Comments Add Comment

गृहमन्त्री

List Grid
महिला हिंसा क्रुर अपराध हो, दोषिलाई कारबाही हुन्छः गृहमन्त्री शर्मा

९ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम नछुटाइएको स्पष्ट पारेका छन् । आमाको मात्र होइन हजुर आमाको नाम पनि परिचयपत्रमा राखिएको उनले बताए । बिभिन्न विषयमा सांसदहरुले उठाएका जिज्ञासाको मन्त्री शर्माले सोमबारको संसद बैठकमा जवाफ दिएका छन् । यसअघि सांसदहरुले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भन्दै विरोध जनाएका थिए । […]

गृहमन्त्रीले भने- तीन महिनाभित्र सबै गाउँपालिकामा टेलिफोन पुग्नुपर्छ, कुनै शर्त मानिने छैन

६ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले तीन महिनाभित्र हरेक गाउँपालिकामा टेलिफोन सेवा पुग्नुपर्ने बताएका छन् । टेलिफोन शान्ति सुरक्षासँग पनि सम्बन्धित भएको भन्दै उनले सेवा पुर्‍याउने काममा कुनै सर्त मान्न नसकिने बताए । ‘यो राज्यको टेलिकम हो, तीन महिनाभित्र हरेक गाउँपालिकामा सञ्चार पुगेको हुनुपर्छ, त्यसमा कुनै शर्त मानिने छैन,’ शुक्रबार केन्द्रीय दैवी प्रकोप […]

गृहमन्त्रीको अपीलः सुरक्षा व्यवस्था मिलाएका छौं, ढुक्क भएर मतदान गर्नुस्

१२ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले पर्सि बुधबार हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेका छन् । उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबैले आफ्नो मतदानअधिकार प्रयोग गर्नुहोस् ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आवश्यक सुरक्षा […]

विप्लवलाई चुनाव बिथोल्न नैतिकताले दिँदैनः गृहमन्त्री शर्मा

१२ असार, दाङ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विप्लव नेतृत्वको नेकपालाई चुनाव बिथोल्न नैतिकताले नदिने बताएका छन् । रोल्पामा चुनाव लडेको नेकपालाई अन्य जिल्लाको चुनाव बिथोल्न नैतिकताले नदिने मन्त्री शर्माको भनाइ छ । दाङको तुलसीपुरमा सोमबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘अब विप्लवले निर्वाचन बिथोल्न नैतिकरुपमा मिल्दैन । किनभने थवाङमा उहाँ चुनावी […]

अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री

८ असार, विराटनगर । गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टाचारविरुद्ध हुने बताएका छन् । आफू उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध लडेर उज्यालो नेपाल बनाएको भन्दै उनले देशलाई समृद्ध बनाउने बाहेक अरु लक्ष्य नभएको बताए । बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको उल्लेख गरे […]

सुरक्षा व्यवस्था मजदुत बनाउन गृहमन्त्री शर्माको निर्देशन

६ असार, कैलाली । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावमा मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरणका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा नियकायलाई निर्देशन दिएका छन् । प्रदेश नम्बर ७ मा आयोजना गरिएको स्थानीय तह निर्वाचन सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले पहिलो चरणको चुनावको अनुभवलाई समेट्दै सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव दिएका हुन् । सुरक्षा […]

माओवादी उम्मेदवारलाई भोट माग्दै गृहमन्त्री !

६ असार, नेपालगञ्ज । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ नेकपा माओवादी केन्द्रको चुनाव प्रचारमा सहभागी भएको भेटिएको छ । सोमबार दिउँसो नेपालगञ्जमा प्रदेश नम्बर ५ का केही जिल्लाहरुको सुरक्षा गोष्ठी राखिएको थियो । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री शर्मा माओवादी केन्द्रको चुनावी कार्यक्रममा पनि सहभागी भएको भेटिएको छ । गृहमन्त्री […]

सरकारसँग सहमति गरेरै राजपाले स्वतन्त्र उम्मेदवारी दिएको होः गृहमन्त्री

५ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश नम्बर २ को चुनाव सारेपछि राष्ट्रिय जनता पार्टीले असार १४ गते चुनाव हुने स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको बताएका छन् । प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते चुनाव हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । रुपन्देहीको तीन स्थानीय […]

राजपालाई आन्दोलन छाडेर सहमतिमा आउन गृहमन्त्रीको आग्रह

४ असार, रुकुम । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आन्दोलन छाडेर सहमतिमा आउन राष्ट्रिय जनता पार्टी (राजपा)लाई आग्रह गरेका छन् । तराई मधेसका जनताको मताधिकार सुनिश्चित गर्न २ नम्बर प्रदेशको निर्वाचन सारिएको उनले स्पस्ट पनि पारे । प्रेस सेन्टर नेपाल रुकुमले सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले निर्वाचन नसारेसम्म राजपा चुनावमा आउने […]

गृहमन्त्रीको चेतावनीः सोर्सफोर्स लगाउनेलाई कारबाही गर्छु

३१ जेठ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले गृहप्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने बरु राजनीतिक नेतृत्व गर्ने बताएका छन् । सबै सुरक्षा संगठनलाई अनुशासित बनाउने र सिपाहीको मनोबल उकास्ने गरी काम गर्ने पनि उनले बताएका छन् । गृहमन्त्रालयमा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले देशको आवश्यकता अनुसार आफूले गाइडलाइन मात्रै दिने बताए । ‘म राजनीतिक नेतृत्व गर्नेछु, […]

गृहमन्त्रीमा जनार्दन शर्माको चर्चा, महरा सदावहार उपप्रधानमन्त्री

२३ जेठ, काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । सुरुमा माओवादीले दुई मन्त्री पठाउने तयारी गरेको छ । स्रोतका अनुसार माओवादीले अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई गृहमन्त्री बनाउने भएको छ । माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्नेभएका छन् । महराले उपप्रधानमन्त्रीसहित मन्त्रालय सम्हाल्ने छन् […]

गृहमन्त्रीले भने-देश एमालेकै कारण अनिर्णयको बन्दी बन्यो

२२ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेकै कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाएका छन् । शुक्रबार महाबीर युवा कमिटीले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी जनतालाई अधिकारबाट बञ्चित गराउन एमाले क्रियाशील भईरहेको आरोप लगाएका हुन् । उपप्रधानमन्त्री निधिले एमालेलाई राजतन्त्र भन्दा पनि अधिनायकवादी पार्टीको रुपमासमेत चित्रण गरे । मन्त्री […]

गृहमन्त्री निधीले यसकारण राजीनामा दिए

१७ बैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् । गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाएका हुन् । आजैको मितिदेखि राजीनामा दिएको भने पनि उनले राजीनामाको कारण भने खुलाएका छैनन् । निधीले राजीनामा पत्रमा लेखेका […]

गृहमन्त्रीले मध्यरात कटेपछि किन गरे चुनाव हुन नसक्ने ट्वीट ?

४ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले निर्वाचन आयोग र सुरक्षा प्रबन्धमात्रै स्थानीय चुनावका लागि पर्याप्त नहुने प्रष्ट पारेका छन् । निधीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सुरक्षा प्रबन्धले मात्रै चुनाव हुन नसक्ने बताएका हुन् । चुनावका लागि सुरक्षा प्रवन्धमात्रै पर्याप्त हुँदैन भन्दै गृहमन्त्री निधीले यसका लागि राजनीतिक सहमति आवश्यक पर्ने ट्वीटरमार्फत बताएका छन् । […]

एमालेले राजनीतिक संवेदनशीलता बुझेनः गृहमन्त्री निधी

३ बैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि मुलुकको राजनीतिक संवेदनशीलतालाई नबुझेको आरोप लगाएका छन् । साथै उनले मधेसको असन्तुष्टि सम्बोधन नगरी गरिने चुनावले द्वन्द्व जम्माउने खतरा रहने बताए । संसदका राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री निधीले राजनीतिक सहमतिका लागि मोर्चा र एमाले तयार हुनुपर्ने तर दुवैले ‘मेरो गोरुको […]

सरकार छैन भन्नेहरुलाई चुनौती दिनेगरी काम गर्नुस्ः गृहमन्त्री

१३ वैशाख, बुटवल । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा सरकार छैन भन्दै आलोचना गर्नेहरुलाई चुनौती दिनेगरी काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक पर्ने सम्पूर्ण अधिकार सुरक्षा निकायमा निहीत रहेकाले कोही कसैको दबावमा नपरी काम गर्न बस्नेतले निर्देशन दिए । गृह मन्त्रालयद्वारा सोमवार बुटवलमा आयोजित क्षेत्रीय विशेष सुरक्षा गोष्ठीमा गृहमन्त्री […]

गृहमन्त्री भन्छन्- आन्दोलनको सामना गर्न सरकार तयार छ

६ वैैशाख, काठमाडौं । मधेसी मोर्चाले आन्दोलनको तयारी गरिरहेका बेला गृहमन्त्री शक्तिबहादुर बस्नेतले कसैले चाहँदैमा मुलुकमा फेरि आन्दोलन नहुने दाबी गरेका छन । सोमबार  रिपोर्टस क्लबमा बोल्दै गृहमन्त्री बस्नेतले भने- ‘जनताले अहिले कुनै पनि आन्दोलनको औचित्य महसुस गरेको छैन, धेरै विषय संविधानले सम्वोधन गरिसकेको जनताले बुझेका छन ।’ मन्त्री बस्नेतले सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न […]