Comments Add Comment

जसपा

List Grid
सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँमा

२९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका छन् । जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् । सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँ पुगेका हुन् । केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र […]

जसपा संसदीय दलको बैठक सुरु

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको विधान पारित एवं संसदीय दलको नेता चयन लगायतका बारेमा छलफल हुने एक नेताले बताए । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता […]

कांग्रेस र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ । जसपाका शीर्ष नेताहरुले बिहीबार मात्र सत्तारुढ नेकपा एमालेका नेताहरुलाई भेटेका थिए । उनीहरुले कांग्रेस र माओवादी केन्द्रसँग पनि वार्ता गर्ने निर्णय गरेका […]

सरकार र जसपाबीच आज पनि वार्ता

२८ फागुन, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा […]

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए […]

दलहरुसँग वार्ता गर्न टोली बनाउने जसपाको निर्णय

२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले दलहरुसँग वार्ता गर्न वार्ता टोली बनाउने भएको छ । जसपा सांसदीय दलको मंगलबार बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा भएको छ । र, वार्ता गर्न चाहने सबै दलसँग वार्ता गर्न टोली बनाउने सहमति भएको सांसद राजेन्द्र महतोले बताए । नेताहरुका अनुसार भोलि शीर्ष नेताहरु बसेपछि वार्ता कमिटी बन्नेछ […]

सत्ता सहकार्यबारे छलफल गर्न एमाले र जसपाले बनाए वार्ता टोली

२५ फागुन, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ । दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ । यसअघि २३ फागुनको विहान जसपाका अध्यक्ष महन्थ ठाकुरले […]

प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

२० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आउन तीन दिन बाँकी छ, तर त्यहाँ के भूमिका खेल्ने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसजस्तै तेस्रो ठूलो राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गर्दा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा थिए । भट्टराई बुधबार उपचार […]

सर्वोच्चको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा : उपेन्द्र यादव

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले मंगलबार संसद भंग गर्ने निर्णयलाई बदर गर्ने निर्णय गरे लगत्तै अध्यक्ष यादवले भने, ‘सर्वोच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ […]

जसपाले संसद विघटनको विरोधमा फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ । जसपा निकट भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटीले ९ फागुनमा रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्ने भएको हो । बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई […]

जसपाद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

२० माघ, काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन र माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम छ । जसपका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले मंगलबार एक विज्ञप्ति जारी […]

जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने

१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ […]

प्रधानमन्त्री ओलीको हालत ट्रम्प जस्तै हुन्छ : उपेन्द्र यादव

७ माघ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पजस्तै हुने चेतावनी दिएका छन् । संविधान विपरीत मनमानी तरिकाले काम गर्ने ट्रम्पलाई जाँदाजाँदै महाअभियोग खेप्नु परे झैं ओलीलाई पनि यस्तै सामना गर्नुपर्ने उनले बताए । संसद विघटनको विरोधमा जसपा सप्तरीले बुधबार सदरमुकाम राजविराजमा आयोजना […]

सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्छौं : पूर्वमन्त्री राई

२९ पुस, सुर्खेत । जनता समाजवादी पार्टी (जसपा)का नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् । जसपाले प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता इस्तियाक राईले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र अधिनायकवादी भएको भन्दै सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका दिए । […]

लोकतन्त्र रक्षाका लागि ओलीतन्त्रको अन्त्य हुनुपर्छ : उपेन्द्र यादव

२७ पुस, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्रको अन्त्यबाट नै लोकतन्त्रको रक्षा हुने बताएका छन् । पार्टीले वीरगञ्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा बोल्दै नेता यादवले ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा हुने बताए । ‘बहुमतको सरकार आएपछि आर्थिक विकास, किसान मजदुरको राम्रो दिन आयो भन्ने सोचेका थियौं, तर सरकारले […]

जसपा नेता राजेन्द्र महतोलाई जनकपुरमा कालो झण्डा

२७ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् । संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् । […]

प्रतिनिधिसभा जिउँदै छ : उपेन्द्र यादव

२१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद जीवित रहेको बताएका छन् । जसपाद्वारा सोमबार नयाँबानेश्वरमा आयोजित ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा जीवित रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संसद […]

संसद विघटनविरुद्ध जसपाले दुई हप्ता निरन्तर विरोधसभा गर्ने

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्न लागेको हो । उसले नागरिक समाज, बौद्धिक वर्गलगायतसँग २१ पुसमा काठमाडौं बृहत अन्तरक्रिया गर्ने भएको छ । ‘सरकारलाई संविधानले दिँदै नदिएको […]

संसदमाथि खड्ग प्रहार भयो : अशोक राई

१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईले संसदमाथि खड्ग प्रहार भएको टिप्पणी गरेका छन् । संसद विघटनको विरोधमा जसपाले आइतबार राजधानीमा गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बेलामा संविधानका व्यवस्थाहरु कुल्चिएर संसद भंग गरिएको बताए । ‘त्यसैकारण खड्ग प्रहार गर्नेहरुबाहेक सबै यसको विरोधमा छन्’ उनले भने । […]

जसपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

११ पुस, काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ ।  

संसद विघटनविरुद्व प्रदेश २ का सबै जिल्लामा जसपाको प्रदर्शन

८ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ का ७ वटै जिल्लामा बुधबार प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी धनुषा सदरमुकाम जनकपुरधामसहित सप्तरी सदरमुकाम राजविराज, सिराहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्सा सदरमुकाम बीरगन्जमा […]