Comments Add Comment

गण्डकी

List Grid
गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !

१५ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने कि नयाँ सरकार बन्ने छिनोफानो हुने भनिएको दिन बुधबार गण्डकी प्रदेशसभामा एकपछि अर्को नाटकीय घटना देखियो । मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल सकेर बुधबार मतदान गर्ने भनिएको थियो । शुरुमा सत्तापक्ष मतदानलाई पर धकेल्न […]

राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

१५ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् । राष्ट्रिय जनमोर्चाका तीन सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै […]

गण्डकीमा एमाले नेतृत्वको सरकारको छिनोफानो आजै

१५ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने वा नरहने छिनोफानो बुधबार नै हुने भएको छ । वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार नै निर्णायार्थ पेश गर्ने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ […]

सांसदको पीसीआर परीक्षण माग गर्दै एमालेले गर्‍यो गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

१४ वैशाख, पोखरा । सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला […]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन १३ वैशाखमा आह्वान

६ वैशाख, पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गतेदेखि शुरु हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि प्रदेश सरकारले १ गते बुधबार राति […]

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

२ वैशाख, पोखरा । प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् । उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने निर्णय गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय […]

अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

२ वैशाख, पोखरा । चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ । बिहान १०ः ३० बजे मात्र पत्र आइपुगेको प्रदेशसभा सचिव […]

गण्डकी प्रदेश : नयाँ सरकार बने मुख्यमन्त्री को ?

३० चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो । अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक […]

गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

२६ चैत, कास्की । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए । प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बीमा भइसकेको […]

गण्डकी प्रदेशको अधिवेशन चैत २५ गतेदेखि

१७ चैत, पोखरा । चैत २५ गतेबाट गण्डकी प्रदेश सभाको बैठक बस्ने भएको छ । ६ महिनाभित्र संसद बैठक बोलाउनै पर्ने बाध्यता सरकारलाई छ । कानुन व्यवस्थाअनुसार २५ गतेदेखि विधेयक अधिवेशन चलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । चैत २६ गते संसदको बैठक स्थगित भएको ६ महिना पूरा हुन्छ । असोज २६ गतेदेखि प्रदेशसभाको बजेट […]

पीएम कप : गण्डकीविरुद्ध आर्मी टस जितेर ब्याटिङ गर्दै

२ माघ काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उद्घाटन खेलमा विभागीय टाेली त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुँदैछ । त्रिवि मैदानमा हुने खेलमा आर्मीले टस जितेर ब्याटिङ राेजेकाे छ । आर्मी विनाेद भण्डारीकाे कप्तानीमा र गण्डकी विपिन खत्रीकाे कप्तानीमा खेल्दैछ । राष्ट्रिय खेलकुद परिषदकाे कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानकाे व्यवस्थापनमा आयाेजना […]

गण्डकीमा वैकल्पिक समीकरणबारे छलफल गर्ने प्रचण्ड-माधव समूहको निर्णय

१३ पुस, पोखरा । नेकपाको प्रचण्ड-माधव समूहले गण्डकी प्रदेशमा सरकार गठनबारे अरु दलसँग छलफल गर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली समूहमा छन् । र, प्रचण्ड-माधव समूहसँग अविश्वासको प्रस्ताव दर्ताका लागि चाहिने सांसद समते छैनन् । त्यसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता नगरेको यो समूहले सम्भावित समीकरणबारे दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । […]

संघमा जे सुकै होस्, प्रदेशमा मिलौं : मुख्यमन्त्री गुरुङ

१० पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहन प्रस्ताव गरेका छन् । बागमती प्रदेशमा प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि गण्डकीका मुख्यमन्त्रीले संघ र अरु प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर जान प्रस्ताव गरेका हुन् । संसद विघटनको स्वागत र प्रधानमन्त्री केपी शर्मा ओलीको […]

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु

१७ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ । कावासोती नगरपालिका–१४, नवलपरासी पूर्वका ७८ वर्षका पुरुषको मध्यविन्दु अस्पतालमा मंगलबार राति ११ : १५ बजे मृत्यु भएको छ । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि […]

गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

२४ कात्तिक, पोखरा । विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि २५ करोड २६ लाख २३ हजार तीन सय ३६ रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म २५ करोड २६ लाख २३ हजार […]

गण्डकीका मुख्यमन्त्री भन्छन् : निःशुल्क उपचारबाट सरकार हट्न हुन्न, निर्णय सच्याऔं

६ कात्तिक, पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ कात्तिकमा लक्षित वर्ग बाहेक अरुले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बतायो । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत जनताको स्वास्थ्योपचारबाट सरकार पछाडि हटेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । ५ कात्तिकमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोरोनाको निःशुल्क उपचारलाई यथावत राख्ने निर्णय गर्‍यो […]

तनहुँमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण

३२ साउन, पोखरा । तनहुँको ब्यास नगरपालिका– १ मा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास–१ भादगाउँ रतौली टोलमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो । श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत प्रहरी हुन् । प्रहरी दम्पत्तिकी आमा आमाको पोखरा […]

गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण

१९ साउन, पोखरा । गण्डकी प्रदेशका ४ जिल्लामा सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५ जना, स्याङ्जामा ४, लमजुङ, पर्वत र बागलुङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगरपालिकामा ३६, ३९, २९ र २३ वर्षका र मादी गाउँपालिकामा २८ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो […]

काठमाडौंबाट फर्किएका तनहुँका कर्मचारीमा कोरोना संक्रमण

१८ साउन, पोखरा । काठमाडौंबाट हालै फर्किएका तनहुँका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ […]

गण्डकीमा कोरोना संक्रमण बढेको बढ्यै, १०३ जनाको स्रोत खुलेन

१४ साउन, पोखरा । स्याङ्जामा केही प्रहरी कर्मचारीलाई रुघाखोकी लाग्यो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंकामा ४ जनाको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला पोखरामा पठाइयो । साउन ६ गते परीक्षणको नतिजा आउँदा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएकोे पुष्टि भयो । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि अरु सहकर्मी र परिवारका सदस्यमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंकामा […]

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

१९ असार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो। लमजुङको बेंशीसहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल […]