Comments Add Comment

ज्ञानेन्द्र शाह

List Grid
पूर्वराजाको बेमौसमी रहरः नेतृत्व गरेको पनि देखियो !

५ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकाका अवसरमा सन्देश दिएका छन्, जनताले चाहे उनी नेतृत्व लिन तयार छन् । उनको अभिव्यक्ति त्यतिबेला आएको छ, जतिबेला जनताले स्थानीय तहमा नेतृत्व छानिसकेका छन्, प्रदेश र संघीय संसदमार्फत् गणतान्त्रिक नेपालको संवैधानिक व्यवस्थाअनुसार आगामी ५ वर्षका लागि मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने ‘रोडम्याप’ दिँदै छन् । पूर्वराजाको अभिव्यक्ति […]

पूर्वराजाका नातिको भोज खान राष्ट्रपतिदेखि राजेन्द्र महतोसम्म

२४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध-भोजमा सहभागी हुन सोल्टी होटलमा पुगेकी छिन् । भोजमा मधेसी मोर्चाका नेता राजेन्द्र महतोदेखि लिएर मन्त्री एवं विभिन्न दलका नेताहरु सहभागी भएका छन् । पूर्वराजाका नातिको ब्रतबन्ध एकसाता अघि नै अर्थात् चैत १७ गते निर्मल निवासमा सम्पन्न भएको हो । सो ब्रतबन्धको भोज एक […]

पूर्वराजा ज्ञानेन्द्रले भने- हिन्दु धर्म बोल्ने कुरा होइन, मनमा राख्ने हो (भिडियोसहित)

८ फागुन, चितवन। पूर्वराजा ज्ञानेन्द्र शाहले चितवनको नारायणी नदी किनारमा आयोजित विराट गोरक्षा महायज्ञमा गाईको पूजा तथा हवन गरेका छन् । गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित सहभागी भए । महायज्ञबाट फर्किने क्रममा पत्रकारहरुले हिन्दु धर्म संरक्षणबारे सोधेको प्रश्नमा शाहले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा […]

पूर्वराजा ज्ञानेन्द्रले भने- तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ (पूर्णपाठ सहित)

२६ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर आफूले नारायणहिटी राजदरबार छाडेको बताएका छन् । तर, राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको उनले बताएका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी […]

सर्वोच्चको फैसला उल्टियो, ज्ञानेन्द्रकी छोरीको ‘दाइजो’ फेरि राष्ट्रियकरण

२१ पुस, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो पूर्वनिर्णय उल्टाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीका नाममा रहेकाे छाउनीकाे १५ राेपनी जग्गा सरकारका नाममा ल्याउने निर्णय सुनाएकाे छ । ‘श्री ५ महाराजधिराज’ को नाममा रहेको छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा ज्ञानेन्द्र शाहले ०६२ मा आफ्नी छोरी प्रेरणालाई दाइजो दिएका थिए । जब कि प्रेरणाको […]

गृहमन्त्रीले क्याबिनेटमै भने- चिनियाँले ज्ञानेन्द्रलाई के हैसियतमा भेट्छन् ?

८ पुस, काठमाडौं । विदेशीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई के हैसियतमा भेट्छन् भनेर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषदमै प्रश्न उठाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दल र जनआन्दोलनको उपलब्धिप्रति प्रश्न उठाउँदै वक्तव्य दिएको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषदमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको थियो । शहरी विकास मन्त्री अर्जुननरसिंह केसी बैठकमा सहभागी भएर सुरुमै बाहिरिन […]

मन्त्रिपरिषदमै आयो दरबार हत्याकाण्डको छानविन गर्ने प्रस्ताव

७ पुस, काठमाडौं । मन्त्रिपरिषद बैठकमा दरबार हत्याकाण्ड छानबिनबारे छलफल भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र जनआन्दोलनको उपलब्धीप्रति प्रश्न उठाउँदै राजनीतिक वक्तव्य दिएलगत्तै मन्त्रिपरिषदमा दरबार हत्याकाण्डको पुनः छानबिनको प्रस्ताव आएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानविन गरिनुपर्ने कुरा उठाएका हुन् । नारायणहिटी दरबारभित्र ०५८ […]

हिमाल, पहाड र तराईको एकता तोड्ने प्रयास भयोः ज्ञानेन्द्र

६ पुस, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र साहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । साथै उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको बताएका छन् । संविधान संशोधनलाई दिएर दलहरुबीच ध्रुविकरण बढिरहेका बेला पूर्व राजा ज्ञानेन्द्रले बुधबार साँझ विज्ञप्ति जारी गरेका छन् । र, राष्ट्रिय एकता र […]

पूर्वराजा ज्ञानेन्द्रको आफ्नै अनुभवः निषेधले विद्रोह जन्माउँछ !

४ कात्तिक, काठमाडौं । मुलुकमा राजनीतिक माहौल तातिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि विहीबार नयाँ स्वरुपमा देखा परे । पूर्वरानी कोमलसँगै पशुपति परिसरको वनकालीमा हिन्दु धर्मावलम्बीको सभालाई सम्बोधन गर्न पुगेका पूर्वराजाले ‘निषेधको राजनीतिले असन्तुलन र विद्रोह जन्माउँछ’ भनिरहँदा विगतमा उनले चालेको निरंकुश कदमको सम्झना गर्न सकिन्थ्यो । पहिलो जनआन्दोलन ०४६ ले राजालाई संवैधानिक दायरामा राखेको […]

पूर्वराजा ज्ञानेन्द्रको पहिलो सार्वजनिक भाषण (हेर्नुहोस् तस्वीर)

४ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह विहीबार पशुपति क्षेत्रमा अवस्थित वनकालीमा आयोजना गरिएको ‘विराट हिन्दु सम्मेलन’ मा भाषणका लागि उपस्थित भए । पूर्वराजाको यो पहिलो औपचारिक सार्वजनिक सम्वोधन हो । पूर्वराजाले सभालाई सम्वोधन गर्न लिखित भाषण लिएर आएका थिए । सभालाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलका नेताहरुप्रति लक्षित गर्दै निषेधको राजनीति नगर्न चेतावनी […]

पूर्वराजा ज्ञानेन्द्रलाई किन जिस्काइँदैछ बारम्बार ?

खासमा एक प्रतिविम्व हुन् शालिक कुनै खास जुग, पात्र वा प्रवृत्तिका । ती निर्जिव। तर प्रतिकात्मक हुन्छन् । चाहे जोसुकैका हुन्, तानाशाह वा महान सुधारक वा सेवक, ती इतिहासलाई वर्तमान र भावी पुस्तासँग जोड्ने धरोहर अवश्यै हुन् शालिकहरु । अमूक शालिक विगतका सम्झना हुन् । भविष्यका लागि सकारात्मक वा नकारात्मक ज्ञानका मार्गनिर्देशक पनि हुन् । […]

पूर्वराजालाई शुभकामना दिन निर्मल निवासमा मन्त्रीहरुको लर्को

२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औं जन्मोत्सवमा शुभकामना दिन उपप्रधानमन्त्री कमल थापा निर्मल निवास पुगेका छन् । थापासँगै सरकारका बहालवाला अन्य मन्त्रीपनि निर्मल निवास गएका छन् । ज्ञानेन्द्रलाई शुभकामना दिन भूमिसुधार मन्त्री रामकुमार सुब्बापनि निर्मल निवास पुगेका छन् । राप्रपा नेपालका अन्य मन्त्रीहरुपनि शुभकामना दिन आएको निर्मल निवास श्रोतले अनलाइनखवरलाई बताएको छ । […]

ज्ञानेन्द्रलाई भेट्नु अपराध होइनः भाजपा नेता कोसियारी

२२ असार, काठमाडौं । भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले अघिल्लो पटकको नेपाल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको स्वीकार गरेका छन् । नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको बैठकमा भाग लिन आएका कोसियारी अहिले नेपालमा छन् । तर, योपटक ज्ञानेन्द्रलाई भेट्ने कार्यक्रम नभएको उनले दाबी गरे । ज्ञानेन्द्रलाई किन भेटेको भन्ने बीबीसी नेपाली सेवाको प्रश्नमा […]

ज्ञानेन्द्र र देउवाविरुद्ध उजुरी !

२४ जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र दिेउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको आजको राजधानी दैनिकमा समाचार छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा […]

पूर्वराजाले किन बोलाए तीन हस्ती ?

१८ जेठ, काठमाडौं ।  दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् । उनीहरु गएको शुक्रबार नै त्यता पुगेका आजको समाचारपत्र दैनिकले जनाएको छ । पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा […]

देशको अवस्थाप्रति पूर्वराजाको असन्तुष्टि

२ जेठ काठमाडौं । पृथ्वी राजामार्गको गल्छी हुँदै नुवाकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले १५ वर्ष पछि नुवाकोटको भैरवी मन्दिरमा पूजा गरेका छन् । परिवार सहित नुवाकोट पसगेका पूर्वराजाले नुवाकोटका विभिन्न मठमन्दिरमा पूजा अर्चनान गरेका थिए । पूजा अर्चना पछि स्थानीय पत्रकारसँग कुरा गर्दे शाहले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएको आजको आजको अन्नपूर्णमा समाचार छ । […]

पूर्वराजा परिवारसहित र्‍याफ्टिङमा

२१ वैशाख, काठमाडौं । भारत भ्रमण सकेर फर्किएपछि उनले चाल्ने आगामी कदमबारे राजनीति वृत्तमा अनेक अनुमान चलिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने परिवारसहित त्रिशुली नदीमा र्‍याफ्टिङ गर्न पुगेका छन् । पत्नी कोमल, बुहारी हिमानी तथा नाती हृदयेन्द्र र दुई नातिनीका साथमा आएका शाहले त्रिशुलीमा र्‍याफ्टिङ गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । तनहुँको आबुखैरेनीस्थित मोटेल डु मुग्लिङमा […]