Comments Add Comment

ज्योती मगर

List Grid
कस्तुपको ‘सिलौटोमा चटनी’मा रामजी, कुलेन्द्र, ज्योती र प्रिती

गीतकार कस्तुप पन्तको शब्द तथा संगीतमा तयार भएको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको यो गीतमा आशिश अविरलको संगीत संयोजन छ । यो गीतको भिडियोलाई शंकर वीसीले निर्देशन गरेका हुन् । भिडियोमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योती मगर, प्रिती आलेको अभिनय हेर्न सकिन्छ । अमृत चापागाँइको […]

‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिइन् ज्योती मगर

गायिका ज्योती मगर हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिएकी छिन् । उनी, शोको सेमिफाइनलको नजिक पुगेर बाहिरिएकी हुन् । ज्योतीले यो शोमा विभिन्न शैलकिा नृत्य प्रस्तुत गरिन् । दर्शकमाझ हट गायिकाको रुपमा चिनिएकी ज्योतीले आफ्नो शैलीलाई परिवर्तन गर्ने कोशिश यो शोमा गरेकी थिइन् । यसैले पनि उनी अन्तिम […]

हिंसाका विरुद्ध आफैसँग कहिलेसम्म लडिरहने ? ज्योतीसँग छैन जवाफ…

गायिका ज्योती मगरका गीत सुन्दा, उनको स्टेज कार्यक्रमको प्रस्तुती हेर्दा कतिपयलाई तडकभडक लाग्छ भने कतिपयले उच्छृङ्खल भनेर मुल्यांकन गर्छन् । ज्योतीले करिअरको सुरुवातदेखि आफूलाई हट गायिकाको रुपमा परिचित पनि गराएकी छिन् । उनका गीतमा प्रयोग हुने कतिपय शब्द त व्यक्त गर्न नसकिने खालका पनि छन् । उनै, गायिका विगत ५–६ बर्षदेखि मनमा पीडा लिएर हिडिरहेकी […]

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’

गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको बताइन् । तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत गाउने उनको भनाई छ । उनै, ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो […]

कसैले मेरो उत्ताउलोपन सम्हाल्न सक्दैनः ज्योति मगर

गायिका ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । सामाजिक संजादेखि स्टेज कार्यक्रममा उनको उत्ताउलोपनाले चर्चा पाउँछ । ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो । उनै, ज्योती मगर समय […]

अविवाहित ज्योती मगरले किन गरिन् गर्भपतन गर्ने कुरा ?

विवादित गायिका ज्योती मगरलाई के गर्दा, बोल्दा र लेख्दा मिडियाको एटेन्सन पाइन्छ भन्ने राम्ररी थाहा छ । अनेक उछृङ्खल हर्कत गरेर चर्चा एवं विवादमा आउने गरेकी गायिकाले यसपाली भने अली बेग्लै जुक्ति लगाएकी छिन् । यसपाली उनले एउटा संवेदनशील सामाजिक मुद्दाको सहारा लिएकी छिन् । फेसबुकमा उनले एउटा स्टाटस लेख्दै भनेकी छिन्, ‘म बिहे गर्छु […]

छाडा गाउनेलाई आस्था राउतको प्रहार, ज्योति मगरलाई चोट

नेपाली संगीतमा गायिका आस्था राउत र ज्योति मगरका फरक–फरक छवि छन् । आस्था शालीनता र बौद्धिकताका लागि चिनिन्छिन् भने ज्योति छाडापन र उछृङ्खलताका लागि चर्चित छिन् । देश तथा विदेशमा हुने कार्यक्रमहरुमा दुवै गायिकाको राम्रै डिमान्ड छ । हालै आस्थाले फेसबुकमा एउटा गम्भीर मुद्दा उठाइन् । धारावाहिक रुपमा स्टाटस लेखेर उनले मेला–महोत्सवमा देखिएको अश्लिलतामाथि प्रहार […]

‘सरापे’सँग ज्योती मगरको ‘स्याल कुखुरी’

‘स्याल कुखुरी’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक भएको छ । तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् । सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् । युटुबमा […]

‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो

५ मे, टोकियो । गुन्योचोलीमा सजिएर गायिका ज्योति मगर स्टेज उक्लिँदा मेगुरो कुमिन सेन्टरमा उपस्थित दर्शकहरु अचम्ममा परे । प्रायः कार्यक्रममा छोटा पहिरनाका कारण बिवादित हुने गरेकी ज्योतिलाई एक्कासी गुन्योचोलीमा देख्दा दर्शकहरु अचम्म पनि किन नपरुन् त ? गुन्योचोलीमै उनले ‘नयनमा गाजल कालै राम्रो’ गीत पनि गाइन् । लगत्तै ज्योतिले दर्शकतिर इसारा गर्दै गुन्योचोली दर्शकहरुको चाहाना […]

ज्योतीको मुस्कान

हुनत, गायिका ज्योती मगरलाई धेरैले राम्रो गति गाउने गायिका भन्दा पनि हट पहिरन लगाएर चर्चामा आएकी सुन्दरीको रुपमा चिन्छन् । देश तथा विदेशमा हुने कार्यक्रममा ज्योतीको गायकीको भन्दा पनि पहिरन र हाउभाउको चर्चा बढी हुन्छ । गायिका मगर पनि यस्तो चर्चा अझै १० बर्ष भैरहेको खण्डमा आफू खुशी हुने बताउँछिन् । उनले गाएका केही गीतहरु […]

‘मेरो कुरा सुनेर पुरुष लजाउँदा आनन्द लाग्छ’: ज्योती मगर

नेपाली लोक गायन क्षेत्रमा गायिका ज्योती मगरको चर्चा छुट्टै छ । उनलाई धेरैले गायिका भन्दा पनि हट पहिरन र उत्ताउला गीत गाउने गायिकाको रुपमा चिन्छन् । स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा ज्योती बढी नै खुल्दा उनको आलोचना हुने गरेको छ । तर, ज्योतीले आफूलाई ‘बोल्ड गायिका’ भन्दा आनन्द लाग्ने बताउँछिन् । अनलाइनखबरको विन्दास टक शो ‘मस्ती […]

नांगिनु नारी स्वतन्त्रता हो ज्योतिजी ?

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै । अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । संघर्ष जारी छ र जारी रहने छ । अझ करोडौं वर्ष पृथ्वीमा मानव अस्तित्व जारी […]

मेरो जवानी हेर्दा गाह्रो भए टीभी बन्द गर्नुहोस्ः ज्योती मगर

सधै नै चर्चा र विवादमा रहन्छिन्, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक-पटक लाग्ने गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्विकार्दिनन् । बरु आफूलाई ‘बोल्ड वुमन’ भन्न रुचाउँछिन् । प्राय म्युजिक भिडियोमा छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योतिलाई अनलाइनखबरले लगाएका पाँच आरोपः १. जवानी देखाएकै […]

ज्योतीले १० प्रतिशत मात्र देखाउन बाँकी छ भन्दै गाइजात्रामा ब्यङ्ग्य(भिडियो समाचार)

अनमोलको समयका लागि आफ्नै आमाले पर्खनुपर्नेआज हामी नायक अनमोल केसीले आफ्नी आमा सुस्मिता केसीकै चलचित्रका लागि समय नदिएको चर्चा गर्नेछौ । आखिर, अनमोलले किन दिएका छैनन् आमाको चलचित्रलाई समय ? काठमाण्डौमा चलिरहेको गाइजात्रा महोत्सवमा गायिका ज्योती मगर र पोर्न स्टार बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरुमाथि कसरी गरियो ब्यङ्ग्य, यस बिषयमा पनि चर्चा हुनेछ । […]

फेसबुकमा अश्लील सामग्री पोष्ट भएपछि ज्योती मगर प्रहरीकोमा

२ भदौ, काठमाडौं । गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक हृयाक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् । गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट हृयाक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको […]

लोकगीतमा चरम विकृतीः यो गीतमा ज्योतीलाई भित्री बस्त्र देखाउनु पर्ने कारण के थियो ?

अब लोकगीत हाम्रा रहेनन् । केही गायक-गायिका अझै पनि लोकगीतमा नेपाली माटो, सुगन्ध, भाका खोजीरहेका छन् । तर, एउटा आलु कुहिँदा बोराका सबै आलु नै कुहिन्छन् भने जस्तै हुन थालेको छ, लोकगीत । विशेषगरि, युटुबमा दर्शक बढाउने नाममा गायक-गायिकाहरुले आफ्नो संकृतीलाई विर्सन मात्र होइन, सोझै मार्न थालेका छन् । तीजका होस् या दशैका, वा सामान्य […]

दोश्रो पटक ज्योती मगरलाई बेलायतले किन पत्यायो ?

हट गायिकाको छवि बनाएकी ज्योती मगरलाई केही महिना अगाडि बेलायतले भिषा दिएन । भिसा नदिनुको कारण के थियो भन्ने एकिन नभएपनि ज्योतीको हट छविले असर गरेको हुनसक्छ । स्टेजमा ज्योती आफ्नो गायकी भन्दा पनि छोटा पहिरन र अंगप्रदर्शनले चर्चामा छिन् । नेपालबाहिरका कार्यक्रममा त उनी झनै खुल्छिन् । उनले केही हप्ता अगाडि अष्ट्रेलियामा आयोजना भएको […]