Comments Add Comment

गण्डकी प्रदेश

List Grid
प्रदेश सरकारले किन काम गर्न सकेन ? संघसँग स्पीड मिलेन !

४ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मंगलबार करिब ५५ पृष्ठ लामो उपलब्धिका सूची सार्वजनिक गर्यो । सडक, पुल, विजुली, खानेपानी, पर्यटन, कृषि, सामाजिक, कानुनका क्षेत्रमा भएका कामदेखि भेटघाट, छलफल, भ्रमण र अन्तरक्रियालाई पनि उपलब्धिमा समावेश गरेर पुस्तक नै सार्वजनिक गरिएको छ । सरकारले उपलब्धिका किताबै सार्वजनिक गरिरहँदा अधिकांश योजना […]

प्रदेश सरकारका अप्ठ्यारा : कानुनी अड्चन, असीमित आकांक्षा

लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीयताको मर्म अनुसार प्रदेश सरकार गठन हुँदा शून्यमा थियौं । कानुन, संरचना, कर्मचारी केही पनि थिएनन् । फागुनमा सरकार गठनपछि हामीले यस्तो अवस्थामा नीति तथा कार्यक्रम ल्यायौं । जम्मा २ अर्बको बजेट प्रस्तुत गर्‍यौं । कति बजेट भन्नुभन्दा पनि त्यो हाम्रो जग थियो । प्रदेश सरकार कुन बाटो हिँड्छ भन्ने […]

गण्डकी सरकारको ३ वर्ष : योजनामै सीमित

४ फागुन, पोखरा । २०७४ साल फागुन ४ मुख्यमन्त्रीको सपथ खाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गर्‍यो, ‘२ वर्षभित्रै सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउँछौं ।’ आज सरकार गठन भएको ठ्याक्र्क ३ वर्ष पूरा भएको छ । सरकारले २ वर्षमा पूरा गर्ने भनेको लक्ष्य भने अझै पूरा गर्न सकेको छैन । […]

टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी च्याम्पियन

काठमाडौं । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ ले सेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । पहिलो सेट २५-२२ ले जित्दै गण्डकीले अग्रता बनाएको थियो । दोस्रो सेट आर्मीले २५-२१ ले जित्यो । प्रतिस्पर्धात्मक […]

अन्नपूर्ण संरक्षण क्षेत्रमाथि गण्डकी सरकारले फेरि माग्यो अधिकार

९ माघ, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत रहने म्याद सकिएपछि फेरि गण्डकी प्रदेशले आफू मातहत राख्न माग गरेको छ । गत वर्ष माघमा सरोकारवालाबीच एक्याप व्यवस्थापनसम्बन्धी नयाँ नियमावली र ढाँचा बनाएर १ वर्षभित्र प्रदेशलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर नयाँ नियमावली र व्यवस्थापनको खाका कोर्ने काम […]

गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण

७ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय गरेका र कोरोना महमारीको मारमा परेकालाई निर्ब्याजी ऋण दिन लागेको हो । प्रदेश सरकारले कोरोनाको मारमा परेका साना तथा मझौला व्यवसायीलाई १५ लाख रुपैयाँसम्मको निर्ब्याजी कर्जा उपलब्ध गराउन […]

कोरोना उत्कर्षमा हुँदा फेल, स्वार्थ मिल्दा साझा प्रस्ताव !

५ माघ, पोखरा । देशमा लकडाउन जारी थियो । बजेट ल्याउनैपर्ने भएपछि गण्डकी प्रदेश सरकारले अधिवेशन बोलायो । सामाजिक दूरी कायम गरी बस्न मिल्ने गरी नदीपुरस्थित प्रदेश सभा भवनबाट पोखरा सभागृहमा बैठक बोलाइयो । कोरोनाको त्रास र जोखिमबीच बसेको त्यही बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ सम्बन्धी संकल्प प्रस्ताव दर्ता गर्‍यो । एक […]

पीएम कपमा दुई खेल : बागमती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ खेल्दै

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदैछ । समूह क मा रहेका बागमती र सुदूरपश्चिम बीचको खेल कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय मैदानमा हुनेछ । पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको बागमती टिमको आत्मविश्वास बढेको छ र जित यात्रा कयाम राख्न […]

प्रदेश सरकार आफ्नो हैसियत देखाउन सक्षम भयो : मुख्यमन्त्री गुरुङ

४ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भएको बताएका छन् । विभिन्न समस्याका बाबजुद पनि पहिलो ३ वर्षमा जति काम भएको छ, त्यो अभूतपूर्व भएको उनको दाबी छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमा मुख्यमन्त्री गुरुङले भने, ‘अपर्याप्त होला, कतिपय स्थानीय तह र […]

सांसद मनाङ्गेले मागे १ लाख लेबी फिर्ता, भन्छन्ः बरु राजीनामा दिन्छु

४ माघ, पोखरा । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले गण्डकी प्रदेश सभाबाट पनि स्वतन्त्र सांसदकै परिचय पत्र लिएका छन् । सांसद मनाङ्गेले केही दिनअघिमात्र स्वतन्त्र सांसदको परिचय पत्र बनाएका थिए । पोहोर असार १९ गते नेकपा प्रवेश गरेका भनिएका मनाङ्गे प्रदेश सभामा सत्ता पक्षकै लहरमा बस्दै आएका […]

पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीकाे टिम घाेषणा

२६ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशकाे टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यान गण्डकी प्रदेशले आइतबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । टिमकाे उपकप्तानमा अशोक श्रेष्ठ छन् भने अन्य खेलाडीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, […]

प्रधानमन्त्री ओलीको चर्को विरोध, मुख्यमन्त्री गुरुङसँग नरम

२१ पुस, पोखरा । राजनीतिक तथा व्यवहारिक हिसाबले पार्टी टुक्रिएर नेपाल कम्युनिस्ट पार्टीको देशभर सामान्नान्तर कार्यक्रम भइरहेका छन् । गण्डकी प्रदेशमा मंगलबारबाट सुरु विशेष अधिवेशनमा भने दुबै समूह एउटै लाइनमा बसे तर खुसी थिएनन् । अघिल्लो दिनै राजनीतिक हिसाबले पार्टी अलग भइसकेको भन्दै संसद बैठकमा आफ्नो समूहलाई बोल्न दिन प्रचण्ड-माधव समूहले माग गरेका थिए । […]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, जनसरोकार विषयमा छलफल हुने

२१ पुस, पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो । विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ । मुख्यमन्त्री पृथ्वीसुब्बा […]

गण्डकीमा प्रचण्ड–माधव समूहलाई सरकार छाड्‍न दबाव

२० पुस, पोखरा । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहमा रहेका गण्डकी प्रदेशका २ जना मन्त्रीलाई राजीनामा दिन दबाब परेको छ । कानुनी रुपमा नेपाल कम्युनिस्ट पार्टी एउटै रहे पनि व्यवहारिक रुपमा अलग भइसकेकाले अब ओली समूहको नेतृत्वमा रहेको मन्त्रिपरिषदमा बसिरहनु उचित नहुने प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् । गण्डकी प्रदेशमा ओली समूहका नेता पृथ्वीसुब्बा गुरुङ […]

गण्डकी प्रदेशमा कांग्रेसले अविश्वास प्रस्तावबारे छलफल नगर्ने

१९ पुस, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ समूहमा विभाजित भएपछि गण्डकी प्रदेशसभामा दुबै समूहको संसदीय दलको बैठक पुस १३ गते बस्यो । ओली समूहको बैठकमा केन्द्रीय कार्यक्रमको बिफ्रिङ गर्दै प्रधानमन्त्री ओलीको कदमको स्वागत गर्ने र प्रदेश सरकारलाई बलियो बनाउने निर्णय गर्‍यो । प्रचण्ड– माधव समूहले संसद विघटनको कदमको भत्सना गर्ने र प्रदेश सरकारका […]

गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ

१३ पुस, पोखरा । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको […]

गण्डकीबाट १०९ जना थपिए ओली समूहको केन्द्रीय सदस्य (सूचीसहित)

८ पुस, पोखरा । पूर्व माओवादीका तर्फबाट स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रै ‘पारस’ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्य भएको सार्वजनिक भयो । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिएका जिल्ला अध्यक्षहरुमा कान्छामध्येका थिए । अहिलेसम्म कुनै पनि समूहमा नखुलेका गृहमन्त्री बादल पक्षका गैह्रे ओली समूहमा गएपछि को कता हुने हुन् भन्ने […]

माननीय कि मेयर को विवादले अस्पताल शिलान्यास नै रोकियो

१६ मंसिर, पोखरा । सोमबार देशभरका एकसाथ ३९६ पालिकामा अस्पताल शिलान्यास गर्ने तयारी थियो । तर ८४ वटा पालिकामा ५ देखि १५ शैय्याका आधारभूत अस्पताल शिलान्यास हुन सकेनन् । यसमध्ये १२ अस्पताल गण्डकी प्रदेशमा पर्छन् । गण्डकी प्रदेशका ३ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा सोमबार अस्पताल शिलान्यास हुन सकेन । पूर्व निर्धारित मितिमा किन […]

पोखराका अस्पताललाई मुख्यमन्त्रीले सोधे – बिरामीले उपचार नपाई मर्ने अवस्था कसरी आयो ?

८ मंसिर, पोखरा । अस्पतालले बिरामीलाई भर्ना नै नलिने अवस्था अन्त्य गर्न गण्डकी प्रदेश सरकारले सक्रियता देखाएको छ । बिरामीले ६ वटा अस्पताल चाहार्दा पनि उपचार नपाएर ज्यान गुमाउनुपरेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै चासो देखाएर निजी र सरकारी अस्पताललाई उपचारप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् । ६ अस्पताल चाहार्दा पनि स्याङ्जाकी धनमाया गुरुङले भर्ना […]

पुच्छर निमोठेको निमोठ्यै छु, मुख्यमन्त्रीको हुटहुटीले मात्र नहुँदो रहेछ !

७ मंसिर, पोखरा । संघीय सरकारभन्दा अगाडि सरेर लकडाउन घोषणा गरेको गण्डकी प्रदेश सरकारले क्वारेन्टिन, आइसोलेसन, अस्पताल घोषणालगायतमा अगुवा नै बन्यो । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारमा गण्डकी एक नम्बरमा रहहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी थियो । तर मुख्यमन्त्रीलाई तब प्रश्न उठ्न थाल्यो, जब नागरिकले त्यो महसुस गरेनन् । संक्रमण बढेको बेला पनि परीक्षणको दायरा […]

लक्षणसहितका मानिस सडकमै, उपचारको सट्टा भगवान भरोसा !

६ मंसिर, पोखरा । पोखरा–९ का ६८ वर्षीय पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भएको सहसुस भयो । स्वाबको नमूना परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ आयो । ५ गते नै उनको मृत्यु भयो । केही दिनअघि हेम्जाका ५८ वर्षीय पुरुषमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित श्वासप्रश्वासमा समस्या देखियो । परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण देखियो […]