Comments Add Comment

गण्डकी प्रदेश

List Grid
गण्डकीको विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

१३ वैशाख, काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि […]

राजनीतिक विकृतिको अर्को श्रृङ्खला : अविश्वास प्रस्ताव छल्न संसदमाथि हमला

२ वैशाख, काठमाडौं । संसदमा बहुमत गुम्ने वा आफूलाई असजिलो पर्ने संकेत देखियो कि त्यसैलाई सिध्याउन वा निष्प्रभावी बनाउने प्रयास प्रदेश सरकारहरुले पनि सिक्न थालेका छन् । बुधबार र बिहीबार गण्डकी प्रदेशमा भएका एकपछि अर्को गतिविधिबाट यसको पुष्टि हुन्छ । गण्डकी प्रदेशसभाको बैठक ६ गते १ बजेका लागि बोलाइएको थियो । नयाँ सरकार गठनको प्रयासमा […]

मुख्यमन्त्रीको स्पष्टीकरण : छलफल गर्न समय मिलोस् भनेर अधिवेशन अन्त्य गरें

२ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निर्णय सार्वजनिक भएलगतै तीन दलले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि बुधबार राति नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद […]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले बिहीबार प्रदेश प्रमुख कार्यालयका सचिव हरि वास्तोलालाई भेटी विशेष अधिवेशन माग गरेको निवेदन बुझाएका हुन् । प्रदेशसभाका एक चौथाइ सांसदले […]

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बाबजुद  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको […]

दलहरु भन्छन् : प्रदेशसभा अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी

२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा रहेका दलहरुले हठात प्रदेशसभा अधिवेशन अन्त्य गर्न राजनीतिक बेइमानी भएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गरुङ अविश्वासको प्रस्तावबाट धेरै भाग्न नसक्ने भन्दै उनीहरुले विशेष अधिवेशन बोलाउन समावेदन दिने संकेत गरेका छन् । नयाँ सरकार गठन गर्न सहमत भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी […]

गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी केन्द्र तयार

१ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित भएको छ । अब गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, […]

गण्डकी प्रदेशमा एमालेलाई साथ नदिने जनमोर्चाको निर्णय

१ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेको छ । सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट पछि हट्ने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने […]

‘अब काँध थाप्न सक्दैनौं, अविश्वासको प्रस्तावमै हस्ताक्षर गर्छौं’

२९ चैत, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको विकल्प खोज्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) एक ठाउँमा उभिएका छन् । कार्यदल नै बनाएर सत्ता समीकरणको प्रयास थालेका तीन दलको एउटै एजेण्डा छ, ‘यो सरकारको विकल्प खोज्ने ।’ तीन दल एकातिर, एमाले अर्कातिर भएपछि प्रदेशसभाको अंक गणितमा तीन […]

माओवादी केन्द्र बाहिरिँदा जनमोर्चालाई मन्त्रीकाे अफर

२५ चैत, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदै पनि शान्त देखिएको गण्डकी प्रदेशमा एमाले र माओवादी पुनर्जीवित भएपछि भने फरक दृश्य देखिएको छ । नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा रहेका […]

गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

२४ चैत, काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् । बुधबारदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै चुमानले राजीनामा मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिए । बुधबार बिहान […]

गण्डकी प्रदेशमा माओवादी मन्त्रीहरुले राजीनामा दिने

२४ चैत, पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार विहान बसेको माओवादी संसदीय दलले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब […]

गण्डकी संसद बैठक : हाइसञ्चै मुख्यमन्त्री, निरीह माओवादी

२४ चैत, पोखरा । ६ महिनाभित्र संसद बैठक डाक्नैपर्ने बाध्यकारी नियमले बुधबारदेखि सुरु हुने गण्डकी प्रदेश सभा बैठकमा अरु प्रदेशमा जस्तो दृश्य देखिने छैन । नेकपा विवादयता र फागुन २३ गते सार्वोच्चले एमाले र माओवादी ब्युँताइदिएपछि सत्ता समीकरण, सरकार गिराउने तथा बनाउने खेल भइरहेका छन् । गण्डकी प्रदेशमा भने त्यो कुनै खेल नहुने भएपछि माओवादी […]

विश्व बैंक र एडीबीमाथि खनिए मुख्यमन्त्री गुरुङ

१३ चैत, पोखरा । नगर विकास कोषले गण्डकी प्रदेशका पालिका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम राखेको थियो । युरोपियन युनियनको सहयोगमा भएको कार्यक्रममा मुख्य वक्ता थिए, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । सहभागीहरुको अनुमान थियो, मुख्यमन्त्रीले पालिका र प्रदेशको सम्बन्धका राम्रा–नराम्रा पक्ष केलाउनेछन् । तर उनी दातृ निकायमाथि खनिएका छन् । दातृ […]

गण्डकीमा कोभिड : जोखिम बढ्यो, हेलचेक्र्याइँ उस्तै

१२ चैत, पोखरा । वीरगञ्ज-विराटनगर पुगेर फर्किएका इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका एक जना विद्यार्थीमा कोरोना संक्रमण देखियो । ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएपछि स्वाब लिएका उनको कोरोना पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १९ जनाको स्वाब परीक्षण गर्दा अरु ७ जना थपिए । क्याम्पसको छात्रवासबाट सुरु भएको संक्रमण अहिलेसम्म केही प्राध्यापकसहित ७६ जनामा पुग्यो […]

गण्डकी प्रदेश र ७ जिल्लाका पुरानै कार्यालयमा फर्कियो एमाले

२५ फागुन, पोखरा । बागलुङ जिल्लामा नेकपा पार्टीका अध्यक्ष प्रदेश सांसद इन्द्रलाल सापकोटा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि माधवकुमार नेपाल समूहका सापकोटा पनि आन्दोलनमा उत्रिए । संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले आइतबार नेकपाको एकीकरण नै खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदियो । सर्वोच्चको फैसला कार्यान्वयन गरेर पूर्व […]

प्रदेश सरकारले किन काम गर्न सकेन ? संघसँग स्पीड मिलेन !

४ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मंगलबार करिब ५५ पृष्ठ लामो उपलब्धिका सूची सार्वजनिक गर्यो । सडक, पुल, विजुली, खानेपानी, पर्यटन, कृषि, सामाजिक, कानुनका क्षेत्रमा भएका कामदेखि भेटघाट, छलफल, भ्रमण र अन्तरक्रियालाई पनि उपलब्धिमा समावेश गरेर पुस्तक नै सार्वजनिक गरिएको छ । सरकारले उपलब्धिका किताबै सार्वजनिक गरिरहँदा अधिकांश योजना […]

प्रदेश सरकारका अप्ठ्यारा : कानुनी अड्चन, असीमित आकांक्षा

लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीयताको मर्म अनुसार प्रदेश सरकार गठन हुँदा शून्यमा थियौं । कानुन, संरचना, कर्मचारी केही पनि थिएनन् । फागुनमा सरकार गठनपछि हामीले यस्तो अवस्थामा नीति तथा कार्यक्रम ल्यायौं । जम्मा २ अर्बको बजेट प्रस्तुत गर्‍यौं । कति बजेट भन्नुभन्दा पनि त्यो हाम्रो जग थियो । प्रदेश सरकार कुन बाटो हिँड्छ भन्ने […]

गण्डकी सरकारको ३ वर्ष : योजनामै सीमित

४ फागुन, पोखरा । २०७४ साल फागुन ४ मुख्यमन्त्रीको सपथ खाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गर्‍यो, ‘२ वर्षभित्रै सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउँछौं ।’ आज सरकार गठन भएको ठ्याक्र्क ३ वर्ष पूरा भएको छ । सरकारले २ वर्षमा पूरा गर्ने भनेको लक्ष्य भने अझै पूरा गर्न सकेको छैन । […]

टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी च्याम्पियन

काठमाडौं । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ ले सेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । पहिलो सेट २५-२२ ले जित्दै गण्डकीले अग्रता बनाएको थियो । दोस्रो सेट आर्मीले २५-२१ ले जित्यो । प्रतिस्पर्धात्मक […]

अन्नपूर्ण संरक्षण क्षेत्रमाथि गण्डकी सरकारले फेरि माग्यो अधिकार

९ माघ, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत रहने म्याद सकिएपछि फेरि गण्डकी प्रदेशले आफू मातहत राख्न माग गरेको छ । गत वर्ष माघमा सरोकारवालाबीच एक्याप व्यवस्थापनसम्बन्धी नयाँ नियमावली र ढाँचा बनाएर १ वर्षभित्र प्रदेशलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर नयाँ नियमावली र व्यवस्थापनको खाका कोर्ने काम […]