Comments Add Comment

गृहमन्त्री

List Grid
विकास र समृद्धिका लागि सिण्डिकेट अन्त्य हुनुपर्छः गृहमन्त्री

९ जेठ, धनगढी  । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताएका छन् । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ विकास निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, कृषिलगायत हरेक क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता र सिण्डिकेट अन्त्यका लागि सरकार पूर्ण प्रतिवद्ध छ ।’ गृहमन्त्री थापाले सरकार विकास र समृद्धिको […]

गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

९ जेठ, डोटी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच बुधवार विहान भेटवार्ता भएको छ । मुख्यमन्त्री निवास धनगढीमा भएको भेटवार्तामा प्रदेश सुरक्षा अवस्था लगायतका बिषयमा छलफल भएको थियो । छलफलमा प्रदेश सरकारको सुरक्षा अबस्था, सीमा सुरक्षा, दार्चुलाको तिंकरस्थित त्रिदेशीय नाकामा बाह्रैै महिना सुरक्षा पोष्ट राख्नु पर्ने तथा केन्द्र सरकार […]

नारायणगढ–मुग्लिन सडकको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

८ जेठ, चितवन । गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा मंगलबार बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उनले यस्तो बताए । गृहमन्त्री थापाले सो सडकको अब समय थप […]

नारायणगढ–मुग्लिन सडकको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

८ जेठ, चितवन । गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा मंगलबार बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उनले यस्तो बताए । गृहमन्त्री थापाले सो सडकको अब समय थप […]

शिक्षादेखि तरकारीसम्मको सिन्डिकेट अन्त्य गर्न गृहमन्त्री बादलको निर्देशन

६ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सबै क्षेत्रको सिन्डिकेट अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई मन्त्रालयमा आइतबार निर्देशन दिदै गृहमन्त्री बादलले आफ्नो कार्यक्षेत्रमा रहेका सबै प्रकाशरका सिन्डिकेट अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘यतायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य […]

सुनकाण्डमा अरुपात्र छिट्टै बाहिर आउँछन्ः गृहमन्त्री

३१ वैशाख, पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो समय चर्चित सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सुनकाण्डमा आएका पात्रको बयान र अनुसन्धान जारी रहेको बताउँदै प्रकरणसँग सम्बन्धित अन्य पात्र पनि बाहिर आउने बताएका हुन् । ‘सुन काण्डका धेरै पात्र बाहिर आउन […]

गृहमन्त्री बादलको उद्घोष– सबै क्षेत्रको एकाधिकार तोड्छौं

२३ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार पनि तोड्ने तयारीमा सरकार रहेको बताएका छन् । गृहमन्त्रालयमा आइतबार उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डसँगको भेटमा गृहमन्त्री बादलले यातायात क्षेत्रको एकाधिकारको अन्त्य सुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका पनि सबै एकाधिकार […]

अस्थिरता निम्त्याउने सबैखालका घटना सरकारले रोक्छ : गृहमन्त्री थापा

१८ वैशाख । गृहमन्त्री रामबहादुर थापाले निर्वाचनपछि सुरु हुन लागेको शान्ति र स्थायित्व कायम हुन नदिई अस्थिरतामा लैजान केही शक्ति लागेको बताए । प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि हेटौंडा आएका मन्त्री थापाले छायाँ सरकारको नाममा कतिपय ठाउँमा घटना घटाउने काम भइरहेको पनि आरोप लगाए । अस्थिरता फैलाउने सबैखालका घटना नियन्त्रणका लागि सरकार कटिबद्ध रहेको उनले […]

प्रमुख निर्वाचन आयुक्तको निवास पुगे गृहमन्त्री र प्रहरी प्रमुख

११ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचन आयोगका पदाधिकारीहरुको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार ललितपुरको हात्तिबनस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री बादलले आयोगका पदाधिकारीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका हुन् । गत आइतबार साँझ प्रमुख आयुक्त […]

विपतबाट हुने क्षतिलाई न्यूनीकरण गर्न गम्भीर छाैंः गृहमन्त्री

२२ चैत, काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्युनिकरण गर्न सरकार गम्भीर रहेको बताए । विपद जोखम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी कार्यकारी समितिको बिहीबारको बैठकमा गृहमन्त्री बादलले विपद व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकोले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । विपद व्यवस्थापनमा नागरिक समाज र जनतालाई समेत […]

चैत्रभित्रै प्रहरीको सरुवा-बढुवा मापदण्ड बन्ने, ‘कार्यकारी आदेश’ मार्फत् प्रदेशको शान्तिसुरक्षा हेरिने

१९ चैत, काठमाडौं । प्रदेशको गृहमन्त्रालय, सीडीअो कार्यालय अनि नेपाल प्रहरीवीच समन्वयको अभाव भइरहेका बेला गृहमन्त्रालयले अहिलेसम्म गृह प्रशासनसँग सम्बन्धित कानूनहरु तर्जुमा गर्न सकेको छैन । बरु गृहमन्त्रालयले कार्यकारी आदेशमार्फत् नै सातै प्रदेशको शान्ति सुरक्षा सञ्चालन गर्ने कार्ययोजना अघि सारेको छ । सरकारले यही चैत महिनाभित्र आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी आदेश जारी गर्न लागेको हो […]

भ्रष्टाचार र सिन्डिकेटको अन्त्य गर्नुपर्छः गृहमन्त्री बादल

१९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य गर्नुपर्ने बताएका छन् । लामो समयदेखि रही आएको यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको भन्दै गृहमन्त्री बादलले यसको अन्त्य गर्ने बताएका हुन् । गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले भने,’सिन्डिकेटको अन्त्य गर्नुपर्छ, जनताको हितका लागि हो भने […]

गृहमन्त्री बादलले सार्वजनिक गरे ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना (पूर्णपाठसहित)

१९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् । साेमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको अायोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लार्इ प्राथमिकता दिएका […]

गृहमन्त्रीले भने-नेपाल तस्करको स्वर्ग बन्यो, लडाई चुनौतिपूर्ण छ

११ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले दलाल पूँजीपतिहरुले नेपाललाई तस्करीको स्वर्ग बनाइरहेको टिप्पणी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग कुरा गर्दै गृहमन्त्रीले तस्कर र अपराधीविरुद्धको लडाइ चुनौतिपूर्ण बनेको बताए । ‘देशको अर्थतन्त्र चौपट पार्ने दलाल पूँजीपतिहरु सक्रिय छन् । अहिले हामी सुनिरहेका छौं अरबौंको सुन तस्करी भइरहेको छ । मानव तस्करी […]

प्रहरी हेडक्वार्टरमा गृहमन्त्री बादल, राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने बाचा

१६ फागुन, काठमाडौं । गृहमन्त्रीमा नियुक्त भएको तीन दिनपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा अधिकारीहरुबाट सुरक्षा व्रिफिङ लिएका छन् । बिहान करिब साढे ८ बजे प्रहरी हेडक्वार्टर पुगेका बादललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा ब्रिफिङ सुनाएका थिए । अर्यालले करिब दुई घण्टा आफ्ना कुरा राखेका थिए । लगत्तै […]

गृहमन्त्री बादलः काण्ड धेरै, काम कम

१४ फागुन, काठमाडौं । माओवादी नेता रामबहादुर थापा (बादल) रक्षामन्त्री रहेकै बेला ०६६ सालमा ‘कटवाल प्रकरण’ भयो र यही कारणले प्रचण्ड नेतृत्वको सरकारै गल्र्यामगुर्लुम ढल्यो । त्यो घटनालाई माओवादी नेताहरुले ‘भारतीय डिजाइन’ मा गरिएको षडयन्त्रका रुपमा व्याख्या गर्दै आएका छन् । अरुले चाहिँ यसलाई प्रचण्ड र बादलको अपरिपक्व कामका रुपमा हेर्ने गरेका छन् । गृहमन्त्री […]

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

१८ भदौ, जनकपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय निकायको तस्रो चरणको चुनावलाई भयरहित वातावरणमा सम्पन्न बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । जनतामा अहिले निर्वाचनप्रति उत्साह देखिएको बताउँदै यस वर्ष संविधान कार्यान्वयनको लागि तीनवटै तहको निर्वाचन सम्पन्न हुनुपर्ने भएकोले शान्ति सुरक्षाका लागि सुरक्षा निकायको काँधमा ठूलो जिम्मा […]

निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिन सकिन्छ: गृहमन्त्री

२३ साउन, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिने विषयमा छलफल गर्न सकिने बताएका छन् । प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ का सन्दर्भमा प्राप्त संशोधनबारे व्यवस्थापिका-संसद्को राज्य व्यवस्था समितिको आजको बैठकको छलफलमा गृहमन्त्री शर्माले भने, ‘हाल आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था भएकामा सरकारको परामर्शमा […]

‘संघीयतामा जनशक्ति धेरै चाहिने भएकाले एआईजीको दरबन्दी थप’

२० साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई संघीय प्रणालीमा लैजानुपर्ने भएकाले एआईजीको दरबन्दी बढाउनुपरेको बताएका छन् । साथै उनले कार्यसम्पादन मूल्यांकनलाई पारदर्शी बनाउने पनि बताए । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले संघीय प्रणालीमा जाँदा अहिलेकै जनशक्तिले नपुग्ने भएकाले एआईजीको दरबन्दी बढाउनुपरेको बताए । गृहमन्त्रालयले ७ जना एआईजीको दरबन्दी बढाएर हाल ११ […]

महिला हिंसा क्रुर अपराध हो, दोषिलाई कारबाही हुन्छः गृहमन्त्री शर्मा

९ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम नछुटाइएको स्पष्ट पारेका छन् । आमाको मात्र होइन हजुर आमाको नाम पनि परिचयपत्रमा राखिएको उनले बताए । बिभिन्न विषयमा सांसदहरुले उठाएका जिज्ञासाको मन्त्री शर्माले सोमबारको संसद बैठकमा जवाफ दिएका छन् । यसअघि सांसदहरुले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भन्दै विरोध जनाएका थिए । […]

गृहमन्त्रीले भने- तीन महिनाभित्र सबै गाउँपालिकामा टेलिफोन पुग्नुपर्छ, कुनै शर्त मानिने छैन

६ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले तीन महिनाभित्र हरेक गाउँपालिकामा टेलिफोन सेवा पुग्नुपर्ने बताएका छन् । टेलिफोन शान्ति सुरक्षासँग पनि सम्बन्धित भएको भन्दै उनले सेवा पुर्‍याउने काममा कुनै सर्त मान्न नसकिने बताए । ‘यो राज्यको टेलिकम हो, तीन महिनाभित्र हरेक गाउँपालिकामा सञ्चार पुगेको हुनुपर्छ, त्यसमा कुनै शर्त मानिने छैन,’ शुक्रबार केन्द्रीय दैवी प्रकोप […]