Comments Add Comment

ग्लोबल आइएमई बैंक

List Grid
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्लमार्क होटल एण्ड स्पामा मिल्नेछ विशेष छुट

ग्लोबल आइएमई बैंक लि. र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.का उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका […]

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

२७ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटाशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ । बाग्लुङ्गको जिल्लाको जैमिनी नगरपालिका वडा नं. ३, दमेकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा टेकबहादुर कामी र डोटीको जिल्लाको […]

ग्लोबल आइएमई बैंकद्वारा ३ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ । पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका वडा नं. ८ सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय छवि सरा सिंजाली, रौतहटको […]

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकले थप २ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२२ पुगेको छ । बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं. ४, थाडमा खोलिएको शाखारहित बैंकिङ्ग […]

ग्लोबल आइएमई बैंकले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

८ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ । बैंकले महासंघसँग आबद्ध नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुँच भित्र ल्याउने विषयसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता […]

ग्लोबल आइएमई बैंकले गर्यो २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरूआत

२ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरू गरेको छ। कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो। यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२० […]

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

११ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पर्वतका प्रमुख नवराज सापकोटाले गरे । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वतको कुश्मा नगरपालिका वडा नं. ५स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालयअन्तर्गतका […]

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

७ भदौ, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । एक कार्यक्रममा बैंकको गाइघाट शाखाका प्रवन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होमप्रसाद खनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरे […]

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा

३ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ्ग, बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सोमबार बैंकको ४१ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को. ले. नि. का. लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् । बैंकले […]

ग्लोबल आइएमई बैंकको सीईओमा रत्नराज बज्राचार्यद्वारा पदभार ग्रहण

१ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारदेखि आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् । पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनियताको सपथ गराए । कार्यक्रममा […]

ग्लोबल आइएमईमा रत्नराजको ‘कमब्याक’, अध्यक्ष भन्छन्– बैंक अब थप मजबुद बन्छ

३० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ग्लोबल आइएमई बैंकमै कम […]

ग्लोबल आइएमई बैंकद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

३० साउन, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को बढ्दो कहरलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । बैंकले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण […]

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा

२८ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. १० कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा कोशुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंङ्किङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ […]

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर दाङको घोराहीमा

२५ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्धघाटन गरे। बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गरेर दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन […]

मुगुको गमगढीमा पुग्यो ग्लोबल आइएमई बैंक

२२ साउन, काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित […]

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैङ्किङ सेवाको शुरुवात

१९ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटारर खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहित बैङ्किङ सेवाको शुरुवात गरेको हो । यी दुई शाखारहित बैङ्किङ सेवा सहित बैंकको शाखारहित बैङ्किङ […]

उदयपुरको जिल्ला अदालत परिसरमा ग्लोबल आइएमईको एटिएम सेवा

१८ साउन, काठमाडौं ।  ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ । उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज केसीले संयुक्तरुपमा उद्घाटन गरेका छन् । बैंकले बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै […]

ग्लोबल आइएमई बैंकको योजना : आकर्षक व्याजदरमा ३ दिनमै कर्जा

७ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिसत व्याजदरमा […]

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा ८.९९ प्रतिशतमा ३ दिनमै

६ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौलाव्यवसायी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ […]

ग्लोबल आइएमईद्वारा प्रदेश १लाई कोरोनाविरुद्ध आर्थिक सहयोग

२८ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभास सापकोटाले प्रदेश नं. १का मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरे । मुख्यमन्त्री राईले कोरोना भाईरस (कोभिड -१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग […]

ग्लोबल आइएमईद्वारा कर्णाली प्रदेशलाई कोरोनाविरुद्ध आर्थिक सहयोग

२६ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकलेकोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ । बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्रीमहेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड -१९)विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख […]