Comments Add Comment

चेल्सी

List Grid
चेल्सीमाथि आर्सनलको शानदार जित

१२ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको लण्डन डर्बी खेलमा आर्सनलले चेल्सीमाथि शानदार जित हात पारेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चेल्सीलाई ३-१ ले पराजित गरेको हो । यस सिजन खराब प्रदर्शन गरिरहेको आर्सनललाई लण्डन डर्बी जितले राहत मिलेको छ । खेलको ३४औं मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई […]

चेल्सी शानदार जितसहित पाँचौ स्थानमा उक्लियो

७ पुस, काठमाडौं । प्रिमियर लिगको पछिल्ला दुई खेलमा पराजित भएको चेल्सीले गएराति भएको खेलमा वेष्टहम युनाइटेडमाथि शानदार जित हात पारेको छ । टमी अब्राहमले दुई गोल गरेपछि चेल्सीले वेष्टब्रोमलाई ३-० ले पराजित गरेको हो । जितपछि लण्डन क्लब चेल्सी पाँचौ स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा १०औं मिनेटमा थियागो शिल्भाले […]

प्रिमियर लिगमा चेल्सी पराजित, म्यानचेष्टर सिटी बराबरीमा रोकियो

१ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । पहिले गोल गरेर अग्रता लिए पनि जोगाउन नसक्दा लण्डन क्लब चेल्सी वल्भ्ससँग पराजित भएको हो । पेड्रो नेटोले इन्जुरी टाइमा गोल गरेपछि वल्भसले चेल्सीमाथि २-१ को पुनरागमन जित हात पारेको हो । वल्भसको मैदानमा ओलिभर जिरुडले ४९औं मिनेटमा गोल गर्द […]

प्रिमियर लिग : चेल्सी पुनरागमन जितसहित शीर्ष स्थानमा

२१ मंसिर, काठमाडौं । लिड्स युनाइटेडविरुद्ध पुनरागमन जित हात पार्दै लण्डन क्लब चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा चेल्सीले लिड्सलाई ३-१ ले हरायो । चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको चौथो मिनेटमै प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय रहेन । २७औं […]

सेभियाको पोष्टमा जिरुडको चार गोल

१८ मंसिरऽ काठमाडौं । ओलिभर जिरुडले चार गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग अन्तगर्त समूह ई को खेलमा लण्डन क्लब चेल्सीले स्पानिस क्लब सेभियालाई ४-० ले पराजित गरेको छ । गएराती भएको खेलमा चेल्सीले सेभियाको मैदानमा शानदार जित हात पारेको हो । खेलको आठौं मिनेटमै जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । जिरुडले तीन दोस्रो […]

टोटनहम र चेल्सीको खेल बराबर, आर्सनल वल्भ्ससँग पराजित

१५ मंसिर, काठमाडौं । प्रिमियर लिगमा गएराति भएको दुई लण्डन क्लब टोटनहम हट्सपर र चेल्सीबीचको खेल बराबरीमा सकिएको छ । दुई क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि १० खेलबाट २१ अंक जोडेको टोटनहम लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ । यस्तै समान खेलबाट १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ […]

चेल्सी शीर्ष स्थानमा उक्लियो

७ मंसिर, काठमाडौं । लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । लेस्टर सिटीसँग अंक बराबर भए पनि गोलअन्तरमा चेल्सी अगाडि रहेको हो । न्यूकासलको मैदानमा भएको खेलमा चेल्सीका लागि टमी अब्राहमले एक गोल गरे […]

शेफिल्डलाई ४-१ ले हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लियो

२३ कात्तिक काठमाडौं । लण्डन क्लब चेल्सी प्रिमियर लिगमा शेफिल्ड युनाइटेडविरुद्ध पुनरागमन जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा चेल्सीले घरेलु मैदानमा शेफिल्डलाई ४-१ ले पराजित गरेको हो । चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको डेभिड म्याकगोलड्रिकल खेलको नवौं मिनेटमै गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । उक्त अग्रता लामो समय […]

क्रिस्टियनको प्रतिभामा शंका थिएन : लाम्पार्ड

काठमाडौं । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले टिमका युवा स्ट्राइकर क्रिस्टियन पुलिसिकको प्रतिभामा कहिल्यै आफूलाई शंका नरहेको बताएका छन् । क्रिस्टियनमाथि भरोसा गर्न ढिलाई गरेको भन्ने रेड बुल साल्जबर्गका म्यानेजर जेस्से मार्स्चको आरोपको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । क्रिस्टियन बेरुसियाबाट साढे ७ करोड डलरको डिलमा सो क्लवमा भित्रिएका थिए । साल्जबर्गविरुद्ध २०१९–२० को प्रि–सिजन म्याचमा […]

चेल्सी र आर्सनल अन्तिम १६ मा, हाभार्टको ह्याट्रिक

८ असोज, काठमाडौं । लण्डन क्लबद्वय चेल्सी र आर्सनल काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । यसै सिजन क्लबमा अनुबन्ध भएका जर्मन खेलाडी काभ हाभार्टको ह्याट्रिक प्रेरित चेल्सीले च्याम्पियनसिप क्लब बाम्सलेलाई ६-० ले पराजित गरेको हो । हाभार्टले खेलको २८औं मिनेटमा गोल गर्द चेल्सीका लागि पहिलो गोल गरेका थिए । ५५औं र […]

चेल्सीले रेन्सका गोलकिपर मेन्डी अनुबन्ध गर्ने

६ असोज, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब रेन्सबाट गोलकिपर एडुअर्ड मेन्डीलाई अनुबन्ध गर्ने प्रकिया अन्तिम चरणमा पुर्‍याएको छ । रेन्सका गोलकिपर एडुअर्ड मेन्डीले चेल्सी जानका लागि स्वास्थ्य परीक्षण गराएका छन् । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले यसको पुष्टि गरेका छन् । २८ वर्षीय सेनेगलका गोलकिपरले अब चेल्सीमा पहिलो रोजाईका लागि कीर्तिमानी खेलाडी केपा […]

मानेको दुई गोलमा लिभरपुलले चेल्सीलाई हरायो

५ असोज, काठमाडौं । साडियो मानेको दुई गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ । दोस्रो हाफ पूरै १० खेलाडीमा रहेर खेलेको चेल्सीलाई लिभरपुलले २-० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको १० सुरुवाती १० मिनेटमै मानेले लिभरपुलका लागि दुई गोल गरे । मानेले ५०औं […]

प्रिमियर लिग : चेल्सी र वल्भसको विजयी सुरुवात

३० भदौ काठमाडौं । प्रिमियर लिग अन्तर्गत पछिल्लो खेलमा चेल्सी र वल्भस विजयी भएका छन् । गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई ३-१ ले पराजित गर्दै तीन अंक जोडेको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा २३औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । ५४औं मिनेटमा लिणन्ड्रो ट्रासार्डले ब्राइटनका लागि […]

हाभार्ट चेल्सीमा

२० भदौ, काठमाडौं । जर्मन फुटबलर काऐ हाभार्ट प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भएका छन् । उनी नयाँ सिजनका लागि चेल्सी पुग्ने दोस्रो जर्मन खेलाडी हुन् । यसअघि लण्डन क्लब चेल्सीले जर्मनीमा टिमो वेर्नरलाई आरबी लाइपजिगबाट अनुबन्ध गरेको थियो । चेल्सीले हाभार्टलाई जर्मन क्लब बायर लेभरकुजनबाट ७१ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । जुन क्लबको […]

पेरिसबाट लण्डन पुगे थियागो शिल्भा, चेल्सीसँग एक वर्षको सम्झौता

१२ भदौ, काठमाडौं । ब्राजिलियन डिफेण्डर थियागो शिल्भा पेरिस सहर छाडे लगत्तै लण्डन सहर पुगेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेको एक साता नबित्दै शिल्भाले प्रिमियर लिगको लण्डन क्लब चेल्सीसँग सम्झौता गरेका हुन् । लण्डन क्लब चेल्सीले फ्रि ट्रान्सफरमा शिल्भालाई क्लब भित्र्याएको हो । चेल्सीले ३५ वर्षीय सेन्टर ब्याकसँग एक वर्षको सम्झौता गरेको […]

आर्सनलले फ्रि ट्रान्सफरमा विलियनलाई अनुबन्ध गर्‍यो

३० साउन काठमाडौं । लण्डन क्लब आर्सनलले फ्रि ट्रान्सफरमा रहेका विलियनलाई अनुबन्ध गरेको छ । २०१९-२० को सिजन सकिएपछि अर्को लण्डन क्लब चेल्सी छाडेको घोषणा गरेका विलियन आर्सनललाई आर्सनलले तीन वर्षको लागि अनुबन्ध गरेको हो । विलियनलाई अनुबन्ध गरेपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले उनी जस्ता खेलाडीले आर्सनलमा प्रभाव पार्न सक्ने बताएका छन् । ब्राजिलियन खेलाडी […]

एफए कप : चेल्सीलाई हराउँदै आर्सनलले जित्यो उपाधि

१८ साउन, काठमाडौं । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । वेम्लीमा शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर अग्रता […]

म्यानचेष्टर युनाइटेड र चेल्सी जितसहित च्याम्पियन्स लिगमा छनोट

१२ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगको अन्तिम खेलमा जित हात पार्दै अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । प्रिमियर लिग २०१९-२० अन्तर्गत आइतवार भएको दिगको अन्तिम चरणको खेलमा युनाइटेड र चेल्सी दुवैलै जित हात पार्द शीर्ष चारमा लिग सकाएका हुन् । गर या मरको खेलमा युनाइटेडले लेस्टर सिटीलाई […]

युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

५ साउन, काठमाडौं । लण्डन क्लब चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीले अब फाइनलमा अर्को लण्डन क्लब आर्सनलसँग खेल्नेछ । आर्सनलले अर्को म्यानचेष्टर क्लब सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । वेम्वलीमा भएको लमा चेल्सीले पहिलो हाफमा […]

शीर्ष चारमा पकड बनाउँदै चेल्सी

३१ असार, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको एक मात्र खेलमा लण्डन कलब चेल्सी विजयी भएको छ । चेल्सीले घरेलु मैदानमा नर्विच सिटीलाई १-० ले पराजित गरेको हो । जितपछि चेल्सीले तेस्रो स्थानमा ४ अंकको अग्रता बनाएको छ र शीर्ष चारमा पकड राखेको छ । चेल्सीलाई साँघुरो जित दिलाउन ओलिभर जिरुडले एक मात्र गोल गरे […]

चेल्सी शेफिल्डसँग ३-० ले पराजित

२८ असार, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको चेल्सी शेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । डेविड म्याकगोल्डरिकले घरेलु मैदानमा दुई गोल गरेपछि शेफिल्डले लण्डन क्लब चेल्सीमाथि ३-० को शानदार जित हात पारेको हो । म्याकगोल्डरिकले खेलको १८औं र ७७औं मिनेटमा गोल गरे । यस्तै ओलिभर म्याकबर्नीले ३३औं मिनेटमा गोल गरे । तेस्रो […]