Comments Add Comment

जनता समाजवादी पार्टी

List Grid
जसपा विवाद : कार्यकारिणी समिति सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको […]

राजकिशोरले महन्थलाई भने : अर्को पार्टी बनाउन साथ दिन सक्दिनँ

९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुुरलाई नयाँ पार्टी बनाउन खोजे आफूले साथ दिन नसक्ने बताएका छन् । जसपाको आधिकारिकता विवादमा सुनुवाइ गरिरहेको निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । त्यसअघि ठाकुर र उपेन्द्र यादव पक्षले शनिबार छुट्टा–छुट्टै बैठक राखेको थियो । […]

जसपामा यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठक शुरु

९ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको छ । बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको प्रशिक्षण र सर्वोच्च […]

हेड काउन्ट रोक्न माग गर्दै सर्वोच्च गए ठाकुर

८ साउन, काठमाडौं । निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ । आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो । […]

रेशम चौधरीलाई रिहा गर्न जसपा सांसद झाको माग

८ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद अनिल झाले रेशम चौधरीको रिहाइ गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा झाले मुद्दा फिर्ता र बन्दीहरुको रिहाइको प्रक्रिया अघि बढाउन आग्रह गरे । एउटा मुद्दामा रहेका दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका […]

प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन र रेशम चौधरीलाई रिहा गर

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै […]

संसदीय दलको नेता चयन गर्दै जसपा उपेन्द्र यादव पक्ष

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ । बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ ।

जसपा : देउवालाई एकमुष्ट विश्वास, पार्टीभित्र चरम अविश्वास 

४ साउन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने बहसमा विभाजित जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दियो । आइतबार संसदमा देउवाले मागेको विश्वासको मतमाथि मतदान हुँदा महन्थ ठाकुर पक्षका १२ सांसद प्रतिपक्षी तथा पाँच दलीय गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षका २० सांसद सत्तापक्षीय बेञ्चमा […]

देउवालाई विश्वासको मत दिन्छौं : महन्थ ठाकुर

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा मत दिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ठाकुरले देउवाले चिठी पठाएर भोट मागेकाले आफ्ना माग पूरा गरिदिने वाचासहित देउवाको समर्थनमा मत दिने बताए । जब प्रधानमन्त्रीको निर्वाचन वा नियुक्तिको प्रसंग आउँछ तब, आफूलाई आफ्नो पार्टी पनि प्रताडित र घायल […]

बाबुरामको टिप्पणी : हामी अभागीलाई खाने बेलामा रिस उठ्यो

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताएका छन् । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको भन्दै उनले बताए । ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो,’ उनले भने, ‘हामी एकढिक्का भएको भए हामी […]

जसपा विवाद : निर्वाचन आयोगले झिकायो सक्कल कागजात

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा सुनुवाइ थालेको निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ । प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको छ । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दियो । त्यसक्रमा दुबै पक्षले आआफ्नो […]

जसपा सांसद रेणुका गुरुङ पनि उपेन्द्र यादव पक्षतिर

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका थप एक सांसद उपेन्द्र यादव पक्षतिर लागेका छन् । महन्थ ठाकुर पक्षमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ यादव पक्षको बैठकमा सहभागी भएका हुन् । यसअघि शनिबार बसेको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए भने रुही […]

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास बस्दै

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दै छ । इजलास बिहान ११ बजे बस्ने छ । निवेदकको तर्फबाट बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस […]

उपेन्द्र यादव पक्षले माग्यो सात मन्त्री र एक राज्यमन्त्री

२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ । साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ । दुई खेमामा विभाजित जसपाको यादव […]

जसपाका चार सांसदले छाडे ठाकुर समूह, उपेन्द्र यादव पक्षको बैठकमा सहभागी

२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिवर्तन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । ठाकुर […]

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी […]

जसपाले आज मन्त्री नपठाउने

२९ असार,  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो । बैठकले अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्चः ट्र्याकमा फिर्ता गरेको निष्कर्ष […]

सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक शुरु

२९ असार, काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् । बैठकमा सर्वोच्च अदालतको आदेशबाट बन्ने शेरबहादुर देउवा नेतृत्वको […]

मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै

२९ असार, काठमाडौं । सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै […]

जसपाको विवाद टुंग्याउन इजलास गठन, ३ साउनमा दुवै पक्षलाई बोलाइयो

२३ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ, जसमा आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा छन् । उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ […]

विभाजनतिर जसपा : ठाकुर र यादव समूह कुन बलियो ?

२२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित भएको छ । पार्टीको ‘आधिकारिकता विवाद’ हल गर्न निर्वाचन आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार एक पक्षलाई जसपाको आधिकारिकता दिनेछ भने अर्को पक्षलाई नयाँ पार्टी दर्ता गर्ने अवसर दिनेछ । यो […]