Comments Add Comment

जसपा

List Grid
महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय […]

जसपा ठाकुर पक्षका सांसदहरुको बैठक शुरु

७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा शुरु भएको छ । जसपा नेता विमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए । राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका […]

परिस्थितिजन्य काममा मेरो कुनै इच्छा छैन : महन्थ ठाकुर

७ जेठ, काठमाडौं । वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा छ । स्वयं जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ । तर स्वयं ठाकुरले भने रुचि देखाएका छैनन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा […]

महन्थ ठाकुर भन्छन् : हामी निकास दिन्छौं

७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले निकास दिने दाबी गरेका छन् । सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफल हुने बताए । उनले अघि भने, ‘हामी निकास दिन्छौं ।’ उनले निकास दिनका लागि प्रयत्नशील रहेको बताए […]

ठाकुर पक्षले सांसदहरुको बैठक बोलायो, उपेन्द्र पक्षलाई खबर छैन

७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । बैठक बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा बोलाइएको हो । ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए । जसपाका नेता बिमल श्रीवास्तवले अध्यक्ष […]

लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँ : डा. भट्टराई

७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् । ‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ डा. भट्टराईले ट्वीट गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री […]

विश्‍वासको मत : एमालेको सहमति नभत्किए जसपा निर्णायक

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिने प्रयन्तमा छन् । एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको बताउँछन् एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ । कार्यदलले पार्टीभित्रका सबै खाले समस्याको समाधान निकाल्ने नेता नेम्वाङले […]

‘विभाजित’ जसपामा विज्ञप्ति जुहारी !

१ जेठ, काठमाडौं । एउटै पार्टीभित्र दुई दलझैं अभ्यास गर्दै आएको जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतोबीच शनिबार विज्ञप्ति जुहारी चलेको छ । एकले अर्को पक्षको खण्डन गर्दै विज्ञप्ति निकालेका हुन्, जसले विवादलाई थप मलजल गर्ने नेताहरु बताउँछन् । शनिबार बाबुराम–उपेन्द्र पक्षले आफू निकट कार्यकारिणी सदस्यहरुलाई बैठकका लागि पार्टी […]

तीन दलबीच प्रधानमन्त्री ओलीको सम्भावित कदमबारे छलफल

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल गरेका छन् । वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसेका थिए । बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेको गुनासो गरेका छन् । […]

उपेन्द्र यादवको कटाक्ष : दुईचार वटा झरेको आँप खुवाउनु हुन्छ मधेशीलाई ?

२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली अहिले मधेशीलाई फकाउन लागेको बताएका छन् । विगतका राजनीतिक घटनाक्रम सम्झदै यादवले ओली मधेश र मधेशी जनता विरोधी भएको आरोप लगाए । ‘अहिले अलिअलि मधेशीलाई फकाउन खोज्दै हुनुहुन्छ’, यादवले आफ्नै पार्टी जसपाका महन्थ ठाकुर–राजेन्द्र महतोप्रति संकेत गर्दै भने । यादवले […]

हामी तटस्थ बस्छौं, किनकि हामी भेदभावमा छौं : महन्थ ठाकुर

२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतैपनि नलाग्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए । ‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद […]

बालुवाटारमा महन्थ–राजेन्द्रले सुनाए तटस्थ बस्ने निर्णय, प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का

२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर र महतो बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका थिए । ‘हामीले विश्वासको मत दिन सक्दैनौं, […]

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोले गरे डेढ घण्टा वार्ता

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए । ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]

जसपाको ठाकुर-महतो पक्षद्वारा हस्ताक्षर संकलन

२१ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा गरिएको हस्ताक्षर संकलनलाई अर्थपूर्ण ठानिएको छ । ठाकुर–महतो पक्षका एक नेताले भने, ‘खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरुको छुट्टाछुट्टै […]

जसपामा बैठक बस्नै जुटेन सहमति

१४ वैशाख, काठमाडौं । आन्तरिक मतभेदका कारण अनिर्णित बनेको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरु मंगलबार पार्टी कार्यालय बालकुमारीमा जम्मा त भए, तर १५/२० मिनेट भन्दा बैठक चलेन । कार्यकारिणी समिति बैठक बोलाउन समेत सहमति नभएको नेताहरुले बताएका छन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नेपाली कांग्रेसको नेतृत्वमा नयाँ […]

जसपाका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल

१४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा बसेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा विहान शीर्ष नेताहरुबीच छलफल भएको हो । ‘त्यस्तो औपचारिक बैठक होइन । शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भएको हो’, जसपाका एक नेताले भने । छलफल अनौपचारिक भएकाले कुनै निर्णय नभएको पनि ती नेताले बताए । उनका […]

लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई जसपाले सोध्यो स्पष्टीकरण

७ वैशाख, बुटवल । पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई जनता समाजवादी पार्टी संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका सोमबार बिहान लागि हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय […]

बाबुराम-उपेन्द्रले लुम्बिनीमा टार्न सकेनन् एमाले-जसपा सहकार्य

६ वैशाख, काठमाडौं । सोमबार विहान लुम्बिनीका पाँच प्रदेशसभा सदस्य अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षलाई लाग्यो, ‘केपी ओली पक्षसँग गठबन्धनको खतरा टर्‍यो ।’ किनकी प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राई आफैं बुटवल पुगेर सरकारमा जाने तयारीमा रहेका साबिकको संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्यलाई मनाएका थिए । सोमबार विहान […]

लुम्बिनीमा मन्त्री बनेका जसपा नेतालाई राजीनामा दिन अल्टिमेटम

६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् । उनले […]

कांग्रेस सभापतिसँग जसपा नेताद्वयको भेटवार्ता

३१ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादव बूढानीलकण्ठ पुगेका थिए । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको एक नेताले जानकारी दिए । आफ्नै नेतृत्वमा सरकार गठन […]

२०८ जना कार्यकर्ता रिहा गर्न सरकारलाई जसपाको पत्र

२७ चैत, काठमाडौँ । जनता समाजवादी पार्टीले विभिन्न २४ मुद्धामा अभियोग लागेका २०८ जना आफ्ना पार्टीका नेता÷कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ । सोही निर्देशिकाको आधारमा २०८ जना नेता/कार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्रालयमा पत्र पठाइएको जसपाका नेता सुरेन्द्र झाले […]