Comments Add Comment

जनप्रतिनिधि

List Grid
भरतपुर महानगरका जनप्रतिनिधिले लिए सपथ, एमालेद्वारा बहिष्कार

२२ साउन, चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । उनीहरुलाई सोमबार अलग्गै शपथ ग्रहण गराउने कार्यक्रम छ । महानगरपालिकाको मेयरमा विजयी रेणु दाहाल र उपमेयरमा विजयी पार्वती शाह सहितका जनप्रतिनिधिहरुलाई मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आइतबार शपथ ग्रहण गराए । […]

भरतपुर महानगरका जनप्रतिनिधिको शपथ अाज, २ वडाअध्यक्षको रोकियो

२२ साउन, चितवन । भरतपुर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण अाइतबार हुँदै छ । महानगरका वडानम्बर-४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई अाइतबार अपराह्न शपथग्रहण गराइने भएको हो । गए राति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई अाइतबार अपराह्न ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे […]

दलित भए बापत मुखमा चिया खन्याइदिएः जनताले गाउँपालिका उपाध्यक्ष बनाइदिए

१५ साउन, डडेलधुरा । अंग्रेजीमा एउटा भनाइ छ-फर्गिभ बट डण्ट फर्गेट (माफी देऊ तर, कहिल्यै नबिर्स) । डडेलधुराको अजमेरु गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष कलावती भाँणको जीवनमा यस्तै अवस्था आइपुग्यो यसपटकको स्थानीय तह निर्वाचनले । बाल्यकालमै भएको छुवाछुतको घटनाले उनलाई अझै झस्काउने गर्छ । दलित भएका कारण चिया पसलमा गिलास छोइँदा कथित उच्च जातिका व्यक्तिले गिलाको चिया […]

स्थानीय तहको अधिकार खोसिएको आरोप, जनप्रतिनिधिले दिए आन्दोलनको चेतावनी

५ साउन, ललितपुर । सरकारले स्थानीय तहका अधिकार खोसेर जनप्रतिनिधिलाई पंगु बनाउन लागेको भन्दै केही जनप्रतिनिधिहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । साथै यसबारे सांसदहरुको समेत ध्यानाकर्षण गराइनुपर्ने विज्ञहरुले बताएका छन् । स्थानीय तहसम्बन्धी ४ वटा विधेयक संसदमा प्रस्तुत भएको सन्दर्भमा विहीबार ललितपुरमा आयोजित एक छलफलमा विज्ञ र नवनिर्वाचित जनप्रतिनिधिले दबावमूलक आन्दोलनको आवश्यकता औंल्याएका हुन् […]

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई साउनभर तालिम

३ साउन, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालन सम्बन्धी प्रशिक्षण दिने कार्यविधि तय गरेको छ । स्थानीय कमिटी बैठकले जनप्रतिनिधिलाई तालिम निर्णय गरे लगत्तै केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको मिति र विषयवस्तु तय गरेको हो । मंगलबार केन्द्रीय कार्यालयमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अभिमूखिकरण कार्यक्रम तय गरेको प्रचार विभाग […]

जनताको गुनासो सुन्न घरमै पुगे लुम्बिनीका मेयर

३० असार, भैरहवा । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नवनिर्वाचित मेयर मनमोहन चौधरीले नागरिकको गुनासो सुन्न घरदैलो अभियान सुरु गरेका छन् । नगरवासीको घरमै पुगेर प्रत्यक्ष रुपमा गुनासो सुनेर कार्यान्वयन गर्नका लागि अभियान सुरु गरिएको मेयर चौधरीले बताए । उनी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् । नेता विजयी भए पश्चात मतदातालाई बिर्सिने र केही काम […]

सत्यवती गाउँपालिकामा अपाङ्गता परिचयपत्र घरमै पुर्‍याइदिने

२५ असार, गुल्मी । सत्यवती गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमा परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुको स्वागत पछि बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका कार्यालय तथा जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहज र सरल ढंगले परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्तै सामाजिक सुरक्षा भत्ता […]

फेवातालको काखमा उपमेयरको अलमलः कानून छैन, कसरी काम गरौं ?

२ असार, पोखरा । पर्वतको फलेवास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारी कानूनतः न्यायिक समितिकी संयोजक हुन् । नगरपालिकामा अहिले मुद्दा मामिलासमेत आउन थालिसकेका छन् । तर, आफ्नो अधिकार कसरी प्रयोग गर्ने भन्नेबारे अधिकारी द्विविधामा छिन् । निर्वाचन सकिएको महिना दिन बितिसक्दा पनि स्थानीय तहको कार्यसञ्चालन सम्बन्धी कानून नबनेकोमा उपमेयर अधिकारीले आश्चर्य व्यक्त गरिन् । स्थानीय विकास […]

नवनिर्वाचित जनप्रतिनिधिलाई एमालेको संकेत-पार्टीको कार्यकारी पदबाट राजीनामा दिन तयार रहनू

२९ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रमुख उपप्रमुख र वडाअध्यक्ष जस्ता कार्यकारी पदमा जितेकाहरुले पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपर्ने नीति ल्याउने भएको छ । एमाले महासचिव ईश्वर पोखरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपरे तयार रहन निर्देशन दिएका छन् । प्रदेश नम्बर ३ बाट निर्वाचित महानगर,उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रमुख र […]

रामेछापका जनप्रतिनिधिको योजनाः कुलमान घिसिङको गाउँ ६ महिनामै झिलिमिली

२९ जेठ, काठमाडौं । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो हरफ कण्ठ नहुने नेपालीहरु शायदै होलान् । अझ राजनीति गरेर चुनाव जितेका जनप्रतिनिधिले त यसलाई सिद्धान्त नै बनाउने भइहाले । रामेछाप जिल्लाका ८ स्थानीय तहबाट निर्वाचित प्रमुख र उपप्रमुखहरुले आइतवार साँझ काठमाडौंको एक रेष्टुरेन्टमा भेला भएर यस्तै महत्वाकांक्षी योजना सुनाए […]

भत्ता वृद्धि र सवारीसाधन खरिदमा जनप्रतिनिधिलाई अंकुश

२९ जेठ, काठमाडौं । सरकारले दिएको अनुदान रकमबाट स्थानीय तहले आफूखुसी सामाजिक सुरक्षा भत्ता बाँड्न र सवारीसाधन खरिद गर्न नपाउने भएका छन् । निर्वाचनलगत्तै जनप्रतिनिधिले धमाधम सामाजिक सुरक्षा भत्ता वृद्धि र गाडी किन्ने योजना सार्वजनिक गरेपछि सरकारले यसमा अंकुश लगाएको कारोबारमा खबर छ । अर्थ मन्त्रालयले स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता नबढाउन सचेत गराएको छ […]

अर्थले रोक्यो जनप्रतिनिधिको तलब, सुविधा अन्योलमा

२६ जेठ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले तयार पारेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी मस्यौदा अर्थ मन्त्रालयले रोकिदिएको छ । जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी प्रस्ताव अर्थले रोकेसँगै नवनिर्वाचित प्रतिनिधिको तलब सुविधा अन्योलमा परेको छ । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले तत्कालका लागि तलब सुविधानको प्रस्ताव रोकिएको बताए । ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा ३५÷३६ […]

द्वन्द्व पीडित जनप्रतिनिधि : जसले १५ वर्षपछि जनताबाट न्याय पाइन्

१८ जेठ,चौतारा । स्थानीय तहको चुनावले युद्धका डोबहरु समेत मेटाउदैछ । यसको उदाहरण हुन्,सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सुनिता अधिकारी । १५ वर्ष अघि अर्थात २०५९ सालमा संकटकाल लागेकै बेला उनका पति युक्तप्रसाद अधिकारी तत्कालिन विद्रोही माओवादीबाट मारिएका थिए । पतिको हत्यापछि बदलाभावले एमालेको राजनीतिमा लागेकी सुनिताले बल्ल न्याय पाइन्,जनताको अदालतबाट । निकटतम प्रतिद्वन्द्वी […]

निर्वाचित प्रतिनिधिले तत्काल जिम्मेवारी नपाउने, यस्तो छ कारण

२९ वैशाख, काठमाडौं । पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुन अभाव देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथ ग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन । जसले गर्दा निर्वाचित सरकार आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका छन् । दुवै चरणको निर्वाचनबाट देशभरमा सात […]