Comments Add Comment

घुससहित पक्राउ

List Grid
कैलालीमा गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ

३० असार, कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । सीपमूलक तालिममा सहजीकरण गरेबापत उनले ८५ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए।

दैलेखको खानेपानी कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ

१७ असार, काठमाडौं । खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजना घुस लिएको आरोपमा पक्राउ परेका छन् । वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब-इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई दुई लाख ४१ हजार १६ रुपैयाँसहित नियन्त्रणमा लिएको हो । निमित्त प्रमुख […]

टिपर चालकबाट घुस लिने असई र प्रहरी जवान पक्राउ

२६ माघ, काठमाडौं । बुटवलमा एक जना प्रहरी सहायक निरीक्षक असई पाँच हजार घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भइ हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत असई सूर्यबहादुर अधिकारीलाई बुटवल उपमहानगरपालिका-८ ट्राफिक प्रहरी पोष्ट रामनगरबाट अख्तियारले घुससहित पक्राउ गरेको हो । विभिन्न बहाना बनाएर टिपर रोकेर चालकलाई डर त्रास देखाइ […]

घुस लिएको आरोपमा अधिवक्ता पक्राउ

२४ माघ, काठमाडौं । थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् । माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो । उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ । दाहाल राजस्व […]

यातायात कार्यालयका अधिकृत घुससहित पक्राउ

२० माघ, काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले १३ हजार घुससहित पौडेललाई नियन्त्रणमा लिइएको हो । सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारले घुस दिने दीपक खतिवडाले समेत […]

१ लाख घुससहित सह-सचिव पौडेल पक्राउ

१६ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल घुससहित पक्राउ परेका छन् । आइतबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता एवं सह-सचिव रामेश्वर दंगालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनले अहेबको अन्तरवार्तामा पास गराइदिने भन्दै घुस रकम माग गरेका थिए […]

एक लाख घुस लिने वीरगञ्ज महानगरका अधिकृतसहित तीनजना पक्राउ

४ असोज, वीरगञ्ज । एक लाखसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शिक्षा शाखा अधिकृत (विद्यालय निरीक्षक) मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ परेका हुन् । अरुणलाई लाठगल्लीमा रहेको विसमिल्लाह […]

नापी कार्यालय धनुषाका कर्मचारी घुससहित पक्राउ

१९ भदौ, धनुषा । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव १५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिएको भन्दै जयगोविन्दलार्इ पक्राउ गरेको हो । लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका सेवाग्राहीसँग जग्गा नापी हुँदा सच्याउनका लागि १५ हजार घुस मागेको भन्दै उनलार्इ रङ्गेहात पक्राउ गरेको अख्तियारको बर्दिवास कार्यालयका प्रमुख पुरुषोत्तम […]

यातायातका इन्जिनियर घुससहित पक्राउ

२८ साउन, बुटवल । यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी सेवाग्राहीबाट घुससहित पक्राउ परेका छन् । कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो । नयाँ सवारीसाधन दर्ताका लागि साहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका […]