Comments Add Comment

खेलकुद

List Grid
आईपीएल र भिभोबीच सम्झौता रद्द

२२ साउन, काठमाडौं । चिनियाँ माोबाईल कम्पनी भिभाो इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको १३ औं संस्करणको मुख्य प्रायोजकमा नरहने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बिहीबार भिभोसँगको प्रायोजन सम्झौता रद्द गरिएको जनाएको छ । ‘बीसीसीआई र भिभो मोबाइल इन्डियाले २०२० को आईपीएलको लागि साझेदारी स्थगित गर्ने निर्णय गरेको छ’, बीसीसीआईको […]

आईटीएफको खेलाडी तथा प्रशिक्षक सम्मानित

२२ असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो वार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ । २३ औं बार्षिकोत्सवका अवसरमा ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाइभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहरुमा पुरुष तर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राजमन्दिर श्रेष्ठ […]

ओलम्पियनको नाम दर्ता गर्न नेपाल ओलम्पिक कमिटीको आग्रह

२२ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले ओलम्पियन संघको निर्वाचन प्रायोजनका लागि सबै ओलम्पियन खेलाडीलाई नाम दर्ता गर्न आग्रह गरेको छ । ओलम्पिक कमिटीले सूचना जारी गर्दै नेपालमा रहेको सम्पूर्ण ओलम्पियनको प्रतिनिधित्व गर्ने संस्था ओलम्पियन संघलाई प्रभावकारी बनाउने उद्देश्यले निकट भविष्यमा निर्वाचन मार्फत सक्रिय गराउने जनाएको छ । त्यसका लागि नेपालमा रहेका ओलम्पियनले आफ्नो विवरण […]

काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षमा खड्का

२० साउन, काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।पराजुली राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा […]

नेपाली क्रिकेटको एउटा सपना पूरा भएको दिन

१९ साउन काठमाडौं । दुई वर्षअघि आजैको दिन नेपाली क्रिकेटले नयाँ कोसेढुङ्गा पार गरेको थियो । नेपालले २०१८ अगष्ट १ मा नेदरल्याण्ड्सविरुद्ध पहिलो ओडीआई (एक दिवसीय) क्रिकेट सिरिज खेल्यो । पहिलो खेलमा पराजित भएको नेपाल अगष्ट ३ अर्थात् दुई वर्षअघि आजकै दिन भएको दोस्रो खेलमा विजयी भयो । त्यो जित नै नेपालको लागि ओडीआईमा पहिलो […]

राखेपमा पद ओगट्न आएको होइन : श्रेष्ठ

१९ साउन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभइ खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन् । उनको सम्मानमा नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले  श्रेष्ठले चार वर्षे कार्यकालमा खेलकुद र खेलाडीको हितमा उदाहरणीय काम गर्ने बताए । श्रेष्ठलाई […]

एन्फाले ३३ खेलाडीलाई काठमाडौं बोलायो

१८ साउन, काठमाडौं । कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सबै खेलाडीलाई काठमाडौं बोलाएको छ । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड—१९) का कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल […]

सागका स्वर्णविजेता खेलाडीलाई कांग्रेसको सम्मान

१६ साउन, काठमाडौं । गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका खेलाडीलाई नेपाली कांग्रेसले आज नगदसहित सम्मान गरेको छ । कांग्रेसको खेलकुद विभागले शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सागमा स्वर्णविजेता खेलाडीलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मान गरे । नेपालले १३ औं […]

सिलवाल दोस्रो पटक राखेप सदस्य सचिव नियुक्त

१२ साउन, काठमाडौं । रमेश सिलवाल दोस्रो पटक राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव नियुक्त भएका छन् । निवर्तमान सदस्य सचिवसमेत रहेका सिलवाल लगातार दुई कार्यकाल सदस्य सचिव बन्ने पहिलो व्यक्ति बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवालई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् । […]

फेलाइनिलीले ८ मिनेटमा पूरा गरे हेडर ह्याट्रिक

१२ साउन काठमाडौं । बेल्जियन खेलाडी माराउने फेलाइनीले ८ मिनेटको अन्तरमा हेडर गोलबाटै ह्याट्रिक पूरा गरेका छन् । चाइनिज सुपर लिग अन्तर्गत डालियन प्रो विरुद्ध ३-२ को रोमाञ्चक जित हात पार्ने क्रममा सानडोङ लुनेङका लागि फेलाइनीले दोस्रो हाफमा जम्मा ८ मिनेटको अन्तरमा ह्याट्रिक गरे । उनले सबै गोल हेडबाटै गरेका थिए । म्यानचेष्टर युनाइटेडका पूर्वमिडफिल्डर ३२ […]

राखेप सदस्य सचिव नियुक्तिको तयारी

१२ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको नियुक्ति सोमबार हुने सम्भावना रहेको छ । युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले सिफारिस गरेको तीन जनाको नाम मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरिसकेको छ । अब सोमबार बस्ने मन्त्रिपरिषद बैठकले त्यसबाट एक जनालाई सदस्य सचिव नियुक्त गर्ने सम्भावना छ । युवा तथा खेलकुद मन्त्री […]

खेलकुद प्रशिक्षणको मापदण्ड के ?

१२ साउन, काठमाडौं । लकडाउन अन्त्य भएसँगै अन्य सबैजसो क्षेत्र सामान्य अवस्थामा फर्किएका छन् । तर खेलकुद क्षेत्र भने सामान्य बन्न अझै सकिरहेको छैन । कोरोना संक्रमण र लकडाउनले गर्दा चार महिनासम्म नेपाली खेलकुद ठप्प रह्यो । खेलाडीहरु यति लामो समयसम्म फुर्सदमा रहेको यो पहिलो पटक हो । लकडाउन अन्त्यपछि सरकारले भदौ १ देखि खेलकुदको […]

हेन्डरसनले जिते एफडब्लुए फुटबलर अफ दि इअर अवार्ड

९ साउन, काठमाडौं । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) फुटबलर अफ दि इअरको अवार्ड जितेका छन् । लिभरपुललाई ३० वर्षयता पहिलो पटक प्रिमियर लिगको उपाधि दिलाउन उनले नेतृत्वदायी भूमिका खेलेका थिए । उनी यस अवार्ड जित्ने लिभरपुलको १२ औं खेलाडी बनेका छन् । दुई सिजनअघि पछिल्लो पटक लिभरपुलका मोहमद सलाहले यो अवार्ड […]

‘अब फ्रेस स्टार्ट गरेर रिजल्ट देखाउन सकुँ’

९ साउन काठमाडौं । लकडाउन अन्त्य भएसँगै नेपाली खेलकुद क्षेत्र चलायमान हुने प्रयासमा छ । सरकारले भदौ १ गतेदेखि अन्तराष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भीक चरणका खेल गर्न अनुमति दिएको छ । केही खेलाडीले भने अहिले पनि व्यक्तिगत रुपमा अभ्यास गर्दै आएका छन् । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, युवा स्टार सन्दीप लामिछाने लगायतका […]

लिभरपुल यतिमै रोकिँदैन : प्रशिक्षक क्लोप

८ साउन काठमाडौं । इंगलिस क्लब लिभरपुलले तीन दशकपछि प्रिमियर लिगको ट्रफी उचाल्ने मौका पायो । तर प्रशिक्षक योर्गन क्लोपले भने आउँदा दिनहरुबारे सोच्न थालिसकेका छन् । बुधबार राति चेल्सीलाई ५-३ ले पराजित गरेपछि लिभपुरलले घरेलु मैदानमा ट्रफी उचालेको थियो । सन्‍ १९९० पछि लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको थिएन । तीन दशकपछि उपाधि जित्दा […]

भदाै १ बाट खेलकुद प्रशिक्षण सुरु हुने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण चार महिना देखि प्रभावित रहेको नेपाली खेलकुदको प्रशिक्षण भदौ १ गतेदेखि खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गर्दै […]

टी २० विश्वकप एक वर्ष पछि सर्‍यो

५ साउन, काठमाडौं । यसै वर्ष अष्ट्रेलियामा हुने तय भएकाे टी-२० विश्वकप क्रिकेट स्थगित भएकाे छ । आउँदो अक्टोबर-नोभेम्बरमा हुने भनिएको प्रतियोगिता एक वर्षपछि अर्थात २०२१ मा मात्र हुनेछ । विश्वभर फैलिएकाे काेराेना महामारीले विश्व क्रिकेट प्रभावित बनेकाे बेला टी- २० विश्वकप पनि एक वर्ष पछि सारिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सोमबार […]

नयाँ सदस्य सचिवको प्रतिस्पर्धा : सिलवाललाई टक्कर दिने को-को ?

५ साउन, काठमाडौं । अहिले नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नयाँ सदस्य सचिवको नियुक्ती । नयाँ ऐन कार्यान्वयनमा आएपछि पहिलोपटक खुल्ला प्रतिस्पर्धामार्फत सदस्यसचिव चयन हुन लागेको हुँदा खेल क्षेत्रमा कौतुहल बढेको हो । विगतमा सरकारले सदस्य सचिवको राजनीतिक नियुक्ती गर्ने प्रचलन थियो । तर राष्ट्रिय खेलकुद ऐन २०७७ राष्ट्रिपतिबाट […]

रियल मड्रिड जिनेदिन जिदानले कसरी जिते ला लिगा?

२ साउन, काठमाडौं । बिहीबार राति भियारियललाई २-१ ले पराजित गर्दै रियल मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । कोरोना महामारीपछि पुनः सुरु भएको लिगमा लगातार १० खेल जित्दै रियलले ट्रफी उचालेको हो । यो जिनेदिन जिदानको टिमका लागि प्रभावशाली प्रदर्शन हो, जुन टिम गत सिजन बार्सिलोनाभन्दा १९ अंकले पछि परेको थियो । लगभग […]

कास्की फुटबल संघको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन एन्फामा

२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को छानबिन समितिले कास्की जिल्ला फुटबल संघमा भएको आर्थिक अनियमितताबारे गरेको छानविन प्रतिवेदन एन्फालाई बुझाएको छ । कास्की जिल्ला संघलाई लागेको अनियमितताको आरोपबारे उक्त समितिले १६ दिनको आन्तरिक अनुसन्धानपछि प्रतिवेदन बुझाएको जनाएको छ । समितिको संयोजक तथा एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा […]

गणेश थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले खेल पत्रकार प्रकाश तिमिल्सिनालाई दुर्व्‍यवहार गरेको भन्दै खेलकुद पत्रकार मञ्चले विरोध जनाएको छ । बिहीबार साँझ समाचार संकलनका लागि फोन वार्ता गर्ने क्रममा थापाले हाम्रो खेलकुद डटकमका सम्पादक तिमिल्सिनालाइ गाली गलौजसहित अभद्र ब्यवहार गरेका मञ्चले जनाएको छ । त्यसपछि थापाका छोरा अभिषेकले […]