको थियो । फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा कमल सिंह ऐरी […]

तथ्यांकमा पीएम कप क्रिकेट : कसले बनाए सर्वाधिक रन र विकेट ?

१८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले उपाधि जितेसँगै शनिबार चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सकिएको छ । फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले समूह चरणको हारको बदलासमेत लियो । यसअघि प्रधानमन्त्री कप क्रिकेटको दोस्रो संस्करणमा एपीएफ विजेता बन्‍दा आर्मी उपविजेतामा नै सीमित भएको थियो । यस वर्षको विजेता आर्मीले १० […]

ज्ञानेन्द्र, पारस र वाटमोर कतार नजानुको कारण के हो ?

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी मार्चमा ओमानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ट्राई सिरिज खेल्दैछ । ओमान नेपाल र अमेरिकाबीच हुने उक्त सिरिज आउन अब दुई महिनाभन्दा कम समय बाँकी छ । अमेरिकाले त्यही सिरिजका लागि ४४ खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षणका लागि बोलाएको छ । नेपालमा अहिले चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष […]

कतारसंगको सिरिजका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा, पारस र ज्ञानेन्द्र नजाने

१६ माघ, काठमाडौं । फेब्रुअरी दोस्रो साता कतारमा हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ । जसमा कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्का छैनन् । यस्तै लेगस्पीनर सन्दीप लामिछाने पनि टिममा छैनन् । बन्द प्रशिक्षणमा बोलाइएको टिममा विवेक यादवले पनि स्थान बनाएका छन् । यस्तै कृष्ण […]

टी-१० लिगमा करणको सुधारिएको प्रदर्शन, पुनेको पहिलो हार

१६ माघ, काठमाडौं । नेपाली क्रिकेटर करण केसीले युएईमा भइरहेको टी-१० लिगमा सुधारिएको प्रदर्शन गरेका छन् । पुने डेभिल्सबाट पहिलो पटक टी-१० लिग खेलिरहेका करणले लगातार दोस्रो खेल खेल्दा प्रदर्शनमा सुधार गरे । कलन्दर्स विरुद्धको खेलमा उनले एक ओभर बलिङ गर्दै जम्मा ९ रन खर्चिए । सुरुवाती ५ बलमा समान एक रन खर्चिएका करणले अन्तिम […]

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र एपीएफ कसले जित्ला ?

१६ माघ, काठमाडौं । त्रिभुवन आर्मी र एपीएफ क्लब चौथो संस्करण प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्दैछन् । एपीएफ यस पटक अपराजित रहँदै फाइनल पुगेको हो । समूह ए मा चारवटै खेल जितेको एपीएफले सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको थियो । समूह एमै रहेको आर्मी भने एपीएफसंग […]